काठमाडौ, असार १७ – १२ कक्षाको परीक्षा दिएर बसेका धेरैजसो विद्यार्थीले उच्च शिक्षाका लागि अमेरिका, अष्ट्रेलिया, आयरल्याण्ड, बंगलादेश लगायतका देशमा चासो देखाएका छन् ।
काठमाडौको भृकुटीमण्डमा चार दिनसम्म चलेको शैक्षिक मेला पुगेका धेरैजसो विद्यार्थीले यी देशको शिक्षा नीतिका बारेमा परामर्श लिएका आयोजक नेपाल शैक्षिक परामर्श संघ इक्यानले जनाएको छ ।
सम्बन्धित देशका प्रतिनिधि भएकाले मेला अवलोकनमा पुगेका विद्यार्थीलाई परामर्श लिन सहज भएको थियो ।
मेलाको १ लाख भन्दा धेरैले अवलोकन गरेका संयोजक विष्णुहरि पाण्डेले बताउनुभयो । यस्तै ईक्यानले मेलाबाट उठेको रकम बाढी पीडितलाई प्रदान गर्ने जनाएको छ ।