Tuesday, January 5, 2016

मात्र १ सय ९९ बलमा ६ सय ५२ रन

एक्लैले ९ सय रन बनाउँदै १५ वर्षीय प्रनभले तोडे विश्व रेकर्ड

पुस २१

pranav-main1_1451971मुम्बाई – मुम्बाईका १५ वर्षीय किशोर प्रनभ धनावडेले एक्लेलैले ९ सय रन बनाउँदै विश्व रेकर्ड तोडेका छन् । सोमबार मुम्बाई क्रिकेट एसोसियनद्वारा आयोजित एचटी भण्डारी कप अन्तर विद्यालय प्रतियोगिताविरुद्ध ६ सय ५२ रन बनाउँदै विश्व रेकर्ड बनाएका प्रनभले मंगलबार आफ्नो व्यक्तिगत स्कोर ९ सय रन पुर्याएका हुन् ।
एसएमटी केसी गान्धी स्कूलका लागि ओपनिङ गर्दै प्रनभले मात्र १ सय ९९ बलमा ६ सय ५२ रन बनाए । जसमा उनले ७८ चौका र ३० छक्का हाने । यो क्रिकेटको कुनै पनि क्रिकेट खेलमा बनाइएको उच्च व्यक्तिगत स्कोर हो । यसअघि एइजे कोलिन्सले सन् १९८८ मा बेलायतमा क्लार्क हाउका लागि ६ सय २८ रन बनाएका थिए ।
प्रनभको टोलीले पछिल्लो अपडेट अनुसार दुई विकेटको क्षतिमा १२ सय ४१ रन बनाएको छ । यो पनि अर्को विश्व रेकर्ड हो । यसअघि न्युसाउथ वेल्स विरुद्ध भिक्टोरियाले सन् १९२६ मा ११ सय ७ रन बनाएको थियो ।

१५ वर्षीय प्रनभ अटो रिक्सा ड्राक्भरका छोरा हुन् । ‘म मेरो छोरालाई महान क्रिकेटर बनेको देख्न चाहन्छ,’ प्रनभका पिता प्रशान्तले द इन्डियन एक्सप्रेससँग कुरा गर्दै भने ।
यसअघि मुम्बाई कै पृथ्वी शले सन् २०१३–१४ मा ५ सय ४६ रन बनाएका थिए ।

No comments:

Post a Comment