Monday, December 27, 2010

सल्यानमा वाईसियलद्धारा राप्ती राजमार्गको यातायात अवरुद्ध

पुरुषोत्तम गिरी
सल्यान पुस १२
प्रहरीले आफ्ना कार्यकर्तालाई दुवर््यवहार र कुटपिट गरेको भन्दै वाईसियल कार्यकर्ताहरुले राप्तीराजमार्गको यातायात विहान ९ बजेदेखि अवरुद्ध पारेका छन् । सल्यान रुकुम सडकखण्ड अन्र्तरगत थारमारेमा उनिहरुले सडक अवरुद्ध भएपछि सल्यान हुदै रुकुम जाने र रुकुमबाट सल्यान हुदै वाहिरीने सवारीका साधनहरु विचबाटोमै अलपत्र परेका छन् । एक्कासि गरीएको यातायात अवरुद्धका कारण गन्तव्यमा हिडेका दर्जनौँ सवारीका साधनहरु विचबाटोमै रोकिदा यात्रुहरुपनि अलपत्र परेका छन् । हिजो साँझ थारमारेको उक होटेलमा प्रहरीले आफ्ना कार्यकर्तालाई कुटपिट गरेको र दुवर््यवहार गरेको वाईसियलले आरोप लगाएको छ । वाईसियल जिल्ला अध्यक्ष गणेश शाहिले विज्ञप्ती निकालेरे दोषि प्रहरीलाई कारवाहि नगरेसम्म आन्दोलन जारी राख्ने बताउनुभएको छ ।

सल्यानमा वाईसियलद्धारा राप्ती राजमार्गको यातायात अवरुद्ध

पुरुषोत्तम गिरी
सल्यान पुस १२
प्रहरीले आफ्ना कार्यकर्तालाई दुवर््यवहार र कुटपिट गरेको भन्दै वाईसियल कार्यकर्ताहरुले राप्तीराजमार्गको यातायात विहान ९ बजेदेखि अवरुद्ध पारेका छन् । सल्यान रुकुम सडकखण्ड अन्र्तरगत थारमारेमा उनिहरुले सडक अवरुद्ध भएपछि सल्यान हुदै रुकुम जाने र रुकुमबाट सल्यान हुदै वाहिरीने सवारीका साधनहरु विचबाटोमै अलपत्र परेका छन् । एक्कासि गरीएको यातायात अवरुद्धका कारण गन्तव्यमा हिडेका दर्जनौँ सवारीका साधनहरु विचबाटोमै रोकिदा यात्रुहरुपनि अलपत्र परेका छन् । हिजो साँझ थारमारेको उक होटेलमा प्रहरीले आफ्ना कार्यकर्तालाई कुटपिट गरेको र दुवर््यवहार गरेको वाईसियलले आरोप लगाएको छ । वाईसियल जिल्ला अध्यक्ष गणेश शाहिले विज्ञप्ती निकालेरे दोषि प्रहरीलाई कारवाहि नगरेसम्म आन्दोलन जारी राख्ने बताउनुभएको छ ।

निर्दोष हुदाहुदै घरबाट निकालिएकि कृष्णा न्याय माग्दै संघसंस्थाको दैलोमा

पुरुषोत्तम गिरी÷नपाल समाचारपत्र
सल्यान पुस १२

निर्दोष हुदाहुदैपनि आफ्नै मितछोरा सँग अवैध यौन सम्वन्ध राखेको आरोप लागेर घरबाट निकालिएकि सल्यानको खलङ्गा गाविस १ श्रीनगरकी २९ वर्षकी कृष्णा घर्ति अहिले न्यायको खोजीगर्दै सदरमुकाममा भौतारिरहेकी छन् ।
महिलाको क्षेत्रमा कामगर्ने संघसंस्था, प्रशासन, सञ्चारकर्मि, मानवअधिकारकर्मि सवैकहाँ पुग्दा पनि उनले न्याय पाउन सकेकी छैनन् ।
आफ्नै घरमा डेरा गरी बस्ने मितछोरा डम्वर केसी विरामी भएपछि औषधि लिएर उनको कोठामा गएको वेला श्रीमानले वाहिरबाट ढोका लगाईदिएको र अरु गाँऊलेलाई बोलाएर प्रहरीकहाँ बुझाएको उनले बताईन ।
उनले भनिन–त्यसपछि प्रहरीले अस्पतालमा लगेर मेडिकल चेक गर्दा कुनै शारीरिक सम्वन्ध नराखेको प्रमाणित समेत भयो र हामी दुईलाई प्रहरीले पनि तपाँईहरुको घरको कुरा आफै मिलाउनुहोस भनेर छाडिदियो । उनले अगाडि रुदै थपिन– मेरो ईज्जतमा त दाग लगाए ति पापिहरुले तर मेरो घर परिवार पनि मैले गुमाउनुप¥यो ।
त्यसपछि उनलाई घरमा जान दिईएको छैन भने उनका छोरा र छोरीसँग पनि भेट्न दिईएको छैन । अहिले उनि सल्यानको सेजवालटमाकुरामा बस्दै आएकी छन् ।
उनले आफ्नो गमेको ईज्जत त नफकर्ने भन्दै परिवारको मेलमिलाप गराइदिन म सवैलाई अपिल गर्छु । उनले भनिन– म निर्दोष छु, म माथी लागेको कलंक मेटाईदिनुहोस ।

मलेसियामा सल्यानका एक युवकको ज्यान गयो ।

पुरुषोत्तम गिरी
सल्यान पुस १२
कामको सिलसिलामा मलेसिया गएका एकजनाको मलेसियामा ज्यान गएको छ । ढाँकाडाम गाविस वडा नम्वर २ का २९ वर्षिय अजित सुनारको मलेसियामा गयराती ज्यान गएको हो । काठमाडौँ इन्टरनेसनल मेनपावरबाट एक महिनाअघि मलेसिया गएका सुनारको गयराती ज्यान गएको मलेसियाबाट सल्यान प्रवासि सेवा समाज मलेसियाका लोकराज भण्डारीले जानकारी दिनुभयो । हिजो काम सकेर खाना खाईसकेपछि साथीभाई सँग कुरा गरेर सुतेका सुनार विहान मृत अवस्थामा भेटिएका थिए । भेटिए लगतै अस्पताल पु¥याईएका सुनारलाई अस्पतालले मृत घोषणा गरेको थियो । अहिले उनको सवलाई मलेसियाको रावांग अस्पतालमा राखिएको र भोली पोष्टमार्टम हुने भण्डारीले जानकारी दिनुभयो ।

दरबार हत्याकाण्ड राजनीतिक षड्यन्त्र थियो’

१२ पौष, काठमाडौं । तत्कालीन राजा वीरेन्द्र मुलुकको दुर्गतिबाट आजित भएर सत्ता नियन्त्रणमा लिने तयारीमा थिए । युवराज दीपेन्द्रचाहिँ उनको उदारवादी कार्यशैलीबाट दिक्क थिए । त्यहीबीच राजनीतिक षड्यन्त्रअन्तर्गत दरबार हत्याकाण्ड भएको थियो । त्यसमा विदेशी शक्तिकेन्द्र पनि जोडिएको थियो । माओवादीलाई भारतीय सैन्य शिविरमा तालिम दिइएको थियो । त्यसबारे थाहा पाएलगत्तै राजाका सैनिक सचिव पदमुक्त गरिएका थिए ।

तिनै सैनिक सचिव विवेककुमार शाहले राजदरबारमा करिब ३० वर्ष कार्यरत छँदा थाहा पाएका थुप्रै अनुद्घाटित तथ्य चाँडै पुस्तकाकारमा सार्वजनिक गर्दैछन् । ‘मैले देखेको दरबार’ शीर्षकको ५९९ पृष्ठको यो पुस्तकमा समाविष्ट उनका संस्मरण र दैनिक डायरीमार्फत नेपाली राजनीतिकका अनेक पाटाको खुलासा हुँदैछ ।

वीरेन्द्रको “अपरेसन वाज”सेवानिवृत्त रथी शाहले आफ्नो पुस्तकमा दरबार हत्याकाण्ड हुनु ठीकअघि राजा वीरेन्द्रले सत्ता हातमा लिने तयारी गरेको रहस्यसमेत खोलेका छन् । त्यसनिम्ति ‘अपरेसन वाज’ नामको एक गोप्य योजना बनाइएको उनको भनाइ छ ।

एडीसी र सैनिक सचिवका रूपमा वीरेन्द्रसँग करिब २६ वर्ष बिताएका शाहले पुस्तकमा लेखेका छन्, ‘माओवादीसँग कुनै हिसाबले सहमति भएपछि प्रतिनिधिसभा भंग गर्ने र राजनीतिक नेताहरूको सहभागितामा गोलमेच सम्मेलन गरी माओवादीसहितको राष्ट्रिय सरकार गठन गर्ने सरकारको (वीरेन्द्रको) योजना थियो ।’


दुई वर्षपछि आमचुनाव गर्ने र चुनावअगाडि संविधानको प्रस्तावना यथावत् राखी संविधान संशोधन गर्नेबारे समेत तत्कालीन राजाले गृहकार्य गरेको उनले खुलासा गरेका छन् । ‘संविधान संशोधन गरी राजाको भूमिका बेलायत या जापानको राजाको जस्तो वा भारतका राष्ट्रपतिको जस्तो निर्धारण गरिनुपर्छ भन्ने पनि सरकारको सोचाइ थियो,’ शाहले लेखेका छन्, ‘यो प्रस्ताव माओवादीलाई मान्य नभए राज्यका सबै शक्ति प्रयोग गरेर उसलाई निःशस्त्रीकरण गरी राजनीतिको मूलधारमा ल्याउने रणनीति पनि सरकारबाट सोचिबक्सँदै थियो ।’

त्यही उद्देश्यअन्तर्गत राजाले आफ्ना भाइ धीरेन्द्र र सेनाका महासेनानी दिलीप रायमाझीलाई माओवादीसँग सम्पर्क एवं वार्ता गर्न छुट्टाछुट्टै रूपमा खटाएका थिए । वीरेन्द्रले देशमा संकट आएको अवस्थामा अपनाउनुपर्ने विभिन्न रणनीति उल्लेख गर्दै बनाएको ‘वाज’ नामक योजनाको गोप्य फाइल २०५७ को मध्यतिर आफूलाई अध्ययन गर्न दिएकोबारे शाहले उल्लेख गरेका छन् ।


वीरेन्द्रले पूर्वप्रधानसेनापति धर्मपालवर सिंह थापालाई फिल्ड मार्सल बनाएर सबै सुरक्षा निकायसँग समन्वयकर्ताको जिम्मेवारी दिने सोच बनाएका थिए । ‘राजनीतिक नेताहरू र उनीहरूका गतिविधिमा समेत निगरानी राख्ने योजना बनेको थियो,’ शाहले लेखेका छन् ।

२०५७ सालको अन्तिममा चीन भ्रमण गर्दा वीरेन्द्रले आफ्नो प्रस्तावित योजनामा सहयोगको आश्वासन पाएको हुनसक्ने शाहको आँकलन छ । उनले बेलायत र अमेरिकाको सहयोग लिने प्रयास गरेकोसमेत पुस्तकमा उल्लेख छ ।

‘आफूले उठाउन चाहिबक्सेको कदममा भारतको सहयोग लिन मौसुफबाट व्यक्तिगत रूपमै प्रयास भइरहेको थियो,’ सैनिक सचिव शाहका शब्दमा, ‘यसमा भारतको दृष्टिकोण सकारात्मक भएन भने माओवादीसँग रहेको उसको सम्बन्ध उजागर हुने हुँदा भारतलाई नै असजिलो हुनसक्ने सरकारको बुझाइ थियो ।’


आफ्नो तयारी लागू गर्नै लागेका बेला वीरेन्द्र मारिए । ‘मुलुकको समस्या समाधानका लागि यसरी एउटा गम्भीर योजनाले आकार लिन लागेका बेला रहस्यमय तरिकाले राजदरबार हत्याकाण्ड हुन पुग्यो,’ शाहले त्यसलाई राजनीतिक षड्यन्त्र भनेका छन्, ‘त्यसैले यस घटनामा स्वदेशी तथा विदेशी विभिन्न तत्त्वहरूको हात हुन सक्छ भन्ने मेरो विश्लेषण तथा निष्कर्ष रहेको छ ।’

हत्याकाण्डसँग जोडिएका रहस्य

दरबार हत्याकाण्डका पछाडि भारतीय भूमिका रहेको संकेत पूर्वरथी शाहले गरेका छन् । वीरेन्द्रले राजनीतिक कदम चाल्न लागेकोमात्र नभई जर्मन कम्पनी हेक्लर एन्ड कोकको हतियार ‘एसेम्बल’ गर्ने कारखाना काठमाडौंमै राख्ने र एचके जी-३६ नामको अत्याधुनिक राइफल उत्पादन गरेर दक्षिण एसियाली मुलुकहरूमा बेच्ने योजना पनि कतिपयले मन नपराएको वृत्तान्त पुस्तकमा छ ।

‘एचके जी-३६ राइफल खरिद गर्ने र नेपालमै एसेम्बल गर्ने योजना हाम्रो छिमेकी देश भारतलाई मन परिरहेको थिएन । किनभने उसले भारतमै बनेको कम गुणस्तरको इन्सास राइफल बेच्न सबै किसिमले जोड दिइरहेको थियो,’ शाहका भनाइमा, ‘हतियारको राजनीति पनि राजदरबार हत्याकाण्डभित्र लुकेको एउटा प्रमुख कारण हुन सक्छ भन्ने मलाई लाग्दछ ।’ वीरगन्जमा महावाणिज्य दूतावास स्थापना गर्न, बुटवललगायतका स्थानमा पेन्सन क्याम्प स्थापना गर्न र नेपालका लागि घातक हुने नागरिकता विधेयक जारी गर्न भारतले विभिन्न चरणमा निरन्तर दबाब दिइरहेको समेत उनले उल्लेख गरेका छन् ।


वीरेन्द्रलाई मन नपराउनेहरूले दीपेन्द्रलाई उकासेको पूर्वसैनिक सचिव शाहको दाबी छ । ‘दीपेन्द्र सरकारलाई ‘ही इज अ गुड लिडर, स्ट्रङ लिडर, दीपेन्द्र सरकार स्ट्रङ किङ हुन सकिबक्सन्छ’ भनेर केही मान्छेले बारबार उक्साउने गरेको हामीले नदेखेका, नसुनेका होइनौं,’ शाहले उल्लेख गरेका छन्, ‘राजपरिवारभित्रको कलह र विवाद तथा कमीकमजोरीमा खेल्दै युवराजाधिराज दीपेन्द्रको महत्त्वाकांक्षालाई उकासेर लामो तथा सुविचारित षड्यन्त्रअन्तर्गत देशी तथा विदेशी शक्तिले दरबार हत्याकाण्ड गराएको हो भन्ने मेरो निष्कर्ष रहेको छ ।’

हत्याकाण्डपछि यसको छानबिन गर्न गठित उच्चस्तरीय आयोगले त्यो रात घटनास्थलमा के भएको थियो भनेर मात्र छानबिन गरेको, तर घटना किन भयो, त्यसमा कसले सहयोग गरेको थियो जस्ता पक्षको खोजी हुन नसकेको शाहको भनाइ छ । त्यसको छानबिन गर्न आवश्यक परे विदेशी विशेषज्ञको पनि सहयोग लिनुपर्छ भनेर जोड दिए पनि राजा ज्ञानेन्द्रले ध्यान नदिएको उनले उल्लेख गरेका छन् । हत्याकाण्डमा मारिएकाहरूको पोस्टमार्टम पनि गरिएको थिएन ।


मुमा बडामहारानी रत्नको ‘हुकुम’ अनुसार त्यसो गरिएको शाहले खुलासा गरेका छन् । ‘महाराजाधिराजको शरीरचाहिँ नचिर्ने हो कि ? हुकुम भयो । अनि प्रधानमन्त्री कोइराला पनि यस कुरामा सहमत हुनुभयो,’ पुस्तकमा उल्लेख छ ।

माओवादीसँग रुष्ट भारत

राजसंस्थालाई विस्थापित गर्न भारतले माओवादीलाई प्रयोग गरे पनि संविधानसभा निर्वाचनबाट ठूलो शक्ति बनेपछि उसलाई ‘साइज’ मा राख्न ‘मधेस कार्ड’ प्रयोग गर्न थालेको शाहको बुझाइ छ । यस सन्दर्भमा उनले २०६३ चैत ७ गते भारतीय राजदूतावासमा कार्यरत द्वितीय सचिव दार्जिलिङ निवासी धीरज मुखियाको घरमा केही साथीहरूसँग डिनरमा जाँदा थाहा पाएको तथ्य सार्वजनिक गरेका छन् ।


त्यसै दिन गौरमा माओवादीका २७ भन्दा बढी कार्यकर्ता मारिएका थिए । ‘हामी डिनरमा पुग्दा भारतीय दूतावासका तीन-चारजना कर्मचारी आइसकेका रहेछन् । तीमध्ये एक जनाको हातमा दुइटा मोबाइल थिए । उनी गौर घटनाको विवरण र अन्य जानकारी एउटा मोबाइलबाट ‘अपडेट’ गरी उक्त खबर अर्को मोबाइलबाट रिपोर्ट गरिरहेका थिए । साथै स्थानीय इन्र्फमरलाई केही निर्देशनसमेत दिँदै थिए । उनलाई गौरबाटै माओवादी कार्यकर्ताको हत्याबारे सम्पूर्ण ताजा विवरण आइरहेको थियो । त्यसबाट मलाई दूतावासका ती कर्मचारी भारतीय गुप्तचर संस्था रअका हुन् भन्ने स्पष्ट भयो,’ शाहले लेखेका छन् ।


संयोगवश उक्त घटनाको भोलिपल्ट भेटिएका माओवादी नेताद्वय पुष्पकमल दाहाल र बाबुराम भट्टराईले शाहसँग भनेका रहेछन्, ‘भारतलाई हामीले प्रयोग गरिरहेका छौं भन्ने हाम्रो बुझाइ थियो तर भारतले हामीलाई पो उल्टै खेलाइरहेको रहेछ, अहिले आएर हामी स्तब्ध भएका छौं ।’


संविधानसभा निर्वाचनमा माओवादी ठूलो पार्टीका रूपमा स्थापित हुनु, राष्ट्रियताका नारासमेत अगाडि सार्नु र माओवादी अध्यक्ष दाहालले प्रधानमन्त्रीका हैसियतमा पहिले चीनको भ्रमण गर्नुबाट भारत असन्तुष्ट बन्न पुगेको शाहको ठहर छ । ‘भारत अब माओवादीबाट आफ्नो हितको रक्षा हुने देखिरहेको छैन । त्यसैले ऊ माओवादीलाई ठीक ठाउँमा ल्याउन चाहन्छ,’ उनले लेखेका छन् ।

भारतद्वारा माओवादीलाई तालिम

भारतले माओवादीलाई संरक्षण र सहयोग दिएको भन्ने अनेक संवेदनशील प्रसंग आफू सैनिक सचिव छँदा जानकारीमा आएको शाहको भनाइ छ । त्यस क्रममा उनले २०६० असारतिर सशस्त्र प्रहरीको एउटा कम्पनी भारतको देहरादूननजिक चक्रातामा कमान्डो तालिम लिन जाँदा पाएको सूचना उल्लेख गरेका छन् ।


त्यहाँबाट फर्केका एक इन्स्पेक्टरले आफ्नो गुल्मले चक्रातामा जहाँ तालिम लिएको थियो, एक महिनाअघि माओवादी टोलीले पनि त्यही स्थानमा तालिम लिएको रिपोर्ट बुझाएका थिए । ती इन्स्पेक्टरको भनाइमा, ‘सशस्त्रको टोलीलाई तालिम दिने क्रममा जस्तो स्यान्ड मोडल बनाइएको थियो, हुबहु त्यस्तै स्यान्ड मोडल माओवादीले दाङको सतबरिया, अछामको मंगलसेन र संखुवासभाको चैनपुर आक्रमणमा प्रयोग गरेका थिए ।’


तालिम केन्द्रबाहिरका चिया पसलेले समेत ‘योभन्दा अगाडि नेपालबाट तालिमका लागि आएको टोलीमा महिला पनि थिए तर तपाईंको टोलीमा महिला रहेनछन्’ भनेको पनि ती इन्स्पेक्टरले उल्लेख गरेका थिए । त्यस्तै एकजना प्रशिक्षकले ‘भारतले यो के गरेको होला, नेपालका माओवादी र नेपालकै सशस्त्र प्रहरीलाई पालैपालो तालिम दिइरहेको छ’ भनेका थिए ।


भारतले श्रीलंका तमिल विद्रोही, बंगलादेशका मुक्ति बाहिनी र तिब्बतका खम्पाहरूलाई चक्राताको त्यही ‘इस्ट्याब्लिसमेन्ट-२२’ नामक अमेरिकाले बनाइदिएको ‘कम्प्लेक्स’ मा तालिम दिएको थियो । नेपालका माओवादीलाई समेत त्यहीं तालिम दिइएको सूचना आएपछि आफूले राजा ज्ञानेन्द्रसमेतको सहमतिमा गुप्तचर विभागका पूर्वडीआईजी लालबहादुर थापालाई २०६० साउनमा गोप्य अनुसन्धानमा खटाएको शाहले खुलासा गरेका छन् ।


चक्राता क्षेत्रको जानकार भएकाले थापालाई उक्त जिम्मेवारी दिइएको र उनी त्यही वर्ष दसैं-तिहार ताका त्यहाँ जाने तय भए पनि त्यसपश्चात् उनी ‘बेपत्ता’ भएको तर आफूचाहिँ सैनिक सचिवबाटै पदमुक्त हुनुपरेको विवरण शाहले उल्लेख गरेका छन् । उनलाई तत्कालीन राजा ज्ञानेन्द्रले २०६० कात्तिकमा राजीनामा मागेका थिए ।

कोसोभोस्थित संयुक्त राष्ट्रसंघीय मिसनबाट फर्केका नेपाल प्रहरीका अर्का अधिकृतको सनसनीखेज भनाइ शाहले पुस्तकमा उद्धृत गरेका छन्, ‘कोसोभो मिसनमा मैले काम गर्ने सेक्टरका प्रमुख भारतीय सिनियर आईपीएस अधिकृत थिए । एक दिन कुराकानीकै क्रममा उनले भने, ‘हेर, नेपालमा हामी जे चाहन्छौं, त्यही हुन्छ । दरबारमा एकजना सैनिक सचिवलाई थाहा भयो कि, भारतले नेपालका माओवादीलाई तालिम दिइरहेको छ । भारतलाई लाग्यो, यसबाट उसलाई इम्ब्यारेसमेन्ट हुन सक्छ, त्यही भएर ती सैनिक सचिवलाई त्यहाँबाट हटाउन जरुरी छ । हाम्रो पनि दरबारमा एडीसी छन्, अरू मान्छे पनि छन् । अनि नेपालका प्रधानमन्त्री सूर्यबहादुर थापा त हाम्रै मान्छे हुन् । उनीसमक्ष पनि सैनिक सचिवलाई हटाउन प्रस्ताव पठाइयो । हामीले उनलाई परिचालन गर्‍यौं र महाराजलाई भनेर सैनिक सचिव हटाउन भन्यौं । अनि महाराजले पनि उनलाई हटाए ।’

Saturday, December 11, 2010

राउटेको 'तोकुवा चन्दा'

सल्यान मंसिर २४ - केही वर्ष अघिसम्म काठको भाँडाकुँडासँग विनिमय गरेको अनाजबाहेक अन्य लिन नमान्ने राउटेहरुले तोकेरै चन्दा माग्ने गरेपछि सल्यानका कार्यालय प्रमुखहरु हैरान भएका छन्।
राउटेको यस्तो तोकुवा चन्दाका कारण कार्यालय प्रमुखहरु सम्मुखै पर्दैनन्।
उनीहरुले प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद आचार्यलाई सबैसँग चन्दा संकलन गरिदिन दबाबसमेत दिए। दाङ, बाँकेलगायतका प्रमुख जिल्ला अधिकारीले मातहत सवै कार्यालय प्रमुखलाई कार्यकक्षमा बोलाएर रकम संकलन गरिदिएकाले सल्यानमा पनि यस्तै गनु पर्ने राउटेहरुको भनाइ छ।
दुई दिनसम्म प्रमुख जिल्ला अधिकारी आचार्यको कार्यकक्षमा धाएका राउटेहरुले चार हजार रुपैयाँ लिएरै छाडे। राउटेहरुले प्रजिअलाई एउटा काठको भाँडो उपचार दिए तर उपहारको मूल्य भने तोकेरै लिए।
'एउटा काठको भाँडोलाई चार हजारमा भिडाइदिए,' प्रजिअ आचार्यले भने, 'कार्यालय प्रमुखहरुलाई बोलाएर ३० हजार उठाइदेउ भन्दै थिए, बल्लबल्ल ४ हजार दिएर पठाएँ।' आफ्नो कूल पुजामा चाहिने खसी तथा माल समान किन्न पैसा चाहिएको राउटे हरिबहादुर शाहीको भनाइ छ। 'के गर्ने कुलपूजा आएको छ, खसीको मासु खान मन लागेको छ,' शाहीले भने, 'हाम्रा जनता खसीको आशामा छन्, आइमाई र केटाकेटीलाई एक फेर लुगा पनि हालिदिने हो, सवै नाङ्गै छन्।'
राउटेहरु आफू थोत्रा लुगा लगाए पनि राम्रो होटेलमा खाने र जिविसको गेस्ट हाउसमा बस्ने गरेका छन्। उनीहरुको मागअनुसार जिल्ला विकास समितिको अतिथि घरमा राखेको प्रजिअले बताए। राउटेहरुले यसै साता जिल्लामा आएका स्थानीय विकास अधिकारी सुमन दाहाललाई समेत छाडेनन्। उनीहरुले दाहालवाट पनि तोकेरै रकम लिए।

Wednesday, December 1, 2010

गुनासो

समय एकनास नहुदो रहेछ
अन्तर बिरोधहरुको भिडमा
आज कताकता
स्वाभिमानमा
अचानक
बिना बर्षा
बिना सुनामी
पैरो गए जस्तो
लागिरहेछ
लगामबिनाको
कलमहरुको भिडमा
अक्षर कुद्नेहरुको
बगालमा ।

घोकेको बौधिकता
छ।ट्नेहरुको लाममा
उभिन बेक्कार रहेछ
द्रबित हुन्छु
पचाइ दिन्छु
निरर्थक
को सङ्ग गर्नु छ र?
गुनासो
अनर्थको ।

म एक्लो
स्वाभिमानी
दुखेका मनका
समिस्रणमा
तरङ्गित हुँदै
आशु स्विकारे
अस्विक्रित बने
फिस्स हासि दिए
निसन्देह
समयले
सङ्ख फुकिरहेछ।

छन्दमा कविताहरु

स्कूलमा मात्र १० कक्षासम्म नेपालीको अध्ध्ययन् गरेको एक शिकारू हूँ म नेपाली भाषामा । मेरा बुवा जैनेन्द्र जीवन लेखक हुन् भने मेरा स्वर्गीय ठूला हजुरबुवा केशवराज पिँडाली पनि नेपाली सहित्यका प्रसिद्ध हाँस्य व्यङ्ग लेखक हुन् । म सानो हूँदा रातो बंगला स्कूलमा मेरा नेपाली कविताका गुरु श्री कमल दिक्षित पनि एक प्रसिद्ध साहित्यकार हुन् । कविता र सहित्यमा मेरो सानैदेखि रुचि रहेकोले मेरा बुवाले मलाइ आफूसँग एकफेर कवि सम्मेलन गोष्ठीमा चित्वन लगेका थिए । त्यस भ्रमणमा मैले माधव घिमिरे जस्ता प्रसिद्ध लेखकका साथसाथै अन्य धेरै लेखखरुसँग भेटको मौका पाएँ । गजलशिरोमणि नाम दिइएका गजलकार ज्ञानुवाकर पौडेल मेरो बुवाका घनिष्ट मित्र हुन् । यि व्यक्तित्वहरुबाट मैले प्राप्त गरेको कविता र छन्दको ज्ञान आज म यस ब्लगका पाठक वर्गहरु माझ बाँड्न चाहन्छु ।
छन्दमा नलेखिएका कविताहरु पनि उत्कृष्ट हुनसक्छन् र राम्रो कविता लेख्न छन्द नै अपनाउन पर्छ भन्ने छैन । यसको एक उदाहरण हो यो तल दिइएको कविता । भूपि शेरचनद्वारा रचित “मेरो चोक” कविताबाट लिइएको एक श्लोक:

साँघुरो गल्लीमा मेरो चोक छ ।
यहाँ के छैन? सबथोक छ ।
असंख्य रोग छ, अनन्त भोक छ,
असीम शोक छ, केवल हर्ष छैन,
यहाँ त्यसमाथि रोक छ ।।

कुनै छन्दमा नलेखिए पनि यस कविता कति मर्मस्पर्शी छ । यसैगरी छन्दमा लेखिएको कविता पनि आफ्नै ढंगमा मीठो हुन्छ । छन्द भनेको कविताको लय हो । तर यो लय कसरी बन्छ त? यस प्रश्नको उत्तर हो - ह्रस्व र दीर्घ । छन्द साश्त्रमा ह्रस्वलाई लघु र दीर्घलाई गुरु भनिन्छ, र लेख्दाखेरि ह्रस्वलाई ” I “ र दीर्घलाई ” S “ लेखिन्छ । कुन पद ह्रस्व र कुन पद दीर्घ हुन्छ भनेर तल दिइएको छ ।

अ, इ, उ - ह्रस्व
आ, ई, ऊ, ए, ऐ, ओ, औ, अं, अ: – दीर्घ

“अं” ले आधा अक्षर जनाउँछ । “ग” र “गर्” दुबै एक पद हुन्छन्, तर ग (जस्तै अ) ह्रस्व हुन्छ भने गर् (जस्तै अं) दीर्घ हुन्छ । त्यसैगरी छन्द मिलाउनको निम्ति “अ:” को प्रयोग पनि गर्न सकिन्छ । जस्तै, “दुख” म यदि “ख” लाई दीर्घ बनाउन परेमा, ख: बनाउन सकिन्छ । यो गर्दा ख को उच्चारण अलि लामो हुन जान्छ । उदाहरणको लागि तल दिइएको श्लोक पढ्नुहोस् ।

के हो अहो अमृत त्यो सुरदेव पान?
सच्चा कमाइ गरि खानु भनेर जान ।
खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ?
आफू मिटाइ अरुलाइ दिनू जहाँ छ ।

यो महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रश्नोत्तर कविताको पहिलो श्लोक हो । यो कविता “वसन्त कुसुमाकर” छन्दमा रचित छ । यो छन्दको बनावट यस प्रकार छ :-
S S I S I I I S I I S I S I
कविताको हरेक अक्षरलाई यदि यो ह्रस्व र दीर्घको बनावटमा मिलाएर हेर्नुभयो भने सबै ठ्याक्कै मिल्न जान्छ । यस छन्दको आखिरी पद ह्रस्व भएपनि कतै कतै दीर्घ लेखिएको हुन्छ । यस्तोबेलामा खास अक्षर ह्रस्व भएनि फरक पर्दैन किनकि कविता वाचन गर्दा आखिरको पदलाई लामो तानेर नै उच्चारण गरिन्छ । याद गर्नुहोस्, कविले छन्द मिलाउने क्रममा केही शब्दहरुको हिज्जे गलत लेखेका छन् । उदाहरणका लागि, “लाई” हुनुपर्ने ठाउँमा “लाइ” छ । यो गलत मानिदैन, केवल यस “इ” को उच्चारण छोटो हुन जान्छ । हिज्जे नबिगारिकन छन्द मिलाउन सके झनै राम्रो, तर गार्हो जरूर हुन्छ । महाकविले त छन्द मिलाउन हिज्जे बिगार्दथे भने हामीलाई त अवश्य माफ होला !!

आदिकवि भानुभक्त आचार्यको रामायण पनि छन्दमा लेखिएको छ । रामायणमा भानुभक्तले धेरै छन्दको प्रयोग गरेका छन्, खासगरी “शार्दुलवीकृडित” र “शिखरीणि” छन्दहरु । यि दुबै छन्द संस्कृतका छन्दहरु हुन् । नेपाली कविताहरुमा संस्कृतका छन्दहरु प्रयोग गर्न सकिन्छ, अथवा अरु नेपाली नया छन्दहरु । संस्कृतका छन्दहरु नेपाली मात्र नभइ हिन्दी र बंगाली जस्ता भाषाहरुमा पनि पाइन्छ । तल भानुभक्त रामायणको बालकाण्डको पहिलो श्लोक दिइएको छ ।

एक् दिन् नारद सत्यलोक् पुगिगया, लोक् को गरूँ हित् भनी ।
ब्रह्मा ताहिं थिया पर्या चरणमा, खुशी गराया पनी ।।
क्या सोध्छौ तिमि सोध भन्छु म भनी, मर्जी भएथ्यो जसै ।
ब्रह्माको करुणा बुझेर ऋषिले, बिन्ती गर्या यो तसै ।।

यो श्लोक शार्दुलवीकृडित छन्दमा छ । यसै छन्दमा लेखिएको अर्को कविताको उदाहरणका लागि लिउँ यो तल दिइएको श्लोक । भीमनिधि तिवारीद्वरा रचित “काम्यो लुगलुग त्यो” कविताको पहिलो श्लोक हो यो ।

मैन्हा माघ थियो, बिहानपखमा हावा चलेको थियो ।
छानामा, पथमा तथा चउरमा चीनी छरे झैँ थियो ।।
जाडो खूब थियो, समस्त जलमा ऐना जमेको थियो ।
काम्यो लुग्लुग त्यो गरीब बिचरा त्यस्मा दया गर्छ को ।।

तल दिइएको अर्को श्लोक बालकृष्ण समको “इच्छा” कविताको पहिलो श्लोक हो । नेपालमा SLC स्तरको नेपाली पढेकाहरुले कक्षा १० को नेपाली पुस्तकमा पनि यो कविता पढेको हुनुपर्छ । यो श्लोक पनि शार्दुलवीकृडित छन्द मै छ ।

इच्छा यो छ महेश, अन्तिम जसै यो मृत्युसैया जली
मेरो रक्त सुकाउला म गरुँला अन्योल भै छट्पटी
त्यो बेला मुखमा बुटीहरु परुन् नेपालकै केवल
जे-जेमा हिमशैलको छ मधुरो मीठो चिसो चुम्बन ।।

शार्दुलवीकृडित छन्द शार्दुल र बीकृडित गरी दुइवटा छन्द मिलेर बनेको हुन्छ । यसको बनावट यस प्रकार छ :-
S S S I I S I S I I I S S S I S S I S
माथिको दुबै कविताहरुलाई यस् छन्दको बनावटसँग दाँज्नु भएमा सबै हिज्जे मिल्नेछ । मैले अघि भने झैँ, आखिरीको पदमा ह्रस्व लेखे पनि दीर्घ नै मानिन्छ किनकि यो पदलाई वाचन गर्दा लामो उच्चारण गरिन्छ । यसैगरी, अब रामायणको अयोध्या काण्डको शिखरीणि छन्दमा रचित एक् श्लोक पढौँ । राम बनवास जानु अघी रामले भनेका शब्दहरु हुन् यि :-

गयो खान्या वेला मकन त मिल्यो रज्य वनको ।
भरत् ले राज् पाया यहिं बसि गरुन् राज्य जनको ।।
बिदा बक्स्या जावस् खुशिसित म जान्याछु वनमा ।
म चाँडै फिर्न्याछू विरह न हवस् कत्ति मनमा ।।

शिखरीणि छन्दको बनावट यस प्रकार हुन्छ ।
I S S S S S I I I I I S S I I I S
यो बनावटसँग माथिको श्लोकलाई मिलाएर हेर्नुहोस्, अवश्य मिल्नेछ ।

यसैगरी अरु पनि धेरै छन्दहरु हुन्छन्, जस्तै मालिनि (माधव घिमिरेको “चरीको व्यथा”), अनुष्टुप (यो छन्दमा केही पदहरु खूला हुन्छन्, यानि ह्रस्व र दीर्घ जे लेखे नि हुन्छ, त्यसैले यो छन्दलाई सरल मानिन्छ), मन्दाक्रान्ता, र अरु धेरै हुन्छन् । झ्याउरे छन्दमा पनि धेरै कविता पाइन्छ । तल, यसै छन्दमा लेखिएको भूपि शेरचनको “सहीदहरुको सम्झनामा” कविताको एक श्लोक प्रस्तुत छ ।

हुँदैन बिहान मिर्मिरमा तार झरेर नगए ।
बन्दैन मुलुक दुई-चार सपूत मरेर नगए ।।

यसै छन्दमा रचित मुनामदनको एक श्लोक पनि प्रस्तुत छ ।

हातका मैला सुनका थैला, के गर्नु धनले?
साग र सिस्नु खाएको वेस आनन्दी मनले ।

यस छन्दको लय हाम्रो नेपाली झ्याउरे गीत जस्तै हुन्छ, त्यसैले यसको नाम झ्याउरे छन्द हुन गएको हो । आशा छ यो लेखले तपाईँहरुमाझ छन्दहरुको बारेमा केही नौला कुराहरु प्रस्तुत गर्यो होला । पाठकवर्गमा कसैले यस विषयमा रुचि जनाएमा मलाइ आउने यि केही छन्दहरुको भाका सुनाउन म mp3 मा केहि कविता वाचन गरेर पनि पोस्ट गरिदिनेछु । धन्यवाद ।

छन्द परिचय!

लघु(ह्रस्व)
१) अ,इ, उ, ऋ- स्वर वर्ण
२)अ,इ, उ, ऋ सँग जोडिएका ब्यञ्ण वर्णहरु
क, कि,कु,
गुरू(दिर्घ)
१) आ।ई,ए,एइ,ओ,औ, स्वर वर्णहरु
२)आ।ई,ए,एइ,ओ,औ सँग मिलेर बनेको व्यण्जन वर्णहरु
का,की,कू,के,कै,को,कौ
३) अनुस्वार(ं) लागेको अक्षर जस्तै कं, पं, रं वर्न
४)संयुत्त अक्षरको अघिल्लो अक्षर - 'खण्ड'-ख वर्ण
५)हलन्त लागेको अक्षर आदि- नगर् मा ग वर्ण
६)विसर्ग(:) सहितका अक्षर- दु:ख मा दु वर्ण

अपवाद
१) संयुत्त अक्षरमा, गर्‍यो मा म वर्ण
२) पाउको अन्तिम् वर्ण- लघु र गुरू दुवै हुन सक्छ!

ँँँँँँँँँँँँँँँँँँँँँँँ
अनुस्टुप छन्द
अनुस्टुप छन्द चार चरण(पाउ)को हुन्छ!
प्रत्यक चरणमा ८ अक्षर हुन्छन
पहिलो र तेश्रो चरणको सातौ अक्षरमा गुरू
दोश्रो र चौथो चरणको सातौ अक्षर लघु
सबै चरणमा पाँचौ अक्षर लघु
र छैटौ अक्षर गुरू हुन्छन।

"हारेको छैन हामीले
खै छातीमा कतै पनि
यहाँ गोली म पाउन्न
खै म खै कहिले मरे "
~वालकृष्ण सम

खुल्ला कविता प्रतियोगिता हुनेबारे रेडियो राप्ती एफएम सल्यानको सुचना ।

शारदा मिडिया संगमद्धारा संचालित रेडियो राप्ती एफएम सल्यानले यहि मंसिर २६ गते तेस्रो वर्ष पुरा गरी चौथो वर्षमा प्रवे गर्न लागेकोले तेस्रो वार्षिक उत्सव तथा चौथौ वर्ष प्रवेशको अवसरमा खुल्ला कविता प्रतियोगिता गर्न लागेको जानकारी गराउदछौँ । खुल्ला कविता प्रतियोगितामा भाग लिन चाहने इच्छुक कवि, कवयत्रि तथा नवसर्जकहरुले सम्पर्क राख्नुहुन अनुरोध गरीन्छ । प्रतियोगितामा समावेश हुने कविताको प्रति मसिंर २४ गतेभित्र यस रेडियो राप्ती एफएमको कार्यालयमा पठाईदिनुहुन अनुरोध गरीन्छ । २४ गते सम्म आईपुगेका कविताहरुलाई २५ गते अन्तिम छनौट गरी २६ हुने वार्षिक उत्सव कार्यक्रममा सहभागि गराइनेछ । प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र शान्त्वना हुने कवितालाई रेडियो राप्ती एफएमको साहित्यप्रधान कार्यक्रम सप्तरंगीमा प्रशारण गरीनेछ र आकर्षक पुरस्कार पनि प्रदान गरीनेछ । विस्तृत जानकारीको लागि रेडियो राप्ती एफएमको कार्यालय सल्यानको कार्यालय अथवा फोन नम्वर ०८८–५२०२५५ अथवा ९८४७८४३१०० मा अथवा radiorapti@yahoo.com र news.giriunn@gmail.com मा सम्पर्क राख्नुहोला ।

रेडियो राप्ती एफएम सल्यान