Showing posts with label बिचित्र संसार. Show all posts
Showing posts with label बिचित्र संसार. Show all posts

Thursday, July 25, 2013

यसरी जोखिममा छ सल्यानको कपुरकोट (फोटो फिचर)

सल्यानको कपुरकोटमा रहेको खाराको पहिरोका कारण सल्यानको कपुरकोट क्षेत्र जोखिममा परको छ । जसका कारण राप्ती राजमार्गको कालोपत्रे एक मिटर तल धस्सीएको छ भने कालिका माटीका तिनवटा ११ कोठे भवन भत्किनुका साथै पुरै विद्यालय हाता नै भास्सीएको छ । विद्यालयले ९१ लाख बराबरको क्षति भएको बताएको छ । हेरौँ कस्तो छ त पहिरो र विद्यालय ।








Sunday, July 21, 2013

सातदिन देखि वन्द राप्ती राजमार्ग खु्ल्न केहि दिन लाग्ने, ४० किलोमिटर सडकमा साढे ४ सय पहिरो


पुरुषोत्तम गिरी
सल्यान साउन ६
राप्ती राजमार्ग अन्तर्गतको दाङ्ग सल्यान सडक खण्डको बिभिन्न क्षेत्रमा गएका साढे चार सयवटा पहिरो हटाउने काम नसकिदा यातायात अझैँ सुचारु हुन सकेको छैन । कपुरकोट देखि सितलपाटी सम्मको ४० किलोमिटर सडकखण्डमा साढे ४ सय वटा पहिरो मध्ये ३० वटा पहिरो वाँकी छन् ।
अबिरल बर्षाका कारण टुनिबोट नजिकै बिच सडकमा झरेको चट्टानमा नेपाली सेनाले १० वटा बम बिष्फोट गराएर ट्रयाक खोलेपनि पहिरो हटाउने काम नसकिएकाले यातायात सुचारु हुन नसकेको हो । पानि नपरेमा बाटो पुर्ण रुपमा सुचारु अझै २ दिन लाग्ने छ । टुनिबोट देखी अरिंगालेफेदी खोला सम्म करिब तिस ठाँउमा पहिरो गएको छ । जसमध्ये केही ठाँउमा त पैदल हिडेर वारपार गर्न समेत कठिन हुने गरेको छ ।
यातायात अबरुद्ध भएपछि यात्रुहरु टुनिबोट देखी अरिगांले पेदी सम्म  ४ किलोमिटर पैदल हिडेर जाने गरेका छन । बस समितीले यात्रुको समस्या लाई मध्य नजर गरी सल्यान श्रीनगर बाट टुनिबोट र दाङ्गबाट अरिगांले फेदी सम्म बस संचालन गरेको सल्यान रुकुम यातायात ब्यबसायी समितीका अध्यक्ष लोकमान बुढाथोकीले जानकारी दिनुभयो ।
एक हप्ता देखी अबरुद्ध सडकका कारण बिरामी हरुले सबै भन्दा पिडा भोगेका थिए  भने ठाँउ ठाँउमा थन्किएर रहेका मोटरसाईकलहरु बोकर समेत वारपार गराईएका थिए ।  शनिबार सल्यान  अस्पताल बाट रिफर गरिएका बिरामीहरु एम्बुलेन्सबाट सल्यान टुनिबोेट सम्म पुरयाइए पनि त्यहाँ बाट पहिरै पहिरोको जोखिममा पैदल बोकेर अरिंगाले पेदी सम्म लगिएको थियो ।
अंरिगाले खोलाको बहाब ठुलो भएका कारण यात्रुहरु लाई वारपार गर्न निकै कठिन भएको छ । कती ले रकम तिरेर खोला तार्न लगाउने गरेका छन ।“सडक एक दुई दिनमा सुचारु भएपनि सामान्य बर्षा थपिएमा फेरी सडकको उस्तै हालत हुन सक्छ दाङ्ग सल्यान सडक वटासिलको जिम्मेवारी पाएका सन्तोषी निमार्ण सेवाका प्रमुख निरन्जन कडेल ले भने– हामी ले त हटाउने प्रयास गरिरहेका छौ तर प्रकृती संग कसको के लाग्छ र” । पहिरो संग संगै सडक को अधिकांस भुभाग चिरा परेको छ ।यातायात बन्द पछि दैनिक उपभोग्य बस्तुहरुमा समस्या देखीन थालेको छ भने कृषकहरुको लाखौ रकम को तरकारी कुहिएर नष्ट भएको छ । वर्षा पछि सो खोलामा आएको वाढिले ५० भन्दा बढि कृषकको सयौँ रोपनी खेत पनि बगाएको छ । अबिरल बर्षापछि अंरिगाले खोलामा आएको बाढी ले खोला आसपासका क्षेत्रमा रहेको हजारौ मुरी अत्पादन हुने धान खेती बगाएर बगर बनाईदिएको छ ।
खोलामा अझै समस्या
अरिंगालेपेदी खोलाले सडक को बिच भाग करिब तिन मिटरको गहिराईमा खारिदिएपछि अन्य ठाँउको पहिरो हटेपनि खोलाबाट यातायात सुचारु हुन भने कठिन देखिएको छ । खोलाको बहाब कम नभएको र बाटो लाई खोलाले खाल्डो पारिदिएपछि बाटो संचालन गर्न मुस्किल भएको सन्तोषी निमार्ण सेवाका प्रमुख निरन्जन कडेल ले बताए । बिगतमा खोला बिचमा संचालन सडक को ट्रयाकको यतीबेला निसाना नै छैन। खोलाको पानिलाई फिजाएर बहाब कम गरी यातायात सुचारु गर्ने सोचमा सरोकारवाला लागेका छन तर यो पनि असम्भब जस्तै देखिएको छ ।  यदी यो सम्भब नभए तत्कालका लागी खोला सम्म भएपनि यातायात सुचारु गर्ने जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।






Thursday, July 18, 2013

एउटा ढुंगाले रोक्यो सडक

पुरुषोत्तम गिरी/उज्यालो । सल्यान असार ३ - राप्ती राजमार्ग अन्र्तरगत दाङ्ग सल्यान सडकखण्डको ठाँउठाउँमा पहिरो झरेपछि चारदिनदेखि अवरुद्ध राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन ।

वर्षाका कारण गएको सोमबार दाङ्गको तुलसिपुरदेखि सल्यानको श्रीनगरसम्मको सडकमा एकसय वटा भन्दा धेरै साना ठुला पहिरो सडकमा झरेका थिए । अहिलेसम्म दुईवटा डोजर लगाएर तुलसीपुरदेखि सल्यानको कपुरको सम्म तथा सल्लेखोलादेखि श्रीनगरसम्मका पहिरो हटाइएको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताउनुभयो ।
पहिरो हटाउनका लागी अहिले पनि कपुरकोटबाट एउटा डोजर परिचालन गरिएको छ । सल्लेखोला नजिकै सडकमा झरेको ठुलो ढुंगा हटाउन सवै भन्दा समस्या देखिएको छ ।  तीन दिनदेखि ढुंगा हटाउन डोजर, लोडर लगायतका सामाग्रीहरु परिचालन गरिएपनि अहिलेसम्म १० प्रतिशत मात्रै ढुंगा फुटाइएको छ । सडकको ढुंगा हटाउन नसकेपछि वैकल्पिक सडक खन्न प्रयास भएपनि भिरालो ठाउँ भएकाले त्यो पनि सम्भव भएको छैन । अझैपनि ४० वटा पहिरोहरु हटाउन वाँकी छन् भने अरिङ्गगाले खोलाले बगाएको पचास मिटर सडक पनि बनाइएको छैन । लगातार काम भएका सडकको साना गाडि संचालन गर्न दुई दिन लाग्नेछ भने ठुला गाडी संचालनका लागि एक हप्तासम्म लाग्न सक्ने अनुमान छ ।
यातायात अवरुद्ध हुदा लाखौँ मुल्य बराबरको तरकारी कुहिएको छ भने यात्रुहरु पनि दुई तीन दिन हिडेर दाङ्ग पुग्ने गरेका छन् । सडक अवरुद्ध भएपछि जिल्लाबाट रिफर गरिएका विरामीलाई बोकेर वाहिर लैजाने गरिएको छ ।

Thursday, July 11, 2013

सल्यानको शारदा नदीमा युवक बेपत्ता




सल्यान, असार २७ – सल्यानको शारदा नदीमा एक युवक वेपत्ता भएका छन् ।

नदी तर्ने क्रममा बिहीबार दिउँसो कालीमाटी रामपुर गाविस ४ का २८ वर्षिय कर्णबहादुर सुनार वेपत्ता हुनुभएको हो ।

संगै नदी तर्दै गर्दा बगेका हस्तबहादुर परियारलाई भने बगाउदै गरेको अवस्थामा उद्धार गरिएको स्थानीय गणेश परियारले बताउनुभयो ।

सुनारको खोजीका लागि इलाका प्रहरी कार्यालय कालीमाटी रामपुरबाट प्रहरीको टोली खटिएको छ । कालीमाटी रामपुर गाविसका झिगाने, सेतीखोला, सिमल कुना लगायतका गाउँका वासिन्दाहरु शारदा नदीमा पुल नहुदा बर्षायाममा जोखिम मोलेर वारपार गर्छन् ।

अहिलेसम्म ४० जना भन्दा बढी मानिस नदीमा हराइसकेका छन् ।