पुरुषाेत्तम गिरीकाे नितान्त व्यक्तिगत व्लग (जिवनका तितामिठा क्षण भाेगाइ तथा स्मरणहरु तथा जिवनउपयाेगी समाचार, विचार, जिल्लाका समाचार अटाउने व्लग)
Friday, September 9, 2016
Sunday, January 10, 2016
आहा ! सल्यान सुन्तला खाने हो ? (फोटो फिचर)
पुरुषोत्तम गिरी
सल्यान पुस २६ । सल्यानको कोटमौला सुन्तला खेतीको लागी प्रख्यात ठाँउ हो । यहाँका साढे ३ सय किसानहरुले प्रति किसान वार्षिक १० लाख देखि ३० लाख सम्म सुन्तला वेचेर आम्दानी आम्दानी गर्ने गरेका छन् । अहिले यो ठाउँ कुनै नाम चलेको पर्यटकिय स्थल भन्दा कम छैन । यहाँका कृषकहरुले सुन्तलालाई निबुवामा कलमी गरेर नयाँ जातको सुन्तलाको समेत खेति गरीरहेका छन् । हेरौँ सल्यानको कोटमौलाका सुन्तलाका केहि तस्वीरहरु
तस्वीर: पुरुषोत्तम गिरी
सल्यान पुस २६ । सल्यानको कोटमौला सुन्तला खेतीको लागी प्रख्यात ठाँउ हो । यहाँका साढे ३ सय किसानहरुले प्रति किसान वार्षिक १० लाख देखि ३० लाख सम्म सुन्तला वेचेर आम्दानी आम्दानी गर्ने गरेका छन् । अहिले यो ठाउँ कुनै नाम चलेको पर्यटकिय स्थल भन्दा कम छैन । यहाँका कृषकहरुले सुन्तलालाई निबुवामा कलमी गरेर नयाँ जातको सुन्तलाको समेत खेति गरीरहेका छन् । हेरौँ सल्यानको कोटमौलाका सुन्तलाका केहि तस्वीरहरु
तस्वीर: पुरुषोत्तम गिरी
Tuesday, January 5, 2016
वैदेशिक रोजगारीमा ४० लाख युवा
फोटो :अन्नपूर्ण ग्राफिक्स
महिला ३.४५ प्रतिशत मात्र
काठमाडौं: वैदेशिक रोजगारीमा सरकारी अनुमति लिएर जाने कामदारको संख्या ४० लाख पुगेको छ। सरकारले पछिल्लो समय विदेसिने युवाको संख्या घटाउने नीति ल्याए पनि व्यवहारमा लागू हुन सकेको छैन।
साउनमामात्रै ३८ हजार ८१ जना युवा विदेसिएका छन्। श्रम तथा रोजगार मन्त्रालयले खाडी मुलुक र मलेसियामा निःशुल्क टिकट र भिसा प्राप्त भएका कामदारलाई मात्र जान दिने निर्णय गरेको छ। यो निर्णयसँगै विदेसिने कामदारको संख्या ह्वात्तै घट्न सक्ने अनुमान गरिएको थियो। तर साउनको तथ्यांकले संख्या खासै नघटेको देखाएको छ।
श्रम तथा रोजगार मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार गएको साउन महिनासम्ममा सरकारी अनुमति लिएर वैदेशिक रोजगारीमा जाने कामदार ३९ लाख ९८ हजार २४ जना पुगेका छन्। यसबाहेक अवैध तरिकाले भारतीय मार्ग हुँदै जानेको संख्या पनि २० लाख हाराहारीमा भएको अनुमान छ।
आन्तरिक बजारमा रोजगारीको पर्याप्त अवसर नहुँदा युवा जनशक्ति विदेश पलायन हुन बाध्य भएको हो।विदेसिनेको कुल संख्या बढे पनि देश तथा क्षेत्रगत आधारमा भने विविधता हुन सकेको छैन।
वैदेशिक रोजगारीमा जानेमध्ये दुई तिहाइभन्दा बढीको गन्तव्य खाडी मुलुक र मलेसिया हुने गरेको छ। देशगत आधारमा हेर्दा मलेसियामा जानेको संख्या सबैभन्दा बढी छ । आकर्षक कमाइ हुने पश्चिमा तथा अन्य मुलुकमा कामदार पठाउन सरकारले पहल गरेको छैन।
परम्परागत गन्तव्यमा मात्र सीमित हुँदा जाने संख्या बढे अनुपातमा नेपाली कामदारको सीप र कमाइमा भने गुणात्मक वृद्धि हुन सकेको छैन। अहिलेसम्म वैदेशिक रोजगारीमा जानेमा ९० प्रतिशतभन्दा अदक्ष र अर्धदक्षमात्र छन्। अदक्ष कामदारको बाहुल्य रहेकाले कमाई थोरै र काम जोखिमयुक्त भएको हो।
वैदेशिक रोजगारीमा जानेमा लैंगिक आधारमा ठूलो अन्तर देखिएको छ। सरकारको आधिकारिक तथ्यांक अनुसार अहिलेसम्म वैदेशिक रोजगारीमा जानेमा महिलाको संख्या जम्मा एक लाख ३७ हजार सात सय ५२ जना मात्र छ।
पुरुषको संख्या ३८ लाख ६० हजार दुई सय ७२ पुगेको छ। प्रतिशतका आधारमा हिसाब गर्दा औपचारिकरूपमा वैदेशिक रोजगारीमा जानेमध्ये पुरुष ९६.५५ प्रतिशत र महिला ३.४५ प्रतिशत छन्।
अधिकांश परिवारमा पुरुष कमाउन बाहिर जाने र महिलाले घरको काम गर्ने प्रवृत्ति रहेकाले महिलाको तुलनामा पुरुषको संख्या अत्यधिक धेरै भएको हो।
देशगत आधारमा अध्ययन गर्दा मलेसियामा सबैभन्दा धेरै नेपाली कामदार गएका छन्।
हालसम्म १० लाख ५३ हजार ९७ जना नेपाली काम गर्न मलेसिया पुगेका छन्। मिल्दोजुल्दो हावापानी, तुलनात्मक रूपमा खुला समाज भएकाले त्यहाँ जान चाहनेको संख्या धेरै भएको हो। यसबाहेक मलेसियाले सन् २०१८ भित्र आफूलाई विकासोन्मुख मुलुकबाट विकसित मुलुकमा पुर्याउने योजना बनाएको छ ।
यसका लागि पूर्वाधार, पर्यटनलगायतका क्षेत्रमा अत्याधिक लगानी बढाएकाले विदेशी कामदारको माग बढ्दो छ। सजिलै जान सकिने भएकाले नेपालका म्यानपावर कम्पनीले त्यहाँ कामदार पठाउन प्राथमिकता दिएका हुन्।
नेपाली कामदारको रोजाइको दोस्रो मुलुक कतार परेको छ। कतारमा आठ लाख ४२ हजार ६ सय ३७ जना नेपाली काम गर्न पुगेका छन्।
कतारपछि तेस्रो स्थानमा साउदी अरब परेको छ। साउदीमा अहिलेसम्म ६ लाख २७ हजार पाँच सय १० जना नेपालीले काम गरिरहेको वैदेशिक रोजगार विभागले जानकारी दिएको छ।
मात्र १ सय ९९ बलमा ६ सय ५२ रन
एक्लैले ९ सय रन बनाउँदै १५ वर्षीय प्रनभले तोडे विश्व रेकर्ड
पुस २१
मुम्बाई – मुम्बाईका १५ वर्षीय किशोर प्रनभ धनावडेले एक्लेलैले ९ सय रन बनाउँदै विश्व रेकर्ड तोडेका छन् । सोमबार मुम्बाई क्रिकेट एसोसियनद्वारा आयोजित एचटी भण्डारी कप अन्तर विद्यालय प्रतियोगिताविरुद्ध ६ सय ५२ रन बनाउँदै विश्व रेकर्ड बनाएका प्रनभले मंगलबार आफ्नो व्यक्तिगत स्कोर ९ सय रन पुर्याएका हुन् ।
एसएमटी केसी गान्धी स्कूलका लागि ओपनिङ गर्दै प्रनभले मात्र १ सय ९९ बलमा ६ सय ५२ रन बनाए । जसमा उनले ७८ चौका र ३० छक्का हाने । यो क्रिकेटको कुनै पनि क्रिकेट खेलमा बनाइएको उच्च व्यक्तिगत स्कोर हो । यसअघि एइजे कोलिन्सले सन् १९८८ मा बेलायतमा क्लार्क हाउका लागि ६ सय २८ रन बनाएका थिए ।
एसएमटी केसी गान्धी स्कूलका लागि ओपनिङ गर्दै प्रनभले मात्र १ सय ९९ बलमा ६ सय ५२ रन बनाए । जसमा उनले ७८ चौका र ३० छक्का हाने । यो क्रिकेटको कुनै पनि क्रिकेट खेलमा बनाइएको उच्च व्यक्तिगत स्कोर हो । यसअघि एइजे कोलिन्सले सन् १९८८ मा बेलायतमा क्लार्क हाउका लागि ६ सय २८ रन बनाएका थिए ।
Spare a thought for the handworking scorers! Pranav Dhanawade 921* at LUNCH
— Mohandas Menon (@mohanstatsman) January 5, 2016
प्रनभको टोलीले पछिल्लो अपडेट अनुसार दुई विकेटको क्षतिमा १२ सय ४१ रन बनाएको छ । यो पनि अर्को विश्व रेकर्ड हो । यसअघि न्युसाउथ वेल्स विरुद्ध भिक्टोरियाले सन् १९२६ मा ११ सय ७ रन बनाएको थियो ।
UPDATE! Pranav Dhanawade now batting on 860*. His side KC Gandhi HS has reached 1241/2 BOTH WORLD RECORD SCORES! 🙏👍✌👌
— Mohandas Menon (@mohanstatsman) January 5, 2016
१५ वर्षीय प्रनभ अटो रिक्सा ड्राक्भरका छोरा हुन् । ‘म मेरो छोरालाई महान क्रिकेटर बनेको देख्न चाहन्छ,’ प्रनभका पिता प्रशान्तले द इन्डियन एक्सप्रेससँग कुरा गर्दै भने ।
यसअघि मुम्बाई कै पृथ्वी शले सन् २०१३–१४ मा ५ सय ४६ रन बनाएका थिए ।
यसअघि मुम्बाई कै पृथ्वी शले सन् २०१३–१४ मा ५ सय ४६ रन बनाएका थिए ।
एमालेको बागचौर नगरपालिकामा प्रेम
सल्यान २० पुस । नेकपा एमाले सल्यानस्थित बागचौर नगरपालिकाको पहिलो नगर अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले प्रेम डाँगीको अध्यक्षतामा निर्विरोध नगर कमिटी गठन गरेको छ । एमाले पोलिटव्युरो सदस्य प्रकाश ज्वालाको प्रमुख आथित्यमा सम्पन्न अधिवेशनमा उपाध्याष् बलवहादुर भण्डारी,सचिव नजराज शर्मा र उपसचिव गाविन्द डाँगी चयन भएका छन् । अधिवेशनमा बैकल्पिक केन्द्रीय सदस्य गुलावजंग शाह,सल्यान जिल्ला कमिटीका अध्यक्ष हरि के.सी, नेता उदय वोहरा. लोकवहादुर डाँगीको पनि उपस्थित रहेको थियो
अधिवेशनले प्रेम डाँगीको अध्यक्षतामा निर्विरोध नगर कमिटी गठन गरेको छ । एमाले पोलिटव्युरो सदस्य प्रकाश ज्वालाको प्रमुख आथित्यमा सम्पन्न अधिवेशनमा उपाध्याष् बलवहादुर भण्डारी,सचिव नजराज शर्मा र उपसचिव गाविन्द डाँगी चयन भएका छन् । अधिवेशनमा बैकल्पिक केन्द्रीय सदस्य गुलावजंग शाह,सल्यान जिल्ला कमिटीका अध्यक्ष हरि के.सी, नेता उदय वोहरा. लोकवहादुर डाँगीको पनि उपस्थित रहेको थियो
विश्वको सय प्रभावशाली कोचमा नेपालका नरबहादुर कार्की
print
विश्वको सय प्रभावशाली कोचहरुमा नेपालका नरबहादुर कार्की पनि छानिएका छन्। समाज परिवर्तनका अभियन्ता कार्कीको नाम वल्ड एच आर अमेरिकी कंग्रेसले छानेको हो। उनले हालसम्म नेपालका ६५ जिल्लाका २ लाख भन्दा बढी मानिसहरुलाई जीवन कसरी जिउने भन्ने विषयमा प्रशिक्षण दिएका छन्।
त्यही प्रशिक्षणका आधारमा वल्ड एच आर अमेरिकी कंग्रेसले उनलाई 'लाइफ कोच'का रुपमा छनोट गरेको हो । जिन्दगीमा स्वतन्त्रता, शक्ति र उमंग थप्ने अभियानका उनी एक्लो अभियन्ता समेत हुन् । जाजरकोटको कार्की गाँउमा जन्मिएका उनले युएनडिपी, डब्लुएचओ लगायतका विभिन्न संघ संस्थामा काम गरिसकेका छन्। उनले जिन्दगीका बारेमा केही वर्ष अघि अमेरिकाबाट तालिम लिएर आएका थिए ।
के सिकाउँछन् उनी ?
३ वटा विषय उनी सबैलाई सिकाउन चाहन्छन्। अनावश्यक पीडा लिएर किन बाँच्ने, यसका विकल्पहरु छन्, जीवनको ढाँचा बदल्न सकिन्छ र जीवनका कथाहरु पुर्नलेखन गर्न सकिन्छ भन्छन उनी। यसका साथै उनले जीन्दगीलाई कसरी स्वतन्त्रता बनाउने र शक्ति र उमंग थप्ने त्यस विषयमा तालिम दिन्छन्।
नेपाली मानसिकतामा २ वटा कुरा परिवर्तन गर्नुपर्ने उनले बताए। पहिलो जिम्मेवारी र दोस्रो इमान्दारिता । नेपालीले आफ्नो जिम्मेवारी के हो भनेर बिर्सिएको र इमान्दारीता गुमाएको उनले बताए। उनलाई धेरैले जीवन रुपान्तरणका निर्माता समेतको संज्ञा दिएका छन्।
द्धन्द्धग्रस्त अफगानिस्तानमा तालिम दिन जाँदै
विश्वको सय प्रभावशाली कोचमा परेपछि उनी अफगानिस्तान जाँदै छन् । उनी छिट्टै त्यहाँ पुगेर द्धन्द्धग्रस्त क्षेत्रका निराशामा बसिरहेका मानिसहरुलाई जिन्दगीका बारेमा तालिम दिनेछन्।
अफगानिस्तान जस्तो मुलुकमा पुगेर त्यहाँ जीवनका बारेमा तालिम दिने अवसर पाउँदा निकै खुसी लागेको उनले बताए। 'त्यहाँका मानिसहरुले अनावश्वक पीडामा जीन्दगी जिइरहेका छन्' उनले भने 'जिन्दगी जिउँने विकल्प अरु पनि छन् त्यस विषयमा उनीहरुलाई म प्रशिक्षण दिन्छु ।'
पूर्ण खोप अभियानका पनि अभियन्ता
उनी पूर्ण खोप अभियानका अभियन्ता पनि हुन् । उनकै पहलमा सरकारले सन् २०१२ मा अछामको भागेश्वर गाविसबाट पूर्ण खोप अभियानको सुरुवात गरेको थियो । उनका अनुसार अहिले १२ सय ५० गाविस पूर्ण खोप गाविस घोषणा भएका छन ।
५४ जिल्लामा खोप अभियान जारी भएपनि अहिले ७५ जटै जिल्लामा यो अभियान चलिरहेको छ। विभिन्न क्षेत्रमा काम गरेको अनुभव सुनाउँदै कार्कीले सरकारले समयमा नै ग्रामिण भेगका बालबालिकासमक्ष खोप पुर्याउन नसकेकाे बताए ।
वर्थिङ सेन्टर स्थापना उनकै पहलमा
उनकै पहलमा नेपालमा वर्थिङ सेन्टरको सुभारम्भ भएको हो। ग्रामिण भेगमा मानिसहरु घर, गोठ खेतमा सुत्केरी हुने गरेपनि उनले वर्थिङ सेन्टरको स्थापना गर्नुपर्ने अवधारणा सरकारसँग पेश गरेका थिए । सरकारले उनको प्रस्ताव स्वीकारेपछि पछिल्लो समय वर्थिङ सेन्टरमा सुत्केरी हुन आउने हरुको संख्या बढेको र मातृमृत्यु दर पनि घटेको उनले सुनाए।
हाल नेपालमा १८ वटा वर्थिङ सेन्टर संचालनमा आएका छन् । सुरुमा नवलपरासीबाट सुरु भएको वर्थिङ सेन्टर पछि हुम्ला, रामेछाप, ओखलढुंगापछि अन्य जिल्लामा संचालनमा ल्याइएको थियो ।
Monday, January 4, 2016
अनौठा कारणले चीनमा प्रतिबन्धित ५ चीज
चीन विश्वको यस्तो देशमा पर्छ जहाँको केही न केही नयाँ जानकारी मानिसहरु थाह पाउन उत्सुक बन्छन्। त्यहाँको सस्कृती होस् या खानापिना संग जोडिएको प्रसङग। तर आज चर्चा हुँदैछ चीनमा प्रतिबन्धित यस्ता चीज जुन सायदै तपाइलाई पहिला थाहा थिएन।
अवतार (हलिउड फिल्म)
सन् २०१० मा रिलिज भएको फिल्म अवतारले विश्वमै सबैभन्दा अधिक कमाइको रेकर्ड बनाएको थियो। चीनमा पनि यो प्रदर्शन हुदै थियो। २ हप्ता पछि यसलाई अचानक प्रतिबन्ध लगाइयो, अनि चीनमा अवतारले रेकर्ड कायम गर्न पाएन। वास्तवमा यो हलिउड फिल्मले चीनमा त्यहाँका फिल्म भन्दा बढी चर्चा र कमाइ गर्दैथियो। यो फिल्मको 2D भर्जनमात्र प्रतिबन्ध गरिएको थियो, 3Dमा भने फिल्म प्रतिबन्धित थिएन।
चमेली फूल
चीनमा चमेली फूल (ज्यासमिन) प्रतिबन्धित छ। यो फूलमात्र होइन, यससंग जोडिका हरेक चीज चीनमा प्रतिबन्धित छ। सन् २०११ मा ट्युनेशियामा भएको ‘ज्यासमिन रिभोलुसन’ पश्चात यो फूलसंग जोडिएको हरेज चीजमा प्रतिबन्ध लगाएको थियो। त्यहाँ यो फूलको बोट रोप्न पाइदैन। यो फूलको नाम लिएर कुनै गित गाउँदा पनि कारवाहीमा परिन्छ।
सेनासंग सम्बन्धित व्यक्तिलाई इन्टरनेट
चीनमा सेनासंग सम्बन्धित व्यक्तिले इन्टरनेट प्रयोग गर्न पाउदैनन्। सेनाबाट गुप्त जानकारी बाहिर आउने भएकाले यस्तो प्रतिबन्ध लगाइएको हो।
जुवा
धेरै देशमा जुवा खेल्ने छुट्टै ठाउँको व्यवस्था गरिएको छ। सिमित ठाउँमा मात्र खेल्न दिइने जुवा चीनमा भने देशैभर प्रतिबन्ध छ। सन् १९४९ मा लगाइएको यो प्रतिबन्ध अहिलेसम्म कायम छ। चीनमा क्यासीनो पनि खोल्न पाइदैन। जसलाई यस्तो खेलमा रुची छ, चीनियाँ सरकारले चलाउने लोट्रीको कार्यक्रममा भाग लिन गर्छन्।
एलाइस इन वन्डरल्याण्ड
यो कथा लेविस क्यारलले लेखेका थिए, जुनको किताब पनि प्रकाशित भइसकेको छ। साथै यसको टिभी सिरियल पनि बनेको थियो। तर सन् १९३१ देखि यो चीनमा प्रतिबन्ध छ। चीन सरकारलाई जनावर मानिस जस्तै कुराकानी गर्ने कथा मन नपरेको बताइन्छ। चीन सरकारको मान्यता छ कि यसरी जनावार र मानिससंगै कुराकानी गरेको देखाउनु जनावरलाई पनि मानिसकै बराबर दर्जा दिएको जस्तो हुन्छ।
यो पनि पढ्नुस्।
आफैमा महादेश अष्ट्रेलियाको २२ रोचक तथ्य
हिन्द महासागरले घेरिएको देश अष्ट्रेलिया आफैमा आफैमा एक महादेश हो। ७६ लाख ९२ हजार २४ वर्ग किलोमिटर क्षेत्रफल रहेको अष्ट्रेलियाको राजधानी क्यानबेरा हो भने सबैभन्दा ठुलो सहर सिड्नी हो। अष्ट्रेलिया विश्कै १२ औं धनी देशमा पर्दछ। सन् २०१४ को तथ्यांक अनुसार प्रति व्यक्ति आयमा यो विश्वको पाँचौं देशमा आउँछ। सेना र सुरक्षामा अष्ट्रेलियाले गर्ने खर्च हेर्ने हो भने यो विश्वको १३ औं देशमा पर्छ। अब पढ्नुस् अष्ट्रेलियाको बारेमा २२ रोचक जानकारी।
- ८५ प्रतिशत भन्दा बढी नागरिक समुन्द्री किनाराको ५० किलोमिटर दुरी भित्र बस्दछन्।
- सन् १८८० मा मेलवर्न विश्वकै सबैभन्दा धनी शहर थियो।
- जिना रिनेहार्ट, अष्ट्रेलियाकी सबैभन्दा धनी महिलाको प्रत्येक आधा घण्टा कमाइ १ मिलियन डलर रहेको छ। अर्थात प्रति सेकेन्ड ५९८ डलर।
- महिलालाई भोटको अधिकार दिने अष्ट्रेलिया विश्वको दोस्रो देश हो। महिलालाइ भोटको अधिकार दिने सुरुवाती देश न्युजील्याण्ड हो।
- अष्ट्रेलियान निकै कम जनघनत्व भएको देश हो। ब्रिटेनको प्रति वर्ग किलोमिटरको जनघनत्व २४८.२५ रहेको छ भने अष्ट्रेलियाको २.६६।
- अष्ट्रेलियाको पहिलो प्रहरी फोर्स राम्रो व्यवहार गर्ने कैदीहरु मिलाएर बनाइएको थियो।
- अष्ट्रेलिया विश्वकै उच्च विद्युत मुल्य भएको देश हो।
- साउदी अरबले अष्ट्रेलियाबाट उँट किन्ने गर्छ। मुख्यत: मासुको लागि।
- संयुक्त राष्ट्रसंघको स्थापक देश मध्ये अष्ट्रेलिया पनि एक हो।
- मेलवर्न विश्वकै सबैभन्दा बढी खेलप्रेमी सहर हो। अन्य ठाउँको तुलनामा विश्वकै चर्चित खेलहरु मेलवर्नमा सजिलै खेल्न सकिन्छ।
- अष्ट्रेलियामा प्रत्येक दिन नयाँ समुन्द्री तट एक एक गर्दै जाँदा सबै समुन्द्री तट घुम्न २७ वर्ष लाग्नेछ।
- सन् १९०२ भन्दा पहिले समुन्द्री किनारामा पौडी खेल्नु गैरकानुनी मानिन्थ्यो।
- सन १९६७ मा अष्ट्रेलियाका प्रधानमन्त्री चेभोइट तटमा पौडी खेल्न गएका थिए, त्यपश्चात उनी कहिल्यै फेला परेनन।
- सन् १९८४ सम्म अष्ट्रेलियाको राष्ट्रियगान ‘गड सेभ द किङ/क्वीन’ थियो।
- कङ्गारु जन्मदाँ केवल १ सेन्टीमिटरको हुन्छ।
- अष्ट्रेलियन नागरीकले औसत वार्षिक ९६ लिटर वीयर पिउँछन।
- अष्ट्रेलियन विश्वको एक मात्र त्यस्तो महादेश हो जहाँ सक्रिय ज्वालामुखी छैन।
- विश्वकै सबैभन्दा बस्न लायक शहरमा मेलवर्नको आउँछ।
- एक अष्ट्रेलियन नागरिकले न्युजील्याण्डलाई इबेमा बेच्ने प्रयास गरेका थिए।
- सन् १९७९ मा नाशाको स्पेश स्टेशन ‘स्काइल्याव’बाट एक टुक्रा इस्परेन्समा खसेको थियो। सो बखत यो सहरले नाशालाई ४०० डलर फाइन तिराएको थियो।
- सन् १९७९ बाट अष्ट्रेलियामा माकुराले टोकेर कसैको पनि मृत्यु भएको छैन।
- मानिस आइपुग्नुपूर्व अष्ट्रेलिया तीन मिटर अग्ला कङ्गारु, सात मिटर अग्ला गोनाज, घोडा जत्रा हाँस र चितुवा जत्रा सिंहको घर थियो।
प्रकृतिको बारेमा रोचक तथ्य (फोटो फिचर)
तपाईँलाई थाहा थियो, बिरालोले आफ्नो जीवनको ६६ प्रतिशत समय सुतेरै बिताउँछ! अनि के तपाईँलाई थाहा थियो, बिरालोले आफ्नो पुच्छरको लम्बाई भन्दा ७ गुणा उचाइ उफ्रिन सक्छ! हो, यस्तै-यस्तै अनौठा अनि रोचक कुराहरू तपाईँ हाम्रै सामुन्ने भैरहेका हुन्छन्, तर हामीले त्यसलाई मतलब गर्दैनौँ। हामी सबै आ-आफ्नै जीवनमा व्यस्त छौँ।
तर, एकचोटी सबैकुरालाई थाती राखेर यी सामान्य कुराहरूलाई नियाल्नुभयो भने थाहा पाउनुहुन्छ कि यो प्रकृति कति सुन्दर र अमूल्य छ! जुन प्रकृतिले हामीलाई गाँस, बास र कपास प्रदान गरिरहेको छ, त्यही प्रकृतिलाई हामी सबै मिलेर लुटिरहेका छौँ, कुटिरहेका छौँ! त्यसैले त आज हामी ‘ग्लोबल वार्मिङ्ग’को त्रासमा बस्नुपरेको छ।
तर जे होस्, आज हामी तपाईँहरूलाई हाम्रै सुन्दर प्रकृतिमा भएका रोचक तथ्यहरूको बारेमा जानकारी दिन गैरहेका छौँ।
Subscribe to:
Posts (Atom)