Total Hits: 825
काठमाडौ, असार १८ – नेकपा—माओवादीले सक्रिय र सशक्त रुपमा चुनाव बहिस्कार गर्ने निर्णय गरेको छ ।
पोखरामा सम्पन्न केन्द्रीय समिति बैठकले चुनाव बहिष्कारका लागि हरेक निर्वाचन क्षेत्रमा केन्द्रीय सल्लाहकार तथा केन्द्रीय सदस्यको नेतृत्वमा टोली खटाउने निर्णय भएको स्रोतले जनाएको छ ।
कसलाई कुन क्षेत्रको जिम्मेवारी दिने भन्ने विषयमा भने पछि मात्रै निर्णय हुने नेकपा–माओवादीले जनाएको छ । बैठकले एक निर्वाचन केन्द्र एक सेक्सन सेनाको प्रस्ताव पारित गर्दै त्यसलाई प्रशिक्षत गर्ने निर्णय पनि गरेको छ ।
माओवादीले चुनाव बहिष्कारका लागि एक केन्द्रका लागि एक सेक्सन सेना, प्रचार टोली, मोर्चा तथा संगठनलाई केन्द्रीत गर्ने निर्णय समेत गरेको छ । यसका लागि अभियान सुरु गर्ने माओवादीले जनाएको छ ।
माओवादीले पार्टीलाई फौजिकृत गर्दै लैजाने प्रस्ताव पनि पारित गरेको छ । तर बैठकले वार्ताको ढोका भने खुल्ला राखेको जनाएको छ । चुनावको मिति सारेर सार्थक वार्ताको प्रयास भए आफूहरु वार्तामा बस्न तयार रहेको माओवादीले जनाएको छ ।
No comments:
Post a Comment