Tuesday, July 23, 2013

नौ दिनपछि खुल्यो राप्ती राजमार्गको यातायात

सल्यान असोज ८ ।    राप्ती राजमार्ग अन्र्तरग दाङ सल्यान सडक खण्डको यातायात नौ दिन पछि खुलेको छ । वर्षाका कारण गएको असार ३१ गतेदेखि सडकमा झण्डै चार सय ५० वटा पहिरो तथा चट्टान खसेपछि र खोलाले सडक बगाएपछि सडक अवरुद्ध भएको थियो ।
    दुईवटा डोजरले लगातार पहिरो हटाएपनि सडकमा खसेको ठुलो चट्टान हटाउन नसक्दा र अरिङगाले खोलाको वहाव कम नहुँदा सडकको यातायात सुचारु हुन सकेको थिएन । १९ नम्वर वाहिनी तुलसिपुर, भगवति दल गण सल्यान र प्रहरीको टोलीले वम विष्फोट गराएर सडकको चट्टान हटाएका थिए । आज दिउँसो सम्म  अरिङगाले खोलामा ढुंगा भरेपछि यातायात सुचारु भएको सल्यानका प्रमुख जिल्ला अधिकारी यज्ञराज वोहराले बताउनुभयो ।
    सडक सुचारु भएपछि विचवाटोमै अलपत्र छ दर्जन सवारीका साधन गन्तव्य तर्फ लाग्न शुरु गरेका छन् । वेलुकी सम्ममा सवै गाडिहरु गन्तव्यमा पुगिसक्ने व्यवसायिहरुले बताएका छन् । नौ दिन सम्म राजमार्ग अवरुद्ध भएपछि सल्यान तथा रुकुममा दैनिक उपभोग्यका सामानहरु आकासिएका थिए भने किसानमा तरकारीको अभाव हुनुका साथै किसानको तरकारी वारीमै कुहिएको थियो । पहिरोका कारण कालोपत्रे गरिएको राप्ती राजमार्ग भने कच्ची सडक जस्ते भएको छ ।

मुख्य खवर