सल्यान जेठ १८ । मध्यपश्चिम प्रहरी प्रमुख डिआइजी केशव प्रसाद अधिकारीले प्रहरी र नागरिक विचको सम्वन्ध सियोको जस्तै हुनुपर्ने बताउनुभएको छ ।
उद्घाटन मन्तव्य व्यक्त गर्दै डिआइजि केशव प्रसाद अधिकारी |
हिरासत अनुगमनका क्रममा सल्यानका प्रजिअ कृष्ण प्रसाद आचार्य |
इलाका प्रहरी कार्यालय शितलपाटी सल्यानको नवनिर्मित भवनको उद्घाटन गर्दै डिआइजी अधिकारीले भन्नुभयो जसरी सियोले दुई वटा कपडालाइ जोड्ने काम गर्छ त्यसरी नै प्रहरी र नागरिक विचको सम्वन्ध समाजलाइ एकजुट बनाउनका लागी जोडिनुपर्छ ।
सियो बन्नुको सट्टा नागरिक र प्रहरी विचको सम्वन्ध कैँचीको जस्तो भएमा नागरिकहरुको मानवअधिकारको प्रत्याभुति गर्न कठिनाइ हुनजाने बताउनुभयो ।
कार्यक्रमका सहभागिहरु |
अहिलेको विश्वव्यापिकरणको युगमा नागरिकको शान्तिसुरक्षाको लागी थप चुनौतिपुर्ण देखिएकाले प्रहरीले चनाखो भएर काम गनुएपर्ने अधिकारीले बताउनुभयो । प्रहरी भित्रका कमिकमजोरी पहिल्याएर प्रहरीलाइ सहि मार्गमा हिडाउन नागरिकको भुमिका महत्वपुर्ण हुने भन्दै अधिकारीले भन्नुभयो प्रहरी भित्र पनि केहि विवेक गुमाएका कर्मचारी छन् तिनिहरुलाई सहि मार्गमा हिडाउनका लागी तपाइहरुले सहयोग गर्नुहोस । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आर्चायले जिल्लामा प्रहरीले न्युन श्रोत साधनका विच पनि उल्लेख्य काम गरिरहेको बताउनुभयो ।
नवनिर्मित इप्रका शितलपाटी भवन |
आर्चायले भन्नुभयो शान्तिसुरक्षाको लागी सवै गाविसबाट प्रहरी चौकीको अत्याधिक माग छ तर पनि थोरै जनशक्तिका वावजुत अस्थाइ र स्थाइ गरि २९ स्थानमा रहेका प्रहरी चौकीबाट प्रहरीले जिल्लामा शान्तिसुरक्षा स्थापना गर्ने काम गरिरहेको छ । शान्ति तथा पुर्ननिर्माण मन्त्रालय अन्र्तरगतको शान्ति कोषको १ करोड १५ लाखको लागतमा तिन वर्ष लगाएर सो प्रहरी कार्यालयको निर्माण गरिएको हो । २०५८ सालमा तत्कालिन नेकपा माओवादीको आक्रमणबाट प्रहरी चौकीमा कार्यरत ३८ प्रहरीले ज्यान गुमाएका थिए भने प्रहरी चौकी पुर्ण रुपमा ध्वस्त भएको थियो ।
कार्यक्रममा वल बहादुर गिरी, दिपक भडेल, डिल्ली केसी, क्षेत्र बहादुर विक लगायतलाई सम्मान गरिएका थियो । कार्यक्रममा जिल्ला प्रहरी प्रमुख डिएसपी भोला रावलले जिल्लाको अवस्थाबारे जानकारी गराउनुभएको थियो ।
तस्वीर सहयोग : सन्तोष विश्वकर्मा
No comments:
Post a Comment