संबिधानसभाको कार्यतालिका प्रकृया अनुसार नै टुङगोमा पु¥याउनु पर्नेमा एमालेका सभाषदहरुको जोड, संविधानसभाको जनमत सङ्कलन समिति द्धारा नयाँ संविधानको पहिलो मस्यौदा पत्रिकामा छपाएर ६४ लाख घरधुरीमा पु¥याउने योजना ।।
यसबर्ष देखि सरकारले स्वास्थ्य सम्वन्धि जानकारी भएकाहरुलाई मात्र हात्तिपाइले रोग निवारणका लागी औषधि खुवाउन खटाउने, स्वास्थ्य सम्वन्धि जानकारी नभएका स्वयंसेवक परीचालन गर्दा गतबर्ष दुरुपयोग भएको सरकारको ठहर ।।
गाविस स्तरमा भए गरेका घटनाको यथार्त जानकारीका लागी देउखुरीको सोनपुर गाबिसमा आज शान्ति समिति गठन, वास्तविक द्धण्द्ध पिडितहरुको पहीचान गरी राहत वितरण गरिनुपर्ने वक्ताहरुको जोड ।।
चुलो छोएको निहुँमा हत्या गरिएका कालिकोटका मनवीरे सुनारको हत्यामा संलग्न ३ जनालाई कारागार चलान, सार्वजनिक स्थानमा धुम्रपान गर्ने १६ जनालाई नेपागञ्जमा नियन्त्रणमा लिएर शक्त चेतावनिका साथ छोडियो ।।
अखिल क्रान्तीकारी राप्ती शिक्षा क्याम्पस मुल ईकाई समीति द्धारा प्रकाशित “बिद्यार्थी आवाज” नामक त्रैमासिक पत्रिकाको आज घोराहीमा बिमोचन, तीन दिनदेखिको प्रतिकुल मौसमका कारण प्यूठानको भिङग्री स्वर्गद्वारी सडक खण्डमा गाडी चल्न सकेन ।।
र
माघ महीना आउन केही दिन बाँकी रहदा दाङ देउखुरीका थारु अगुवा तथा अभिभावकहरुको कमलहरी प्रथा विरुद्धमा खवरदारी जारी, किसानहरुका माग पुरा गर्न दवाव दिने उद्देश्यले दाङमा पनि राष्ट्रिय किसान सञ्जाल गठन ।।
अब खबर बिस्तारमा.......
प्रकृया अनुसार टुङगो जाऔ
संविधानसभाको कार्यतालिका परिमार्जनको कुरा उठिरहेका बेला एमालेका सभांसदहरुले संविधानसभाको प्रकृया अनुसार टुङगोमा पु¥याउनका लागि नेतृत्वलाई दवाव दिएका छन् ।
आज बसेको केन्द्रिय समिति र संसदीय दलको संयुक्त बैठकमा बोल्ने सभासद्हरुले कार्यतालिका परिमार्जन गरेर संविधान नबने दोषको भागीदार हुनुभन्दा पनि प्रकृया अनुसार टुङग्याएर भएपिन संविधान निर्माण गर्नु पर्ने बताएका हुन् ।
अस्ती बसेको माओवादी, काङग्रेस र एमालेको शीर्ष नेताहरुको बैठकमा नयाँ संविधानका लागि विवादित विषयहरुमा अडानहरु यथावत रहेपछि कार्यतालिका परिमार्जन गर्ने कुरा उठेको थियो । खास गरी काङग्रेसले महत्वपूर्ण विषयहरुमा सहमति गर्नु पर्ने भन्दै कार्यतालिका परिमार्जनको प्रस्ताव गरेको हो ।
यसअघि पनि पटक पटक सहमतिको लागि भनेर कार्यतालिका परिमार्जन गर्दा संविधानसभाको समयवाधी लम्बिन गइ चार बर्र्ष लागेको उल्लेख गर्दै सभासद्हरुले चार बर्र्षमा पनि संविधान नबने त्यसको दोष आफुहरुले लिन नसक्ने बताएका थिए ।
बैठक पछि एमाले अध्यक्ष खनालले बैठकमा कार्यतालिका परिमार्जन गर्न नहुने कुरा उठेको बताउदै तीन दलको बैठकमा यो विषयमा कुरा गर्ने र आफुहरुको जोड प्रकृयाबाट नै टुङगोमा पुग्ने रहेको बताउनुभयो ।
संविधानसभाको नया कार्यतालिका अनुसार आज सम्ममा पनि सहमति जुटाउन नसके संबैधानिक समितिले भोलीदेखि अनुमोदनका लागि प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।त्यसैगरी एमालेमा राज्य पुनसंर्रचनाका बारेमा बोल्ने क्रम नसिकएकोले बैठक अगामि ५ गते बोलाइएको छ ।।
संविधानको मस्यौदामाथि जनमत सङ्कलनको तयारी
संविधानसभाको जनमत सङ्कलन समितिले नयाँ संविधानको पहिलो मस्यौदा दैनिक पत्रिकामा छपाएर ६४ लाख घरधुरीमा पु¥याउने भएको छ ।
जनमत सङ्कलनलाइ प्रभावकारी बनाउनेबारे सन्चारकर्मी र संचार सम्बद्ध संस्थासँगको छलफलका क्रममा सभापति प्रमोद प्रसाद गुप्ताले ६४ लाख पत्रिका घरघरमा पु¥याउने योजना रहेको जानकारी गराउनुभएको हो ।
संविधानप्रति जनताको अपनत्व बढाउन जनमत सङ्कलनलाई प्रभावकारी बनाइने उहाँले बताउनुभयो । संविधानको पहिलो मस्यौदा बनेपछि ६४ लाखप्रति पुस्तिका प्रकाशन गर्न र जिल्ला जिल्ला पु¥याउन व्यावहारिक कठिनाइ भएकोले संचार माध्यमको प्रयोग गर्न लागिएको सभासद्हरुले बताएका छन् ।
छलफलमा पत्रकारहरुले भने दैनिक पत्रिका संँगसँगै एफएम रेडियो टेलिभिजनलगायत आम संचार माध्यमलाई प्रयोग गर्नुपर्ने सुझाव दिएका छन् । संविधानको पहिलो मस्यौदामाथि फागुन २३ देखि चैत १५ सम्म जनमत सङ्कलन गर्न जाने कार्यतालिका छ ।।
कार्यतालिका परिवर्तनको अडान ।
नेपाली काङ्गे्रसले संविधान लेखन कार्यतालिका परिवर्तनको अडान राखेपछि आज बसेको तीन दलको बैठक पनि विना निस्कर्ष सकिएको छ ।
शान्ति तथा पुनर्निर्माण मन्त्रालय सिंहदरबारमा दिउँसो बसेको बैठकमा नेपाली काङ्गे्रसले शासकीय स्वरुपबारे हचुवामा निर्णय गर्न वा मतदानबाट टुङ्गाउन नसकिने भन्दै अडान राखेपछि बैठक विना निस्कर्ष सकिएको हो ।
बैठकपछि काङ्गे्रस महामन्त्री कृष्णप्रसाद सिटौलाले शासकीय स्वरुपको विषय मतदानबाट छिनोफानो गर्ने विषय नभएको बताउनुभयो ।
राज्यपुनर्संरचना समितिको प्रतिवेदन आएपछि त्यसैसँग जोडेर शासकीय स्वरुपको निर्णय गर्नुपर्ने सिटौलाले बताउनुभयो । संविधान जारी गर्न पाँच महिनाको समय बाँकी रहेको दाबी गर्दै उहाँले कार्यतालिका परिमार्जन गर्नुपर्ने बताउनुभयो ।
काङ्गे्रसले कार्यतालिका परिवर्तनको प्रस्ताव गरेपछि संवैधानिक समितिमा छलफल गर्ने गरी बैठक सकिएको माओवादी नेता देव गुरुङले जानकारी दिनुभयो । काङ्गे्रसले शान्ति प्रक्रियाको काम सहज ढङ्गले अघि नबढेको सम्बन्धमा समेत ध्यानाकर्षण गराएको छ ।
शासकीय स्वरुपमा सहमति तथा कार्यतालिका परिमार्जनलगायतका विषयमा छलफल गर्न तीन दलको बैठक भोलि फेरि बस्ने नेताहरुले बताएका छन् ।।
प्रस्तावमाथि टिप्पणी गर्ने क्रम आज पनि जारी
एकीकृत नेकपा माओवादी केन्द्रीय समितिको आज बसेको बैठकमापनि अध्यक्ष र र वरिष्ठ उपाध्यक्षको प्रस्तावमाथि टिप्पणी गर्नेक्रम जारी रह्यो ।
आजको बैठकमा १० जनाले आ–आफ्ना धारणा राखेका छन् । प्रस्तावमाथि आफ्नो भनाइ राख्ने क्रम बाँकी रहेकोले बैठक भोलि बिहान ११ बजेसम्मका लागिस्थगित गरिएको छ ।
शीर्ष नेताहरू तीन दलको बैठकमा जानु पर्ने भएकोले आज केहीबेर मात्रै माओावादी केन्द्रीय समितिको बैठक बसेको थियो । सबै सदस्यहरूले आफ्नो धारणा राखिसकेपछि अध्यक्ष र वरिष्ठ उपाध्यक्षले बैठकमा उठेका प्रश्न तथा जिज्ञासाहरूको जवाफ दिनुहुने छ ।।
स्वयंसेवक परीचालन नगरीने
हात्तिपाइले रोग निवारणका लागी यसवर्ष स्वयंसेवक परीचालन नगरीने भएको छ । गएको वर्ष स्वास्थ्य सम्वन्धि जानकारी नभएका स्वयंसेवक परीचालन गरी औषधि खुवाउदा प्रभावकारी नभएको भन्दै सरकारले यसवर्ष स्वास्थ्य सम्वन्धि जानकारी भएका महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य संस्थाका कर्मचारी तथा निजि क्षेत्रमा स्वास्थ्य सम्वन्धि काम गर्नेहरुलाई खटाइने भएको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालय सल्यानले आज पत्रकारहरुसँग गरेको अन्र्तरक्रियामा यस्तो जानकारी दिईएको हो ।कार्यक्रममा बोल्दै वरिष्ठ जनस्वास्थ्य अधिकृत धिरजंग शाहले जिल्लामा अभियान सफल पार्नका लागी सहयोग गर्न आग्रह गर्नुभएको छ ।
उहाले कार्यक्रममा गएको वर्ष स्वास्थ्य सम्वन्धि जानकारी नभएकालाई पठाउदा दुरुपयोग भएको भन्दै धेरैले घरमै औषधी छोडेर आउदा औषधि नै नखाएकाले यसपवर्ष स्वास्थ्यकर्मिनै परीचालन गरेको बताउनुभयो ।
सरकारले सन २०१५ सम्ममा नेपालबाट हात्तिपाइले रोग निवारण गरीसक्ने लक्ष्य अनुरुप गएको वर्षदेखि सल्यानमा हात्तिपाइले विरुद्ध औषधि खुवाउदै आएको छ ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानका कोषाध्यक्ष पुरुषोत्तम गिरीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै जनस्वास्थ्य अधिकृत विजयक्रान्ति शाक्यले यसवर्ष जिल्लामा दुई लाख ३८ हजार आठ सय ४५ जनालाई हातिपाईले रोग विरुद्धको औषधि खुवाउने लक्ष्य लिएको बताउनुभयो । गएको वर्ष जिल्लामा ६९ जना हात्तिपाइलेका रागीहरु भेटिएको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय सल्यानका डाक्टर नेत्र राणा र डाक्टर विशाल श्रेष्ठले हात्तिपाइले रोगबारे जानकारी गराउदै अभियान सफल पार्नको लागी पत्रकाहरुलाई सकारात्मक भुमिका खेलिदिन आग्रह गर्नुभयो ।।
गाविस स्तरिय शान्ति समिति गठन
देउखुरीको सोनपुर गाबिसमा द्धन्द्ध रुपान्तरलाई सहयोग पु¥याउन र गाविस स्तरमा भए गरेका घटनाको यथार्त जानकारीका लागी आज गाविस स्तरिय शान्ति समिति गठन गरिएको छ ।भेलाले नारायण प्रसाद शर्मा पण्डितको संयोजत्वमा ९ सदस्यीय शान्ति समिति गठन गरिएको हो ।
समितिको सदस्यहरुमा निर्मला घिमिरे, विन बहादुर दर्जी, गुरुदेव चौधरी, इश्वर चौधरी, विष्णु मायाँ वोहरा, महेश आचार्य, सर्मिला चौधरी र भक्त बहादुर घर्ति हुनुहुन्छ ।
दाङका २८ ओटा गाविस र एउटा नगरपालीकामा स्थानीय शान्ति समिति गठन गरिसकिएको छ भने अन्यमा गठन गर्न वाँकी रहेको छ । देउखुरीको हकमा कोईलावास, सतवरिया र गंगापरस्पुर गाविस वाँकी रहेको छ ।
यी गाविसमा पनि छिट्टै शान्ति समिति गठन गरिने तयारी गरिएको स्थानीय शान्ति समितिले जनाएको छ । सम्पूर्ण गाविस र नगरक्षेत्रमा शान्ति समिति गठन हुन नसक्दा वास्तविक द्धण्द्ध पिडितको पहीचान गर्न समस्या परेको शान्ति समितिका कार्यालय सचिव सन्तोष पोख्रेलले जानकारी दिनुभएको छ ।
गाविस सचिव श्रीलाल चौधरीको अध्यक्षता एवम् स्थानीय शान्ति समिति दाङकी सदस्य द्रोपती पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा वोल्ने वक्ताहरुले द्धन्द्धकालमा वास्तवीक रुपमा पिडित वनेकाहरुले राहत पाउनुपर्नेमा जोड दिएका थिए ।
दश बर्षे शसस्त्र युद्धमा पिडित वन्न पुगेका वास्तविक द्धण्द्ध पिडितहरुको पहीचान गरी राहत वितरण गरिनुपर्ने वक्ताहरुले वताएका छन् । स्थानीय शान्ति समिति दाङको आयोजनामा सोनपुर गाविसमा भएको भेलामा सहभागीहरुले त्यस्तो वताएका हुन् ।।
आज देखी आफ्नै भवनवाट सेवा सुरु
बिगत दुईवर्ष देखि लमहिमा स्वास्थ्य सम्वन्धि सेवा पु¥याउदै आएको सामुदायीक अस्पतालले आज देखी आफ्नै भवनवाट सेवा सुरु गरेको छ ।
पूर्व पश्चिम राजमार्ग छेउँमा रहेर सेवा दिदै आएको अस्पतालले आज देखी नयाँ नगर विस्तार क्षेत्र अन्र्तगत रातो डाँडावाट सेवा सुरु गरेको हो ।
विशेषज्ञ सेवा सहीत औषधी उपचार, ल्याव, सामान्य सल्यकृया सहीतको सेवा पु¥याउदै आएको अस्पतालले आफ्नै भवनवाट सेवा सुरु गरेको अस्पताल सञ्चालन समितिका सल्लाहकार शेषमणी गौतमले जानकारी दिनु भएको छ ।।
युद्धका पाच टुहुरा लाइ ६० हजार
बेल्जियममा रहेका नेपालीहरुको पहलमा रुकुममा रहेका एउटै घरका द्धन्द्धका क्रममा टुहुरा बनेका ५ जना टुहुरा वालवालिकाहरुलाई आर्थिक राहत उपलब्ध गराएका छन् ।
गरायला गाविस स्थित देवसरी पुन र चन्द्रवहादुरका ५ टुहुरा बालबालिकालाई प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले बेल्जियममा विभिन्न पेशामा कार्यरत नेपालहरु मीन गर्बुजा पुनगमर, कृष्ण तिलिजा, कमल भारती, दुर्गा सुबेदी र टिएन सावकोटाको तर्फवाट ६० हजार नगद आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको हो ।
द्धन्द्धको क्रममा तत्कालिन शाही नेपाली सेनाको गस्ती टोलीको गोली प्रहारवाट घाइते देवसरीको उपचार अभावमा गत बर्षको पुस महिनामा जिल्ला अस्तालमा मृत्यु भएको थियो ।
आमाको मृत्यु भए बिचल्लीमा परेका टुहुरा वालवालिकाहरुको बारेमा रुकुमका संचारकर्मिहरुले रिर्पोटिङ गरेका आधारमा उनिहरु लाइ राहत संकलन गरेको बेल्जीएममा रहेका सहयोग कर्ताहरुले बताएका छन् ।।
३ जनालाई कारागार चलान
कालिकोटमा चुलो छोएको आरोपमा कुटपिटपछि हत्या गरिएका मनवीरे सुनारको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका ३ जनालाई कारागार चलान गरिएको छ ।
जिल्ला अदालतको आदेश अनुसार हत्यामा संलग्न भएका मीनवहादुर शाही, दिपवहादुर शाही र पसलका मालिक जसवहादुर शाहीलाई पुर्पपक्षका लागि थुनामा राख्न कारागार चलान गरिएको हो ।
चुलो छोएको भन्दै मनवीरेलाई दुर्बचन लगाउने बालकुमारी शाहीलाई अदालतले २५ हजार धरौटीमा छाडेको प्रहरी नायव निरिक्षक जयवहादुर थापाले जानकारी दिनुभएको छ ।
चुलो छोएको निहुमा गाली गलौच र कुटपिट गरी सुनारको हत्या गरिएको घटनालाई इन्सेक क्षेत्रीय कार्यालय नेपालगञ्जले मानवअधिकारको नाममा सत्यलाई तोडमोड गरी झुुठो प्रतिवेदन सार्वजनिक गरेको भन्दै कालिकोट तथा अन्य जिल्लामा क्रियाशील बिभिन्न दलित संघ संस्थाले आपत्ति जनाएका छन् ।।
के गर्ने त खाईयो पिटाई
अपरिचित समुहले बाँकेमा एक जना रेडियोकर्मी लाई कुटपिट गर्नुको साथै सञ्चार समाग्रि लुटिलगेको छ । भेरि एफएम नेपालगन्जका समाचार वाचक तिर्थ जैशी लाई अपरिचित समूहले कुटपिट गर्नुका साथै उहा सँग भएका सञ्चार सामाग्रिहरु लगेको हो ।
आज बिहान कोठाबाट एफएम कार्यालय बुलबुलिया जादै गर्दा महेन्द्रपार्कमा जैशीलाई कुटपिट गर्दै उहाँ सँगभएको रेकर्डर, परिचय पत्र, झोला खोसेर लगेको पिडित पत्रकार जैशीले जानकारी दिनुभएको छ ।
कुटपिटबाट जैशीको ढाडमा चोट लागेको छ । रेडियोकर्मी जैसि माथि भएको घटना प्रति बाँकेका बिभिन्न संचार संस्थाहरुले बिरोध जनाउदै दोषिलाई खोजि गरि कार्वाही गर्न प्रशासन सँग माग गरेका छन् ।।
‘विद्यार्थी आवाज’को विमोचन
अखिल क्रान्तीकारी राप्ती शिक्षा क्याम्पस मुल ईकाई समीतिले प्रकाशन गरेको बिद्यार्थी आवाज नामक त्रैमासिक पत्रिकाको आज घोराहीमा एक कार्यक्रमको आयोजना गरि बिमोचन गरिएको छ ।
पत्रिकाको बिमोचन अखिल क्रान्तीकारीका केन्द्रीय सचिबालय सदस्य खुसिराम चौधरिले गर्नुभएको थियो । बिमोचन कार्यक्रममा बोल्ने सहभागीहरुले पत्रिकाले साहीत्यीका, राजनैतिक र शैक्षीक बिषयहरुलाई केन्द्रीत गरेकाले पत्रीका बिद्यार्थीको आवाज बोल्न सफल रहेको बताएका छन् ।
उनिहरुले सबै बिद्यार्थीका आवाजहरुलाई सञ्चार माध्यम मार्फत आम विद्यार्थीहरुमाझ पु¥याई सुसुचित बनाउनमा पत्रिकाले महत्वपुर्ण भुमिका खेलेको बताएका छन । साथै उनिहरुले पत्रिका प्रकाशन मात्रै नभएर यसलाई दीर्घ जिबन प्रदान गर्न सबै बिद्यार्थीहरु एकीकृत भएर लाग्नुपर्ने पनि बताएका छन् ।
सहभागीहरुले राप्ती अञ्चलका शैक्षीक मुद्धाहरुलाई यस पत्रिकाले केन्द्रीत गर्न सके पत्रिका अझ प्रभाबकारी हुन सक्ने बताएका छन् । राप्ती शिक्षा क्याम्पसमा गठित क्रान्तिकारी विद्यार्थी संगठनले प्रकाशन गरेको पत्रिकाको प्रधानसम्पादकमा प्रशान्त वली रहनु भएको छ भने कार्यकारी सम्पादकमा वाईवी जिएम रहनु भएको छ ।
क्रान्तीकारी बिद्यार्थी संगठन राप्ती शिक्षा क्याम्पसका कार्यबाहक अध्यक्ष धनबहादुर डागीँको अध्यक्षता, अखिल क्रान्तीकारीका केन्द्रीय सचिबालय सदस्य खुसिराम चौधरिको प्रमुख आथीत्य र क्याम्पस प्रमुख हुकुम बुढाथोकीको बिशीष्ट आथीत्यमा सम्पन्न भएको कार्यक्रमको समिक्षा राप्ती शिक्षा कयाम्पसका प्राध्यापक चन्द्रबहादुर थापा र नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष नरेन्द्र केसिले गर्नुभएको थियो ।
कार्यक्रममा नेकपा माले दाङका सचिव नेत्रप्रकाश पाण्डे, पत्रकार महासंघ दाङका सचिब सबिन प्रियासन, अखिल क्रान्तीकारी राप्ती शिक्षा क्याम्पसका सहसचिब वाईबि जीएम लगाएतले बोल्नुभएको थियो । क्रान्तीकारी राप्ती शिक्षा क्याम्पसका कोषाध्यक्ष एकराज चन्दले स्वागत गर्नुभएको कार्यक्रमको सहजिकरण सचिब प्रशान्त वलिले गर्नुभएको थियो ।।
कार्वाहिको माग गर्दै चौरजहारी बन्द
अस्ती आइतबार आफना कार्यकर्तामाथी चक्कु प्रहार गर्ने माओबादीका कार्यकर्ता लाई काबार्हिको माग गदै एमाले रुकुमले आज रुकुमको पश्चिम ब्यापारी केन्द्र्र चौरजहारी बजार बन्द गराएको छ ।
जिल्लाको चौरजहारी खानेपानी योजना निमार्ण उपभोक्ता समितीको बैठक बसिरहेको बेला उपभोक्ता समिती भन्दा बाहिरको मान्छे आएर आफ्नो कार्यकर्ता हिमप्रसाद शर्मालाइ चक्कु प्रहार गरेको भन्दै एमालेले बन्द गरेको हो ।
घटनाका दोषीलाई कानुनी कार्वाही गर्न प्रशासन समक्ष एमाले रुकुमले माग गरेको छ । उता आक्रमणमा संलग्नलाई इलाका प्रहरी कार्यालय चौरजहारीले पक्राउ गरी कार्वाही प्रक्रिया चलाएको प्रहरीले बताएको छ ।
चौरजहारी खानेपानी योजनामा भष्ट्राचार भइरहेको भनि हिमप्रसादले कुरा उठाउँदा उपभोक्ता समिती भन्दा बाहिरको मानिस बिनयले आक्रमण गरेको एमालेले बताएको छ । आक्रमण बाट घाइते बनेका शर्माको स्थानिय चौरजहारी मिसन अस्पतलामा उपचार पछि घर फीर्ता भैसकेका छन ।
उता माओबादी रुकुमले चक्कु प्रहार गरेको भन्दै एमालेले माओबादीको बदनाम गर्ने प्रयास गरेको बताएको छ ।।
ब्यापारीलाई कारवाही अभियान
नाला भन्दा वाहीर सामान राखेर ब्यापार ब्यवसाय गर्ने ब्यापारीलाई कारवाही अभियान थालीएको २० दिन भित्र ४२ जना ब्यापारी कारवाहीमा परेका छन् । देउखुरी उद्योग वाणिज्य संघले चलाएको अभियान अन्र्तगत २० दिन भित्रमा ४२ जना ब्यापारी कारवाहीको दायरमा आएको र उनिहरुवाट नगद जरिवाना काटीएको संघले जनाएको छ ।
नाला भन्दा वाहीर ब्यापार ब्यवसाय र होडिङ्ग वोर्ड राख्ने ब्यापारी पनि कारवाहीमा परेका छन् । आज नाला भन्दा वाहीर होडिङ्ग वोर्ड राखेका दुई जना ब्यापारी कारवाहीमा परेका छन् ।
पहीलो चरणमा कारवाहीमामा पर्नेवाट एक सय रुपैयाँ, दोस्रो पटक सोही ब्यापारी फेला परेमा दुई सय रुपैयाँ, तेस्रो पटक पनि भेटीएमा चार सय रुपैयाँ र चौथो पटक भेटीएमा सामान जफत गर्ने निर्णय गरिएअनुसार धेरैजसो ब्यापारी पहीलो चरणको कारवाहीको दायरामा आएका छन् भने केही दोस्रो चरणको कारवाहीमा परेको जनाइएको छ ।।
धुम्रपान गर्ने १६ जनालाई नियन्त्रणमा
सरकारले सार्वजनिक स्थलमा धुम्रपान तथा सुर्तिजन्य पदार्थको सेवनमा प्रतिबन्ध लगाएपछि बाँकेमा प्रहरीले त्यसको कार्यान्वयनमा सक्रिएता देखाएको छ ।प्रहरीले नेपागञ्जका विभिन्न सार्वजनिक स्थानमा धुम्रपान गर्ने १६ जनालाई नियन्त्रणमा लिएर शक्त चेतावनिका साथ छोडिएको छ ।
वडा प्रहरी कार्यालय नेपालगञ्जका इन्चार्ज प्रहरी निरिक्षक ऐन बहादुर चन्दका अनुसार पक्राउ पर्नेमा सरकारी कार्यालयहरु जिल्ला प्रशासन कार्यालयबाट ४ जना, जिल्ला मालपोत कार्यालयबाट ४ जना, त्यसैगरी पुष्पलाल चोकबाट ३ जना, त्रिबेणि मोडबाट ३ जना र अन्य २ जना रहेका छन् ।
उनिहरुलाई वडा प्रहरी कार्यालय नेपालगञ्जमा राखेर आगामि दिनमा गल्ती नगर्ने सर्त सतिह छोडिएको प्रहरीले बताएको छ ।।
तालिम सम्पन्न
जिविस दाङ र पुरन्धारा गाविसको आयोजनामा लगानी योजना सम्वन्धि दुइ दिने तालिम मंगलवार पुन्धारामा सम्पन्न भएको छ ।
पुरन्धारा गाविसलाई अवको पाँच वर्ष भित्रमा गरिने कृयाकलापमा वारेमा प्रशिक्षण दिइएको तालिममा विद्यालयका प्रधानाध्यापक, राजनीतिक दलका प्रतिनिधि, सामुदायिक वनका प्रतिनिधि, स्वास्थ्य संस्था, वडा नागरिक मञ्च, वाल क्लव तथा स्थानिय संघसंस्था प्रतितिथा सरोकारवाला निकाएका गरी ३५ जनाको सहभागिता रहेको थियो ।
तालिम समापन कार्यक्रमको सहपजकरण गाविस सामाजिक परिचालक ज्ञनु केसीले गर्नुभएको थियो ।पुरन्धारा गाविस सचिव ओविन्द्र बहादुर वलीको अध्यक्षता भएको तालिम समापन अवसरमा प्रशिक्षक जिविसका सामाजिक विकास अधिकृत वालकृष्ण खनाल, निर्मल नेपाली, विकिरण गौतम युनिसेफका राजेस सारु मगर लगाएतले वोल्नुभएको थियो ।।
आज पनि भन्सार नाका ठप्प
बाँकेको नेपालगन्जमा विश्वविद्यालय स्थापनाको माग गर्दै आन्दोलित संर्घष समितिले आज पनि भन्सार नाका ठप्प पारेका छन् । नेपालगन्ज विश्वविद्यालय स्थापना तयारी तथा संघर्ष समितिको अगुवाईमा अस्ती आइतबारदेखि भन्सार नाका ठप्प पार्दै राजश्व संकलन बन्द गरिएको छ ।
संसदमा दर्ताभएको नेपालगन्ज विश्वविद्यालय विधेयक सरकारले पारित नगरी आलटाल गरेको भन्दै समितिले दवाव स्वरुप आन्दोलन गर्दै आएको छ ।आन्दोलनको कार्यक्रम अन्तर्गत आज नेपाली काङग्रेसको अगुवाइमा भन्सार कार्यालय ठप्प पारिएको हो ।
हिजो एमालेको अगुवाइमा भन्सार कार्यालय ठप्प पारिएको थियो भने भोलि माओवादीको अगुवाइमा भन्सार ठप्प पारीने बताइएको छ । दैनिक एक करोडको राजश्व सकंलन हुने नेपालगञ्ज भन्सार ठप्प पारिदा राज्य कोषमा ठुलो नोक्सानी भएको छ ।।
प्यूठान स्वर्गद्वारीमा यातायत अरुद्ध
तीन दिनदेखि प्रतिकुल मौषमका कारण सँगै प्यूठानको भिङग्री देखी स्वर्गद्वारी मन्दीर सम्म गाडी चल्न सकेको छैन ।जिल्लाकै ऐतिहासिक पर्यटकिय धार्मिक तिर्थस्थल स्वर्गद्वारीमा यातायात अवरुद्ध हुँदा तिर्थालु भक्तजन र स्थानियलाई आवतजावतमा कठिनाई भएको छ ।
अस्ती आईतवारदेखि बढ्दो चिसो र पानीका कारण स्वर्गद्वारीमा यातायात चल्न नसकेको स्वर्गद्वारी यातायात व्यवसायि समिति प्यूठानले जनाएको छ । बाटोमा चिप्लो र तुषारो परेकाले गाडि अबरुद्ध भएको समितिका सदस्य हिरामणि भण्डारीले बताउनुभयो ।
बाटो खुलाउने विषयमा भने कसैले चासो नदिएको स्थानीयले गुनासो गरेका छन् ।भालुवाङ–प्यूठान, चकचके–रोल्पा सडक अन्तर्गत स्वर्गद्वारीको आधार शिविर भिंगृ सम्ममा पक्कि सडक भएपनि भिंगृदेखि स्वर्गद्वारीसम्म १३ किलोमिटर कच्चि सडक रहेको छ ।।
मध्यपश्चिम खबरमा अब रीपोर्टको पालो..........
थारु समुदायमा माघ महीनालाई नयाँ वर्षको रुपमा लिने गरिन्छ । त्यही माघ महीनामा वर्षभरी गर्ने कामको वारेमा निर्णय पनि लिने गरिन्छ । नयाँ कामको सुरुवात अथवा पुरानै कामको निरन्तरताका विषयमा गाउँमा छलफल गरि निर्णयमा पुग्ने गर्दछन् ।
माघ महीनामा सामाजिक कु–प्रथाको रुपमा रहेको कमलहरी लगाउने र छुटाउने विषयमा पनि निर्णय लिने गरिन्छ ।
तर माघ महीना आउन अझै केही दिन वाँकी छदै दाङ देउखुरीका थारु अगुवा तथा अभिभावकहरु कमलहरी प्रथाको विरुद्धमा गाउँ गाउँमा खवरदारी अभियानमा सकृय देखिएका छन् ।
वालीकाहरुलाई कमलहरी होइन विद्यालय पठाउन अनुरोध गर्दै अभियान सुरु गरेको हुन् ।हाम्रा देउखुरी सहकर्मी दशरथ घिमिरेले पठाएको यो रिपोर्ट............
यो रीपोर्ट पछि अब केही राजनितिक खबरहरु........
प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री डा.बाबुराम भट्टटराईले जनताको सेवकका रूपमा रहेको कर्मचारी प्रशासनले कसैको दबाबमा नआई जनताको पक्षमा सर्वसुलभ तरिकाबाट सेवा प्रदान गर्न निर्देशन दिनुभएको छ ।
आज विराटनगरमा भएको कार्यक्रममा निजामती, सुरक्षा निकाय, संस्थान तथा समितिका कार्यालय प्रमुखहरूको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री भट्टराईले कसैको अनुचित दबाबमा नपरी काम गर्न निर्देशन दिनुभएको हो ।
सरकारले शान्ति प्रक्रिया र संविधान लेखनको काम सँगसँगै आर्थिक एजेन्डालाई पनि प्राथमिकतामा राखेर कामगरिरहेको बताउँदै प्रधानमन्त्री भट्टराईले सबै कर्मचारीले पछाडि परेको समुदायले पनि सेवा पुग्न हिसाबले काम गर्नुपर्ने बताउनुभयो ।।
यही सरकारलाई नै निरन्तरता दिनुपर्ने
एकीकृत नेकपा माओवादी नेता तथा उर्जामन्त्री पोष्टबहादुर बोगटीले शान्ति प्रक्रिया र संबिधानको काम नसकिदासम्म बाबुराम भट्टराई नेतृत्वको सरकारलाई नै निरन्तरता दिनुपर्ने बताउनुभएको छ ।
क्रान्तिकारी पत्रकार संघले आज हेटौंडामा गरेको पत्रकार सम्मलेनमा बोगटीले बर्तमान सरकालाई राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताउनुभयो । माओवादी भित्र देखिएको कचिङगलले शान्ति प्रकृया र संबिधान निर्माणले गति लिन नसकेको स्वीकार्दै एमाले र कांग्रेसभित्र पनि अन्तरबिरोध रहेको बोगटीले दाबी गर्नुभयो ।
माओवादी उपाध्यक्ष मोहन बैद्यले बोलेका अभिव्यक्ति व्यक्तिगत भएको उहाँको धारणा थियो । उपाध्यक्ष बैद्यका कारण पार्टीमा केही शिथिलता देखिएको बोगटीले बताउनुभयो ।
हेटौडामा रहेको डिजल थर्मल प्लान्ट मर्मत गर्ने कार्य भइरहेको र यसलाई ब्यबस्थित रुपमा संचालन गर्ने मन्त्रालयको योजना रहेको उहाँले जानकारी दिनुभयो । नेपाल बिद्युत प्राधिकरणको घाटा ३४ अर्व पुगिसकेको भन्दै महसुल बृद्धिको बिकल्प नभएको मन्त्री बोगटीको भनाइ छ ।।
साधारण सदस्य समेत नरहनेगरी कारवाही
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन छैठौंका दाङ जिल्ला अध्यक्ष जिवन भण्डारीले संगठनको अनुसासन वाहीर गएर काम गरेको भन्दै अखिल छैठौंको जिल्ला सचिवालयको वैठकले संगठनको साधारण सदस्य समेत नरहनेगरी कारवाही गरेको छ ।
आज सम्पन्न सचिवालयको वैठकले भर्खरै अधिवेसनवाट निर्वाचीत जिल्ला अध्यक्ष भण्डारीले संगठन विरोधी कार्य गरेको भन्दै निस्कासन गरिएको सचिव मिनराज पुन र उपाध्यक्ष वसन्त आचार्य द्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
केही दिन पहीले भण्डारीले आफु राष्ट्रिय जनमोर्चा पार्टि परित्याग गरेको घोषणा गरेलगत्तै छैठौंको सचिववालय वैठकले संगठनको साधारण सदस्य समेत नरहनेगरी कारवाही गरेको हो ।।
४५ बुदे माग समेटिएको ज्ञापनपत्र बुझाउने
किसानहरुका माग पुरा गर्न दवाव दिने उद्देश्यले दाङमा पनि राष्ट्रिय किसान सञ्जाल गठन गरिएको छ ।अखिल नेपाल किसान महासंघ, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), नेपाल किसान संघ, प्रगतिशिल किसान संघ, सामुदायिक वन उपभोक्ता महासंघ र राष्ट्रिय सिंचाई तथा जल उपभोक्ता महासंघका प्रतिनिधिहरुको आज घोराहीमा सम्पन्न सयुक्त बैठकले केन्द्रमा रहेको सञ्जालको दाङमा पनि शाखा गठन गर्ने निर्णय गरेको हो ।
सञ्जालका सदस्यहरुले आलोपालो गरी अध्यक्षता गर्ने प्रावधान गरिएको छ ।सञ्जालले भोली बुधवार जिल्ला प्रशासन कार्यालय दाङमा किसानका माग समेटिएको ४५ बुदे ज्ञापनपत्र बुझाउने निर्णय गरेको सञ्जालको एक सदस्य वन महासंघ दाङका सचिव हेमराज शर्माले जानकारी दिनुभयो ।
उहाका अनुसार सवै संस्थाका प्रतिनिधिहरुले जुशुल सहित कृषि भूमिमा सिंचाइ सुविधान नै बन्द हुने गरि सञ्चालन गरिएका पूर्वाधारहरु बन्द गरि कानुनी दायरामा ल्याइ सञ्चालन गर्नु पर्ने, सिमेन्ट उद्योगहरुले सञ्चालन पूर्व वातावरणीय शर्तहरु कार्यान्वयन गर्नु पर्ने, क्रान्तिकारी÷वैज्ञानिक भूमिसुधार लागू गरिनु पर्ने लगायतका माग समेटिएको ज्ञापनपत्र पत्र भोली दिउसो प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रिलाई ज्ञापनपत्र बुझाउन लागेका छन ।
आज मंगलबार सम्पन्न बैठकले भोलीको कार्यक्रमका ज्ञापनपत्रको तयारी लगायतका कार्यको संयोजन गर्ने जिम्मा सामुदायिक वन उपभोक्ता महासंघलाई दिएको छ । बैठक वन महासंघका अध्यक्ष शोभाकर सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।।
मञ्च र युनियनको धर्ना कार्यक्रम देशभर
बिभिन्न ४७ बुँदे माग अगाडि सार्दै नेपाल शैक्षिक गणतान्त्रिक मञ्च र नेपाल शिक्षक युनियनले आज संयुक्त रुपमा ज्ञापनपत्र बुझाउनुका साथै धर्ना कार्यक्रम सुरु गरेका छन् ।
मञ्च र युनियनको पहलमा दाङ लगाएत देश भरका ७५ वटै जिल्ला शिक्षा कार्यालयमा ज्ञापनपत्र बुझाएको र २ घण्टा शिक्षा कार्यालयमा धर्ना दिएको नेपाल शैक्षिक गणतान्त्रिक मञ्चले जनाएको छ ।
सेवा अवधि गनेर अस्थायी शिक्षकलाई प्रक्रिया पु¥याएर स्थायी गर्नुपर्ने, बिद्यालय कर्मचारीलाई दरबन्दीको व्यवस्थागरी स्थायी गर्नुपर्ने, संस्थागत बिद्यालयका शिक्षकलाई सरकारी शिक्षक सरह तवल, नियुक्ति पत्र, सुविधाको व्यवस्था गर्नुपर्ने लगायतका ४७ बुँदे माग मञ्च र युनियनले राखेका छन् ।
यसअघि सरकारले आफूहरुसँग गरेको सहमति कार्यान्वयन नगरेका कारण आन्दोलन र विरोध गर्नु परेको अस्थायी शिक्षक आन्दोलन केन्द्रीय समितिले जनाएको छ ।।
वसको ठक्करवाट वालीको मत्यु
वसको ठक्करबाट दाङको देउखुरीमा आज एक वालीकाको मृत्यु भएको छ ।पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङ खण्डको लालमटीयामा वसको ठक्करबाट ५ वर्षिय इश्वरी कुमालको मृत्यु भएको हो ।
कृष्ण नगरबाट घोराही जाँदै गरेको लु १ ख ३५०३ नम्वरको वसको ठक्करवाट लालमटीया–७ वराखुटीकी कुमालको घटना स्थलमै मृत्यु भएको स्थानीय पदम अधिकारीले जानकारी दिनुभयो ।बालिकालाई ठक्कर दिएपछि वस दुर्घटनामा परेको छ ।।
६ दिने जिल्लास्तरिय प्रशिक्षक प्रशिक्षण
रोल्पाको लिबाङमा ६ दिने सामाजिक सुरक्षा सम्बन्धि प्रशिक्षण तालिम आजबाट शुरु भएको छ । रोल्पाको लिबाङ मिलन केन्द्रहलमा आज बाट शुरुभएको तालिम २४ गते सम्म हुने आयोजकले बताएको छ ।
महिला तथा बालबालिका बिभाग एडम स्मिथ ईन्टरनेशनल नेपालको सहयोगमा र महिला तथा बालबालिका कार्यालय रोल्पाको आयोजनामा तालिम संचालन भएको हो ।
तालिममा जोखिममा रहेका तथा द्धन्द प्रभावित बालबालिका तथा परिवारहरुका लागी बिकेन्द्रिकृत सहयोग एवम, सुदृढ आयोजना लागुभएका ६ वटा, गाबिस उवा, मिरुल, थबाङ, कुरेली, गाम, जेल्बाङ गाबिस प्रतिनिधी, सचिव, सहजकर्ता ३ जनाका दरले १८ जना र सरोकार वाला संस्थाबाट १२ जना गरी ३० जनालाई तालिम दिईने आयोजकले बताएको छ ।
तालिममा महिला तथा बालबालिका कार्यालय रोल्पाकि अधिकृत निमर्ला कार्की, अधिकृत गोकर्ण पुन, सुचना अधिकृत राम कुमार न्यौपाने, प्रहरी निरिक्षक गणेस सिंह महता, सिभिन नेपाल रोल्पाका माधव प्रधान लगायतले सहजीकरण गर्नुभएको छ ।।
पाँच दिने लघु ब्यवसाय
औद्योगिक ब्यवसाय विकास प्रतिष्ठान नेपालगञ्ज र थारु कल्याण कारिणी सभा देउखुरीको संयुक्त आयोजनामा सञ्चालीत पाँच दिने लघु ब्यवसाय सृजना तालीमको आज लमहीमा समापन गरिएको छ ।
थारु कल्याण कारिणी सभाका क्षेत्रिय अध्यक्ष चेतराम चौधरीको अध्यक्षता एवम् उद्यमी महीला वचत तथा ऋण सहकारी संस्था लिमिटेडका संयोजक मिश्रुलाल चौधरीको प्रमुखआतिथ्यमा सम्पन्न कार्यक्रममा प्रशिक्षक राज बहादुर चौधरी, योगेन्द्र श्रेष्ठ, शर्मिला चौधरी, मायाँ देवी चौधरी लगाएतले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
होम नारायण चौधरीको स्वागत मन्तब्य वाट सुरु भएको कार्यक्रमको सञ्चान जगनारायण चौधरीले गर्नु भएको थियो ।।
अबैध व्राउन सुगर बरामद
र दाङको तुलसीपुरबाट प्रहरीले गएराती २ सय गा्रम अबैध व्राउन सुगर बरामद गरेको छ । नेपाल भारत मैत्री संघ तुलसीपुरद्धारा सञ्चालीत एम्बुलेन्समा अवैध दुइ सय ग्राम व्राउन सुगर भेटीएको हो ।
नेपालगञ्जबाट तुलसीपुरतर्फ आउदै गरेको रा १ च २९० नम्वरको एम्वुलेन्सबाट प्रहरीले चेकचाजका क्रममा तुलसीपुरको गुम्राह चोकबाट पक्राउ गरेको हो ।
मोवाइल गस्तीमा गएको प्रहरीले एम्वुलेन्सबाट व्राउन सुगरको कारोवारमा संलग्न भएको हुनसक्ने भन्दै अनुसन्धानका लागी ३ जनालाइ प्रकाउ गरेको छ । एम्वुलेन्स पनि प्रहरीको नियन्त्रणमा रहेको छ ।।