नयाँपत्रिका
सल्यान जेठ १० । सल्यान जिल्लाको माटोमा अत्याधिक अम्लीयपना देखिएको छ । क्षेत्रिय माटो परिक्षण प्रयोगशाला खजुरा वाँके र जिल्ला कृषि विकास कार्यालय सल्यानले थारमारेमा गरेको माटो परिक्षण शिविरमा यस्तो तथ्य देखिएको हो ।
जिल्लाका १ सय २५ कृषकहरुको माटो परिक्षण गरिएकोमा १ सय २२ कृषकको माटोमा अत्याधिक अम्लीयपना देखिएको थियो । साधारण तया अमिलो स्वाद हुने र पानीमा घोल्दा एच प्लस आयोन दिने पदार्थ नै अम्ल हो ।
रासायनिक मलको प्रयोग र नकुहिएको कम्पोष्ट मलको प्रयोगका कारण यस्तो समस्या देखिन्छ, माटो परिक्षण प्रयोगशाला खजुरा वाँकेका प्रमुख वरिष्ठ माटो विज्ञ टंक बहादुर कार्किले भने यसको निराकरणका लागी कृषकहरुले सिफारिसका आधारमा कृषि चुनको प्रयोग गर्नुपर्छ । अम्ल भएको माटोको रासायनिक प्रतिक्रिया ७ पिएच भन्दा कम हुन्छ र साढे ६ भन्दा कम पिएच भएको माटोको उपचार गर्नुपर्ने हुन्छ । सल्यानको माटोको पिएच मान ३.७ सम्म देखिएको कार्किले बताए । साथै यस क्षेत्रको माटोमा फस्फोरस र पोटासको मात्रा सन्तोषजनक देखिएको भएपनि नाइट्रोजनको मात्रा कम रहेको समेत उनले बताए ।
अत्याधिक अम्लीयपना भएको माटोमा चिया खेति वाहेक अन्य खेति फस्टाउन सक्दैन कार्किले भने सल्यान जिल्लाको माटोमा अम्लीयपना घटाउनका लागी अभियान नै चलाउनुपर्ने देखिन्छ । जिल्ला कृषि विकास कार्यालय सल्यानका वरिष्ठ कृषि विकास अधिकृत टेक प्रसाद लुइटेलले जिल्लाको माटोलाई सुधार्नका लागी कृषि चुनको प्रयोगलाइ अभियानकै रुपमा अघि बढाइने बताए । हामीहरु नियमित कार्यक्रम र अन्य तरिकाबाट पनि किसानहरुको कृषि चुनामा सहज पहुँच पु¥याउनका लागी काम गर्नेछौँ, लुइटेलले भने जिल्लाको माटोमा कृषि चुनाको प्रयोग पछि सुधार भएको छ छैन भनेर जिल्लाभरी फेरी पनि शिविर चलाउने छौँ ।
साथै सोहि अवसरमा वालि संरक्षण प्रयोगशाला खजुरा वाँके र जिल्ला कृषि विकास कार्यालय सल्याको संयुक्त आयोजनामा वालि उपचार शिविर समेत चलाइएको थियो । शिविरमा ५० जना भन्दा बढि कृषकहरुले वालि उपचार शिविरबाट सेवा लिएका थिए । सो क्रममा वालि संरक्षण प्रयोगशाला खजुराका वरिष्ठ वालि संरक्षण अधिकृत पर्शुराम रावतले जिल्लामा बढि मात्रामा वालिमा रोगकिराको समस्या देखिएको बताए । किसानहरुले काटाछाँट र बगैचा व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने समेत उनले बताए । रोगकिराको नियन्त्रणका लागी वातावरण मैत्रि विषादिको सिफारिस गरिएको पनि रावतले बताए ।