असार १९ – त्रिकोणात्मक क्रिकेट श्रृङ्खलामा मंगलबार राति भारतलाई श्रीलंकाले १ सय ६१ रनले हराएको छ ।
विराट कोहलीको कप्तानीमा मैदान ओर्लिएको भारत बलिङ र ब्याटिङ दुवैमा सम्हालिन नसक्दा फराकिलो हार ब्योहोर्न बाध्य भयो ।
३ सय ४९ रनको लक्ष्य पच्छ्याएको भारत ४४ दशमलव ५ ओभरमा १ सय ८७ रनमा अलआउट भयो ।
भारतका लागि रविन्द्र जडेजाले नटआउट ४९, सुरेश रैनाले ३३, मुरली विजयले ३०, शिखर धवनले २४ र दिनेश कार्तिकले २२ रन जोड्नु बाहेक अरुले दोहोरो अंकको रन जोड्न सकेनन् ।
श्रीलंकाका रंगना हेराथले ३ तथा सचित्र सेनानायके र लासिथ मालिङ्गाले समान २/२ विकेट लिए । पहिले ब्याटिङ गरेको श्रीलंकाले उपुल थरङ्गाको नटआउट १ सय ७४ र माहेला जयवर्द्धनेको १ सय ७ रनको मद्दतमा मात्र १ विकेट गुमाउँदै ३ सय ४८ रन बनाएको थियो ।
टिमका लागि एन्जेलो म्याथ्यूजले नटआउट ४४ रनको योगदान गरे । हारपछि भारतको फाईनल प्रवेश कठिन भएको छ । फाईनल प्रवेशका लागि भारतले वेष्ट ईन्डिज र श्रीलंकालाई हराउनै पर्ने बाध्यता छ ।
No comments:
Post a Comment