Tuesday, January 3, 2012

हात्तिपाइले औषधि वितरणमा स्वयंसेवक परीचालन नगरीने

हात्तिपाइले औषधि वितरणमा स्वयंसेवक परीचालन नगरीने
पुरुषोत्तम गिरी
सल्यान पुस १९
हात्तिपाइले रोग निवारणका लागी यसवर्ष स्वयंसेवक परीचालन नगरीने भएको छ । गएको वर्ष स्वास्थ्य सम्वन्धि जानकारी नभएका स्वयंसेवक परीचालन गरी औषधि खुवाउदा प्रभावकारी नभएको भन्दै सरकारले यसवर्ष स्वास्थ्य सम्वन्धि जानकारी भएका महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य संस्थाका कर्मचारी तथा निजि क्षेत्रमा स्वास्थ्य सम्वन्धि काम गर्नेहरुलाई खटाइने भएको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालय सल्यानले आज पत्रकारहरुसँग गरेको अन्र्तरक्रियामा यस्तो जानकारी दिईएको हो । कार्यक्रममा बोल्दै वरिष्ठ जनस्वास्थ्य अधिकृत धिरजंग शाहले जिल्लामा अभियान सफल पार्नका लागी सहयोग गर्न आग्रह गरे । उनले भने–गएको वर्ष धेरै स्वास्थ्य सम्वन्धि जानकारी नभएकालाई पठाउदा दुरुपयोग भयो । धेरैले घरमै औषधी छोडेर आउदा औषधि नै खाएनन् । उनले थपे–त्यसैले यसपवर्ष यस्तो समस्या आउन नदिन स्वास्थ्यकर्मिनै परीचालन गरेका छौँ ।
सरकारले सन २०१५ सम्ममा नेपालबाट हात्तिपाइले रोग निवारण गरीसक्ने लक्ष्य अनुरुप गएको वर्षदेखि सल्यानमा हात्तिपाइले विरुद्ध औषधि खुवाउदै आएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानका कोषाध्यक्ष पुरुषोत्तम गिरीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै जनस्वास्थ्य अधिकृत विजयक्रान्ति शाक्यले यसवर्ष जिल्लामा दुई लाख ३८ हजार आठ सय ४५ जनालाई हातिपाईले रोग विरुद्धको औषधि खुवाउने लक्ष्य लिएको बताए । गएको वर्ष जिल्लामा ६९ जना हात्तिपाइलेका रागीहरु भेटिएको उहाँले जानकारी दिए ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय सल्यानका डाक्टर नेत्र राणा र डाक्टर विशाल श्रेष्ठले हात्तिपाइले रोगबारे जानकारी गराउदै अभियान सफल पार्नको लागी पत्रकाहरुलाई सकारात्मक भुमिका खेलिदिन आग्रह गरे । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ सल्यानका कोषाध्यक्ष पुरुषोत्तम गिरीले अभियान सफल बनाउने सवैको जिम्मेवारी भएको भन्दै गत वर्षको तुलनामा यसवर्ष चुनौती थपिएको बताए । उनले हात्तिपाइले रोग विरुद्धको औषधिबारे अहिले आएका नकारात्मक कुराहरुलाई चिर्नु मिडियाको पनि भुमिका रहेको बताए । कार्यक्रमा जिल्लामा क्रियाशिल तिन दर्जन पत्रकारहरुको सहभागिता रहेको थियो ।

No comments:

Post a Comment