Thursday, November 4, 2010

सल्यानका जिविस र गाविसद्धारा महोत्सवलाई २५ लाख वढि सहयोग, मध्यपश्चिम स्तरिय लोक दोहोरी प्रतियोगिता हुने

पुरुषेत्तम गिरी कार्तिक १८ सल्यान
मंसिरको दोस्रो साता सल्यानको सितलपाटिमा हुनलागेको मध्यपश्चिम महोत्सवलाई सफल पार्न जिल्ला विकास समिती सल्यानले आठ लाख रुपैँया सहयोग गर्ने भएको छ । यस्तै महोत्सवको सफलताको लागि जिल्लाका ४७ वटै गाविस कार्यालयले २० देखि ५० हजार सम्म सहयोग गर्ने निमित्त स्थानिय विकास अधिकारी सुरेश अधिकारीले जानकारी दिनुभयो । महोत्सवको पहिलो चरणको तयारी सम्पन्न भैसकेको र अहिले महोत्सवको लागि आर्थिक संकलनको काम तिव्र गतिमा अगाडि बढिरहेको सल्यान उद्योग वाणिज्य संघका अध्यक्ष हरीहर वुढाथोकीले जानकारी लिनुभयो । यसैविच महोत्सवको अवसरमा मध्यपश्चिम क्षेत्र स्तरीय लोक दोहोरी प्रतियोगिता हुने भएको छ । सल्यान सहित मध्यपश्चिमका १५ वटै जिल्लाबाट प्रतियोगितामा १७ वटा टिमको सहभागिता रहने छ । लोक दोहोरीमा प्रथम हुनेलाई ३० हजार द्धितियलाई २० हजार तृतियलाई १० हजार र सान्त्वना हुनेलाई ५ हजार पुरस्कार तोकिएको छ ।