पश्चिम नेपालको दाङमा जन्मेर संगितको क्षेत्रमा व्यवसायीक रुपमा भर्खरै पाइला टेकेकी गायिका रेणु विष्ट यतिवेला आफ्नो पहिलो एल्वम पहिलो पाइलाका कारण चर्चामा छिन् । सानैदेखि गायनमा रुचि राख्ने विष्ट गित संगीतलाई दुःख पीर भुलाउने एक माध्यमको रुपमा लिनुपर्ने वताउछिन् । रेणु आफु गायनको क्षेत्रमा प्रवेश गरिसकेपछि परिवारको राम्रो साथ पाएको दावि गर्छिन । यसै सेरोफेरोमा रहेर गायिका रेणु विष्टसंगko अन्र्तवार्ता :
आजभोली के मा ब्यस्त हुनुहुन्छ ?
-आजभोली म आफ्नो पहिलो एल्बम पहिलो पाईलाका लागि दौडिरहेकी छु । कहिले टेलीभिजन कहिले रेडियोमा बोलाईरहनु भएको छ त्यसमा ब्यस्त छु ।
तपाईले आफ्नो गायन यात्रा कहिलेदेखि सुरु गर्नु भएको थियो?
मेरो यो गायन यात्रा बच्चादेखि नै रहर हो । मैले औपचारिक रुपमा गायन यात्रा २०६० सालमा म काठमाडौंमा आएपछि सुरु भएको हो । त्यसपछि व्यवसायिक रुपमा २०६३ सालबाट म गायिकाका रुपमा छु ।
संगीतलाई धेरैले धेरै कोणबाट परिभाषित गर्ने गर्छन, तपाई चाहीं संगीतलाई कसरी परिभाषित गर्नुहुन्छ ?
-संगीतको मेरो आफ्नै परिभाषा छ । यो जीवनको रमाईलो पाटो हो । संगीतलाई मैले दुःख पीर भुलाउने एक माध्यमको रुपमा लिन्छु ।
तपाईको पहिलो एल्बम चै कुन हो ?
मेरो पहिलो सोलो एल्बम अहिले बजारमा आउँदै गरेको पहिलो पाईला नै हो । तर मैले १० बर्ष अघि मनोज आचार्यको शब्द र वीरेन शाक्यको संगीतमा एउटा गीत गाएकी थिए । त्यो मनोज आचार्यको एल्बम अनाबरणमा राख्नुभएको थियो । त्यो त्यति चर्चामा आएन ।
यो क्षेत्रमा आउँदाको सुरुको चरणमा तपाईले के कस्तो संघर्ष गर्नुभयो ?
-यो क्षेत्र एकदमै संघर्षशील छ । म एउटा महिला भएको कारणले यो क्षेत्रमा लाग्दा झन् गाह्रो भयो । यसमा कतिपय कुरा भन्न मिल्नेपनि छन र कतिपय कुरा भन्न नमिल्नेपनि छन् । गाह्रो भएपनि मेरो पारिवारिक सपोर्टले मलाई त्यति गाह्रो भएन् ।कला क्षेत्रमा लागेका मान्छेहरुको परिवारसंग त्यति राम्रो सम्बन्ध हुन्न भन्छन् तपाईको परिवारले तपाईलाई कस्तो सहयोग गरेको छ ?तपाईले भनेको कुरा सही हो । सबैका परिवारले सबै कलाकारलाई सपोर्ट गर्दैनन् । मेरो परिवारले यो भन्दा अघि सहयोग गर्नु भयो भएन त्यो आफ्नै ठाउँमा छ । अहिले संगीतमा म लागि सकेपछि मलाई पुरा सपोर्ट गर्नु भएको छ । तपाईको एल्बम पहिलो पाईलाले बजारमा चर्चा पनि पाएको छ ।
के तपाईले यो एल्बमले यत्तिको चर्चा पाउला भन्ने सोच्नु भएको थियो ?
-एकदमै सोचेको थिईन । मैले पहिलो पाइला एल्बम निकालेपछि यसरी चर्चा होला र मिडियामा छाउला भन्ने सोचेकै थिईन । सायद समय र भाग्यले साथ दिएको होला । यो यत्तिको चर्चा हुनुको पछाडि मेरो गीतकार भाइ लोकराज अधिकारीको ठुलो हात छ । त्यसैगरी भुपेन्द्र भट्टको पनि ठूलौ हात छ । उहाँहरुको सहयोग नभएको भए सायद परिवारको सहयोगले पनि म यति सफल हुन्नथे होला ।
यो संगीत क्षेत्रमा नलागेको भए तपाई के गर्नु हुन्थ्यो ?
-संगीत क्षेत्रमा नलागेको भए म हाउस वाइफ हुन्थे होला । मेरो दुईटा बच्चालाई हेर्ने थिएँ होला । परिवारलाई हेर्थे होला । मेरो टिचिङ गर्नेपनि ठूलो सौख हो । मैले संगीत र टिचिङ संगसंगै गरेको थिएँ । टिचिङका लागि मेरो घरमा अनुमति भएन र संगीत क्षेत्रमा त्यस्तो व्यबधान भएन र म यो स्थानमा आइपुगेँ ।
अब कस्तो एल्बमको तयारीमा हुनु हुन्छ ?
-मेरो पहिलो पाइला एल्बममा मैले आधुनिक गीतलाई प्राथमिकता दिएकी छु । आगामी एल्बममा पहिलो पाईलामा भएका गल्ती कमजोरीलाई सच्याएर अर्को एलबम निकाल्ने छु । मेरो आगामी एल्बम आमा सम्बन्धी र देशभक्तिपुर्ण भावनालाई समेट्ने हुनेछन् । त्यसैगरी अहिलेका स्रोताहरुको मनमस्तिष्कमा छाउने खालको गीतपनि सो एल्बममा समाबेश हुने छन् ।
धेरैले कलाकारहरुको बीचमा एक आपसमा अस्वस्थ प्रतिस्पर्धा हुन्छ भन्छन् । के त्यो सही हो ?
-हुन्छ । कहिले काही आफ्नैसंग पनि हुन्छ । सम्बन्ध आफ्नो ठाउमा छ प्रतिष्पर्धा आफ्नो ठाउँ छ । मैले चाही त्यो सोच्दिन ।
अन्त्यमा, गीत संगीतलाई संरक्षण गर्न राज्यले के गर्नु पर्ला ?
-अहिले संगीत क्षेत्रमा सबै भन्दा समस्या भनेको पाइरेसी हो । यो पाइरेसीलाई राज्यले रोक लगाईदिए हुन्थ्यो । एउटा त्यस्तो कानून बनाईदियोस् कि पाईरेसी पुर्ण रुपमा बन्द होस् । त्यसैगरी नयाँ कलाकारलाई प्रमोट गर्न सहयोग गरोस् ।