Showing posts with label विविध. Show all posts
Showing posts with label विविध. Show all posts

Friday, July 19, 2013

Breaking!!!! राप्ती राजमार्गको अपडेट

राप्ती राजमार्गको यातायात सुचारू गर्न पाँचैाँ दिन पनि प्रयास जारी, हिजो समय अभावले काम शुरू हुन नसकेपछि नेपाली सेनाद्वारा वम विष्फोट गरी ढुंगा फोड्ने काम विहानैदेखि शुरू गर्ने तयारी । तर रातिदेखिको वर्षाले काम शुरू गर्न समस्या । वर्षा रोकिएपछि काम शुरू हुने सम्भावना । 

Monday, July 15, 2013

सल्यानमा खानेपानीको पाइपले जोगायो ५० जनाको ज्यान

सल्यानको खलंगामा सोमबार दिउँसो एउटा बस दुर्घटना हुनबाट बचेको छ । खरावबाटो हेर्न ड्राइभर ओर्लिएर वाहिर झरेको वेलामा यात्रुले गाडि चलाउदा गाडि दुर्घटनामा परेको थियो । तर गाडि सडक छेउको खानेपानीको पाइपमा अल्झीएको थियो । गाडि चलाउने ति यात्रुलाइ भने प्रहरीले पक्रेको छ । उनले अत्याधिक मदिरा सेवन गरेको बुझिएको छ । हेरौँ  दुर्घटनाबाट बचेको गाडि र यात्रुका सल्यान न्युजले लिएका केहि तस्वीरहरू....



Thursday, July 4, 2013

सुर्खेतमा उद्यम विकास सहजकर्ता कक्षा


सुर्खेत, २० असार । सुर्खेतमा उद्यम विकास सहजकर्ता(इडिएफ) कक्षा सञ्चालन हुने भएको छ । मध्य नेपाल प्राविधिक शिक्षालय सुर्खेतले उद्यम विकास कार्यक्रम(मेडेप)सँगको समन्वयमा सिटिईभिटि अन्तर्गतको राष्ट्रिय सिप परिक्षण समितिसँगको सहकार्यमा उक्त कक्षा सञ्चालन गर्न लागेको हो । मध्यपश्चिममा पहिलो पटक सुर्खेतमा कक्षा सञ्चालन गर्न लागिएको मध्य नेपाल प्राविधिक शिक्षालयका प्रिन्सिपल विनोद लम्सालले जानकारी दिए ।
१५ महिने उक्त कक्षा उत्तिर्ण भएपछि नेपाल सरकारले लोकसेवा आयोगमार्फत लिने उद्यम विकास सहजकर्ता प्राविधिक खरदार सरह परिक्षामा सहभागि हुन पाउनुका साथै अन्य गैर सरकारी संघ संस्थाहरुले सञ्चालन गर्ने लघु उद्यम विकास कार्यक्रममा समेत रोजगारीको अवसर सिर्जना हुने उनले जानकारी दिए । हालसम्म नेपालमा ७ सय १३ जना उद्यम विकास सहजकर्ता उत्पादन भएको तर उक्त संख्या आवश्यकतााभन्दा आधा मात्रै रहेको उद्यम विकास कार्यक्रम क्षेत्रीय कार्यक्रम सहयोग कार्यालय सुर्खेतका उद्यम विशेषज्ञ उत्तम श्रेष्ठले जानकारी दिए ।
मेडेपले यसअघि आफ्नो कार्यक्षेत्रका जिल्लाहरुबाट प्रत्येक वर्ष दुई÷दुई जना आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुलाई छात्रवृत्ति प्रदान गरी लघु उद्यम विकास सहजकर्ता कोर्ष अध्ययनको अवसर प्रदान गर्दै आएको छ । उद्यम विकास सहजकर्ता(तह दुई) उत्तिर्ण गरेपछि तीन वर्षको कार्यअनुभवको आधारमा तह तीनको परिक्षा दिने व्यवस्था रहेको विशेषज्ञ श्रेष्ठले जानकारी दिए । यसअघि जनकपुर, भैरहवा र धनगढीमा कक्षा सञ्चालन भइरहेको र सुर्खेतमा यो वर्षदेखि मध्य नेपाल प्राविधिक शिक्षालयले सञ्चालन गर्न लागेको उनले जनाए । उद्यम विकास सहजकर्ता कक्षा उत्तिर्ण गरेका प्रशिक्षार्थीहरु अहिलेसम्म वेरोजगार बन्नु नपरेको श्रेष्ठले दावी गरे । शिक्षालयमा तह दुई उत्तिर्ण मेडेपमा रोजगारीको अवसर सिर्जना गरिने उनले बताए ।
उद्यम विकास सहजकर्ताको पाठ्यक्रम निर्माणकर्ता समेत रहेका उनले मेडेप मोडेलमा कोर्ष डिजाईन गरिएको र नेपाल सरकार उद्योग मन्त्रालय र युएनडिपीको सहयोगमा मेडेप कार्यक्रम सुरुवात गरिएको बताए । यो एउटा तह उत्तीर्ण भन्दा पनि स्वरोजगारका लागि सञ्चालन गरिएको १५ महिने तालिम हो र यसको अन्तिम परिक्षा सिटिभिटि अन्र्तगत राष्ट्रिय सिप परिक्षण समितिले लिने गरेको छ ।

Wednesday, July 3, 2013

पूर्ण निद्राले भगाउँछ मधुमेह



काठमाडौ, - हरेक रात मस्त सुत्ने गर्नाले मधुमेहको जोखिम कम हुने रहेछ । एउटा अध्ययनमा यस्तै ठोकुवा गरिएको छ । त्यसअनुसार, पूर्ण निद्रा लिने व्यक्तिलाई टाइप-२ मधुमेह हुने सम्भावना घट्छ ।

लस एन्जलस बायोमेडिकल रिसर्च इन्स्टिच्युटका अनुसन्धानकर्ताहरूले गरेको अध्ययनमा उल्लेख छ— सप्ताहान्तका तीन रातको मात्रै राम्रो निद्राले पनि धेरै हदसम्म इन्सुलिनको सक्रियता बढाउँछ । इन्सुलिन नबन्दा र शरीरमा यसको प्रतिक्रिया नहुँदा नै मधुमेहले आक्रमण गर्ने गर्छ । उक्त अध्ययनका प्रमुख अनुसन्धानकर्ता डा. पिटर लिउ भन्छन्, 'हरेक व्यक्तिलाई पर्याप्त निद्रा अत्यावश्यक हुन्छ भन्ने हामी सबैलाई थाहा छ । तर हामी कामको चापले गर्दा मस्त सुत्नलाई पनि समय निकाल्न सक्दैनौं ।' निद्राको अवधि बढाइदिनाले शरीरमा इन्सुलिन उपयोगको क्षमता बढ्छ । यसले पाका व्यक्तिहरूमा टाइप-२ मधुमेह हुने जोखिम कम हुन्छ ।

इन्सुलिनले हाम्रो शरीरको रगतमा चिनीको स्तरलाई नियमित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने गर्छ । टाइप-२ मधुमेह भएका व्यक्तिहरूको शरीरले आफैंभित्रबाट निस्किने इन्सुलिनको प्रभावकारी उपयोग गर्न सक्दैन । यो रोग लाग्दा शरीरले इन्सुलिनप्रति प्रतिक्रिया गर्दैन । डा. लिउका अनुसार, कामको बोझले राम्ररी सुत्न नसक्ने प्रौढ व्यक्तिहरूले सुत्ने समय बढाए उनीहरूलाई मधुमेह लाग्ने खतरा कम हुन सक्छ ।

तुलसीको पात के-के को औषधि ?


हिन्दु धर्ममा तुलसीलाई भगवान विष्णुको प्रतिकको रुपमा लिइन्छ र यसको आफ्नै धार्मिक महत्व पनि छ । तुलसीको धार्मिक महत्व मात्र नभएर यसमा पाइने औषधीय गुणका कारण मानव स्वास्थ्यका लागि समेत यसको महत्व छ ।
तुलसीमा औषधीय गुण पाइन्छ भन्ने कुरा हामीले सुनेकै कुरा हो । यद्यपि कस्ता कस्ता रोगका विरुद्ध तुलसीको सेवन लाभदायक हुन्छ भन्ने कुराको एकिन जानकारी नहुन सक्छ । यहाँ हामीले तुलसीको पात कस्तो कस्तो स्वास्थ्य समस्याको निराकरणमा उपयोगी सावित हुनसक्छ भन्ने जानकारी प्रस्तुत गरेका छौँ ।

महिलाहरुमा महिनावारीको बेला यदि पेट तथा कम्मर दुख्ने समस्या बढि नै छ भने तुलसीको हरियो पातलाई पिँधेर रस बनाउनुहोस् अनि दिनहुँ १ चम्चा तुलसीको पातको रस पिउनुहोस् । तुलसीको पात पिँध्न झण्झट लाग्छ भने पात मज्जाले धोइपखाली गरेर चपाउँदा पनि हुन्छ ।

बर्खाको समयमा रुघाखोकी, ज्वरो तथा पेटको समस्या बढि देखिने गर्छ । यस्ता समस्याको रोकथामका लागि दिनहुँ तुलसीका पातको सेवन लाभदायक हुन्छ । साथै रुघाखोकी लागेको बेला तुलसीको पात, बेसार, नुन मिलाएर पानीमा मज्जाले पकाएर उक्त पानी पिएमा रुघाखोकी र चिसो कम हुन्छ ।

तुलसीका पातको सेवनले मुखको संक्रमणबाट बचाउनुका साथै दाँत तथा गिजालाई स्वस्थ राख्छ ।

बिहान उठ्नैबित्तिकै पानीसँगै तुलसीका पात पनि चपाएर खानुहोस् । यसले गर्दा विभिन्न खालका संक्रामक रोगबाट बचाउँछ ।

तुलसीको पातको लेप छालामा लगाउँदा दाद, लुतो तथा छालासम्बन्धि अन्य रोगबाट बचाउँछ ।

ज्वरो आएको छ भने तुलसीको पातलाई पिँधेर बनाएको रसमा अदुवाको रस र मह मिलाएर खाँदा फाइदा हुन्छ ।

आयुर्वेदमा तुलसीको नजिक बस्दा स्वासप्रस्वास मार्फत लिइने हावा सरीरका लागि निकै फाइदाजनक हुने र त्यसले सरीरका विषाक्त पदार्थ निर्मलीकरण गर्नमा सहयोग गर्ने विश्वास गरिन्छ ।