Monday, January 2, 2012

सल्लेक्रिया सेवा शुरु हुन नसकेपछि विरामीलाई सास्ती

सल्लेक्रिया सेवा शुरु हुन नसकेपछि विरामीलाई सास्ती
पुरुषोत्तम गिरी
सल्यान पुस १८
समयमै भवन निर्माण हुन नसकेपछि जिल्ला अस्पताल सल्यानमा सल्लेक्रिया सेवा शुरु हुन नसकेपछि विरामीलाई सास्ती भएको छ । जिल्ला अस्पतालमा जनशक्ति हुदाहुदैपनि भवनको अभावमा सल्लेक्रिया सेवा शुरु हुन नसकेपछि विरामीहरु समस्यामा परेका हुन । जिल्ला स्वास्थ्य कार्यालय सल्यानका डाक्टर नेत्र राणाले भने–जनशक्ति हुदाहुदै पनि अहिले सम्म भवन निर्माण हुन नसक्दा सेवा दिन सकिरहेका छैनौँ ।
एडि ओली एण्ड सौभाग्य जेभी काठमाडौँले निर्माण गरीरहेको सिईओसी भवन १५ महिनामा निर्माण गरीसक्ने गरी २०६७ साल असार १९ गतेदेखि निर्माण शुरु भएको थियो । अहिले सामान्य वाहेकका सल्लेक्रियाका विरामीलाई अस्पतालले जिल्ला वाहिर रिफर गर्दै आएको छ । सेवा शुरु हुन नसकेपछि गत आर्थिक वर्षमा सिईओसीले सल्लेक्रिया गर्ने डाक्टर राख्नको लागी आएको ४० लाख रकम समेत फिर्ता गएको अस्पताल श्रोतले जनाएको छ । अहिले सम्म भवन नवनेको र सल्लेक्रिया सेवा शुरु हुन नसकेपछि यसवर्षपनि यो समस्या दोहोरिने सम्भावना रहेको अस्पतालका कर्मचारीहरुले बताएका छन् ।
अस्पतालमा सल्लेक्रिया सेवा नभएपछि सवैभन्दा बढि सुत्केरी सेवा लिने महिलाहरु प्रभावित भएका छन् । डाक्टर राणाले भने– के गर्ने पेट चिरेर बच्चा निकाल्नुपर्ने अवस्था आएपछि हामीले रिफर गर्नुको विकल्प छैन । भवन गएको असोजमा निर्माण गरसिक्नुपर्ने भएपनि अहिलेसम्म कसैको ध्यान पुग्न सकेको छैन । अस्पताल सञ्चालन समितीले पनि यसतर्फ ध्यान दिन नसकेको अस्पतालका कर्मचारीको गुनासो छ ।
एक करोड ५३ लाख एक सय ८८ रुपैँयाको लागतमा निर्माण थालिएको सो भवन निर्माणको लागी भौतिक योजना तथा निर्माण मन्त्रालय अन्र्तरगत शहरी भवन निर्माण विभाग डिभिजन कार्यालय दाङले सहयोग गरेको हो ।
यसैविच तिन वर्ष अघि विग्रिएको एक्सरे सेवा अहिले सम्म सुचारु हुन सकेको छैन । एक्सरे सेवा सुचारु हुन नसकेपछि जिल्ला अस्पताल सल्यानले सामान्य वाहेकका अन्य सेवा दिन सकिरहेको छैन ।