पुरुषोत्तम गिरी
सल्यान कार्तिक ११
विभिन्न कारणे जन्मदर्ताको प्रमाणपत्र पाउन नसकेका सल्यानका एक हजार छ सय ५६ जना वाववालिकाले जन्मदर्ताको प्रमाणपत्र पाएका छन् । प्लानेट अफ तथा ग्रामिण महिला उत्थान केन्द्रको सहयोग तथा दलित विकास समाज सल्यानले महिला तथा वालवालिकाको अधिकारको संरक्षण तथा प्रवद्र्धनको लागि समुदाय शसक्तिकरण सम्वन्धि एक वर्षे कार्यक्रम संचालन गरेपछि उनिहरु जन्मदर्ता पाउन सफल भएका हुन् । सामाजिक अवरोध जनचेतनाको कमि आदि कारणले जन्मदर्ता पाउन नसकेका वालवालिकाहरुको जन्मदर्ता गराउन आफुहरुले सहयोग गरेको दलित विकास समाज सल्यानका अध्यष निम बहादुर नेपालीले जानकारी दिनुभयो । जन्मदर्ता पाउने वालवालिका सल्यानको छुयाक्षेत्र स्यानीखाल खलङ्गा सेजवालटाकुरा मार्के हिवल्चा डुडागुऊ शिवरथ शिद्धेश्वरी र वडुगुऊ गाविसका रहेका छन् ।
दलित विकास समाज सल्यानले विहिवार सल्यानको खलङ्गामा एक कार्यक्रमको आयोजना गरी यो जानकारी गराएको हो । युरोपियन युनियनको सहयोग प्लानेट अफ तथा ग्रामिण उत्थान केन्द्रको साझेदारी तथा दलित विकास समाज डिडिएस सल्यानको सहकार्यमा संचालित महिला तथा वालवालिकाको अधिकारको संरक्षण तथा प्रवद्र्धनको लागि समुदाय शसक्तिकरण कार्यक्रम अन्र्तरगत जिल्ला स्तरिय समिक्षा कार्यक्रममा सो जानकारी गराइएको हो ।
डिडिएस सल्यानका अध्यक्ष निम बहादुर नेपालीको अध्यक्षता तथा सहायक प्रमुख जिल्ला अधिकारी वावुराम खनालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा एकिकृत नेकपा माओवादी सल्यानका सचिवालय सदस्य ज्ञान बहादुर वली नेपाली कुग्रेस सल्यानका सचिव एकराज डिसी नेकपा एमाले सल्यानका अध्यष लोक बहादुर डुङ्गी राष्ट्रिय शक्ति प्रजातन्त्र पार्टि सल्यानका दुर्गा िसंह रावत लगायतले बोल्नुभएको थियो । कार्यक्रममा विभिन्न सरकारी कार्यालय प्रमुख एवम प्रतिनिधि संघसंस्थाका प्रमुख एवम प्रतिनिधि पत्रकार कार्यक्रमका सहजकर्ता आयआर्जन समुहका पदाधिकारी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन कार्यक्रमकी संयोजक जिवसरा घर्तिले गर्नुभएको थियो । महिला तथा वालवालिकाको अधिकारको संरक्षण तथा प्रवद्र्धनको लागि समुदाय शसक्तिकरण कार्यक्रम सल्यानका १० गाविसमा १८ महिना सम्म संचालनमा आएको थियो । सो कार्यक्रम अन्र्तरगत साक्षरता कक्षा महिला बचत कोष लगायत महिला तथा वालवालिकाको क्षेत्रमा काम गरेको थियो ।