Monday, January 4, 2016

प्रकृतिको बारेमा रोचक तथ्य (फोटो फिचर)


  तपाईँलाई थाहा थियो, बिरालोले आफ्नो जीवनको ६६ प्रतिशत समय सुतेरै बिताउँछ! अनि के तपाईँलाई थाहा थियो, बिरालोले आफ्नो पुच्छरको लम्बाई भन्दा ७ गुणा उचाइ उफ्रिन सक्छ! हो, यस्तै-यस्तै अनौठा अनि रोचक कुराहरू तपाईँ हाम्रै सामुन्ने भैरहेका हुन्छन्, तर हामीले त्यसलाई मतलब गर्दैनौँ। हामी सबै आ-आफ्नै जीवनमा व्यस्त छौँ।
तर, एकचोटी सबैकुरालाई थाती राखेर यी सामान्य कुराहरूलाई नियाल्नुभयो भने थाहा पाउनुहुन्छ कि यो प्रकृति कति सुन्दर र अमूल्य छ! जुन प्रकृतिले हामीलाई गाँस, बास र कपास प्रदान गरिरहेको छ, त्यही प्रकृतिलाई हामी सबै मिलेर लुटिरहेका छौँ, कुटिरहेका छौँ! त्यसैले त आज हामी ‘ग्लोबल वार्मिङ्ग’को त्रासमा बस्नुपरेको छ।
तर जे होस्, आज हामी तपाईँहरूलाई हाम्रै सुन्दर प्रकृतिमा भएका रोचक तथ्यहरूको बारेमा जानकारी दिन गैरहेका छौँ।
भालुको ४२ वटा दाँत हुन्छ
भालुको ४२ वटा दाँत हुन्छ
८५ प्रतिशत बोटबिरुवाहरू समन्द्रमा पाइन्छन्
८५ प्रतिशत बोटबिरुवाहरू समन्द्रमा पाइन्छन्
हरीणको कपाल खोक्रो हुन्छ
हरीणको कपाल खोक्रो हुन्छ
सुँगुरको शारीरिक बनावट नै यस्तो छ, जसको कारण यसले आकाशतर्फ हेर्न सक्दैन
सुँगुरको शारीरिक बनावट नै यस्तो छ, जसको कारण यसले आकाशतर्फ हेर्न सक्दैन
लाटोकोसेरोले आँखालाई दायाँबायाँ गर्न सक्दैन
लाटोकोसेरोले आँखालाई दायाँबायाँ गर्न सक्दैन
अस्ट्रिचको दिमागभन्दा आँखा ठूलो हुन्छ
अस्ट्रिचको दिमागभन्दा आँखा ठूलो हुन्छ
स्ट्रबेरीमा भन्दा कागतीमा चिनीको मात्रा बढी हुन्छ
स्ट्रबेरीमा भन्दा कागतीमा चिनीको मात्रा बढी हुन्छ
हमिङ्गबर्ड चराको मुटु १ मिनेटमा १००० चोटी भन्दा बढी धड्किन्छ
हमिङ्गबर्ड चराको मुटु १ मिनेटमा १००० चोटी भन्दा बढी धड्किन्छ
एउटा कुखुराले प्रतिवर्ष सामान्यतयाः २२८ वटा अण्डा पार्छ
एउटा कुखुराले प्रतिवर्ष सामान्यतयाः २२८ वटा अण्डा पार्छ
जिराफले आफ्नो कान सफा गर्न २१ इन्चको जीब्रो प्रयोग गर्छन्
जिराफले आफ्नो कान सफा गर्न २१ इन्चको जीब्रो प्रयोग गर्छन्
ऊँट भन्दा जिराफ र मुसा पानीबिना लामो समयसम्म बाँच्न सक्छन्
ऊँट भन्दा जिराफ र मुसा पानीबिना लामो समयसम्म बाँच्न सक्छन्
 भ्याकुताले आँखा खुल्ला राखेर खानेकुरा खान सक्दैन
भ्याकुताले आँखा खुल्ला राखेर खानेकुरा खान सक्दैन
हात्ती मात्र एउटा यस्तो स्तनधारी प्राणी हो जो उफ्रिन सक्दैन
हात्ती मात्र एउटा यस्तो स्तनधारी प्राणी हो जो उफ्रिन सक्दैन
पृथ्वीमा प्रतिमिनेट ६,००० चोटी चट्याङ खस्छ
पृथ्वीमा प्रतिमिनेट ६,००० चोटी चट्याङ खस्छ
गाइभैँसीको माथिल्लो दाँत हुँदैन
गाइभैँसीको माथिल्लो दाँत हुँदैन
बिरालोले आफ्नो ६६ प्रतिशत जीवन सुतेरै बिताउँछ
बिरालोले आफ्नो ६६ प्रतिशत जीवन सुतेरै बिताउँछ
ऊँटको दूध फाट्दैन
ऊँटको दूध फाट्दैन
चराचुरुङ्गीहरूले खानेकुरा निल्नको लागि गुरुत्वबलको सहायता लिन्छन्
चराचुरुङ्गीहरूले खानेकुरा निल्नको लागि गुरुत्वबलको सहायता लिन्छन्