तपाईँलाई थाहा थियो, बिरालोले आफ्नो जीवनको ६६ प्रतिशत समय सुतेरै बिताउँछ! अनि के तपाईँलाई थाहा थियो, बिरालोले आफ्नो पुच्छरको लम्बाई भन्दा ७ गुणा उचाइ उफ्रिन सक्छ! हो, यस्तै-यस्तै अनौठा अनि रोचक कुराहरू तपाईँ हाम्रै सामुन्ने भैरहेका हुन्छन्, तर हामीले त्यसलाई मतलब गर्दैनौँ। हामी सबै आ-आफ्नै जीवनमा व्यस्त छौँ।
तर, एकचोटी सबैकुरालाई थाती राखेर यी सामान्य कुराहरूलाई नियाल्नुभयो भने थाहा पाउनुहुन्छ कि यो प्रकृति कति सुन्दर र अमूल्य छ! जुन प्रकृतिले हामीलाई गाँस, बास र कपास प्रदान गरिरहेको छ, त्यही प्रकृतिलाई हामी सबै मिलेर लुटिरहेका छौँ, कुटिरहेका छौँ! त्यसैले त आज हामी ‘ग्लोबल वार्मिङ्ग’को त्रासमा बस्नुपरेको छ।
तर जे होस्, आज हामी तपाईँहरूलाई हाम्रै सुन्दर प्रकृतिमा भएका रोचक तथ्यहरूको बारेमा जानकारी दिन गैरहेका छौँ।
भालुको ४२ वटा दाँत हुन्छ८५ प्रतिशत बोटबिरुवाहरू समन्द्रमा पाइन्छन्हरीणको कपाल खोक्रो हुन्छसुँगुरको शारीरिक बनावट नै यस्तो छ, जसको कारण यसले आकाशतर्फ हेर्न सक्दैनलाटोकोसेरोले आँखालाई दायाँबायाँ गर्न सक्दैनअस्ट्रिचको दिमागभन्दा आँखा ठूलो हुन्छस्ट्रबेरीमा भन्दा कागतीमा चिनीको मात्रा बढी हुन्छहमिङ्गबर्ड चराको मुटु १ मिनेटमा १००० चोटी भन्दा बढी धड्किन्छएउटा कुखुराले प्रतिवर्ष सामान्यतयाः २२८ वटा अण्डा पार्छजिराफले आफ्नो कान सफा गर्न २१ इन्चको जीब्रो प्रयोग गर्छन्ऊँट भन्दा जिराफ र मुसा पानीबिना लामो समयसम्म बाँच्न सक्छन्भ्याकुताले आँखा खुल्ला राखेर खानेकुरा खान सक्दैनहात्ती मात्र एउटा यस्तो स्तनधारी प्राणी हो जो उफ्रिन सक्दैनपृथ्वीमा प्रतिमिनेट ६,००० चोटी चट्याङ खस्छगाइभैँसीको माथिल्लो दाँत हुँदैनबिरालोले आफ्नो ६६ प्रतिशत जीवन सुतेरै बिताउँछऊँटको दूध फाट्दैनचराचुरुङ्गीहरूले खानेकुरा निल्नको लागि गुरुत्वबलको सहायता लिन्छन्
No comments:
Post a Comment