पोषिलो खानाको अभावमा देशका झन्डै आधा बालबालिका पुड्का हुँदै गएको र उनीहरुको बौद्धिक क्षमता पनि कमजोर हुने भएकाले यसको सुधारको पहल नगरे देशको प्रगतिमा नै बाधा पुग्ने विशेषज्ञहरुले औंल्याएका छन् ।
स्वास्थ्य सेवा विभागले हालै र्सार्वजनिक गरेको प्रतिवेदनअनुसार हाल नेपालका ४९ प्रतिशत बालबालिकाको उमेरअनुसार उचाइ वृद्धि नभई पुड्का भइरहेका छन् । पुड्कोपनको ४५ प्रतिशत कारण कुपोषण नै हो । कुपोषणले भएको पुड्कोपनको पछि सुधार पनि गर्न सकिंदैन । यस्तै गरी ३९ प्रतिशत बालबालिकाको उमेरअनुसार तौल बढेको छैन भने ४८ प्रतिशत बालबालिकाको शरीरमा रगतको कमी भएको पाइएको छ, जुन गम्भीर स्वास्थ्यसमस्या हो ।
उमेरअनुसार शरीरको उचित विकास नभएका बालबालिकाको मस्तिष्कको विकासमा पनि अवरोध पुग्छ । उनीहरुले स्कुलमा राम्रोसँग अध्ययन गर्न र क्षमता पर््रदर्शन गर्न सक्तैनन् । यस्ता बालबालिकाले भविष्यमा अरुसरह काम गर्न पनि सक्तैनन् । यसले व्यक्तिको मात्र नभई देशको विकासमा पनि अवरोध पुर्याउँछ ।
बालबालिकाको पोषणको सम्बन्ध उनीहरुको व्यक्तित्व विकास र उत्पादकत्वसँग गाँसिएको र यसले देशको प्रगतिलाई नै प्रत्यक्षरुपमा प्रभावित पार्ने भएकाले बालबालिकाको पोषणस्थिति सुधार गर्ने विशेष कार्यक्रम यथाशीघ्र ल्याउनुपर्ने विज्ञहरुको सुझाव छ ।
र्सवाधिक होचा बालबालिकाको सूचीमा नेपाल
बालबालिकाको कुपोषणसम्बन्धमा युनिसेफले हालै जारी गरेको प्रतिवेदनअनुसार उमेरअनुरुप उचाइ नभएका विश्वका ८० प्रतिशत बालबालिका अविकसित २४ वटा राष्ट्रमा छन् । त्यसमध्ये भारत र्सवाधिक होचा केटाकेटीहरु भएको मुलुक हो । यस सूचीमा नेपाल १९ औं नम्बरमा परेको छ । जनसंख्याको आधारमा होचा केटाकेटीको उच्चअनुपात भएका -४५ प्रतिशतभन्दा बढी) विश्वका १८ राष्ट्रमा नेपाल १० औं नम्बरमा परेको छ । स्वास्थ्यका दृष्टिले उमेरअनुसार कम तौल हुनुभन्दा होचो हुनु ज्यादै खतरनाक हुन्छ । गर्भवती महिला र दुइ वर्षम्मका शिशुलाई पोषणको कमी हुनु ज्यादै हानिकारक हुन्छ । यस अवस्थामा कुपोषण हुँदा आमा र शिशु दुवैको जीवन खतरामा परिरहेको हुन्छ । आमा र शिशु दुवैलाई विभिन्न रोगको संक्रमण हुने र शिशुहरुको वृद्धि-विकासमा पनि गम्भीर असर परिरहेको हुन्छ । कुपोषणग्रस्त महिला र केटाकेटीको संख्या बढ्दै जानु भनेको राष्ट्रको क्षमता कमजोर हुनु हो । यसले देशको सामाजिक, आर्थिक विकास र गरिबी निवारणमा पनि असर पर्छ ।र्
गर्भवती महिलालाई कुपोषण भएमा कम तौलको बच्चा जन्मिन्छ । पर्याप्त तौल -२,५०० ग्राम) पुगेर जन्मिएको बच्चाभन्दा कम तौल -१,५००-२,००० ग्राम) भएर जन्मिएको बच्चाको मृत्यु हुने सम्भावना ८ गुणा बढी हुन्छ । सम्पूर्ण बालमृत्युको ३.३ प्रतिशत कारण कम तौल मानिएको छ । कुपोषण भएका बालबालिकामा आमरुपमा झाडापखाला, दादुरा, निमोनिया, मलेरिया र एचआईभी हुने सम्भावना बढी हुन्छ । हालैको एक अनुमानअनुसार झन्डै एक तिहाइ महिला तथा बालबालिकाको मृत्यु कुपोषणका कारण हुने गरेको छ ।
किन पुड्का हुँदै छन् बालबालिका ?
नेपालमा ४९ प्रतिशत बालबालिकाको उचाइ उमेरअनुसार नबढी होचा-पुड्का हुनु मानवविकासका दृष्टिले ज्यादै गम्भीर विषय हो । नेपालका आधाजसो बालबालिका किन होचा छन् त - वरिष्ठ बालविशेषज्ञ डा. विष्णु पण्डित भन्नुहुन्छ- ँबालबालिका होचो हुनुको एउटा कारण वंशाणुगत हो । बाबुआमा होचा छन् भने केटाकेटीको उचाइ पनि कम नै हुन्छ । टाउको सानो भई विकास नहुँदा केटाकेटी पुड्का हुन्छन् । गर्भवती आमालाई जन्डिस, मधुमेह, रक्तचाप, एचआईभी भएमा पनि बच्चाको शारीरिक, बौद्धिक विकासमा असर पर्छ । उचाइ बढ्नुमा ग्रोथ हर्मोन, थाइराइडको भूमिका हुन्छ । यसका लागि उचित पोषणको आवश्यकता हुन्छ । बच्चालाई कुपोषण भएमा शारीरिक, मानसिक विकासमा गम्भीर असर पर्छ ।’
स्वास्थ्य सेवा विभाग पोषण शाखाका प्रमुख तथा पोषणविज्ञ राजकुमार पोखरेल भन्नुहुन्छ- ँआइरन, आयोडिन, भिटामिन ए, जिंकजस्ता सूक्ष्म पोषण तत्त्व नपुगेमा बालबालिकालाई विभिन्न संक्रामक रोग लाग्छ । लगातार रोग लागेमा खाना खाँदैन, कमजोर हुन्छ र शरीर बढ्दैन । यसले गर्दा पुड्कोपन आउँछ । यस्ता सूक्ष्म पोषक तत्त्व उपलब्ध गराउने कार्यमा नेपालले प्रगति हासिल गरेको छ । तर शरीर वृद्धिका लागि महत्त्वपर्ूण्ा प्रोटिन तत्त्व उपलब्ध गराउने कार्यमा निकै पछि परेका कारण आधाजसो नेपाली बालबालिका पुड्का भइरहेका छन्, जुन ज्यादै गम्भीर विषय हो ।’
पोषणविज्ञ पोखरेलका अनुसार आयोडिनको कमीले पनि पुड्कोपन हुन्छ । गर्भावस्थामा आमालाई आयोडिन नपुगेमा शिशुको उचित शारीरिक विकास हुँदैन, सुस्त मनस्थितिको हुन्छ । हाडको विकास पर्याप्त हुँदैन र पुड्कोपन सुरु हुन्छ ।
आयोडिनको कमीले अंगभंग भएको शिशु जन्मिन सक्छ । जन्मेको शिशुलाई पनि आयोडिन नपुग्दा शारीरिक, मानसिक विकासमा असर पुग्छ । आयोडिनको कमीले हर्मोनहरु सन्तुलित हुँदैनन् र वृद्धि-विकास हुँदैन ।र्
गर्भवती महिला वा शिशुमा आइरनको कमी भएमा शारीरिक, मानसिक वृद्धि-विकास हुँदैन । त्यस्तै भिटामिन ँए’ ले रोगबाट प्रतिरक्षा गर्छ । यदि यसको कमी हुन गएमा विभिन्न रोग लागी शारीरिक, मानसिक विकासमा असर पुग्छ । प्रोटिनले शरीरका तन्तुहरुको उत्पादन, विकास र मर्मत गर्छ र शरीरको प्रतिरक्षा गर्छ । प्रोटिनको कमी भएमा यो प्रक्रिया रोकिन्छ र बालबालिका पुड्को हुन पुग्छन् । त्यस्तै कार्बोहाइडे्रटले शरीरलाई ऊर्जा दिन्छ । शक्ति नभएमा शरीरलाई ऊर्जा पुग्दैन, शरीरले कोष उत्पादन र वृद्धि गर्न सक्तैन । दैनिक खानामा ऊर्जा कम भएमा हाड, मांसपेशी, कोषको विकास अवरुद्ध भई बालबालिका पुड्को हुन सक्छन् । पुड्को मानिसको उत्पादकत्व पनि कम हुन्छ र उसका छोराछोरी पनि पुड्कै हुने सम्भावनामा बढी हुन्छ । पुड्कोपन बढ्दै गएमा देशको गार्हस्थ्य उत्पादानमा नै असर पर्ने भएकाले बालबालिकाको पोषणतर्फविशेष ध्यान दिन आवश्यक भएको पोषणविज्ञ पोखरेल बताउनुहुन्छ ।
ग्रामीण क्षेत्रमा बढी समस्या
हाल नेपाली बालबालिकामा देखिएका मुख्य समस्या भनेको उमेरअनुसार उचाइ नबढेर पुड्को हुनु, पातलो हुनु, उमेरअनुसार तौल नहुनु नै हुन् । यसरी उमेरअनुसार शारीरिक वृद्धि नहुनु भनेको उनीहरुको वौद्धिक क्षमता पनि कमजोर हुनु हो । साथै यस्ता बालबालिकाको कार्यक्षमता पनि कमजोर हुनु हो ।
वरिष्ठ बालविशेषज्ञ डा. विष्णु पण्डितका अनुसार बालबालिकाको ९० प्रतिशत मस्तिष्कको विकास जन्मेको दुइ वर्षभत्रमा हुन्छ । यदि त्यस बेला राम्रो पोषण पुगेन र मस्तिष्कको राम्रो विकास भएन भने पछि पनि हुँदैन ।
५ वर्षुनिका बालबालिकालाई राम्रो पोषणयुक्त खाना उपलब्ध गराएमा उनीहरुको शारीरिक, बौद्धिक विकास राम्रो हुन सक्छ र भविष्यमा उसको कार्यक्षमता पनि बढी उत्पादनमूलक हुन सक्छ । डा. पण्डितका अनुसार वर्तमान नेपाली बालबालिकाहरुमा सहरी क्षेत्रका बढी तीक्ष्ण छन् भने ग्रामीण क्षेत्रका बालबालिका अपेक्षाकृत कमजोर छन् । ँयसको सम्बन्ध कुनै न कुनै रुपमा पोषणसँग पनि रहेको छ’ -डा. पण्डित भन्नुहुन्छ ।
हालको तथ्याड्ढअनुसार सहरी क्षेत्रका ५ वर्षुनिका ३६ प्रतिशत बालबालिकाको उमेरअनुसार उचाइ बढेको छैन भने ग्रामीण क्षेत्रका ५१ प्रतिशत बालबालिकाको उमेरअनुसार उचाइ बढेको छैन । यस्तै गरी सहरी क्षेत्रका २३ प्रतिशत बालबालिकाको उमेरअनुरुप तौल पुगेको छैन भने ग्रामीण क्षेत्रमा यो समस्या ४१ प्रतिशतमा देखिएको छ । यसको मूल कारण बालबालिकालाई पर्याप्त मात्रामा सन्तुलित भोजन नपुग्नु नै हो ।
बालबालिकालाई के खुवाउने ?
स्वस्थ रहन र शरीरको विकास गर्न सन्तुलित भोजनको आवश्यकता पर्छ । सन्तुलित भोजनलाई मुख्यतया तीन समूहमा बाँड्न सकिन्छ । पहिलो शक्ति दिने खानाहरु जस्तो- चामल, मकै, गहुँ, पिँडालु, तरुल, घिउ, तेल चिनी आदि । दोस्रो शरीर वृद्धि गर्ने र क्षति भएका कोषहरु मर्मत गर्ने खाद्यवस्तुहरु जस्तो- दूध र दूधबाट बनेका खाद्य परिकारहरु, दाल, गेडागुडी, खाने मसला, माछा, मासु, अण्डा आदि र तेस्रोमा शरीरलाई रोगसँग लड्ने क्षमता प्रदान गर्ने र निरोगी राख्ने खाद्यवस्तुहरु जस्तो- फलफूल, हरियो सागपात र अन्य तरकारीहरु । यी खानाहरु सबै उमेर र अवस्थाका मानिसका लागि आवश्यक पर्छ ।
दुइ वर्षुनिका बालबालिकाका लागि यी तत्त्वहरु आमाको दूध र अन्य थप पोषिला खानाबाट उपलब्ध गराउनर्ुपर्छ । नेपाली बालबालिकाको शरीर उमेरअनुसार नबढ्नुमा मुख्य कारण प्रोटिनको कमी नै हो । ६ महिनासम्मका बालबालिकालाई पर्ूण्ारुपमा स्तनपान गराउनुपर्ने र ६ महिनापछि स्तनपानका साथै थप अन्य पोषक तत्त्व खुवाएमा प्रोटिनको मात्रा पुग्न सक्छ । तर नेपालमा औसत साढे दुइ महिना मात्र पर्ूण्ारुपमा -दैनिक कम्तीमा ५ पटक) स्तनपान गराउने गरेको पाइएको छ । यो अनुपात ग्रामीण क्षेत्रमा -२.६ महिना) भन्दा सहरीक्षेत्रमा निकै कम -२.२ महिना) देखिन्छ । सहरी क्षेत्रमा धेरै महिला जागिरे भएको र सरकारी कार्यालयमा २ महिना र प्राइभेट कम्पनीहरुमा सोभन्दा पनि कम अवधि सुत्केरी बिदा हुने भएकाले पनि शिशुले पर्याप्त स्तनपान गर्न नपाउने अवस्था देखिन्छ ।
यो उमेरका बालबालिकामा स्वास्थ्य सेवाको कमी -वृद्धि अनुगमन नहुने र परामर्श नहुने), जन्मिदा तौल कम हुने
-आमाको पोषणको कमीका कारण), संक्रमण रोगहरु लाग्ने र पर्याप्त शक्तिवर्द्धक खानाको कमी भएका कारण बालबालिकालाई प्रोटिनको मात्रा पुगेको छैन । प्रोटिनको कमी हुँदा बच्चाको तौल कमी हुने, उचाइ कमी हुने, पठनपाठनको क्षमता कमजोर हुने, संक्रमणीय रोगसँग लड्ने क्षमता कमजोर हुने र भविष्यको उत्पादकत्व कमजोर हुने हुन्छ । सुकेनास-फुकेनास हुने, सुस्तमनस्थितिको हुने हुन्छ । प्रोटिनको मुख्य स्रोत गेडागुडी, दूध र यसबाट बनेका पदार्थ, माछामासु, अण्डा आदि हुन् । ६ महिनापछि शिशुलाई यस्ता वस्तुको मात्रा बढाउँदै लानर्ुपर्छ ।
बालबालिकामा आइरनको कमी भएमा मानिसले गर्ने सबै कार्य -शारीरिक, मानसिक) मा कमी हुने, उत्पादकत्व कमजोर हुने र रोग तथा मृत्युको सम्भावना बढी हुने हुन्छ । दैनिक खानामा आइरनको कमी, औलो र अंकुशे जुकाको संक्रमण, भिटामिन ँए’को कमी र बढ्दो उमेरका बालबालिकालाई आइरनको बढी जरुरत पर्नेजस्ता कारणले बालबालिकामा पर्याप्त आइरन नपुगेको देखिन्छ ।
मानिसको शरीरमा हुने आइरनमध्ये आधाभन्दा बढी हेमोग्लोबिन हुन्छ । पाँच वर्षुनिका ४८ प्रतिशत बालबालिकामा रक्तअल्पताको समस्या देखिएको छ । यो उमेरका ३२ प्रतिशत केटाकेटीले मात्र खानाबाट पर्याप्त आइरन पाउँछन् । छात्रा स्कुलमा पढ्ने किशोरावस्थाका ६४ प्रतिशत किशोरीहरुमा रक्तअल्पता देखिएको छ, जुन निकै बढी हो । आइरन तत्त्व कलेजो, माछामासु, अण्डाको पहेंलो भाग, गेडागुडी, फलामको भाँडामा पकाएको खानामा पाइन्छ ।
यस्तै शरीरलाई नभई नुहने तत्त्व आयोडिन हो । दैनिक खानाबाट यो प्राप्त गर्नुपर्छ । आयोडिनले शरीरको वृद्धि-विकासमा मद्दत पुर्याउँछ । यसको कमी भएमा गलगाँड आउने, लाटो-बहिरो हुने, लोसे हुने, लठेब्रो हुने, उत्पादकत्व कमी हुने, पुड्को हुने, स्मरणशक्ति कमजोर हुनेे हुन्छ । अन्य खानाबाट आयोडिनको मात्रा पर्याप्त नहुने भएकाले हाल नेपालमा नुनमा आयोडिन मिसाएर वितरण गर्ने गरिएको छ । तर अझै पनि ६३ प्रतिशत घरपरिवारले मात्र आयोडिनयुक्त नुनको प्रयोग गर्ने गरेको अध्ययनमा पाइएको छ । तर्राई क्षेत्रमा यो ठूलै जनस्वास्थ्य समस्याका रुपमा छ । त्यहाँ आयोडिन नभएको ढिकेनुन बढी प्रयोग हुन्छ । यसमा जनचेतनाको कमी देखिएको छ । तर्राई क्षेत्रका १९ प्रतिशत मानिसले मात्र आयोडिनयुक्त नुन स्वास्थ्यका दृष्टिले राम्रो हुन्छ भन्ने कुरा बुझेको सरकारी तथ्याड्ढ छ । सरकारको स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले यसमा कुनै योगदान गर्न नसकेको देखिन्छ । आयोडिन आयोडिनयुक्त नुनका साथै अन्य खाद्यवस्तुहरु आलस, सलगम, बन्दा, विभिन्न जातका माछा, सागपात, पालु·ो, ब्रोकाउलीमा पनि केही मात्रामा पाइन्छ ।
बालबालिकाको लागि भिटामिन ँए’ पनि निकै महत्त्वपर्ूण्ा हुन्छ । यसको कमी भएमा रतन्धो हुने, रोगहरु लाग्ने, रक्तअल्पता हुने, मृत्यु हुने सम्भावना बढी हुन्छ । दैनिक खानामा भिटामिन ँए’को कमी, जुकाको संक्रमण, अन्य संक्रमणीय रोगको कारण बालबालिकालाई भिटामिन ँए’को आवश्यकता बढी पर्छ । नेपालका धेरै बालबालिकामा भिटामिन ँए’को कमी भएकाले सरकारको भिटामिन ँए’ वितरण कार्यक्रममार्फ यसको आपर्ूर्ति गरिंदै छ । गाजर, आँप, फर्सर्ीीहरियो सागपात, पालु·ो, फुलको पँहेलो भाग, नौनी घिउमा पनि भिटामिन ँए’ पाइन्छ ।
आमाको पनि स्वास्थ्य राम्रो हुनुपर्ने
जन्मिदा कम तौल भएमा बालबालिकाहरुको वृद्धि-विकासमा कमी हुन्छ । यस्ता बालबालिका होचो हुने सम्भावना हुनुका साथै कार्यक्षमता कमजोर हुने, दर्ीघरोग लाग्ने सम्भावना बढी हुन्छ । यदि महिलाको उमेर नपुगी गर्भाधान भएमा वा छिटो गर्भाधान भएमा, कुपोषण भएमा, रक्तअल्पता भएमा, समयपहिले गर्भाधान भएमा कमतौल भएको बच्चा जन्मिन सक्छ ।
आमा गर्भवती भएको बेला यी कुराहरुमा ध्यान पुर्याएमा उचित तौल भएको शिशु जन्मिन सक्छ ।
नेपाली बालबालिकालाई कुपोषण हुनुमा जुकाको संक्रमण पनि प्रमुख हो । सरसफाइको कमी, जुकाविरुद्धको औषधिको अभाव आदि कारणले बालबालिकामा जुकाको समस्या देखिएको छ र यस कारणले बालबालिकामा कुपोषण र रक्तअल्पताको समस्या देखिएको छ । पाँच वर्षुनिका झन्डै आधा बालबालिकामा रक्तअल्पता हुनुमा जुका पनि एउटा प्रमुख कारण हो ।
कुपोषणका अन्य कारणहरुमा खाद्य उत्पादन कमी हुने, भण्डार गरेकै ठाउँमा क्षति हुने, खाद्य प्रशोधन प्रक्रिया गलत हुने, पोषणयुक्त खाना खरिद गर्ने क्षमता नहुने र खाद्यान्न कम उत्पादन हुने क्षेत्रमा आवश्यक खाद्यवस्तुको पर्याप्त आपर्ूर्ति नहुने र आपर्ूर्ति भएका खाद्यवस्तुहरुमा गुणस्तरको अभाव हुनेजस्ता समस्या देखिएका छन्, जसले गर्दा बालबालिकामा कुपोषण समस्या, उत्पादकत्वमा कमी, रोग र मृत्युमा वृद्धिजस्ता समस्या देखिएका हुन् ।
हाल सरकारको तथ्याड्ढ हर्ेदा देशका आधा बालबालिका कुपोषणको चरम सिकार भएको देखिन्छ । यो स्थितिलाई नियन्त्रण गर्न नसके भविष्यमा देशको प्रगतिमा गम्भीर असर पुग्ने स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. यशोवर्द्धन प्रधान बताउनुहुन्छ ।
कुपोषणको असर दर्ीघकालीनरुपमा अत्यन्तै गम्भीररुपमा पर्ने भए पनि यसमा सरकारको कुनै योजनाबद्ध कार्यक्रम छैन । अहिलेको गतिमा काम गर्ने हो भने बालबालिकाको होचोपन ६० प्रतिशत मात्र घटाउन पनि ४० वर्षलाग्ने सम्बद्ध विज्ञहरुको भनाइ छ ।
पोषणसम्बन्धमा हाल सरकारले सञ्चालन गरिरहेको कार्यक्रमसम्बन्धमा जिज्ञासा राख्दा बालस्वास्थ्य महाशाखा पोषण शाखाका प्रमुख राजकुमार पोखरेलले वर्षो २ पटक ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ँए’ खुवाउने गरिएको, मध्यमपश्चिम क्षेत्रमा शिशु तथा बाल्यकालीन पोषण परामर्शसम्बन्धी कार्यक्रम सञ्चालन गरिएको, पश्चिमाञ्चलमा अघिल्लो वर्षनै कार्यक्रम सम्पन्न गरिएको र अन्य क्षेत्रमा विस्तार गर्दै लाने कार्यक्रम रहेको जानकारी गराउनुभयो । उहाँका अनुसार खाद्यान्न अभाव भएका मानिएका कर्ण्ााली अञ्चलका ५ वटा जिल्लाका बालबालिका -प्रतिपरिवार २ जना)लाई बालस्वास्थ्य महाशाखाले पौष्टिक आहार र स्थानीय विकास मन्त्रालयले रु. २ सय उपलब्ध गराउन थालेको छ । साथै पोषण स्वास्थ्यसँग मात्र नभई स्थानीय विकास, आपर्ूर्ति, कृषि, महिला तथा बालबालिका आदि विभिन्न मन्त्रालयसँग पनि सम्बन्धित विषय भएकाले राष्ट्रिय योजना आयोगको समन्वयमा पोषणसम्बन्धी बहुपक्षीय दर्ीघकालीन योजना बनाउने तयारी भइरहेको उहाँले जानकारी गराउनुभयो ।
कुपोषणको परिणाम तत्काल नदेखिए पनि भविष्यमा यसको परिणाम ज्यादै गम्भीररुपमा देखा पर्छ । आधा बालबालिका कुपोषणको सिकार हुनु भनेको भविष्यका देशका आधा नागरिकको कार्यक्षमता कमजोर हुनुको संकेत हो । यस्ता समस्यालाई निराकरण गर्न र्सवपक्षीय प्रयास यथाशीघ्र सुरु गर्न आवश्यक छ ।
बच्चा नबढेको कसरी थाहा पाउने ?
बालबालिकाको उमेरअनुसार तौल र उचाइ बढेको छ/छैन, अनुगमन गर्नुपर्छ । शरीरको वृद्धि भन्नाले तौल, उचाइ, टाउको, छाती र पाखुरा, दाँत बढ्नु हो । शरीरका अंगहरुले गर्नुपर्ने कामहरुमा परिपक्वता पनि आउनर्ुपर्छ । गर्भावस्थाको चौथो महिनादेखि गर्भ -भ्रूण)को वृद्धि आमाको खानामा निर्भर रहन्छ ।
बच्चा जन्मदा २.५-३ केजीसम्म हुनुलाई सामान्य मानिन्छ । शारीरिक वृद्धिमा तौल पनि सँगै बढ्दै जानर्ुपर्छ । ६ महिनामा बच्चाको तौल जन्मेको भन्दा दोब्बर र १ वर्षा तेब्बर हुनर्ुपर्छ ।
शिशुको वृद्धिसँगसँगै निम्न क्रियाकलापको विकास हुनर्ुपर्छ ः
द्ुइ महिनादेखि बच्चा मुस्कुराउन थाल्छ ।
४ महिनादेखि बच्चाले टाउको ठड्याउन थाल्छ ।
६ महिनादेखि बच्चाले बस्ने कोशिश गर्छ ।
८ महिनादेखि बच्चा आफैं बस्न थाल्छ ।
९ महिनादेखि बच्चा घस्रन थाल्छ ।
१ वर्षभएपछि बच्चा उभिन सक्छ र तोतेबोली बोल्न थाल्छ ।
१८ महिनादेखि बच्चा हिँड्न थाल्छ ।
तर उमेरअनुसार बच्चाले यी कार्य गर्न नसके बच्चाको वृद्धि-विकास रोकिएको मानिन्छ र स्वास्थ्यसंस्थामा तत्काल जँचाउन लैजानर्ुपर्छ ।
उमेरअनुसारको तौल वृद्धि
उमेर तौल वृद्धि
०-५ महिना २० ग्राम प्रतिदिन
६-१२ महिना ५ ग्राम प्रतिदिन
२ वर्षम्म २.५ के.जी. प्रतिवर्ष३-५ वर्ष२ के.जी. प्रतिवर्ष
उमेरअनुसारको उचाइ वृद्धि
उमेर उचाइ
जन्मदा ५० से.मि.
१ वर्षम्म थप २५ से.मि.
२ वर्षम्म थप १२.५ से.मि.
३-५ वर्षम्म थप ६-८ से.मि. प्रतिवर्ष
No comments:
Post a Comment