Thursday, October 28, 2010

श्रीमतिको हत्या गर्ने श्रीमान पक्राउ

पुरुषोत्तम गिरी

सल्यान कार्तिक ११
सल्यानमा आफ्नै श्रीमतिको हत्या गरेर भागेका एक युवक लाई दाङमा प्रहरीले पक्राउ गरेको छ । थारमारे गाविस ९ खालकी २० वर्षीया साबित्री पुनको हत्या गरेर भागेका उहाँकै श्रीमान हिमराज पुनलाई इलाका प्रहरी कार्यालय तुलसिपुरले तुलसिपुर बसपार्कबाट पक्राउ गरेको हो ।



प्रहरीले पक्राउ परेका हत्यारा पुनलाई इलाका प्रहरी कार्यालय लुहाम सल्यानको जिम्मा लगाएको छ । गएको मंगलबार बेलुकी श्रीमानसँगै दाउरा लिन जङ्गल गएकी पुनको हत्या गरी फालिएको अबस्थामा शव फेला परेको थियो । श्रीमान हेमलाल पुनले हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ

सल्यानका एक हजार छ सय ५६ जना वाववालिकाले जन्मदर्ताको प्रमाणपत्र पाए

पुरुषोत्तम गिरी

सल्यान कार्तिक ११
विभिन्न कारणे जन्मदर्ताको प्रमाणपत्र पाउन नसकेका सल्यानका एक हजार छ सय ५६ जना वाववालिकाले जन्मदर्ताको प्रमाणपत्र पाएका छन् । प्लानेट अफ तथा ग्रामिण महिला उत्थान केन्द्रको सहयोग तथा दलित विकास समाज सल्यानले महिला तथा वालवालिकाको अधिकारको संरक्षण तथा प्रवद्र्धनको लागि समुदाय शसक्तिकरण सम्वन्धि एक वर्षे कार्यक्रम संचालन गरेपछि उनिहरु जन्मदर्ता पाउन सफल भएका हुन् । सामाजिक अवरोध जनचेतनाको कमि आदि कारणले जन्मदर्ता पाउन नसकेका वालवालिकाहरुको जन्मदर्ता गराउन आफुहरुले सहयोग गरेको दलित विकास समाज सल्यानका अध्यष निम बहादुर नेपालीले जानकारी दिनुभयो । जन्मदर्ता पाउने वालवालिका सल्यानको छुयाक्षेत्र स्यानीखाल खलङ्गा सेजवालटाकुरा मार्के हिवल्चा डुडागुऊ शिवरथ शिद्धेश्वरी र वडुगुऊ गाविसका रहेका छन् ।



दलित विकास समाज सल्यानले विहिवार सल्यानको खलङ्गामा एक कार्यक्रमको आयोजना गरी यो जानकारी गराएको हो । युरोपियन युनियनको सहयोग प्लानेट अफ तथा ग्रामिण उत्थान केन्द्रको साझेदारी तथा दलित विकास समाज डिडिएस सल्यानको सहकार्यमा संचालित महिला तथा वालवालिकाको अधिकारको संरक्षण तथा प्रवद्र्धनको लागि समुदाय शसक्तिकरण कार्यक्रम अन्र्तरगत जिल्ला स्तरिय समिक्षा कार्यक्रममा सो जानकारी गराइएको हो ।

डिडिएस सल्यानका अध्यक्ष निम बहादुर नेपालीको अध्यक्षता तथा सहायक प्रमुख जिल्ला अधिकारी वावुराम खनालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा एकिकृत नेकपा माओवादी सल्यानका सचिवालय सदस्य ज्ञान बहादुर वली नेपाली कुग्रेस सल्यानका सचिव एकराज डिसी नेकपा एमाले सल्यानका अध्यष लोक बहादुर डुङ्गी राष्ट्रिय शक्ति प्रजातन्त्र पार्टि सल्यानका दुर्गा िसंह रावत लगायतले बोल्नुभएको थियो । कार्यक्रममा विभिन्न सरकारी कार्यालय प्रमुख एवम प्रतिनिधि संघसंस्थाका प्रमुख एवम प्रतिनिधि पत्रकार कार्यक्रमका सहजकर्ता आयआर्जन समुहका पदाधिकारी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन कार्यक्रमकी संयोजक जिवसरा घर्तिले गर्नुभएको थियो । महिला तथा वालवालिकाको अधिकारको संरक्षण तथा प्रवद्र्धनको लागि समुदाय शसक्तिकरण कार्यक्रम सल्यानका १० गाविसमा १८ महिना सम्म संचालनमा आएको थियो । सो कार्यक्रम अन्र्तरगत साक्षरता कक्षा महिला बचत कोष लगायत महिला तथा वालवालिकाको क्षेत्रमा काम गरेको थियो ।

Wednesday, October 27, 2010

सल्यानमा एक महिलाको हत्या , श्रीमान फरार

पुरुषोत्तम गिरी
सल्यान कार्तिक १० । सल्यानको थारमारेमा गयराती एक महिलाको हत्या भएको छ । थारमारे गाविस ९ खालीकी २० वर्षिया सावित्री पुनको हत्या भएको हो । हिजो वेलुकी घर नजिकैको जंगलमा दाउरा लिन गएकी सावित्री गयराती घाँटी रेटेर हत्या गरीएको अवस्थामा गयराती फेला पर्नुभएको हो । श्रीमान सँगै दाउरा लिन गएकी उनी राति सम्म पनि नफर्किएपछि प्रहरी र परीवारको सहयोगमा उनको शव फेला पारीएको प्रहरी निरक्षक दिल बहादुर थापाले जानकारी दिनुभयो । यसैविच सँगै दाउरा लिन गएका श्रीमान हेमराज पुन भने फरार रहेका छन् । उनले हत्या गरेको हुन सक्ने प्रारम्भिक अनुसाधानबाट खुलेको भन्दै उनको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

Tuesday, October 26, 2010

वालक वेपत्ता

सल्यान कात्तिक, ९ । सल्यानको काभ्रामा एक वालक दुई हप्ता देखि वेपत्ता भएका छन् । वेपत्ता हुनेमा काभ्रा गाविसको राम बजारका शालिकराम रकालका १३ वर्षका छोरा टोपेन्द्र रहेका छन् । गएको असोज २५ गते घरबाटै वेपत्ता भएका टोपेन्द्र अहिले सम्म फेला पर्न नसकेको उनका वुवा शालिकरामले जानकारी दिनुभयो । साथै आफ्नो छोराको खेाजीको लागि पहल गरीदिन उहुले सवैलाई अपिल समेत गर्नुभएको छ । सल्यान जिल्लामा सोहि समयका वेपत्ता भएकी लेखपोखरा र थारमारेकी दुई महिलाहरुको पनि अहिले सम्म स्थीति अज्ञात छ ।

माओवादीलाई एक्लाएर भए पनि पूर्णबजेट ल्याइन्छ : गच्छदार

९ कात्तिक, । उप्रधानमन्त्री विजयकुमार गच्छदारले एकीकृत नेकपा माओवादीलाई एक्लाएर भए पनि पूर्णबजेट ल्याइने दावी गर्नु भएको छ । रौतहट सदरमुकाम गौरस्थित कर्मचारी मिलन केन्द्रमा मङ्गलबार विहान आयोजित पत्रकार भेटघाटमा गच्छदारले मुलुकलाई आर्थिक संकटबाट जोगाउन कुनै पनि हालतमा पूर्णबजेट ल्याई छाड्ने बताउनु भयो । उहाँले संविधान निर्माण र शान्ति प्रकृयाको बिषयमा माओवादीसँग सहमति गर्न सकिए पनि सरकार गठनको बिषयमा सहमति हुन नसक्ने स्पष्ट पार्नुभयो । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्षसमेत रहनु भएका उपप्रधानमन्त्री गच्छदारले मंसीर महिनामा मात्र देशले नयाँ प्रधानमन्त्री पाउने दावी गर्नुभयो । सात महिना भित्रमा मुलुुकमा नयाँ संविधान जारी हुने दावी गर्दै उहाँले संविधानमा एक मधेस स्वायत प्रदेश लेखिने दावी गर्नुभयो ।

Monday, October 25, 2010

प्रहरी भर्नामा अनियमितताको आशंका


नेपाल प्रहरी भर्नामा अनियमितता भएको आशंकामा गृह मन्त्रालयले छानबिन थालेको छ । जवान र फलोअर्स भर्नामा आर्थिक लेनदेन भएको लिखित उजुरी परेपछि छानबिन थालेको हो । छानबिनका लागि उपसचिव कैलास खरेलको संयोजकत्वमा प्रहरी उपरीक्षक तारणी लम्साल रहेको टोली गठन गरिएको छ । एक सुरक्षाकर्मी भर्नाका लागि दुई लाख रुपैयाँसम्म लेनदेन भएको स्रोतले जनायो । टोलीले अनियमितताबारे छानबिन गरी सात दिनभित्र मन्त्री रावललाई प्रमाणसहित प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ . सम्बद्ध अधिकारीका अनुसार मध्य पश्चिम क्षेत्रका युवा ठूलो समूहमा भर्ना भएबाट लेनदेनको आशंका गरिएको हो । प्रहरीले देशभरिका पाँच क्षेत्रबाट ३ हजार ८ सय प्रहरी जवान र २ सय २३ फलोअर्स पदमा भर्ना आह्वान गरेको थियो । प्रधान कार्यालयको मानव स्रोत विभागका अनुसार त्यसरी गरेका आव्हानमा देशभरि जवानका लागी ५१ हजार ५ सय ५५ र फलोअर्सका लागी ३ हजार ४ सय ७७ आवेदन परेका थिए ।