नेपाल प्रहरी भर्नामा अनियमितता भएको आशंकामा गृह मन्त्रालयले छानबिन थालेको छ । जवान र फलोअर्स भर्नामा आर्थिक लेनदेन भएको लिखित उजुरी परेपछि छानबिन थालेको हो । छानबिनका लागि उपसचिव कैलास खरेलको संयोजकत्वमा प्रहरी उपरीक्षक तारणी लम्साल रहेको टोली गठन गरिएको छ । एक सुरक्षाकर्मी भर्नाका लागि दुई लाख रुपैयाँसम्म लेनदेन भएको स्रोतले जनायो । टोलीले अनियमितताबारे छानबिन गरी सात दिनभित्र मन्त्री रावललाई प्रमाणसहित प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ . सम्बद्ध अधिकारीका अनुसार मध्य पश्चिम क्षेत्रका युवा ठूलो समूहमा भर्ना भएबाट लेनदेनको आशंका गरिएको हो । प्रहरीले देशभरिका पाँच क्षेत्रबाट ३ हजार ८ सय प्रहरी जवान र २ सय २३ फलोअर्स पदमा भर्ना आह्वान गरेको थियो । प्रधान कार्यालयको मानव स्रोत विभागका अनुसार त्यसरी गरेका आव्हानमा देशभरि जवानका लागी ५१ हजार ५ सय ५५ र फलोअर्सका लागी ३ हजार ४ सय ७७ आवेदन परेका थिए ।
पुरुषाेत्तम गिरीकाे नितान्त व्यक्तिगत व्लग (जिवनका तितामिठा क्षण भाेगाइ तथा स्मरणहरु तथा जिवनउपयाेगी समाचार, विचार, जिल्लाका समाचार अटाउने व्लग)
Monday, October 25, 2010
प्रहरी भर्नामा अनियमितताको आशंका
Subscribe to:
Posts (Atom)