Monday, January 3, 2011

सवारी साधनमा प्रेस लेख्न रोक

सल्यान पुस १९
दुरुपयोग भएको भन्दै नेपाल पत्रकार महासंघ सल्यानले सवारीसाधनमा प्रेस लेख्न रोक लगाएको छ । जिल्लामा गैर पत्रकारहरुले पनि सवारीसाधनमा प्रेस लेख्न थालेपछि महासंघले यस्तो कदम चालेको हो । आज बसेको महासंघ सल्यान शाखाको वैठकले पत्रकारहरुलाई पनि स्थाई रुपमा प्रेस रोक लगाईएको र असहज परिस्थीतिमा अस्थाई रुपमा लेख्न सकिने निर्णय गरेकोमहासंघ सल्यान शाखाका अध्यक्ष उत्तम हमालले जानकारी दिनुभयो । साथै महासंघले यसको कार्यान्वयनबारे पनि अनुगमन गर्ने भएको छ । यस्तै महासंघको वैठकले सल्यानमा महासंघको नयाँ सदस्यता वितरणका लागि महासंघका जिल्ला अध्यक्ष उत्तम हमालको अध्यक्षतामा ५ सदस्यीय कार्यदल गठन गरीएको छ । कार्यदलका सदस्यहरुमा प्रेस चौतारी सल्यानका अध्यक्ष रमेश कुमार गौतम, क्रान्तिकारी पत्रकार संघका शालिकराम शर्मा, प्रेस युनियनका सचिव सनतकुमार शर्मा र सदस् सचिवमा महासंघका सचिव रेशम डिसी रहनुभएको छ । कार्यदलले भोली वेलुकी ५ बजेसम्म जिल्लाका नयाँ सदस्यबारे टुंगो लगाउने छ । यस्तै वैठकले यातायातका साधनमा पत्रकारहरुलाई भाडादर सहुलियतका लागि सल्यान रुकुम यातायात व्यवसायि समिती, राप्ती अञ्चल सार्वजनिक यातायात समितीलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

No comments:

Post a Comment