Tuesday, October 26, 2010

माओवादीलाई एक्लाएर भए पनि पूर्णबजेट ल्याइन्छ : गच्छदार

९ कात्तिक, । उप्रधानमन्त्री विजयकुमार गच्छदारले एकीकृत नेकपा माओवादीलाई एक्लाएर भए पनि पूर्णबजेट ल्याइने दावी गर्नु भएको छ । रौतहट सदरमुकाम गौरस्थित कर्मचारी मिलन केन्द्रमा मङ्गलबार विहान आयोजित पत्रकार भेटघाटमा गच्छदारले मुलुकलाई आर्थिक संकटबाट जोगाउन कुनै पनि हालतमा पूर्णबजेट ल्याई छाड्ने बताउनु भयो । उहाँले संविधान निर्माण र शान्ति प्रकृयाको बिषयमा माओवादीसँग सहमति गर्न सकिए पनि सरकार गठनको बिषयमा सहमति हुन नसक्ने स्पष्ट पार्नुभयो । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्षसमेत रहनु भएका उपप्रधानमन्त्री गच्छदारले मंसीर महिनामा मात्र देशले नयाँ प्रधानमन्त्री पाउने दावी गर्नुभयो । सात महिना भित्रमा मुलुुकमा नयाँ संविधान जारी हुने दावी गर्दै उहाँले संविधानमा एक मधेस स्वायत प्रदेश लेखिने दावी गर्नुभयो ।

No comments:

Post a Comment