Sunday, November 15, 2015

अमेरिकाले रिहा गरेका बगदादी यसरी बने आइएसका नेता

विश्लेषण: के हो आइएस ? कसले जन्मायो ?


IA-Arms
२८ कात्तिक, काठमाडौं । यतिबेला अमेरिकासहित विश्वका ७० वटा देशहरु कुनै न कुनै रुपमा इस्लामिक स्टेट (आइएस) विरुद्ध लडिरहेका छन् । विश्वलाई हाराबारा खेलाउने पेरिस आक्रमणको जिम्मेवार आइएसका प्रमुख नेता तिनै व्यक्ति हुन्, जसलाई अमेरिकाले केही वर्ष पहिले हिरासतमा लिएर पनि सामान्य मान्छे सम्झेर रिहा गरिदिएको थियो ।
अमेरिकास्थित ‘इन्सिटच्युसन फर दी स्टडी अफ वार’ (आइएसडब्ल्यु) का तर्फबाट हर्लिन ग्याम्भिरले गत जुलाइमा ‘आइएसआइको विश्व रणनीति: एक युद्धखेल’ नामक प्रतिवेदन तयार पारिन् । हर्लिनको सो प्रतिवेदन आइएसडब्ल्युको ‘मध्यपूर्वी सुरक्षा रिपोर्ट-२८’ मा प्रकाशित छ । हर्लिन अमेरिकी आतंकवाद प्रतिरक्षा विज्ञ हुन्, जसले संसारभरि भइरहेको आइएसको गतिविधिबारे अध्ययन-अनुसन्धान गरिरहेकी छिन् ।
आफ्नो अनुसन्धान प्रतिवेदनमा हर्लिनले आइएसको प्रभाव विश्वव्यापीरुपमा भइरहेकाले अमेरिकाले उसविरुद्धको लडाइँको रुप बदल्नुपर्ने सुझाव दिएकी थिइन् ।
सिरिया र इराकमा अमेरिकाको ध्यान तानेर आइएसले विश्वका अन्य देशमा प्रभाव बढाइरहेको उनको विश्लेषण थियो । हर्लिनले यस्तो निश्कर्ष निकालेको चार महिना नबित्दै आइएसले पेरिसमा आक्रमण गरेको छ । सिरिया र इराकमा भइरहेको आइएसविरुद्धको कारवाहीको जवाफमा उसले फ्रान्सलाई तारो बनाएको अनुमान गरिएको छ ।
एक जमानामा विन लादेनको अलकायदा जसरी अमेरिकाको निशानामा थियो, अहिले त्यसको ठाउँमा त्योभन्दा भयंकर स्वरुप धारण गरेर आइएस जन्मिएको छ । सन् २०१४ बाटमात्रै मूलतः विस्तारित बनेको आइएसले दुई वर्षयता नै विश्वका ७० देशको ध्यान तानिसकेको छ ।
फ्रान्समा सयभन्दा बढीको ज्यान जाने गरी नागरिकको हत्या भएपछि यसको जिम्मा इस्लामिक स्टेट (आइएस) ले लिएको समाचार आइरहेको छ । सामाजिक सञ्जालहरुमा आइएसका समर्थकले पेरिस हमलाबारे खुशीयाली मनाइरहेका छन् । पेरिस हमलापछि ‘आइएस’ के हो र यसको नेतृत्व कसले गरिरहेको छ भन्नेबारे विश्वभरमा मानिसमा एकाएक चासो बढेको छ ।
बिन लादेन गए, बगदादी आए
Abu-bakr-al-baghdadiएक समय अलकायदाका नेता ओसामा बिन लादेनको नाममा धेरैको चासो थियो । टि्वन टावर ध्वस्त बनाउने लादेनको इहलीला अमेरिकाले समाप्त पारिसकेको छ । अफगानिस्तानमा रहेको तालिवानी शासन पनि ढलिसकेको छ । (यद्यपि त्यहाँ तालिवानीको गतिविधि यथावत छ ।) तथापि अहिले विश्वको रंगमञ्चमा ओसामा बिन लादेन वा अफानिस्तानको तालिवान भन्दा पनि भयंकर त्रासदी बोकेर आएको छ, अबु बकर-अल बगदादीले नेतृत्व गरेको इस्लामिक स्टेट (आइएस) ।
आइएसका समर्थकले आफ्ना नेता बगदादीलाई खलिफा इब्राहिमका नामले चिन्ने गर्छन् । इस्लामिक स्टेटको प्रमुख नेता बनेको चार वर्ष बित्दा पनि उनको वास्तविक अनुहार सार्वजनिक हुन सकेको छैन । सन् २०११ सम्म उनका लिखित भाषणहरु सार्वजनिक हुने गरेकोमा २०१३ मा उनको अडियो सन्देश सार्वजनिक भएको थियो । आइएसका समर्थकहरुले बगदादीलाई पैगम्बर महम्मदका बंशज मान्छन् ।
आइएसका मुख्य नेता बगदादीले इराकको बगदादस्थित इस्लामिक विश्वविद्यालयबाट इस्लामी संस्कृति, इतिहास, सरिया र न्यायशास्त्रमा पीएचडी गरेका छन् । उनी सुरुमा मस्जिदमा धार्मिक शिक्षा दिन्थे । उनले ओसामा बिन लादेनले भन्दा बढी शिक्षा आर्जन गरेको हुनाले आइएसका समर्थकहरु उनलाई लादेनलाई भन्दा बढ्ता मान्छन् ।
जब अमेरिकाले सन् २००३ मा इराकमाथि आक्रमण गर्‍यो, त्यसपछि बकर अल-बगदादीले आफ्ना केही सहयोगीहरुलाई लिएर जैस अहल अल सुन्नाह वा-अल जमात (जेजेएएसजे) गठन गरे । उनको समूह त्यसबेला बगदादमा सक्रिय थियो ।
त्यसो त अमेरिकी सेनाले बगदादीलाई २००४ को फेबु्रअरीदेखि डिसेम्बरसम्म हिरासतमा समेत लिएको थियो । तर, उनलाई छाडिदियो । किनभने अमेरिकाले उसलाई यतिसाह्रो खतरनाक व्यक्ति होलान् भन्ने सोच्दै सोचेन ।
यिनै बगदादीले सन् २००६ को प्रारम्भमा जेजेएसजेको नाम परिवर्तन गरेर मजलिस शुरा अल-मुजाहिद्दीन राखे । त्यसपछि उनको संगठनले अलकायदासँग बफादार रहने कसम खायो र अलकायदामा मिसियो । त्यसपछि फेरि यो संगठनको नाम परिवर्तन भयो र आइएसआइएस राखियो, जसको सर्वोच्च सल्लाहकार परिषदमा बगदादी चुनिए । यो गुटका प्रमुख नेता अबु अमर अल-बगदादीको अपि्रल २०१० मा मृत्यु भयो । त्यसपछि अबु बकर अल-बगदादी यसको प्रमुख नेता बने, जसले अहिले सिरिया र इराकको भूभागमा आफ्नो प्रभुत्व जमाइरहेका छन् र विश्व समुदायलाई आतंकित पारिरहेका छन् ।
बगदादी कहाँ बस्छन् भन्ने अस्पष्ट छ । अनुमान गरिएको छ कि उनी सिरिया र इराकमा घुमिरहन्छन् । सुरक्षाको दृष्टिले उनी कहाँ बस्छन् भन्ने खुलाइँदैन ।
के हो आइएस ?
सन् २०१४ देखि इराक र सिरिया हुँदै विश्वका विभिन्न देशमा गतिविधि बढाएको आइएसआइएसको पूरा नाम स्लामिक स्टेट इन इराक एण्ड अल शाम (सिरिया) हो, जसलाई छोटकरीमा आइएस वा आइएसआई भनिन्छ ।
यो चरमपन्थी संगठनले इराक र सिरियामा आफ्नो कब्जामा लिएको भूभागलाई ‘खिलाफत’ (इस्लामिक राज्य) घोषणा गरेको छ । यसका खलिफा (मुखिया) बगदादी हुन् । चरमपन्थीहरुले घोषणा गरेका छन् कि आइएसआइएसलाई अब आइएस वा ‘इस्लामिक स्टेट’मात्रै भनिनेछ ।
आइएसको उद्देश्य मुसलमानहरुको अलग्गै इलामिक राज्य घोषणा गर्नु हो । उनीहरुले पश्चिमा लोकतन्त्रलाई खारेजीको घोषणा गर्दै अरबलाई पश्चिमी प्रभावबाट मुक्त गर्ने दाबी गर्दै हिंसात्मक लडाइँ छेडेका छन् । यसका लागि संयुक्त राष्ट्र संघले बनाएको सीमारेखा नमान्ने उनीहरुले घोषणा गरेका छन् । इराक र सिरियामा यसैको प्रयोग गर्दै आइएसले दुई देशको भूभागलाई एकै ठाउँमा मिलाएर इस्लामिक राज्यको घोषणा गरेको छ ।
इराकको राजधानी बगदादपछिको ठूलो शहर मसूल यतिबेला आइएसको नियन्त्रणमा छ । उसले निकट भविश्यमै सिंगो इराकलाई आफ्नो कब्जामा लिने दाबी गरेको छ ।
इस्लामिक स्टेटको गतिविधि यतिबेला ५० भन्दा बढी देशमा फैलिएको छ । आइएसविरुद्धको कारवाहीमा कुनै न कुनै रुपले ७० देश सहभागी छन् । आइएसविरुद्ध विश्वका धेरै देशहरुले सैन्य एवं गैरसैन्य सहभागिता जनाएर लडिरहेका छन् ।
आइएसविरोधी लडाइँमा सैनिक सहभागिता जनाउने देशमा अमेरिका छ भने सैन्य सामाग्रीमार्फत सहभागी देशहरुमा डेनमार्क, जर्मनी, बेलायत, फ्रान्स, पोल्याण्ड, अल्बानिया, अष्ट्रेलिया, इटलीलगायत छन् । क्यानडाले सैनिक सल्लाहकार उपलब्ध गराएको छ ।
IS Effect
मानवीय सहायतामार्फत् आइएसविरुद्ध अभियानलाई सहयोग गर्ने देशहरुमा नर्वे, फिनल्याण्ड, स्वीट्जरल्याण्ड, टर्की, स्पेन, जापान, दक्षिण कोरिया, न्युजिल्याण्ड, हंगेरीलगायतका देशहरु छन् । सिरिया र इराकका सरकारहरु आइएससँग प्रत्यक्ष लडाइँ लडिरहेका छन् ।
एशियाका चीन र भारत आइएसको विरोधमा देखिएका छैनन् । तर, पाकिस्तान र भारतले आएइएसको धम्कीको सामना गर्न थालेका छन् । हालै बेलायतबाट प्रकाशत एक रिपोर्टमा आइएसले २० वर्षभित्र भारतलाई नियन्त्रणमा लिन सक्ने दाबी गरिएपछि भारतमा यसले हंगामा मच्चाएको छ ।
अघिल्लो महिना बंगलादेशमा आइएसको आक्रमणमा परी क्रिश्चियन मिसनका विदेशी नागरिक मारिएपछि यो घटनालाई दक्षिण एशियामा आइएसको पहिलो प्रवेशका रुपमा लिइएको छ ।
आइएसको नेतृत्व
आइएसको नेतृत्वमा खासगरी दुई प्रकारका मानिसहरु छन् । पहिलो, मुजाहिद्दीन, जसले २००३ मा इराकमा अमेरिकासँग लडेका थिए । मुजाहिद्दीनले अफगानिस्तानको पर्वतीय क्षेत्रमा आफ्नो प्रारम्भिक तालिम लिएका थिए । इराकमा सद्दाम हुसैनले अमेरिकासँग भूमिगत लडाइँ लड्दा हजारौं टन हतियार मुजाहिद्दीनले संग्रह गरेका थिए ।
उनीहरुले इराकको तेलखानी रहेका क्षेत्रहरुलाई आफ्नो आयस्रोत बनाउने उद्देश्यले कब्जामा लिने रणनीति बनाएका छन् । उनीहरु इराकलाई अमेरिकी नियन्त्रणबाट आफ्नो कब्जामा पार्न चाहन्छन् । उनीहरुको इराक कब्जाको रणनीति अहिले इस्लामिक स्टेटमा परिणत भएको छ र आफ्नो नियन्त्रणमा रहेको सुन्नी प्रभावित मोसूल लगायतको क्षेत्रमा इस्लामिक राज्य घोषणा गरिएको छ ।
Is Leaders
दोस्रो, आइएसको नेतृत्वमा ती व्यक्तिहरु छन्, जो सद्दामका पालामा बाथ पार्टीमा थिए । सद्दामका सैन्य अधिकारीहरु ठूला हतियार चलाउने र युद्धकला जानेका मासिसहरु हुन्, जो यतिबेला आइएसमा छन् ।
एघार वर्ष लामो संघर्ष (खास गरी २००८-२०११ को अवधिमा) इस्लामिक स्टेट इराकले सद्दामका पालाका धेरैजना आर्मी अफिसर्सहरुलाई आफ्नो प्रभावमा ल्यायो । २०१० देखि उसले इराकमा गुरिल्ला युद्धको विकास गर्‍यो । २०१३ मा नियमित सेनाको विकास गर्‍यो । त्यसपछि इराक र सिरियाको एकीकृत आइएसआइएस बन्यो ।
इराक र सिरियावीचको सीमारेखा भत्काएको उनीहरुले घोषणा गरे । इराकका बगदादी आइएसको प्रमुख बने भने सिरियामा लडिरहेका अबु मुस्लिम अल-तुर्कमानी डेपुटी नेता बने । तुर्कमानी सद्दाम हुसैनको पालाका इराकी सेनाका पूर्व लेफ्टिनेन्ट कर्णेल एवं विशेष फोर्सका कमाण्डर हुन् । साथै सिरियामा आइएसको नेतृत्व गरिरहेका डेपुटी कमाण्डर अल-अनबरीसमेत इराकी सेनाका पूर्वसैन्य अधिकारी हुन् ।
आइएसको केन्द्रीय अंगमा ७ जनाको क्याबिनेट छ । ६ सदस्यीय गर्भनर बडी छ भने तीनजना युद्ध कमाण्डर छन् । सरकार सञ्चालन, सेना र मिडियाको छुट्टै विभाग छ ।
केही रहस्यहरु
रिपोर्टहरुमा बताइए अनुसार आइएसका लडाकूहरु पत्रकारलाई राम्रो दृष्टिले हेर्दैनन् । पत्रकारले लडाकूको प्रभाव क्षेत्रमा घुम्ने र नकारात्मक रिपोर्ट लेख्ने अनि सुराकी गर्ने उनीहरुको बुझाइ छ । तर, पछिल्ला दिनहरुमा गोरो वर्णका पत्रकारहरुले क्रमशः आइएस प्रभावित क्षेत्रमा पहुँच पाउन थालेका छन् । केहीले आइएसका बारेमा सन्तुलित सूचना प्रवाह गरेको उनीहरुमा बुझाइ देखिन थालेको छ ।
आइएसको छुट्टै आधिकारिक बेवसाइट छैन । उनीहरु बढीजसो टि्वटर प्रयोग गर्छन् । केही समय पहिले आइएसको आइटी ग्रुपले पेन्टागनको वेबसाइटसमेत ह्याक गरिदिएको थियो । एके-४७ राइफल र अत्याधुनिक हतियार चलाउने आइएसका लडाकूहरु आइटीमा समेत अमेरिकाका लागि चुनौती बन्ने गरेका छन् ।
इराकको मोसुल शहर आइएसको राजधानी नै हो भन्दा पनि हुन्छ । त्यहाँको अस्पतालमा घाइते लडाकूहरुको उपचार हुन्छ । अन्य सर्वसाधारणको निशुल्क उपचार एवं अप्रेसन गरिन्छ । आइएसको कब्जामा रहेको भू-भागमा खाना पकाउने ग्यासबाहेक अस्पताल, शिक्षा र सार्वजनिक यातायातसमेत निशुल्क छ ।
IS Mosul
आइएसलेले आफ्नो ‘स्टेट’ मा गरीबलाई घर बनाउने रकमसमेत वितरण गर्ने गरेको विभिन्न रिपोर्टमा देखिन्छ । अमेरिकासँगको लडाइँमा ध्वस्त भएका मानिसका घरसमेत उनीहरुले मर्मत गर्ने गरेका छन् ।
आफ्नो कब्जामा रहेका तेलखानीहरुबाट प्राप्त रकम नै आइएसको आम्दानीको मूल स्रोत हो । यसबाट उनीहरुले प्रशस्त आम्दानी गर्ने गरेका छन् । त्यही तेलको पैसाले उनीहरु युद्ध लडिरहेका छन् । इराकका थप तेलखानी कब्जामा लिने उनीहरुको योजना छ । इराक त्यस्तो देश हो, जसले दैनिक बरिक १० लाख डलरको तेल बिक्री गर्छ ।
त्यसो त ‘आइएस’ एक प्रकारको ‘रुमानी’ जत्थाका रुपमा विकसित हुन थालेको छ । बेलायतबाट कतिपय युवकहरु र युवतीसमेत आइएसमा लाग्न थालेपछि युरोपियनहरुमा थप चिन्ता बढेको छ । आइएस विरुद्धका केही कारवाहीमा बेलायती नागरिक मारिनुले यसको पुष्टि गरेको छ ।
महिलाहरुप्रति तालिबानीजस्तो अनुदार छैन आइएस । मोसुलको सहरमा महिलाहरुले विज्ञान पढिरहेको दृश्यले आइएस तालिवानभन्दा उदार हो कि जस्तो देखिन्छ ।
तर, आफ्ना विरोधीहरुमाथि गरिने नृशंस हत्यामा आइएस तालिवान वा अलकायदा भन्दा फरक देखिँदैन । मानिसलाई जिउँदै गाड्नु वा तड्पाई-तड्पाई हत्या गर्नु उनीहरुका लागि सामान्यजस्तै हो । पश्चिमा मिडियाहरुलाई पत्याउने हो भने उनीहरुले कैयौं शरणार्थी महिलाहरुमाथि यौन दुव्र्यवहारसमेत गर्ने गरेका छन् ।
आइएस लडाकूहरुले प्रायः एके-४७ राइफल प्रयोग गर्छन् । साथै उनीहरु अत्याधुनिक एवं गह्रौं हतियारसमेत चलाउन पोख्त छन् । विशेष गरी छापामार एवं स्थल युद्धमा उनीहरु तगडा छन् । उनीहरु कालो लुगा लगाएर हिँड्छन् । अनुहार कालै कपडाले छोपिएको हुन्छ । झण्डा पनि कालै हुन्छ । कालो रंग आइएसको निशानी हो । लडाकूहरुले बिहानै उठेर अनिवार्यरुपमा इस्लाम धर्मअनुसार गरिने कर्मबाट आफ्नो दैनिकी सुरु गर्छन् ।
टर्कीलगायत सिरिया एवं इराकको सीमा क्षेत्रदेखि प्यालेष्टाइन अनि अपि|mकाको नाइजेरियासम्म उनीहरुको गतिविधि छ । नाइजेरियाको बोको हरामलाई यसैको रुप मानिन्छ । युरोपमा आइएसको उपस्थिति पेरिसमा भएको हमलाले नै प्रष्ट पारेको छ ।
कसले जन्मायो ? कहाँ पुगेर टुंगिएला ?
यतिबेला अमेरिकाको मुख्य दुस्मन बनेको छ आइएस । इराक, अफगानिस्तान र सिरियामा अमेरिकी नेतृत्वको पश्चिमा फौजले आइएसको सामना गरिरहेको छ । सिरियामा आइएस विरुद्धको कारवाहीमा रसिया पनि धुरा पसिसकेको छ ।
Paris9
तर, वर्ष दिनदेखि मेहनत गर्दा पनि इराकमा अमेरिकाले आइएसको कब्जाबाट मोसुललगायतका सहरलाई आफ्नो नियन्त्रणमा लिन सकेको छैन । शुक्रबार अमेरिकी सेनाको सहयोगमा सिंजर शहर कुर्दिस लडाकूले आइएसको हातबाट फुत्काएको बताइएको छ । तर, यसरी खोसाखोस गर्ने क्रम इराकमा चलिरहेकै छ ।
आखिर किन र कसरी जन्मियो आइएस ? र, यसको समाधान के हुन सक्छ ? यसबारे समय क्रममा विश्लेषण हुँदै जाला । तर, इराकमा सद्दामको शासनमाथि अमेरिकी आक्रमणबाट सुरु भएको यो दुःख समाधानविहीन संकट जसरी फैलिइरहेको छ । मुस्लिम समुदायलाई देख्नासाथ आतंकवादी ठान्ने पश्चिमी दृष्टिकोण आइएस जन्माउनमा कति जिम्मेवार होला ?
र, अरब राष्ट्रमा देखिएको संकटलाई टार्न राजनीतिक नभई फौजी समाधानमात्रै खोज्ने प्रयत्न गर्दा विश्व समुदायले अझै कति दुःख पाउनुपर्ने हो, यसतर्फ पनि बहस जरुरी देखिएको छ ।
आखिर के दबाइ छ अरबमा शान्ति स्थापनाको ? यस सम्बन्धमा बहस हुनुपर्ने दुईवटा गम्भीर प्रश्न छन्:
पहिलो – अब अरब समस्याको सैन्य समाधान सम्भव छ कि छैन ? यदि सम्भव छ भने इराकमा सद्दामको सत्ता ढालेको १२ वर्षसम्म किन शान्ति कायम हुन सकेन र त्यहीँबाट आइएस जन्मियो ? अनि अहिले सिरियामा किन राष्ट्रसंघमार्फत् विपक्षीसँग वार्ताद्वारा संवैधानिक निकास खोज्ने प्रयत्न गरिँदैछ ?
दोस्रो प्रश्न– लोकतान्त्रिक भनिएका शक्ति राष्ट्रहरुले यसरी दशकौंसम्म कतिञ्जेल युद्ध गरिरहने ? र, पेरिसमा जस्तै निर्दोष मानिसले कहिलेसम्म मृत्युको शिकार भइरहने ? अनि लाखौं सिरियालीले जसरी कतिञ्जेल निर्दोष मानिसहरुले शरणार्थीको नारकीय जीवन भोगिरहने ?
अन्त्यमा, यो पनि स्मरणीय छ कि विश्वमा कम्युनिष्टहरुको पतनसँगै पश्चिमा पुँजीवाद-साम्राज्यवादले वर्गसंघर्षलाई जातीय संघर्षमा रुपान्तरण गर्ने प्रयास गरेकै हो । कुर्दहरुलाई त्यही स्वार्थमा हतियार बाँडियो ।
सीमान्तीकृत जातिलाई स्यामुअल पी हन्टिङटनको पुस्तक बाइबलजसरी पढाइयो । अन्ततः अरबी सांस्कृतिक पहिचान भर्सेज पश्चिमी लोकतन्त्रवीचको युद्ध देखापर्‍यो । त्यसर्थ यो पनि प्रश्न उठ्न सक्छ कि आइएसको मानसपुत्र कतै पश्चिमी पुँजीवाद नै त होइन ? जसले अरबको तेलका लागि त्यहाँ हस्तक्षेपकारी नीति अवलम्बन गर्‍यो ।

Wednesday, November 11, 2015

जागिर

काम गरेको वर्ष दिनपछि पत्रिकाका मालिकले एकदिन भने - 'तिमीले पत्रकारिता गरेर खाँदैनौ !'
साक्खै छोराको चिन्ता गरेझैं जुँगे ओठ खुम्च्याउँदै उनले तीतो पोखे । त्यो जुँगाले मलाई सिस्नुले घोचे जस्तै रनक्क पार्‍यो । ढंग पुर्‍याएर लेख्न नजानेको भन्दै उनले मेरो जीवनयात्राबारे भविष्यवाणी नै गरिदिए ।
एक दशकअघि पत्रकारितामा जागिरे यात्रा सुरु गरेको थिएँ । काम थियो- आर्थिक पत्रिकामा फिचर समाचार र बजारभाउबारे लेख्नु । आफ्नै बजारभाउ भने दयनीय थियो । तलब थियो - ४५ सय रुपैयाँ । तैपनि तलब हात लाग्ने सम्भावित गतेहरूमाकुवेरको थैलो पाउन लागे जस्तै मन एकतमासले रसाउँथ्यो । तलब पाउनेबारे पत्रिकाको लेखा शाखामा फोनबाट सोधेर हातैमा नगद बुझ्नुपर्ने रीत थियो । लेखामा फोन गर्दै 'आज त्यहाँ आउँदा हुने हो हजुर?' भनेर सोध्दा सकारात्मक जवाफ आएमा खुसीले औडाहा हुन्थ्यो !
ती दिनहरूमा म कसैगरी पनि एउटा जागिरमा झुन्डिनैपर्ने दबाबमा थिएँ । खासगरी यसले केही गर्ने भएन भनेर कचकच गरिरहने बा को मुखमा बूजो लगाउन । 'फलाना र ढिस्कानाका छोराहरूले आफ्नै बलबुताले काठमाडौंमा जागिर खाएर कहाँ-कहाँ पुगिसके', बा गलाको नसा फुलाउनुहुन्थ्यो । हामी दिमागमा प्रेसर फुलाउँथ्यौं । त्यही भएर पूर्वी नेपालबाट राजधानी हान्निएर क्याम्पस शिक्षाबाट उकालो चढ्दै गर्दा जागिरमा अल्झिनुपर्ने ध्याउन्न थियो ।
पत्रिकाका सम्पादक/प्रकाशक एकै व्यक्ति थिए । खल्तीमा जागिर बोकेर हिंड्ने हैसियत राख्ने । उनीहरूका लागि तल्ला तहका कर्मचारी त झन् खल्तीका कलमजस्तै हुने भइगए । मन लागेको बेला बाटोबाटै टिपेर भिरिहाल्छन्, नलागेको बेला फुत्त निकाल्छन् । सिस्टम, तौरतरिका ओठ र आँखामा अँडेको हुन्छ । बोल्यो कि नियम, हेर्‍यो कि आदेश !
मैले पनि एक भेटबाटै जागिर पाएको थिएँ । बिस्तारै तलब बढाउने गुलियो आश्वासन पनि मिलेकै थियो । बढी तलबको मिश्री पाउने-नपाउने ठेगान नभए पनि म कमिला भएर काममा जुटेको थिएँ । कामको लहरा अफिसदेखि झ्याङ्गिँदै गएर मेरो डेरासम्म पुग्थ्यो । अफिसमा नसकिएको काम कोठामा लगेर गर्थेँ । अन्तर्वार्ता अडियोबाट सुन्दैकागजमा उतार्दा मध्यरात कट्थ्यो । कुनै कुराकानीलाई लेखको स्वरूपमा ढाल्नुपर्ने,कुनैलाई अन्तर्वार्ताकै रूपमा उतार्नुपर्ने ।
अन्तर्वार्ता लिने र रेकर्ड गर्ने मान्छे अर्कै हुन्थ्यो । त्यसलाई लिखित रूपमा उतार्न म फेला पर्थेँ । अरुले लिएको अन्तर्वार्तामा कुनै बेला प्रश्न त कुनै बेला जवाफ राम्ररी नुसुनिए/नबुझिएपछि कनेर दोहोर्‍र्‍याई-तेहेर्‍र्‍याई सुन्दासुन्दै दिमाग तनावले लोथ हुन्थ्यो । हरेक हप्ताको यो सिलसिलाले टाउकोको मगज भुत्ते खुकुरी राख्ने म्यानमा परिणत भइरहेको अनुभूति हुँदै थियो । कहिलेकाहीं लाग्थ्यो, जिन्दगी भन्नु जागिर त रैछ । जिन्दगी चलाउन जागिर खाइन्छ कि जागिर खान जिन्दगी चलाइन्छ, एकरत्ति भेद नभए जस्तो । र पनि जिन्दगीको पाठशालामा संघर्षलाई साथी नबनाए फेल खाइन्छ भनेर डुङ्गा खियाउँदै बढिरहेथेँ ।
आदर्शमा ओठ तौलनेहरूले भन्छन्, 'आफ्नो रुचिअनुसारको पेसा अपनायो भने त्यो बोझ हैन, रमाइलो कर्म बन्छ ।' तर, अनेक उल्झनमा र नानाभाँतीका मान्छेहरूको माझमा काम गर्दा रुचिको पेसाले कुनै पनि बेला स्वाद गुमाउन सक्छ । त्यतिबेला आदर्शको कुरा भद्दा व्यावहारिक पाटो बनिदिन्छ । कर्मचारीहरूबीचमै अलिक सिनियरले जुनियरसामु मैं हुँ मालिक झैं गरी देखाउने धमासले युवा उत्साह धूलिसात् हुनु स्वाभाविकै हो ।
तर, मालिक त मालिक नै हो । कुनै कुरामा चित्त नबुझे पनि ऊ सामु प्रतिवादमा केही बोल्न हत्तपत्त शब्द फुट्दैन । 'पत्रकारिता गरेर खाँदैनौ' भनेर ओठ लेप्य्राउने मालिकसामु म पनि त्यो दिन नाजवाफ थिएँ । सायद मेरा ओठ-तालु नै सुकेका थिए । तर, मनले चाहिं एकोहोरो भनिरहेथ्यो - पर्ख ! म गरेर, खाएर देखाउँछु ।
सामुन्नेको मानिसको मौनतामा हरेक घमण्ड थप भुक्दै जान्छ । पत्रकारितामा मेरो अशुभ भविष्यवाणी गरिदिएका मालिक पनि मेरो थप चिना-टिपन केलाउँदै थिए । जीवन गुजाराको कुरा पैसामा जोडियो ।
'पैसा कमाउन त तरकारी बेच्नुपर्छ भैया । बढी पैसा त्यसमा छ ।' उनले यो अर्ती पनि बोनसस्वरूप दिए ।
मेरो इमान र परिश्रमको पसलमा तत्कालै लहलह काउली र साग टुसाएर फले । तर,ती काउली र सागमा स्याउँस्याउँती कीरा परेका थिए ।
हामीकहाँ हरेक पुरानो पुस्ताबाट नयाँ पुस्ताले प्रेरणा, ऊर्जा र हौसलाको अपेक्षा राख्दैन । जसरी कि, नयाँ पुस्ताबाट पुरानाले सामान्यतया सम्मान र इज्जतको आशा राख्दैन । त्यस्तो प्राप्तिको ठाउँ नै रहन्न । सायद नयाँ पुस्तालाई हौसला र स्नेह नदिने अहम्को भूत सवार भएकोले पुरानालाई सम्मान नसुहाएको होला । अथवा, यथेष्ट सम्मान भाग नलगाएकोले पुरानाहरूले नयाँमा ऊर्जा सञ्चार नगरेका होलान् ! यसबारे यही नै हो भनेर नापनक्सा केलाउन मुश्किल छ । गुदी भरेर यो खाडल पुर्न कसले सुरु गर्नुपर्ला ? सायद समानान्तर र परिपूरक व्यवहार नै दुवै पुस्तालाई फाइदा गराउने पुल हो । तर, यथार्थमा एउटालाई अर्को पुस्ता वृद्ध र बेकामे ट्याक्टर लाग्छ, जसले गतिको तुलनामा बढी हल्ला मात्र गर्छ । अर्कोतिर, अनुभवले पाकेको आँखासामु भर्खरको पुस्ता हिजोको चल्ला देखिन्छ, जसको कुनै कुरामा पनि ढंग र अदब छँदै छैन !
नेपालका धेरै पत्रकारमा ग्यास्टि्रक रोगको सानोतिनो घर छ । न खाना-खाजाको ठेगान, न त सुत्ने समयको पालना । दुवै आँखाको छेउमा पर्दा लगाएर सीधा बुर्कुसी मारिरहेको रेसको घोडा जस्तो दैनिकी । खल्तीमा परेको प्वालबाट घरको सामानकोलिस्ट हराएर देशको अर्थतन्त्रबारे बहस छेडिरहेको बबुरो बुद्धिजीवी ।
जागिरमा लागेको सुरुवाती दिनहरूमा मेरो हालत त झन् खल्तीमा प्वाल परेको हैन,बिना खल्तीकै कमिजको जस्तो थियो । अफिसबाट खाजा खान साथीहरू निस्किनलाग्दा सकेसम्म टार्ने गर्थेँ । तर, पैसा नभएको बेला त झन् भोककै यादमा पेट देवदास भएर हायलकायल पार्थ्यो ! अलिक पछिको समयमा तारेको तोफु (भटमासको दूधबाट बनाइएको परिकार) मा बढीभन्दा बढी मन लगाइयो । किनकि त्यो सस्तोमा पाइन्थ्यो । मीठो पनि लाग्थ्यो । सस्तो भएकोले पनि त्यसमा थप मिठास थपिएको हुँदो हो ।
फिचर रिपोर्टका लागि राजधानी सहरको एक कुनादेखि अर्को कुनासम्म पैदल दगुर्थेँ । कुकुरका सौखिनहरूका लागि केनल क्लबको सेवादेखि जुत्ता र क्यामेराको बजारमा डिजाइन र ब्रान्डको घनचक्करसम्ममा दिमाग पौडी खेल्थ्यो । मान्छेहरू जुत्ताको समाचार लेखेर बकस स्वरूप जुत्ता नै पाएर उन्थे । पुरानो जुत्ताले नै साथ दिइरहनु मेरो लागि भाग्य थियो । परिश्रमको कमाइले सुक्खा तोफु टोक्दा पेट राम्ररी नरमाए पनि मन भने मजासित भरिन्थ्यो ।
तिनताक प्रेममा थिएँ म । कहिले साप्ताहिक बिदाको दिन आउला र मायालुसँग एक झप्को भेटमा हप्ताभरिको थकान बिर्सिन पाउँला भनेर व्यग्र पर्खाइमा बस्थेँ । हरेक सोमबारे छुट्टीमा स्वतन्त्रता दिवस र प्रेम दिवस एकै दिन पथ्र्यो । एक घन्टाको बाटो धाएर जाँदा देउतै भेटेजस्तो तृप्ति मिल्ने !
तीन-चार हजारको जागिर खाँदा पनि उसको मोबाइल फोनमा पैसा हाल्दिन खै कताबाट जङ चल्थ्यो । उसले छिटफुट लेख्ने लेख/कविताको म अघोषित सम्पादक नै थिएँ । शीर्षकदेखि विषयवस्तु र बुनाइमा तेल-पालिस घस्न पाउँदा आफ्नै सिर्जनामा लीन भइरहे झैं खुसी मिल्थ्यो । कवितामा ऊ भावना लेख्थी, लेखहरूमा महिला सशक्तिकरण र आत्मनिर्भरताबारे वैचारिक पाटो केलाउँथी । जे लेख्थी, मन छुन्थी । उसले कोरेका अक्षरमा म आफ्नै आवाज चिर्बिराएको पाउथेँ ।
प्रेमीको साइनोसँगै जीवनमा उसले मलाई सम्पादकको रूपमा नियुक्त गरेकी थिई, मैले भने मनमनै उसलाई सिन्दूर हालिसकेको थिएँ । एउटै काठमाडौं खाल्डोभित्र म नक्सालमा बस्थें, ऊ बस्थी सानेपा । एउटै घरको दुई बार्दलीको बीचमा पुल नभए जस्तो मात्र थियो । एक्लोपनले खाइरहेको मेरो जीवनमा उसले परिवारको ठाउँ लिंदै थिई । ऊ पनि कम गम्भीर थिइन ।
भन्थी - 'तिमी पैसा यस्सै के-के मा खर्च गरेर सक्छौ । मलाई देऊ । म राख्दिन्छु बैंकमा । पछिका लागि साँच्नुपर्छ ।'
उसको यस्तो सपना र योजनाको चुल्ठोमा पिङ खेल्दै म परसम्म बत्तिन्थेँ र हुरुक्क हुन्थेँ । बचत गर्न पुग्ने पैसा हुने त्यस्तो जागिर नै कहाँ थियो र आफ्नो ! तर, उसको सपनामा युगल पखेटा थपिदिन तोफु खाने ३०-४० रुपैयाँ पनि जोगाएर राखूँ जस्तो हुन्थ्यो ।
पर मोडमा आउँदै गर्दा अदृश्य औंलाहरूले मुटुमा काउकुती लाउने सामर्थ्य राख्थी ऊ । उसले मुटुमा लगाइदिएको काउकुती सर्दैसर्दै अनुहारमा मुस्कान भएर भरिन्थ्यो । तर,मेरो त्यस्तो मुस्कानलाई जागिरले टोक्दै गइरहेको थियो । आर्थिक पत्रकारिताको अंकगणित र जोर कि बिजोर हिसाबमा मेरो जीवनको ज्यामिति खुल्न सकिरहेकोथिएन । खुसीको सीधा रेखा त्रिकोणमा फन्को मार्दै, रिंगटा छुटाउँदै जिल्लिरहेको थियो। मन निस्ताउँदै थियो । दिमाग थाक्दै थियो ।
पत्रिकामा मैले तयार पार्ने स्तम्भ कहिले आउँथ्यो, कहिले पूरै हापिएर जान्थ्यो । काम लगाउनुअघि कुनै सुझाव नदिने तर तयार पारेर बुझाइसकेपछि यो भएन र त्यो भएन भन्दै गुनासोको चाङ लगाउने क्रम बढेपछि मन दिक्किँदै पनि थियो । त्यसमाथि नयाँ आएका दाइ पत्रकार बलजफ्ती सम्मान पाउन आफ्नो वरिष्ठता प्रदर्शन गरिरहेथे । उनले बडप्पन देखाएपछि ममा भने उल्टो असर पर्दै थियो । उनी आफ्नो शैली लाद्न खोज्थे, म हरेक मान्छेको आफ्नो शैली हुन्छ भन्थेँ ।
एकदिन मालिकले फेरि बोलाए ।
भने - 'तिम्रो काम पनि खस्किंदै गयो । तिम्रो तलब अबदेखि चार हजार रुपैयाँ मात्र । फेरि राम्रो हुँदै गयो भने बढाउँला ।'
पहिलो जागिरमा संघर्ष गरिरहेको युवा पहिलो पटकमै असफल हुँदै थियो ।
जागिरमा बढुवा हुन्छ भन्नेबारे काका, मामा र दाइ-दिदीहरूबाट सुनेको थिएँ धेरै । आफैंले स्वाद चाखेपछि भने घटुवा पनि हुँदो रैछ भनेर पहिचो चोटि थाहा भयो । तलब घटेको परमादेश मालिकबाट सुनिरहँदा प्रेमिकाले 'भविष्यका लागि पैसासाँच्नुपर्छ' भनेको कुरा कानमा झङ्कृत भयो । अब झन् बचत गर्ने पैसा फुकी-फुकीखोज्नुपर्ने दिन आयो ।
आवेगमा तातो निर्णय सुनाएँ मालिकलाई - 'जागिरबाट अब हात धुन्छु । सुक्खा हात नै बस्छु ।'
जागिर छोड्ने निर्णय लिइरहँदा आफैंभित्र डराइरहेको थिएँ, बेरोजगार प्रेमीबारे प्रेमिकाले के धारणा बनाउली भनेर । जागिर छोडेको पीडाभन्दा उसले निरुपाय र कमजोर रूपमा हेर्ली भनेर असुरक्षित महसुस गर्दै थिएँ । कमाइबाट प्राप्त हुने आत्मबल कस्तो चिज हो, त्यो दिन बुझ्दै थिएँ ।
त्यो रात अडियो अन्तर्वार्ता कागजमा उतार्न अनिदो बस्नु परेन । जागिर खाने कसरी भनेर मनभित्रैको आफ्नै वार्ताले हल्ला मच्चाइरह्यो ।
बत्ती निभ्यो । मध्यरातपछि पनि आँखा निभेन ।
मुख्य खवर
पुरुषाेत्तम गिरी @ Latest Version Copyright 2015

Sunday, July 26, 2015

ख्याल गर्नुहोस् सर्पले टोक्ला !

काठमाडौं, साउन १० – नुवाकोट भद्रटार–७ का केदार गिरी दिनभरी खेतमा काम गरी घर फर्किंदै हुनुहुन्थ्यो । रात परिसकेको थियो । काम गर्दाको थकान, त्यसमाथि रातको समय भएकाले उहाँलाई कतिबेला घर पुगौं भैरहेको थियो ।
छिटो पुगिने भएकाले उहाँ साघुरो गल्लीको बाटो हुँदै घरतर्फ लाग्नुभयोे । बीच बाटो पुग्दा नपुग्दै माथीबाट सर्प झर्‍यो । भाग्न खोज्दा खोज्दै पनि उहाँ भाग्न सक्नुभएन, सर्पले देब्रे खुट्टामा टोक्यो । सर्पले टोकेको पीडाले उहाँले पिसाव समेत रोक्न सक्नुभएन । पिसावले भिजेको माटोले टोकेको ठाउँमा दल्नुभयो । हातमा कोदाली थियो, त्यसैले सर्पलाई हिर्काउनुभयो । सर्प मारेपछि बल्लतल्ल घर पुग्नुभयो । घर पुगेर
नजिकैको स्वास्थ्य केन्द्र भद्रटारमा औषधीका लागि सम्पर्क गर्नुभयो । तर स्वास्थ्यकर्मीले कुकुर, सर्प लगायतले टोकेको औषधी यहाँ छैन राजधानी जानुस् भन्ने जवाफ दिए । दुई दिनपछि मात्र उहाँ उपचारका लागि काठमाडौं आउनुभयो ।

सर्पदंशको बिगबिगी

अहिले बढ्दो गर्मी र बर्षातको समय भएकाले सर्पदंशको बिगबिगी छ । किसान खेतीपातीमा व्यस्त हुन्छन् भने यो बेला सर्पको प्रजनन हुने भएकाले पनि सर्पले टोकेका विरामी बढ्ने गर्छन् । विशेष गरी तराईका जिल्लामा गर्मी र बर्षात्को समय सर्पको टोकाइबाट धेरैजना प्रभावित हुँदै आएका छन् । त्यसमाथि यसपटक भूकम्पका कारण अन्य क्षेत्रमा समेत सर्पदंश बढेको छ । भूकम्पका कारण कतिपय अस्थाई टहरामा बस्नुपर्ने अवस्था छ । यसले पनि जोखिम बढाएको छ ।
अधिकांश ठाउँमा औषधी अभाव भएकाले विरामीहरु उपचारका लागि काठमाडौं नै आउनुपर्ने बाध्यता छ । दैनिक ७/८ जना सर्पदंशका विरामी आउने गरेको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको तथ्याँक छ । अस्पतालका निर्देशक डाक्टर केदार प्रसाद सेन्चुरीका अनुसार सर्पदंशका विरामीहरु पहिले पनि आउँथे र भूकम्प पछि पनि आएका छन् । तर तुलनात्मक रुपमा भूकम्प पछि बिरामी बढेका छन् ।

सर्पले पनि सुरक्षा खोज्छ

सर्पको बासस्थान जमिन भित्रको प्वाल हो । सर्पले पनि सुरक्षा खोज्छन् । कम्पनका कारण सर्प बाहिर निस्किन्छन् । त्यो क्रममा उनिहरुमा पनि कसैले आक्रमण गर्छन् कि भन्ने भान हुन्छ । यसले गर्दा सर्पले मानिस तथा जनावरलाई टोक्ने संभावना बढि हुन्छ । काठमाडौं उपत्यका र पहाडी क्षेत्रमा कम विष भएका सर्प पाइन्छ भने तराईमा विषालु सर्प भेटिन्छन् । गोमन, कोब्रा, करेत र भाइपर बढि विषालु हुने डाक्टर सेन्चुरीले जानकारी दिनुभयो ।
पूर्वी नेपालमा गोमन र पश्चिमी नेपालमा करेतले टोकेका विरामी बढी भेटिन्छन् । यि सर्पले टोक्दा विषको असरले समयमै उपचार नपाए ज्यान समेत जान सक्छ । टेकु अस्पतालमा सर्पको टोकाइका कारण उपचार गर्दा गर्दै ज्यान गुमाएको बिरामी भने छैनन् । तर डराएर आत्तिएर प्राथमिक उपचार गर्दा ध्यान नदिंदा अपाङ्ग हुने संभावना बढि हुन्छ । टोकेको ठाउँमा जे पायो त्यहि लगाउने, कपडाले बढि कस्ने अनि धारिलो हतियारले काट्ने गर्दा समस्या आउँछ ।
नेपालमा वर्षेनी झण्डै १० हजार सर्पदंशको घटना हुने गरेको इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । यसमध्ये झण्डै ३० प्रतिशत विषालु सर्पको टोकाइका विरामी हुन्छन् । ६ सय प्रजातिका विषालु सर्पमध्ये नेपालमा झण्डै ८९ प्रजातिका सर्प पाइएको तथ्याँक छ । यसमध्ये पनि १७ प्रजातिका सर्प खतरनाक मानिन्छ । विषालु सर्पले टोकेपछि उपयुक्त एन्टिभेनम र चिकित्सासेवा आवश्यक पर्छ । तर अहिले सर्पल टोकेमा लगाउनुपनृ औषधी एन्टी स्नेक भेनमको देशभरी अभाव छ ।

कसरी अपनाउने सावधानी

१) रातको समयमा नहिँड्ने, हिँड्नै परेमा टर्च बालेर हिँड्ने
२) सुत्ने ठाउँ, खाट राम्ररी हेरेर सुत्ने सकभर झुल टाँगेर सुत्ने
३) घर वरपर सरसफाई गर्ने, झाडी तथा परालमा काम गर्दा सावधानी अपनाउने
४) हिँड्दा जुत्ता लगाउने, हातखुट्टा राम्ररी छोपिने गरी कपडा लगाउने
५) दुलो, प्वाल भित्र हात नहाल्ने, घर वरपर भए पुर्ने

सर्पले टोकेमा के गर्ने/के नगर्ने ?

१) सम्भव भए कुन सर्पले टोकेको हो जात पहिचान गर्नुस्, यसले गर्दा उपचारमा सजिलो हुन्छ
२) टोकेको ठाउँमा गोबर, माटो दल्ने तथा झारपातको रस हाल्ने नगर्नुस्
३) धारिलो हतियारले काट्ने, रगत निकाल्ने र चुस्ने नगर्नुस्
४) सर्पले टोकेको अंगमा कसेर बाँध्दा थप समस्या आउन सक्छ
५) उपचारमा ढिलाई नगर्नुस्, जतिसक्दो छिटो अस्पताल जानुस्

Monday, June 29, 2015

मौरीपालक किसानलाइ ४ सय मौरीघार वितरण

विदेश जान भिसा आएका युवा समेत मौरीपालनमा
सल्यान असार १३ । जिल्ला कृषि विकास कार्यालय सल्यानले कालिमाटी रामपुर गाविसका मौरीपालक कृषकहरुलाई चारसय मौरीघार वितरण गरेको छ । जिल्ला कृषि विकास कार्यालयको युवा लक्षित कार्यक्रम मार्फत प्रगतिशिल मौरीपालन समुहका २० जना मौरीपालन युवा कृषकहरुलाई प्रति व्यक्ति २० वटा का दरले चार सय मौरी सहितका घार वितरण गरेको हो ।
विदेश जाने युवाहरुलाई गाउँ घरमै रहेका श्रोत साधनको प्रयोग मार्फत उद्यमी बनाउन र व्यावसायिक मौरी पालनको थप विकासका लागी मौरीका घार सहयोग गरिएको जिल्ला कृषि विकास कार्यालय सल्यानका वरिष्ठ कृषि विकास अधिकृत टेक प्रसाद लुइटेलले जानकारी दिए ।
कृषि विकास कार्यालयले ४ सय घार सहयोग गरेसँगै सो समुहका २० जना सदस्यसँग झण्डै ८ सय घार भएका छन् । कालिमाटी क्षेत्रलाइ मौरीपालनको व्यावसायिक विकास गरि पकेट क्षेत्रको रुपमा विकास गर्नका लागी एकै क्षेत्रमा सो सहयोग गरिएको उनले बताए । 
युवा लक्षित कार्यक्रम सो क्षेत्रमा लागेसँगै विदेश जान ठिक्क भएका केहि किसान भने मौरीपालनमा होमिएको उनिहरुले बताएका थिए । सो समुहका अत्तयक्ष अमर बहादुर वलीले भने मौरीलाइ हामीले खाली समयमा गरिने व्यवसायको रुपमा लिएका थियौ, समुहका कति साथीहरुको त विदेश जान भने भिसा समेत आएको थियो तर अव व्यावसायिक रुपमा मौरी पालन गर्न शुरु गरेर घरमै बसेर केहि गर्न भनेर विदेश जानुभएन । अहिले सवै सदस्यको घरमा प्रति घर ४० वटा घार रहेको समुहका उपाध्यक्ष दल बहादुर वलीले बताए ।
एक एक जनालाई सहयोग गरि जिल्ला भरी समेट्न सहयोग गर्दा व्यावसायिकताको विकास हुदैन वरिष्ठ कृषि विकास अधिकृत लुइटेलले भने त्यसैले कालिमाटी क्षेत्रमा मह उत्पादनको थलो बनाउनका लागी एकै ठाउँमा सहयोग दिएका हौँ । कार्यक्रममा प्रमुख जिलला अधिकारी कृष्ण प्रसाद आचार्य र स्थानिय विकास अधिकारी हरि प्रसाद दाहालले मौरीपालनको विकासको  र चरण क्षेत्रको समेत व्यवस्थापनका लागी योजनावद्ध तरिकाले अघि बढ्नुपर्नेमा जोड दिए । 
सो क्रममा मौरीपालक किसानहरुलाई एक एक थान मह मदानी समेत वितरण गरिएको थियो । कार्यालय सो क्षेत्रमा चार वर्षमा ३० हजार मौरीका घार बनाउने लक्ष्य लिएको छ । साथै अन्य जिल्लामा मौरी गोला निर्यात तथा महको लेवल र प्याकेजका लागी समेत काम भैरहेको कार्यालयले जनाएको छ ।
चरणका लागी १० हजार कल्की फूल लगाउने योजना रहेको पनि सो अवसरमा बताइएको थियो । कार्यक्रममा जिल्लाका राजनितिक दलका प्रमुख, सरकारी कार्यालयका प्रमुख लगायतको सहभागिता थियो । यस वर्षको युवा लक्षित कार्यक्रम अन्र्तरगत कार्यालयले मौरीपालनका २० जना कृषकका लागी ३६ लाख लगानी गरेको पनि जानकारी दिएको छ ।

Friday, June 19, 2015

Friday, June 5, 2015

धनवाङ गाविस आगामी असार १९ मा खुल्ला दिशामुक्त हुने ।।



शँकर के सी
२०, जेठ, रेडियो कपुरकोट, सल्यान ।।

चर्पि किन बनाउनुपर्छ भन्ने बारेमा गाउँघरमा पर्याप्त ज्ञान नहुँदा पनि कतिपयले चर्पि नबनाएको सल्यान कपुरकोटमा आयोजीत एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

धनवाङ गाविस स्तरिय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितीको आयोजना र पास नेपाल सल्यानको सहयोगमा आज भएको सरसफाइ सम्बन्धी गाविस स्तरिय अभिमुखिकरण तथा कार्यशाला निर्माण कार्यशाला गोष्टीका सहभागीहरुले चर्पिको महत्व बुझाउनुपर्ने आवश्यकता औलाएका हुन् ।

कार्यक्रममा पास नेपाल सल्यानका कार्यक्रम अधिकृत विनोद शर्माले घरमा चर्पि नहुदा दिशा लागेको बेला रोकेर बस्नुपर्ने, रातको समयमा खुल्ला दिशा गर्दा जंगली जनावरको आक्रमण हुन सक्ने, बृद्धबृद्धा तथा विरामीलाइ समस्या हुने भएकाले चर्पि बनाउनमा सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।

यस्तै उच्च माध्यामिक विद्यालय किमुचौरका प्राचार्य दामोदर शर्माले ८० प्रतिशत चर्पि प्रयोग गर्न नजान्ने विद्यार्थी विद्यालयमा आउने गरेको बताउनुभयो । यसले कतिपयको घरमा चर्पि नभएको र चर्पि भए पनि प्रयोग विहिन अवस्थामा रहेको प्रष्ट हुने उहाँको भनाइ छ ।

यीनै कुराहरुलाइ मध्यनजर गरेर आजको कार्यशाला गोष्टीले आगामी असार १९ गते शनिबार धनवाङ गाविसलाइ खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने र त्यस अघि चर्पि नबनाएकालाइ घरमै गएर बनाउन अनुरोध गर्ने र बनाएका चर्पि प्रयोग भएनभएको अनुगमन गर्ने निर्णय गरेको छ ।

धनवाङ गाविसमा जम्मा ११ सए ३२ घरधुरी मध्ये १ हजार ५८ घरमा चर्पि बनेका छन् भने १३ घरमा चर्पी बनिरहेको र ६१ घरमा चर्पि बन्न बाँकी रहेको छ ।

जस मध्ये २२ घरधुरीमा चर्पि बन्न बाकी रहेको वडा नम्बर १ किमुचौरमा यहि २३ गते र १८ घरधुरीमा चर्पि बन्न बाकी रहेको वडा नम्बर ६ लामीडाडा र पाखापानीमा २४ गते भिवाससीसी धनवाङका अध्यक्ष टुकाराम ओलि संयोजक रहेको ९ सदस्यीय अनुगमन टोलिले चर्पि बनाउन अनुरोध गर्ने निर्णय भएको छ ।

आजको कार्यक्रममा सहभागीहरुले १९ असारमा गाविसलाइ खुल्ला दिशामुक्त घोषणाका लागी सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन् । भिवाससीसी धनवाङका अध्यक्ष टुकाराम ओलिको अध्यक्षतामा भएको कार्यशाला गोष्टीमा काग्रेसका डण्ड बहादुर सेन, एमालेका भुवनेश्वर गौतम, ए माओवादिका रेशम सेर्पाइली, राप्रपा नेपालका विष्णु कडेल, पत्रकार शँकर के सी लगाएत वडा नागरिक मञ्चका संयोजक, महिला स्वास्थ्य स्वयमसेविका र शिक्षकहरुको पनि सहभागीता थियो ।

कार्यक्रमको सहजीकरण भिवाससीसी धनवाङका सदस्य सचिव देवेन्द्र कुमार सेनले गर्नुभएको थियो ।।

विप्लव नेतृत्वको नेकपा माओवादी सल्यान पठाए उद्धार



रेडियो तहल्का /जेठ १९, सल्यान
विप्लव नेतृत्वको नेकपा माओवादी सल्यानले दोस्रो चरणमा उद्धार तथा पुनरनिर्माणमा खटाएका टोली फर्केकै दिन हिजो तेस्रो चरणका उद्धारकर्तालाई परिचालन गरिसकेको छ । हिजो जिल्ला पार्टी सहसेक्रेटी लोकपाल केसीको नेतृत्वमा गएको सल्यानको टोली नुवाकोटको कुमारी पुगेको छ । सल्यानका सहसेक्रेटरी लोकपालको नेतृत्वमा रोल्पा, अर्घाखाँची र प्युठानको टोलीले संयुक्त रुपमा टहरा निर्माण गरिरहेको त्यहाँ पुगेका लोकपालले हामीर्ला जानकारी गराएका छन । सल्यानबाट विभिन्न राजतीतिक दलले उद्धार तथा पुनरनिर्माणमा आफ्ना कार्यकर्ता खटाएका छन । उद्धारका लागि नेपाली काग्रेशका केन्द्रिय सदस्य डिल्लीराज रेग्मी, नेकपा एमाले का टोप बहादुर चन्द, एनेमाओवादीका केन्द्रिय परिषद् सदस्य कृति बहादुर पुन टिम सहित उद्धारका
लागि विभिन्न ठाँउमा पुगेर काम गरिसकेका छन । अन्यले राजनीतिक दलले उद्धारका लागि एक पटक सामुहिक टिम परिचालन गरेपनी विप्लव नेतृत्वको माओवादीले सानो टिम बनाएर ३ वटा टिम परिचालन गरिसकेको माओवादी सल्यानले जनाएको छ ।
साभार : साझा सवाल डटकम

Tuesday, June 2, 2015

१ सय पूर्णांकमा १ सय १० अंक पाउने दुनियाकै एकमात्र व्यक्ति


Untitled-1
फाइल तस्वीर
कुनै पनि विषयको परीक्षामा पूर्णांक भन्दा कसैले बढि अंक पाएको सुन्नुभएको छ ? वास्तवमा पूर्णांक भन्दा प्राप्तांक बढि भन्ने असम्भव नै हो । तर एकजना विद्यार्थीको हकमा भने यो सम्भव भएको थियो । उनले गणितको परीक्षामा १ सय पूर्णांकमा १ सय १० अंक प्राप्त गरेका थिए ।
भारतका चर्चित वैज्ञानिक तथा गणितज्ञ सत्येन्द्र नाथ बोस यो दुनियाका एकमात्र यस्ता व्यक्ति हुन् जसले परीक्षामा पूर्णांक भन्दा बढि अंक प्राप्त गरेका थिए ।
बच्चादेखि नै विलक्षण प्रतिभाका धनी बोसको जन्म कलकत्तामा भएको थियो । प्रारम्भिक शिक्षा घर नजिकैको स्कुलमा लिएपछि उनलाई हिन्दु स्कुलमा भर्ना गरियो । हिन्दु स्कुलमा प्रसिद्ध अध्यापक उपेन्द्र बक्सीले गणित पढाउँथे ।
उनले कक्षामा लिएको परीक्षापछि कपी चेक गरेर विद्यार्थीहरुलाई फिर्ता दिइरहेका थिए । जब उनले सत्येन्द्रको उत्तरपुस्तिका फिर्ता गरे तब उनको उत्तरपुस्तिकामा १ सय पूर्णांकमा १ सय १० अंक दिएको देखियो । यो आश्चर्यजनक घटना वास्तवमा परीक्षाको नियम विपरित थियो । तर यो कसरी सम्भव भयो ?
विद्यार्थीलाई पूर्णांक भन्दा बढि नम्बर दिएपनि स्कुलमा हंगामा मच्चियो । उक्त स्कुलका प्रधानाध्यापकले गणित शिक्षक उपेन्द्रलाई यसको कारण सोधे । शिक्षक उपेन्द्रको जवाफ यस्तो थियो-मैले जे गरेँ, ठिक गरेँ ।
सत्येन्द्रले निर्धारित समयमा कुनैपनि विकल्प नछाडिकन सबै प्रश्नको सही ढंगले उत्तर दिनुका साथै कतिपय प्रश्नलाई एक भन्दा बढि तरिकाबाट समेत हल गरेका छन् । यदि तपाइँले निर्देशन नै दिनुहुन्छ भने त म उनको अंक घटाएर सयमा सय नै बनाइदिउँला, तर यसले सत्येन्द्रको प्रतिभा कम हुँदैन ।
जब प्रश्न नै गल्ती थियो
स्कुल शिक्षा पूरा गरेपछि सत्येन्द्र कलकत्ताको प्रेसिडेन्सी कलेजमा भर्ना भए । त्यस समयमा उक्त कलेजमा प्रसिद्ध वैज्ञानिक जगदिशचन्द्र बोस तथा प्रफुल्ल चन्द्र राय जस्ता शिक्षकहरुले पढाउँथे । मेघनाथ साहा र प्रसान्त चन्द्र महालनेभिस सत्येन्द्रका सहपाठी थिए । कक्षामा सत्येन्द्र प्रथम र साहा दोश्रो हुन्थे, सधै ।
जब उनीहरु एमएससीमा अध्ययनरत थिए त्यसबेला परीक्षामा गणितको प्रश्नपत्रमा सोधिएको एउटा प्रश्न कुनैपनि विद्यार्थीले हल गरेनन् । यस्तो देखेर कलेजका कुलपति अर्थात् गणितका महाविद्वान प्राध्यापक आशुतोषले असन्तुष प्रकट गर्दै सबै विद्यार्थी र शिक्षकलाई भेला पारेर थर्काए । ‘तिमीहरु के पढाउँछौँ अनि विद्यार्थीहरु के पढ्छौ ? मैले बुझ्न सक्दिन । यो पटक मैले गणितको प्रश्नपत्रमा एउटा प्रश्न दिएको थिएँ जसलाई कसैले पनि हल गरेनन् । निकै लाजलाग्दो विषय हो यो ।’
आशुतोषको कुरालाई बिचमै काट्ने हिम्मत कसको हुने ? सबैले मुन्टो निहुराए । तर सत्येन्द्र भने बोलिहाले – सर जब प्रश्न नै गलत हुन्छ भने त्यसलाई कसरी हल गर्ने ?
सत्येन्द्रले प्रश्न नै गलत भएको बताएपछि त्यहाँ सन्नाटा छायो । आशुतोषले तत्कालै सोधे- प्रश्न गलत थियो भनेर कसरी तिमीले भन्न सक्छौ ? सत्येन्द्रले प्राध्यापक आशुतोषकै सामुन्ने प्रश्नलाई गलत सावित गरेर देखाइदिए ।
त्यसपछि आशुतोषले उनलाई धाप मारेर तारिफ गर्न थाले । उनको प्रतिभाको कदर गर्दै स्नातकोत्तर उत्तीर्ण गरेसँगै आशुतोषले सत्येन्द्रलाई कलकत्ता विश्वविद्यालयको प्राध्यापकमा नियुक्त गरे ।
साभार : अनलाइनखवर डट कम

प्रहरी र नागरिकविचको सम्वन्ध सियो जस्तै: डिआईजि अधिकारी (फोटो फिचर सहित)

सल्यान जेठ १८ । मध्यपश्चिम प्रहरी प्रमुख डिआइजी केशव प्रसाद अधिकारीले प्रहरी र नागरिक विचको सम्वन्ध सियोको जस्तै हुनुपर्ने बताउनुभएको छ । 
उद्घाटन मन्तव्य व्यक्त गर्दै डिआइजि केशव प्रसाद अधिकारी
हिरासत अनुगमनका क्रममा सल्यानका प्रजिअ कृष्ण प्रसाद आचार्य
इलाका प्रहरी कार्यालय शितलपाटी सल्यानको नवनिर्मित भवनको उद्घाटन गर्दै डिआइजी अधिकारीले भन्नुभयो जसरी सियोले दुई वटा कपडालाइ जोड्ने काम गर्छ त्यसरी नै प्रहरी र नागरिक विचको सम्वन्ध समाजलाइ एकजुट बनाउनका लागी जोडिनुपर्छ ।
            सियो बन्नुको सट्टा नागरिक र प्रहरी विचको सम्वन्ध कैँचीको जस्तो भएमा नागरिकहरुको मानवअधिकारको प्रत्याभुति गर्न कठिनाइ हुनजाने बताउनुभयो ।
कार्यक्रमका सहभागिहरु
अहिलेको विश्वव्यापिकरणको युगमा नागरिकको  शान्तिसुरक्षाको लागी थप चुनौतिपुर्ण देखिएकाले प्रहरीले चनाखो भएर काम गनुएपर्ने अधिकारीले बताउनुभयो । प्रहरी भित्रका कमिकमजोरी पहिल्याएर प्रहरीलाइ सहि मार्गमा हिडाउन नागरिकको भुमिका महत्वपुर्ण हुने भन्दै अधिकारीले भन्नुभयो प्रहरी भित्र पनि केहि विवेक गुमाएका कर्मचारी छन् तिनिहरुलाई सहि मार्गमा हिडाउनका लागी तपाइहरुले सहयोग गर्नुहोस । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आर्चायले जिल्लामा प्रहरीले न्युन श्रोत साधनका विच पनि उल्लेख्य काम गरिरहेको बताउनुभयो । 
नवनिर्मित इप्रका शितलपाटी भवन
आर्चायले भन्नुभयो शान्तिसुरक्षाको लागी सवै गाविसबाट प्रहरी चौकीको अत्याधिक माग छ तर पनि थोरै जनशक्तिका वावजुत अस्थाइ र स्थाइ गरि २९ स्थानमा रहेका प्रहरी चौकीबाट प्रहरीले जिल्लामा शान्तिसुरक्षा स्थापना गर्ने काम गरिरहेको छ । शान्ति तथा पुर्ननिर्माण मन्त्रालय अन्र्तरगतको शान्ति कोषको १ करोड १५ लाखको लागतमा तिन वर्ष लगाएर सो प्रहरी कार्यालयको निर्माण गरिएको हो । २०५८ सालमा तत्कालिन नेकपा माओवादीको आक्रमणबाट प्रहरी चौकीमा कार्यरत ३८ प्रहरीले ज्यान गुमाएका थिए भने प्रहरी चौकी पुर्ण रुपमा ध्वस्त भएको थियो । 
 कार्यक्रममा वल बहादुर गिरी, दिपक भडेल, डिल्ली केसी, क्षेत्र बहादुर विक लगायतलाई सम्मान गरिएका थियो । कार्यक्रममा जिल्ला प्रहरी प्रमुख डिएसपी भोला रावलले जिल्लाको अवस्थाबारे जानकारी गराउनुभएको थियो । 





 तस्वीर सहयोग : सन्तोष विश्वकर्मा

Monday, May 25, 2015

सल्यानको माटोमा अत्याधिक अम्लीयपना

नयाँपत्रिका
सल्यान जेठ १० । सल्यान जिल्लाको माटोमा अत्याधिक अम्लीयपना देखिएको छ । क्षेत्रिय माटो परिक्षण प्रयोगशाला खजुरा वाँके र जिल्ला कृषि विकास कार्यालय सल्यानले थारमारेमा गरेको माटो परिक्षण शिविरमा यस्तो तथ्य देखिएको हो ।
 जिल्लाका १ सय २५ कृषकहरुको माटो परिक्षण गरिएकोमा १ सय २२ कृषकको माटोमा अत्याधिक अम्लीयपना देखिएको थियो । साधारण तया अमिलो स्वाद हुने र पानीमा घोल्दा एच प्लस आयोन दिने पदार्थ नै अम्ल हो ।
रासायनिक मलको प्रयोग र नकुहिएको कम्पोष्ट मलको प्रयोगका कारण यस्तो समस्या देखिन्छ, माटो परिक्षण प्रयोगशाला खजुरा वाँकेका प्रमुख वरिष्ठ माटो विज्ञ टंक बहादुर कार्किले भने यसको निराकरणका लागी कृषकहरुले सिफारिसका आधारमा कृषि चुनको प्रयोग गर्नुपर्छ । अम्ल भएको माटोको रासायनिक प्रतिक्रिया ७ पिएच भन्दा कम हुन्छ र साढे ६ भन्दा कम पिएच भएको माटोको उपचार गर्नुपर्ने हुन्छ । सल्यानको माटोको पिएच मान ३.७ सम्म देखिएको कार्किले बताए ।    साथै यस क्षेत्रको माटोमा फस्फोरस र पोटासको मात्रा सन्तोषजनक देखिएको भएपनि नाइट्रोजनको मात्रा कम रहेको समेत उनले बताए ।
 अत्याधिक अम्लीयपना भएको माटोमा चिया खेति वाहेक अन्य खेति फस्टाउन सक्दैन कार्किले भने सल्यान जिल्लाको माटोमा अम्लीयपना घटाउनका लागी अभियान नै चलाउनुपर्ने देखिन्छ । जिल्ला कृषि विकास कार्यालय सल्यानका वरिष्ठ कृषि विकास अधिकृत टेक प्रसाद लुइटेलले जिल्लाको माटोलाई सुधार्नका लागी कृषि चुनको प्रयोगलाइ अभियानकै रुपमा अघि बढाइने बताए । हामीहरु नियमित कार्यक्रम र अन्य तरिकाबाट पनि किसानहरुको कृषि चुनामा सहज पहुँच पु¥याउनका लागी काम गर्नेछौँ, लुइटेलले भने जिल्लाको माटोमा कृषि चुनाको प्रयोग पछि सुधार भएको छ छैन भनेर जिल्लाभरी फेरी पनि शिविर चलाउने छौँ ।
साथै सोहि अवसरमा वालि संरक्षण प्रयोगशाला खजुरा वाँके र जिल्ला कृषि विकास कार्यालय सल्याको संयुक्त आयोजनामा वालि उपचार शिविर समेत चलाइएको थियो । शिविरमा ५० जना भन्दा बढि कृषकहरुले वालि उपचार शिविरबाट सेवा लिएका थिए । सो क्रममा वालि संरक्षण प्रयोगशाला खजुराका वरिष्ठ वालि संरक्षण अधिकृत पर्शुराम रावतले जिल्लामा बढि मात्रामा वालिमा रोगकिराको समस्या देखिएको बताए । किसानहरुले काटाछाँट र बगैचा व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने समेत उनले बताए । रोगकिराको नियन्त्रणका लागी वातावरण मैत्रि विषादिको सिफारिस गरिएको पनि रावतले बताए ।

Monday, May 18, 2015

गजल


पूर्वमन्त्रीको २२ वर्षपछि काजकिरिया

नयाँ पत्रिका
सल्यान, ४ जेठ
जिल्लाबाट पहिलोपटक मन्त्री बनेका नेवबहादुर मल्लको २२ वर्षपछि काजकिरिया गरिएको छ । उनी २०५० सालमा बेपत्ता भएका थिए ।
मल्ल ०१५ सालमा बिपी कोइरालाको नेतृत्वमा बनेको सरकारमा वन राज्यमन्त्री भएका थिए । उनका छोरा तथा सल्यान बहुमुखी क्याम्पसका प्रमुख ध्रुवबहादुर मल्लले काठमाडौंको सिफलमा काजकिरिया गरिरहेका छन् ।
बेपत्ता भएलगत्तै पूर्ववनराज्यमन्त्री मल्लको परिवारले उनलाई नेपाल र भारतका विभिन्न ठाउँमा खोजी गरेको थियो । तर, उनी फेला नपरेको परिवारले जनाएको छ । ‘हामीले सकेजति सबै ठाउँमा खोजी गरेका थियौँ,’ किरियाको सातौँ दिन आइतबार छोरा धु्रवबहादुर मल्लले भने, ‘बुबा फेला नपरेपछि अहिले २२ वर्षपछि माइली आमासँगै दुवैजनाको किरिया सुरु गरेका छौँ ।’
हिन्दू संस्कारअनुसार सामान्यतया मानिस फेला नपरेको १२ वर्षपछि काजकिरिया गर्ने चलन छ । तर, माइली पत्नी मिना मल्लले आफू मरेपछि मात्रै पतिको काजकिरिया गर्न भनेकाले सोहीअनुसार गरेको उनले बताए । उनकी माइली पत्नीको २८ वैशाखमा मृत्यु भएको थियो ।
१९७७ सालमा सल्यानमा जन्मिएका मल्ल ३८ वर्षको उमेरमा बिपी नेतृत्वको सरकारमा राज्यमन्त्री भएका थिए । मल्ल ७९ वर्षको उमेरमा बेपत्ता भएका थिए । थप जानकारीका लागी यहाँ क्लीक गर्नुहाेस ।