Showing posts with label समाज. Show all posts
Showing posts with label समाज. Show all posts

Sunday, August 4, 2013

सल्यानमा जनश्रमदानबाट १ दिनमा ५ लाखको काम

सामुहिक काम भए ठुलाठुला काम गर्न सहजहुन्छ –पौडेल
डिल्लीराज रावत
साउन १९, सल्यान
असार ३१ गते देखि आएको बर्षाका कारण क्षति पुगेको राप्ति लोकमार्ग अन्तरगत सल्यानको अरिङ्गाले फेदीमा खोलाले बगाएको सडक जनश्रमदानबाटै मर्मत गरिएको छ । शनिबार सहायक प्रमुख जिल्ला अधिकारी दिपेन्द्र पौडेलको नेतृत्वमा जिल्लाभित्रका क्रियाशिल विभिन्न निकाय र स्थानियबासीको सहभागितामा तारजालि र ढुङ्गा माटो भरेर ग्याभिङ्ग पुरा गर्ने काम भएको हो ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समितिको कार्यालय, नेपाली सेना, नेपाल प्रहरी, विभिन्न राजनीतिकदल, पत्रकार, र स्थानियबासीको सहभागितामा ५ लाख बराबरको काम गरिएको हो । दैवि प्रकोपको जोखिमका लागि जिल्लामा कुनैपनि आर्थिक स्रोत नभएको अवस्थामा अरिङ्गाले खोलाको ग्याभिङ्ग पुरा गर्नका लागि जिल्ला विकास समितिको कार्यालयबाट ग्याभिङ्ग तार जाली उपलब्ध गराईएको थियो त्यस्तै सडक डिभिजनले डोजरहरु उपलब्ध गराएको थियो भने अन्य समूर्ण शक्तिले जनश्रमदानमा भाग लिएका थिए ।
जिल्लामा विहिबार सल्यान–रुकुम यातायात व्यावसायी संघ, सल्यान उद्योग वाणिज्य संघ, नेपाल निर्माण व्यवसायी संघ सल्यान, राप्ती अञ्चल सवारी मजदुर संघ, नेपाल पत्रकार महासंघ सल्यान र नागरिक समाज सल्यानले जिल्ला प्रशासन कार्यालयलाई ज्ञापन पत्र प्रस्तुत गरेको भोलिपल्ट शुक्रबार जिल्ला विकास समितको आयोजना र निमित्त प्रमुख जिल्ला अधिकारी दिपेन्द्र पौडेलको अध्यक्षतामा बसेको जिल्ला दैवि प्रकोप समिति सल्यानको बैठकले सल्यानदेखि तुलसीपुर सम्मको सडकखण्डलाई सहजताका साथ सुचारु गर्ने निर्णय अनुसार अरिङ्गाले खोलाको बाटोलाई मर्मत गरिएको हो ।
तारजाली भरान कार्यमा जिल्लास्थित विभिन्न कार्यालयका कर्मचारी, सल्यान उद्योग वाणिज्य संघ, सल्यान–रुकुम यातायात व्यावसायी समिति, गैह्र सरकारी संस्थाका प्रतिनिधी र नागरिक समाजको समेत सहभागिता रहेकोे थियो । स्रोत साधनको कमि भएको भएता पनि अरु दिनमा कार्यालयको काममा व्यस्त हुने जिल्लाका कर्मचारीहरु निमित्त प्रमुख जिल्ला अधिकारी दिपेन्द्र पौडेल, जिल्ला प्रहरी कार्यालयका प्रमुख लालमणी आचार्य, निमित्त स्थानिय विकास अधिकारी तथा जिल्ला इन्जिनियर कार्यालयका इन्जिनियर हरि प्रसाद शर्मा, राष्ट्रिय अनुसन्धानका नन्द धिताल, नेपाली सेनाका क्याप्टेन नारायण विष्ट लगायतको समूहले विदाको दिन पारि जनश्रमदान गरेर डोजरको सहायतामा सवारी वारपार गराउने खोलालाई मोटरसाईकल समेत सजिलैसंग आवत जावत गर्नसक्ने सडकमा परिणत गरेका हुन् । ग्याभिङ्ग तार लगाएर फिट गरेर माथीबाट ढुङ्ग भरेकोले पक्की पुल नबन्दासमम अरिङ्गाले फेदीको समस्या समाधान भएको छ ।
सामुहिक रुपमा काम भएमा ठुला समस्याको पनि सजिलै समाधान हुने भन्दै निमित्त प्रमुख जिल्ला अधिकारी दिपेन्द्र पौडेलले निर्माण कार्यमा सहयोग पु¥याउने सबैमा धन्यवाद व्यक्त गर्नुभएको छ । जिल्लाका समस्याहरु हामी सबै मिलेर गरेमा समाधान हुने भएकाले आगामी दिनमा यस्ता कामले राष्ट्रलाई समेत टेवा पु¥याउने छ उहाँले बताउनुभयो ।
त्यस्तै राप्ती लोकमार्गको विभिन्न ठाँउमा पहिरो गएको तथा विभिन्न ठाँउमा सडक भास्सिएकोले त्यसको मर्मतका लागि डोजरले काम गर्नेक्रम जारी रहेको छ ।
ं शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला दैवि प्रकोप समितिको बैठकमा सल्यान जिल्लामा क्षतिको विवरण आउनेक्रम जारी रहेको र अहिलेसम्म ६ करोड बराबरको अनुमानित क्षति विवरण आएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो । त्यस्तै कपुरकोटक्षेत्र पहिरोको जोखिममा परिरहेको भन्दै त्यसकालागी राष्ट्रिय स्तरमा पहल गर्नुपर्ने र त्यो कार्य भैरहेको पौडेलले जानकारी दिनुभयो । यसपल्टको प्रकोपले सल्यानका विभिन्न ठाँउका विद्यालय, सडक, खेतियोग्य जमिनमा क्षति पु¥याएको भन्दै जिल्ला प्रशासन कार्यालय मार्फत साउन ७ गते शहरी विकास मन्त्रालय विपद व्यवस्थापन शाखा सिंहदरवार काठमान्डौंमा पठाईसकिएको क्षतिको विवरण सहि भएकोले बैठकले अनुमोदन समेत गरेको छ । बैठकले सल्यानको शारदाखोला, लुहामखोला, मर्मखोला, दार्मखोला, बन्गाडखोला लगायतका ठाँउमा नदिले कटान गरेको क्षेत्रमा तारजाली तथा राहतको सिफारिस भए अनुसार सहयोग गर्ने जनाएको छ ।
जिल्ला सरोकारवालाको पहल तथा स्थानिय सहभागितामा अरिङ्गालेखोलाको सडक त भएको छ जिल्लाभित्रका अन्य ठाँउमा सरकार र विभिन्न निकायको मुख ताक्नुभन्दा आ–आफ्नो क्षेत्रमा काम गर्न सके दैवि प्रकोपबाट हुने समस्याबाट बच्न सकिन्छ ।

Wednesday, July 24, 2013

सल्यानमा बसको ठक्करबाट बालिकाको ज्यान गयो




सल्यान, साउन ९ – सल्यानको सितलपाटीमा बसको ठक्करबाट एक बालिकाको ज्यान गएको छ ।

रुकुमबाट दाङको तुलसिपुर जाँदै गरेको ना ३ ख ८१२४ नम्बरको वसको ठक्करबाट गम्भीर घाईते खलंगा ४ जोगिदेउखोलाकी ५ वर्षीया बालिका देवी नेपालीको मंगलबार राती उपचारको क्रममा तुलसिपुरमा ज्यान गएको हो ।
बस र चालक दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Tuesday, July 23, 2013

नौ दिनपछि खुल्यो राप्ती राजमार्गको यातायात

सल्यान असोज ८ ।    राप्ती राजमार्ग अन्र्तरग दाङ सल्यान सडक खण्डको यातायात नौ दिन पछि खुलेको छ । वर्षाका कारण गएको असार ३१ गतेदेखि सडकमा झण्डै चार सय ५० वटा पहिरो तथा चट्टान खसेपछि र खोलाले सडक बगाएपछि सडक अवरुद्ध भएको थियो ।
    दुईवटा डोजरले लगातार पहिरो हटाएपनि सडकमा खसेको ठुलो चट्टान हटाउन नसक्दा र अरिङगाले खोलाको वहाव कम नहुँदा सडकको यातायात सुचारु हुन सकेको थिएन । १९ नम्वर वाहिनी तुलसिपुर, भगवति दल गण सल्यान र प्रहरीको टोलीले वम विष्फोट गराएर सडकको चट्टान हटाएका थिए । आज दिउँसो सम्म  अरिङगाले खोलामा ढुंगा भरेपछि यातायात सुचारु भएको सल्यानका प्रमुख जिल्ला अधिकारी यज्ञराज वोहराले बताउनुभयो ।
    सडक सुचारु भएपछि विचवाटोमै अलपत्र छ दर्जन सवारीका साधन गन्तव्य तर्फ लाग्न शुरु गरेका छन् । वेलुकी सम्ममा सवै गाडिहरु गन्तव्यमा पुगिसक्ने व्यवसायिहरुले बताएका छन् । नौ दिन सम्म राजमार्ग अवरुद्ध भएपछि सल्यान तथा रुकुममा दैनिक उपभोग्यका सामानहरु आकासिएका थिए भने किसानमा तरकारीको अभाव हुनुका साथै किसानको तरकारी वारीमै कुहिएको थियो । पहिरोका कारण कालोपत्रे गरिएको राप्ती राजमार्ग भने कच्ची सडक जस्ते भएको छ ।

मुख्य खवर

Monday, July 22, 2013

सल्यानमा ओडारमा लुकाएका हतियार भेटिए


सल्यान न्युज
 ७ साउन सल्यान  । सल्यानमा ओडारमा लुकाएर राखिएको अवस्थामा हतियार फेला परेका छन् । सल्यानको जिमाली ९ कुमाखको लेकमा जाने बाटोमा नजिकै जंगलमा रहेको ओडारमा ६ थान हतियार र २६ राउन्ड गोली फेला परेको छ । ओडारमा लुकाई राखेको अबस्थामा हतियार फेला परेको हो ।
    फेलापरेका हतियारहरुमा थ्रि.नट थ्रि. राईफल दुई थान, सटगन  २ थान र भरुवा बन्दुक दुई थान रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । हतियार सहित थ्री.नट. थ्री. राईफलका सात राउन्ड , एस.एल.आर . को पाच राउन्ड र १४ राउन्ड ठुलो हतियारको गोली फेला परेको सल्यानका प्रहरी नायव उपरिक्षक लालमणी आचार्यले जानकारी दिए ।
    भेटिएको हतियार मध्ये एउटा खिया लागेर काम नगर्ने र अन्य सबै काम गर्ने अबस्थामा रहेको प्रहरी नायव उपरिक्षक आचार्यले बताए । दुई थान भरुवा बाहेक सबै हतियार द्धन्दको समयमा सुरक्षाकर्मीबाट लुटेको हा, उनले भने हतियार बुझाउन जिल्लाबासिहरुलाई अपिल गरेपछि लाईसेन्स नहुदा स्थानीयले डरले लुकाएको हुन सक्छ ।
जंगलमा गाई चराउन गएका स्थानीयवासहीरुले प्रहरीलाई जानकारी गराएपछि ओढारमा लुकाई राखेको अवस्थामा हतियार फेला परेको प्रहरीको भनाई रहेको छ । हतियारका सम्वन्धमा आफुहरुले थप अनुसन्धान गरिरहेको प्रहरीको भनाई रहेको छ ।

Wednesday, July 17, 2013

पाँच हजार फर्जी विद्यार्थी भर्ना रोकिँदा ६५ लाख जोगियो

२ सल्यान, साउन । जिल्ला शिक्षा कार्यालय, सल्यानले जिल्लाका सामुदायिक विद्यालयमा फर्जी विद्यार्थी भर्नामा कडाइ गरेपछि ६५ लाख रुपैयाँ जोगिएको छ ।
जिल्लाभरका ४ सय ६१ विद्यालयमध्ये केही विद्यालयले फर्जी विद्यार्थी भर्ना गरेको पाइएको थियो । विगतका वर्षमा विद्यालयहरूले जिल्ला शिक्षा कार्यालयमा विद्यार्थीको गलत तथ्याङ्क बुझाएर लाखौँ रकम हिनामिना गर्दै आएका थिए ।
जिल्लाभरि झन्डै पाँच हजार फर्जी विद्यार्थी भर्ना हुने गरेको र यसबाट रकम हिनामिना हुने देखिएको भन्दै जिल्ला शिक्षा कार्यालयले यस वर्ष यो प्रक्रिया रोकेको जनाएको छ । कार्यालयले आर्थिक वर्ष ०६९/०७० को उपलब्धि सार्वजनिक गर्न मङ्गलबार गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो ।
यस वर्षदेखि कार्यालयले फोटोसहितको विद्यार्थी विवरण माग गरेपछि विद्यालयबाट फर्जी विद्यार्थीको विवरण आउन रोकिएको जिल्ला शिक्षा अधिकारी रामवन्धु सुवेदीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “हुँदै नभएका विद्यार्थीको सङ्ख्या देखाएर धेरै विद्यालयले केही वर्षदेखि रकम लिँदै आएको देखियो, त्यसैले यस वर्षदेखि फोटोसहितको विद्यार्थीको विवरण राखेका हौँ ।”
जिल्लामा एउटै विद्यार्थी दुई विद्यालयमा भर्ना गर्ने, निजी विद्यालयका विद्यार्थीको नाम सरकारी विद्यालयमा देखाउने तथा हुँदै नभएका विद्यार्थीका नाम देखाएर विद्यार्थी सङ्ख्या बढी देखाउने प्रवृत्ति मौलाएको थियो ।
गत वर्ष सल्यानमा माध्यमिक तहसम्म ८६ हजार ५ सय २७ विद्यार्थी थिए । यस वर्ष कार्यालयले फोटोसहितको विवरण मागेपछि त्यो सङ्ख्या घटेर ८१ हजार ७ सय ५ देखिएको छ । जिल्ला शिक्षा अधिकारी सुवेदीले भन्नुभयो, “फोटोसहितको विवरण माग्दा झन्डै पाँच हजार विद्यार्थी फरक पर्न गए । पाँच हजार विद्यार्थी बराबर लाग्ने ६५ हजार रुपैयाँ जोगिई सरकारको राजस्वमा जम्मा गरिएको कार्यालयले जनाएको छ ।

गयल हुने र मापसे गर्ने २३ शिक्षक कारबाहिमा

सल्यान, साउन २ – जिल्ला शिक्षा कार्यालय सल्यानले विद्यालयमा लगातार अनुपस्थित हुने र मादक पदार्थ सेवन गर्ने २३ शिक्षकलाई कारबाहि गरेको छ ।

हाजिरी गयल हुने विभिन्न विद्यालयका १८ जना शिक्षकको तलव कट्टा गरिएको जिल्ला शिक्षा अधिकारी रामबन्धु सुवेदीले जानकारी दिनुभयो ।
१८ शिक्षकको तलव वापतको १ लाख ७७ हजार रुपैयाँ काटिएको सुवेदीले जानकारी दिनुभयो । यस्तै कार्यालय समयमा मादक पदार्थ सेवन गर्ने ५ शिक्षकलाई प्रारम्भिक कारबाही गरिएको सुवेदीले बताउनुभयो ।

बाटो बन्द हुँदा गर्भवतीको अवस्था गम्भीर

सल्यान, साउन २ – लगातारको वर्षाका कारण तीन दिनदेखि राप्ती राजमार्ग अवरुद्ध भएपछि सल्यानका दुईजना गर्भवती महिलाको अवस्था गम्भीर बनेको छ ।

अवरुद्ध सडक तीनदेखि खुल्न नसकेपछि   जिल्ला अस्पताल सल्यान र कान्तिपुर साुमदायिक अस्पताल श्रीनगरले रेफर गरेका बाँफुखोला ३ की खिमा कुमारी वली र डाँडागाउ गाविसकी विमला बिकको अवस्था गम्भिर बनेको हो ।
अप्रेशन नै गरेर बच्चा निकाल्नु पर्ने भएको तर सल्यानमा अप्रेशन गर्न नसकिएपछि रिफर गरिएको अस्पतालले जनाएको छ । यसैबीच अवरुद्ध सडक खुलाउन मंगलबार दिनभरपनि प्रयास गरीने सल्यानका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताउनुभयो । www.unn.com.np

राप्ती राजमार्ग दुई दिनदेखि अवरुद्ध, पहिरोले ३ घर वगायो

सल्यान, साउन १ – लगातारको वर्षाका कारण दुईदिन देखि अवरुद्ध राप्ती राजमार्गको यातायत सुचारु नहुँदा यात्रुहरु बिचल्लीमा परेका छन् ।

सोमबारदेखि अवरुद्ध सडकको धेरै ठाउँमा पहिरो गएपछि सडक अवरुद्ध भएको हो ।
अवरुद्ध सडक खुल्न नसक्दा यात्रुहरु हिँडडुल गर्न समेत समस्या भएको छ । सडकमा ठुला चट्टान खसेकाले त्यसलाई हटाउन जिल्ला प्रशासन कार्यालयसँग अनुमति मागिएको र अनुमति प्राप्त हुनासाथ काम सुरु गर्ने प्रहरी निरीक्षक रञ्जितसिंह राठौरले बताउनुभयो ।
यसैबीच वर्षासंगैको बाढिले त्रिवेणी गाविसमा झिनबहादुर नेपाली र नेत्र वोहराको घर वगाएको छ । यस्तै धनवाङ ३ मा खलु बिकको घर समेत पहिरोले बगाएको छ । www.unn.com.np

Monday, July 15, 2013

एसकारण बिग्रिन्छन बिदेशमा रहेका श्रीमानका श्रीमतीहरु

विभिन्न खाले समाचार र अनेकथरी पिडाहरु विदेशमा रहने कामदार हरु ले सुन्दै र भोग्दै आएको हामीले सुनेकै छौ ,एस्ता समाचार हरु प्राय आफ्नै लापरबाही र धेरै बिश्वास दिनु ले गर्दा हुने गरेको पाहिएको छ , आखिर के कारणले हो त बिदेशमा रहने पुरुष हरुको प्राय घर बिग्रिनु र सिर्मति हरु गलत बाटो तिर जानु ?एउटा तितो एथार्थ हामीले विभिन्न पिडित व्यक्ति हरु मार्फत संकलन गरि केहि भए पनि जानकारी होस भन्ने उदेस्यले तल केहि टिप्स हरु प्रस्तुत गरेका छौ , एसको मतलब यो होइन कि सबै का श्रीमती हरु गलत बाटोमा लागेका छन् , तपाई आफै यी तलका भिबिन्न कुरा हरु मा बेलैमा सचेत हुनुभयो भने साएद एस्तो घटना तपाई सामु नआउन सक्ला ,

१ - तपाई आफ्नी श्रीमिति लाइ कतिको फ्री छोड्नु हुन्छ ?
= श्रीमती को हरेक भनाइलाइ बिश्वास गरेर वास्ता नगरी फ्री छोड्नु तपाइको मुर्खता हो , उनि के गर्दै छिन् ,कहाँ जादै छिन् , किन जादै छिन् , हरेक कुरो को जानकारी लिनु बुद्दीमानि हुन्छ ,

२ - घरमा एक्लै हुनुहुन्छ या परिबार सग हुनुहुन्छ तपाईकी श्रीमती ?
= घरमा एक्लै हुनु हुन्छ भने अलि धेरै चनाखो हुनु पर्छ , किन कि सबै को नियत एकै हुदैन , सकभर कुनै माध्यम बाट बुजी रहनु बेस हुन्छ ,

३ -बाबा आमाको कुरो सुन्नुहुन्छ या सुन्नु हुदैन ?
=तपाइँ बाबा आमा को कुरो कत्तिको सुन्नु हुन्छ तेस्मा पनि भर पर्छ , एदी बाबा आमा को कुरो नसुनी सबै कुरो शिर्मति को भर र बिश्वास पर्नु भयो भने  पनि श्रमती कुबाटो लाग्न सक्छन ,

४-बाल बच्चा छन् या छैनन् ?
= बाल बच्चा छन् भने , बाल बच्चालाइ फकाई फुलाई सोध्ने गर्नुस घर मा को को आएको थ्यो , के काम ले आएको थियो , बस्यो कि बसेन, तिमीलाई के भन्यो  येस्तई येस्तई ...

५-तपाइले फोन गर्दा कस्तो तरिकाले बोल्नु हुन्छ श्रीमती ठाडो पाराले या सामान्य तरिकाले ?या बोल्दा बोल्दै रिसाएर  फोन काट्नु हुन्छ ?
= जब श्रमती हरु बोल्दा बोल्दै एकासी झर्किने ,रिसाउने गर्छन भने पनि संका गर्नु पर्छ , असल श्रमती हुन् भने तपाई जे जस्तो भन्नुस बिदेस को फोन ,आफ्नो श्रीमान को फोन आउदा  खुसि नै हुनु पर्छ , एदी सामान्य कुरो मै फोन काट्ने , झर्किने गरिन भने सम्झनुस कुनै चक्कर चल्दै छ , जहाँ अब तपाई को फोन नआउदा पनि कुनै फरक नपर्ने अवस्था भैसकेको छ , ,,,,

६-घरमा पैसाको कारोबार कसले गर्छ ? श्रीमती  या बाबा आमाले ? या जति भए पनि श्रीमतीको नाम मा पठाउनु हुन्छ र कुनै हिसाब र जानकारी लिनु भएको छैन ?
= जति हुन्छ आफ्नै प्यारी को नाममा किन कि आफ्नै श्रीमती हुन् भन्ने सोचाई मा  हुनुहुन्छ ,, एस्तो सोचाई नगर्नुहोस किन कि , एस्तै सोचाईले गर्दा धेरै को घर बार बिग्रिनु को साथै कंगाल पनि भएको देख्नु अनि सुन्नु मा आएको छ , पैसा को कारोबार श्रमतीले गरे पनि तपाई हरेक जानकारी लिनुहोस् , हर हिसाब लिनु होस् ,

७ -श्रीमती कतिको चुलबुले छिन् ? कुनै जागिर गर्नु हुन्छ या जागिर गर्ने बहाना गर्दै छिन् ?
= श्रमती चुलबुले छिन् भने अलि ख्याल गर्नु होस् , किन कि महिला हरु जति चुलबुले हुन्छन उतिनै यौन प्यासी पनि हुन्छन , कुनै जागिर गर्नु भएको छ या छैन , कस्तो खाल्को जागिर हो , जानकारी लिनुहोस् , एहा एस्तो पनि देखिनमा आएको छ श्रीमती  जागिर मा जाने भन्ने उल्टो आफ्नो पैसो खर्च हुने , एस्तो अवस्था भनेको लगभग घर बिग्रिने अवस्था हो , किन कि जब अनेक थरि बहाना गरि श्रीमती बाहिरिन खोज्दै छिन् भने अब तपाइँ आफै बुज्नु पर्ने कुरो हो , तपाई बिदेस हुदा हुदै एस्तो बहाना गर्छिन भने , तेहा कुनै ठुलो योजना बनि सकेको हुनु पर्छ ,
एसको मतलब यो होइन कि सबै श्रीमती हरु जागिर मा अनैतिक तरिकाले जान्छन , आफ्नी श्रीमती को योग्यता कति छ ,कस्तो काम मा जाने कुरो गर्नु भएको छ , त्यो राम्रो सग बुज्नु नै तपाइको बुदिमानी हुन्छ,  एदी योग्यता नै छैन जागिर जान्छु भन्नु र बहाना गर्नु भयो भने अबश्य पनि .....तपाइको बुझाइमा भर पर्छ अब ,

८-श्रीमतीको मोबाइल कतिको बि जी हुन्छ ?कि तपाईलाई थाहै नहुने अर्को नम्बर पनि चलाउनु भएको छ श्रीमतीले ?
=अहिले को अवस्थामा सबै भन्दा बिकृति मोबाइल र सामाजिक संजाल मार्फत भएको छ , यहा केहि महत्व पूर्ण र बास्तबिक कुरा आफै बुज्नुहोस , श्रीमती को मोबाइल धेरै बिजी हुनु र बिशेस गरि साझ र रात को समय मा बिजी हुनु भनेको पनि खतरा को घन्टी बजे जस्तै हो , तपाइलाई थाहा नहुन पनि सक्छ तपाईकि शर्मति सग २ ओटा मोबाइल होलान , या २,३ ओटा सिम होलान , ख्याल गर्नुहोस यो कुरा मा , घरमा आमा बाबा या तपाईका छोरा छोरि छन् भने यो बिसय मा राम्रो जानकारी लिनुस , किन कि तपाई लाइ थाहै नहुन सक्छ आफ्नै श्रमती को अरु नम्बर , जुन नम्बर अरु कसैको लागि बिशेस प्रयोग को लागि राखिएको होला तपाइले थाहा नपाओस भन्ने उदेश्येले , अब बुज्नु नबुज्नु तपाईमा भर पर्छ ,

९- घरमा पाहुना र चिने जानेका कस्ता खालका व्यक्तिहरु आउने गरेका छन ,जानकारी लिनु भयको छ कुनै माध्यम बाट ?
= यो पनि ठुलो कमजोरी होला तपाइको जब तपाइँ आफ्नो घर मा को आयो को गयो , किन आयो , भन्ने बिषयमा जानकारी लिनु हुदैन भने , कुनै चिन्दै नचिनेको व्यक्ति घरमा आउन थाल्यो जसलाई श्रीमती बाहेक अरु घरका सदस्यले चिनेका छैनन , र तेस्ता खालका व्यक्ति हरु आउने र बहाना गरि घर मै बस्न थालेका छन् भने , त्यो ठुलो योजना हुन सक्छ प्यासी श्रीमती हरुको ,

१० - श्रीमती को फोन र sms हेर्नु भएको छ घरमा हुदा ?
= यो हो जरुरि टिप्स जसले तपाइलाई आफ्नी श्रमतीको अनैतिक सम्बन्ध भए नभएको जानकारी प्रस्ट पार्छ ,
तपाई घरमा हुनु भएको बेला श्रीमती लाइ कस कसले कल गर्यो , कुन समय मा कल गर्यो , किन कल गर्यो , चिनेको नातादार व्यक्ति हो या मात्र श्रीमतीले चिन्नु भएको छ , साएद श्र्मतिले मात्र चिन्नु भएको होला किन कि साझ ढले पछि कल आउछ , अनि श्रीमती को sms हेर्नु भयो ? प्राय अनैतिक महिला हरुका पर पुरुष सग सांकेतिक sms हुने गर्छन , जुन sms त्यो पुरुष र महिला ले मात्र बुझ्ने गर्छन ,
अब तपाइँ एस्ता sms र पर पुरुष का कल देख्दा पनि वास्ता गर्नु हुदैन भने कसको के लाग्छ र ,,,,,
एदी येस्ता खालका अन्जान व्यक्ति का अलि फरक सैलीका sms र बेला न कुबेला का अन्जान व्यक्ति को फोन कल आएको तपाइले देख्नु भयो भने सम्झिनुस तपाई कि ति महिलाको अनैतिक सम्बन्ध भै सकेको छ , घर सुधारगर्नु या एस्तै चल्न दिनु अब तपाइको हात मा .....

यी माथिका १० ओटा सुत्रहरु  तपाइको जिबन मा कस्तो चल्दै छन् , अब यी सुत्रहरु को मेल खान गएमा तपाई अलि सचेत हुनु पर्ने हुन्छ , बेलैमा सचेत हुनु भयो भने , नराम्रो र सोच्दै नसोचेको घटना बाट तपाई बच्न सक्नु हुन्छः ,

माथिका सुत्र हरु मेल खान गएका छन् भने , अब तपाई आफ्नी श्रीमती सग फोन बाट यी तलको प्रश्नहरु  गर्नुस , जुन प्रश्नले तपाईलाई छर्लङ्ग पर्ने छ "तपाईकी श्रीमती तपाईलाई कतिको माया गर्नु हुन्छ या गर्नु हुदैन ,

=एसो भन्नुस -- म हल्का बिरामी भएको छु ,काम गर्न नसक्ने भए , बरु घरमै आएर हलो जोतेर गिट्टी कुटेर जसो तसो चलाउछु ,म एहा सारै आतिए ,म अब घर आउछुल प्यारी ,अब तिमीले आउनु भनेउ भने आउछु , न आइज भनेउ भने जसो तसो सास धान्दै काम गरेर बस्छु , अब तिमि नै भन म आउ कि नआउ ,

अब एती भन्दा पनि तपाईकी श्रीमती को मन पलाउन सकेन भने र नआउनुस भन्न खोजिन भने .. तपाइको बुझाईमा भर पर्छ  या बाध्यता मा भर पर्छ , ..
कतै तपाईलाई पनि श्रीमतीले धोका दिएर आफ्नो सम्पतिको साथै कंगाल बनाएर पर पुरुष संग  जिबन बिताउन जालिन नि ..speednepalnet.blogspot
स्मरण रहोस : यो जानकारी विभिन्न श्रीमती पिडित हरु को व्यथा र एथार्थ विवरण बाट संकलन गरिएको हो ,

Sunday, July 14, 2013

पूर्व प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठको स्वास्थ्यमा सुधार


असार ३० - पूर्व प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठको स्वास्थ्यमा सुधार आएको छ ।

दिल्लीको मेदान्त अस्पतालमा उपचार गराईरहेका श्रेष्ठलाई आईसीयूबाट जनरल वार्डमा सारिएको परिवारले जनाएको छ । पूर्व प्रधानमन्त्री श्रेष्ठको परिवारले उपचारमा आर्थिक अभाव भएको भन्दै सहयोगका लागि अपील गरेको छ ।

छोरा अनिल श्रेष्ठले सहयोग गर्नेले बैंक अफ काठमाडौंको खाता नम्बर ०५ ४४ ०० ०० ०१ ५१ ५२४ मा जम्मा गरिदिन अनुरोध गर्नुभएको छ । श्रेष्ठको उपचारमा आर्थिक अभाव भएको भन्दै अनिलले सहयोगका लागि यसअघि नै सार्वजनिक अपिल निकाल्नु भएको थियो ।

Saturday, July 13, 2013

घरबेटी साहेब, यस्तो पो रहेछ कानूनमा त !

घरबहाल कर तिर्न सरकारको ताकेता, डेरावाललाई हटाउन गाह्रो
२९ असार, काठमाडौं । घरभाडा बढाएको विरोधमा डेरावालहरुले चितवनको नारायणगढ बजार बन्द गरेको भोलिपल्ट अर्थमन्त्रालय, आन्तरिक राजस्व विभागले देशैभरिका घरबेटीहरुलाई असार मसान्तभित्र बहाल कर नबुझाए कारवाही गर्ने चेतावनी दिएको छ । घरभाडा उठाएर आय आर्जन गर्ने घरबेटीहरुले आफ्नो आम्दानीको १० प्रतिशत राज्यलाई कर तिर्नुपर्ने आयकर ऐनमा व्यवस्था भए पनि धेरैले कर तिर्न आनाकानी गरेको भन्दै सरकारले असार मसान्तभित्र बहाल कर नतिरे कारवाही गर्ने चुतावनी दिएको हो ।

घरभाडा बढाउँदा बजार बन्द

सरकारलाई कर तिर्नुपर्ने भएपछि घरबेटीहरुले भाडा बढाउने र करको दायित्व पनि डेरावाललाई नै बोकाउने गरेको गुनासो उपभोक्तहरुको छ । यही विवादका कारण शुक्रबार दिउँसो केहीबेर नारयणगठ बजारसमेत बन्द भयो । घरधनीहरुले दुईवर्षको अन्तरालमा १० प्रतिशतमात्रै भाडा वृद्धि गर्ने सहमतिविपरीत १ सय प्रतिशत भाडा वृद्धि गरेको भन्दै चितवनका डेरावालहरु आन्दोलनमा उत्रिएका हुन् ।

त्यसो त घरबेटी र डेरावालको समस्याले सबैभन्दा बढी रुमलिएको शहरका रुपमा राजधानीलाई लिन सकिन्छ । कतिपय समयमा देशका विभिन्न सहरमा डेरावाल समाज गठन गर्ने र घरबेटी एवं डेरावालको सम्बन्धलाई स्पष्ट पार्ने कानुन बनाउनुपर्ने माग पनि उठ्न थालेको छ । तर, नेपालमा घर भाडासम्बन्धी कानुनै नभएको चाहिँ होइन । नेपालको सबैभन्दा पुरानो कानुनी संहितामा नै घरबेटी र कोठाभाडामा बस्नेवीचको सम्बन्ध किटानी गरिएको छ । तर, मुलुकी ऐनको रहेको सो व्यवस्था अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन ।

डेरावाललाई जबर्जस्ती हटाउन नपाइने

मुलुकी ऐन ११ औं संशोधनको महल ११ मा ‘घर बनाउनेको’ भन्ने एउटा महल छ । यो महलको ८ नम्बरमा घरबेटीले डेरावालालई जबर्जस्ती घरबाट निकाल्न नमिल्ने स्पष्ट व्यवस्था छ । उक्त महलमा भनिएको छ- ‘घर पसलका धनीले बहाल लिने गरी वा नलिने गरी आफ्नो घर, पसलमा अरुलाई बस्न दिँदा म्याद किटी लिखत गरी गराई बस्न दिएकोमा लिखतै बमोजिम हुन्छ । बीचमा उठाउन हुंदैन ।’ तर, घरभाडा लगाउँदा समय किटानी गरेर काजग नगरिएको अवस्थामा पाँचवर्षसम्म हटाउन नमिल्ने ऐनमा उल्लेख छ । ऐनको सोही महलमा भनिएको छ, ‘यस बखत छाडी दिनु भन्ने शर्त नगरी बसेकालाई पाँच वर्षसम्म उठाउन हुंदैन ।’

अधिकांश घरबेटीहरुले कोठा आफूलाई चाहियो भन्दै डेरावाललाई निकाल्ने गरेका छन् । तर मुलुकी ऐनमा त्यसरी हटाउँदा पनि निश्चित समय तोकिनु पर्ने र पछि आफूले भनेअनुसार मान्छे नबसे पुरानै डेरावाललाई घर दिनुपर्ने व्यवस्था छ । भाडामा बस्नेले फौजदारी अपराध गरेको अवस्थामा भने घरबेटीले हटाउन पाउने व्यवस्था छ । ‘धनी हकदार आफूहरु नै बस्नलाई चाहिने भयो वा बहालमा बस्नेले घर पसलको धनीका विरुद्ध नैतिक पतन देखिने कुनै फौज्दारी अपराध गरेको ठहर्‍यो भने लिखत भए पनि उठाउन पाउँछ ।’ मुलुकी ऐनमा भनिएको छ,- आफूहरु बस्नलाई भनी बाहाना गरी वा अत्तो लगाई उठाउन र अरुलाई राख्न भने पाउँदैन । आफूहरु बस्नलाई भनी उठाई पठाएको तीन वर्षभित्र अरुलाई राखेमा सो राखेका मितिले पैंतीस दिनभित्र अघि बस्नेले बस्न पाउँ भनी उजूरी गरे उसैलाई बस्न दिनुपर्छ ।’

डेरावाललाई उठाउन ३५ दिन म्याद

डेरावाललाई उठाउन पाइने मुनासिव आधार भए पनि तत्कालै जा भन्न नपाइने गरी ऐनले डेरावालको संरक्षण गरेको छ । मुलुकी ऐन घर बनाउनेको ९ नम्बरमा भनिएको छ, ‘घर पसलबाट बसिरहेका मानिसलाई कुनै व्यहोराले उठाउन पर्ने भएमा पैतीस दिन अगावै घर पसल छाडी खाली गरी दिनु भनी जनाउ दिई मात्र उठाउनुपर्छ । लेखिएको म्यादअगावै जनाऊ नदिई त्यसै उठाउन हुंदैन ।’

घर बहाल कर तिर्नुपर्ने कानून नयाँ होइन

घरबेटीहरुले बहालमा मान्छे राखेवापत सरकारलाई कर तिर्ने कानुन नयाँ बनेको हैन । आयकर ऐन ०५८ अनुसार सरकारले बहाल करमा ताकेता गर्दै आए पनि घरजग्गा कहाल कर ऐन ०२३ सालमै बनेको हो । सो ऐनका आधारमा ०२४ सालमा घर जग्गा बहाल कर नियमावली पनि बन्यो । आयकर ऐनले यो ऐन र नियमावलीलाई खारेज गरेपछि भने अहिले घरबेटीहरुले आयकर ऐन अनुसार बहाल कर बुझाउनु परेको हो । तर, यो ऐन अनुसार सबै घरमालिकले राज्यलाई कर तिर्ने हो भने राजस्वमा ठूलो वृद्धि हुने अनुमान गर्न सकिन्छ ।

घरबेटी र डेरावालसम्बन्धी स्पष्ट कानुनको अभाव

नेपालमा घर बहालमा बस्ने बढ्दो प्रचलन एवं अपार्टमेन्ट तथा आवासगृहहरुको हरुको विकास सँगै घरबेटी र डेरावालको सम्बन्धलाई व्यवस्थित गर्ने स्पष्ट ऐनको भने अभाव खड्कँदै गएको छ । घरबेटीहरुले डेरावाललाई थर्काउने, मनपरि भाडा उठाउने, पानी र वत्तीमा जथाभावी पैसा लिने, भाडा दिए पनि पानी नदिने, पादुना आउँदा गाली गर्ने, लुगा सुकाउने सविधा नदिने, जबर्जस्ती हटाउने, आदि समस्या एकातिर छन् भने डेरावालहरुले बेलामा भाडा नतिर्ने, होहल्ला गर्ने र फोहोर पार्ने गरेको गुनासो घरबेटीहरुले गर्दै आएका छन् । तर, कानून भएन भनेर गुनासो गर्नुभन्दा भएकै मुलकी ऐन र आय कर ऐन अनुसार काम गर्ने हो कि ?

Thursday, July 11, 2013

सल्यानको शारदा नदीमा युवक बेपत्ता




सल्यान, असार २७ – सल्यानको शारदा नदीमा एक युवक वेपत्ता भएका छन् ।

नदी तर्ने क्रममा बिहीबार दिउँसो कालीमाटी रामपुर गाविस ४ का २८ वर्षिय कर्णबहादुर सुनार वेपत्ता हुनुभएको हो ।

संगै नदी तर्दै गर्दा बगेका हस्तबहादुर परियारलाई भने बगाउदै गरेको अवस्थामा उद्धार गरिएको स्थानीय गणेश परियारले बताउनुभयो ।

सुनारको खोजीका लागि इलाका प्रहरी कार्यालय कालीमाटी रामपुरबाट प्रहरीको टोली खटिएको छ । कालीमाटी रामपुर गाविसका झिगाने, सेतीखोला, सिमल कुना लगायतका गाउँका वासिन्दाहरु शारदा नदीमा पुल नहुदा बर्षायाममा जोखिम मोलेर वारपार गर्छन् ।

अहिलेसम्म ४० जना भन्दा बढी मानिस नदीमा हराइसकेका छन् ।

Tuesday, July 9, 2013

सल्यानमा कोठाभित्र निसास्सिएर किशोरीको ज्यान गयो


पुरुषोत्तम गिरी/उज्यालो

सल्यान, असार २५ – सल्यानमा कोठाभित्र धुवाँले निसास्सिएर एक किशोरीको ज्यान गएको छ, एक जना गम्भीर घाइते भएकी छन् ।

एसएलसीको पूरक परीक्षाको तयारीका लागि खलंगा १ काफलाका केबल योगीको घरमा बसेकी त्रिबेणी २ की १७ बर्षिया इन्द्रा बोहराको निसास्सिएर ज्यान गएको हो ।

उहाँसँगै बस्ने फलाबा¨ ८ बडाखोलाकी १८ बर्षिया डिला रावतको गम्भीर अवस्थामा जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उहाँको होस खुलेको छैन ।

बेलुकी खाना पकाएको भुसे चुलो ननिभाई झ्याल ढोका लगाएर सुत्दा उनीहरु निसास्सिएका हुन् ।

सोमबार बेलुकी खाना खाई सुतेका उनीहरु बिहान अबेरसम्म नउठेपछि हेर्न जाँदा बेहोस अबस्थामा भेटिएको र दुबैलाई उपचारको लागि मोडल अस्पताल श्रीनगरमा लगेको घरबेटी केबल योगीले बताउनुभयो । इन्द्राको उपचारका क्रममा ज्यान गएको हो ।

एउटै कोठामा चार जना बस्दै आएपनि साँघुरो भएका कारण दुई जना घरबेटीकै अर्को कोठामा सुत्न गएका थिए ।

धुवाँमा भएको कार्बनडाइअक्साइडले अक्सिजनको मात्रा न्युन बनाइँदिदा स्वासप्रश्वासमा समस्या भई बेहोस भएको हुन सक्ने जिल्ला अस्पतालका प्रमुख डा. रामराज पन्थीले बताउनुभयो ।
www.unn.cpm.np बाट साभार

Friday, July 5, 2013

नदी बढेपछि पढ्न जान बञ्चित



सल्यान, असार २१ – भेरी नदीमा पानीको सतह बढेर डुंगा चल्न छाड्दा सल्यानको बामे गाउँका झन्डै ४० बिद्यार्थी १० दिनदेखि विद्यालय जान पाएका छैनन् ।

नदीमा पुल नहुदा बामे ६ थारा, कारागाउ र पोखराका बिद्यार्थीहरु बिद्यालय जानबाट बन्चित भएका हुन् ।

बिद्यालय जान हिडेका बालबालिकाहरु हिजोआज भेरीको किनारमा पुगेर फर्किन्छन् । उनीहरु सुर्खेत बजेरीचौरको भानु उच्च माविमा पढ्न जान भेरीमा डुंगा चढेर वा पौडी खेलेर जानुपर्छ ।

नदीमा पानीको सतह नघटेसम्म बालबालिका विद्यालय जान नसक्ने स्थानीय शंकर बस्नेतले बताउनुभयो । पुल निर्माणको लागी सम्बन्धित निकायले चासो नदेखाएपछि बालबालिकाहरु समस्यामा परेको उहाँले बताउनुभयो ।

जिल्लाको सबैभन्दा बिकट गाबिस भएकाले सरकारी निकायको आँदा नलागेको स्थानीयको भनाई छ । पुल नहुँदा थारा, कारागाउ र पोखरा स्थानीय वासिन्दाले सामान किन्न जान पनि नपाएको स्थानीय खिमलाल रानाले बताउनुभयो ।

दैनिक डेढ सय मानिसहरु आवतजावत गर्ने ठाउ ठप्प हुदा ठुलो समस्या भएको उहाँको भनाई छ ।

Wednesday, July 3, 2013

२ बोरा सकेट बम र ३ बोरा बारुद बेबारिसे



रोल्पा, असार १८ – रोल्पाको गैरीगाउँ–६ थुर्पा लेकमा प्रहरीले बेवारिसे अवस्थामा २ बोरा सकेट बम, ३ बोरा बारुद तथा ३ बण्डल फलामको पाइप फेला पारेको छ ।

घाँस काट्न गएका स्थानीय बासिन्दाले देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाएपछि गैरीगाउ“मा माओवादी पूर्व लडाकुको अस्थायी शिबिरको सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको टोलीले बेबारिसे अवस्थामा विष्फोटक पदार्थ बरामद गरेको थियो ।

बिस्फोटक पदार्थ ओढारमा झण्डै ५ मिटरभित्र लुकाएर राखिएको प्रहरीले जनाएको छ । हतियार सबै खिया लागेर काम नलाग्ने अवस्थामा रहेको प्रहरीले बताएको छ ।

बिस्फोटक पदार्थ द्वन्द्वकालको समयमा तत्कालीन विद्रोही माओवादीले लुकाएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

बिस्फोटक पदार्थ डिस्पोजका लागि नेपाली सेनासँग सम्पर्क भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक ओमबहादुर रानाले जानकारी दिनुभयो ।