Thursday, October 13, 2011

सल्यानमा नुहाउन गएका एक व्यापारी भेरी नदिले बगाएर बेपत्ता

पुरुषोत्तम गिरी
सल्यान असोज २६
नुहाउन गएको वेला भेरी नदिले बगाएर सल्यानमा एक जना व्यापारी वेपत्ता भएका छन् । गयराती भेरी नदिले बगाएर वेपत्ता भएका माझकाँडा ९ सिस्नेपातालका २९ वर्षिय दिनेश खरेल अहिले सम्म पत्ता लाग्न सकेका छैनन । स्थानिय वासिन्दा र प्रहरीको सहयोगमा खरेलको रातभरी खोजी भएपनि फेला नपरेपछि उनको ज्यान गएको हुन सक्ने प्रहरीको अनुमान छ । विहानै देखि खरेलको खोजी कार्य शुरु गरीएको इलाका प्रहरी कार्यालय सल्लीबजारले जनाएको छ ।

Sunday, January 9, 2011

रेडियोद्वारा सहयोगीहरुको सम्झना ।।

रोजगारको शिलसशलामा दक्षिण कोरियामा रहेका रोल्पालीहरुलाई रेडियो जलजलाले आर्थिक सहयोग गरेको भन्दै सम्मान गरेको छ । कोरियामा रहेका प्रवासी रोल्पालीहरुले सामुदायिक रेडियो जलजलाको प्रगति र समृद्धीको कामना गर्दै सहयोग स्वरुप कोरियन वन १२ लाख ५०हजार अर्थात नेपाली ७७ हजार ५ सय २ रुपैयाँ प्रदान गरेका थिए । उनिहरुले रोल्पा सेवा समाज गणतन्त्र कोरिया नामक साझा संस्था मार्फत सहयोग प्रदान गरेका हुन् । यसैबीच रेडियो जलजलाका अध्यक्ष पूर्ण केसीले रोल्पा समाज सेवा गाणतन्त्र कोरियालाई धन्यवाद ब्यक्त गर्नु भएको छ । उहाँले प्रवासमा रहेर पनि रेडियो जलजलालाई माया र सहयोग गरेकोमा खुशी ब्यक्त गर्दै निरन्तर सहयोग र सुझाव दिन आग्रह गर्नु भएको छ । अध्यक्ष केसीले सेवा समाज गणतन्त्र कोरियालाई समाजका प्रतिनिधि लालबहादुर महरा मार्फत प्रशंसा पत्र पनि पठाउनु भएको छ ।

तिन महिनादेखि मलेसियाको जेलमा रहेका सल्यानका एक युवकको उद्धार

पुरुषोत्तमा गिरी
सल्यान पुस २५

तिन महिना अघिदेखि मलेसियाको केएलआईए इमिरिगेसन जेलमा रहेका सल्यानका एक युवकको उद्धार गरीएको छ । रिम गाविस ९ जामने सिस्नेरीका बसन्त बोहरालाई सल्यान प्रवासि सेवा सेवा समाज मलेसियाको सहयोगमा उद्धार गरीएको हो । कम्पनिले भने बमोजिम तलव नदिएको भन्दै ५ महिनाअघि देखि अवैधानिक रुपमा काम गर्दै आएका बोहरालाई तिन महिनाअघि पक्राउ गरी जेल चलान गरीएको थियो । उनि १६ जनवरीमा नेपाल फर्कदै छन् । समाजले विभिन्न क्षेत्रबाट रकम संकलन गरी बोहरालाई नेपाल फर्काउन लागेको सल्यान प्रवासि सेवा सेवा समाज मलेसियाका लोकराज भण्डारीले जानकारी दिनुभयो ।

Tuesday, January 4, 2011

केशको स्याहार तथा सम्भार

कुनै पनि व्यक्तिको सुन्दरतामा केशले ठूलो भूमिका खेलेको हुन्छ । केशले सुन्दरता वृद्धि गर्ने मात्र नभई शरीरको स्वास्थ्य स्थितिलाई पनि प्रतिनिधित्व गरिरहेको हुन्छ । यदि स्वास्थ्य ठीक छैन भने त्यसको प्रतिविम्ब केशमा स्पष्ट देखा पर्छ ।

त्यसकारण केशको उचित स्याहार सम्भार तथा हेरचाह गर्नु अति आवश्यक छ । विशेष मौसममा मात्र होइन केशको स्याहार-सम्भार सधैँ गर्नुपर्छ । सबै प्रकारको केशलाई स्याहार-सम्भारको उत्तिकै जरुरी पर्छ ।

आफ्नो केश कालो, बाक्लो, चम्किलो, नरम, बलियो तथा स्वस्थ हो भन्ने सबैको चाहना हुन्छ । यसका लागि निम्न विधिहरु नियमित पालना गर्नुपर्छ ।

स्याम्पुः केश स्वस्थ राख्नका निमित्त र्सवप्रथम यसलाई सफा राख्न अति जरुरी छ । सफा राख्नर्ुपर्छ भन्दैमा दिनहुँ केश धुनुहुँदैन । यदि केश तैलीय भएमा दिनहुँजस्तै रसायन तत्त्व कम मिश्रति असल खालको स्याम्पु प्रयोग गरी केशलाई सफा पानीले धुनर्ुपर्छ । यदि केश तैलीय नभएमा हप्ताको दुइ या तीन पटक स्याम्पु प्रयोग गरी केश धुनर्ुपर्छ । केश धँुदा राम्ररी सफा पानीले पखाल्नर्ुपर्छ । सधैँ स्याम्पु प्रयोग गर्दा उच्चकोटिको तथा कम रसायन तत्त्व मिश्रति स्याम्पु प्रयोग गर्नुपर्छ । सकेसम्म डेली वास स्याम्पु प्रयोगमा ल्याई नुहाउने गर्नाले पनि केश झर्ने क्रम कम हुन जान्छ । सधैँ नरम प्रकारको स्याम्पु प्रयोग गर्नु उचित हुन्छ ।

कन्डिसनर ः केशलाई स्याम्पुको जति आवश्यक छ सोही अनुपातमा कन्डिसनरको प्रयोग पनि उत्तिकै आवश्यक छ । कन्डिसनरको प्रयोगले केश स्वस्थ हुन्छ, केशलाई पौष्टिक आहार प्राप्त हुन्छ, निर्जीव केशलाई जीवित राख्न मद्दत पुर्‍याउँछ । तैलीय केश भएमा हप्ताको दुइ वा तीन पटक कन्डिसनर गर्ने गर्नाले केश स्वस्थ हुन धेरै मद्दत पुग्छ । यदि केश मिश्रति अर्थात् टुप्पो सुक्खा तर जरा तैलीय भएमा हप्ताको चार वा पाँच पटक कन्डिसनर प्रयोग गर्नुपर्ने हुन्छ ।

केश सुक्खा तथा खराब -ड्यामेज) भएमा प्रत्येक दिनजसो कन्डिसनर प्रयोग गर्नुपर्छ । यसो गर्नाले केश स्वस्थ, चम्किलो, बलियो तथा जीवित हुन्छ । तैलीय केशमा कन्डिसनर लगाउनुपर्ूव केशलाई चियाको पानी अथवा कागती मिश्रति पानीमा अलिकति भेनेगर मिसाएर पखाल्ने गर्नाले केशलाई धेरै लाभ मिल्छ । केश सुक्खा भएमा कन्डिसनरको आवश्यकता धेरैै पर्ने हुुन्छ । केश सुक्खा हुनुका धेरै कारणहरु हुन्छन् । जस्तै- केश सुकाउन धेरै ड्र्रायर ९म्चथभच० को प्रयोग गर्नु, उपयुक्त स्याम्पु प्रयोग नगर्नु, केशलाई पर्म गर्नु, सीधा पार्नु, रंग लगाउनु, अत्यधिक रोलरको प्रयोग गर्नु, बाहिरी प्रदूषित वातावरण आदिले केश सुक्खा हुने हुन्छ । सधैँ कन्डिसनर प्रयोग गर्दा छालामा नपर्ने गरी लगाउनर्ुपर्छ । केशको तल्लो भागबाट लगाउन सुरु गरी माथितिर लगाउँदै जाने गर्नुपर्छ । अन्यथा झन् केश झर्ने हुन्छ ।

तेलः स्वस्थ, चमकदार, कालो, बाक्लो, नरम, हाँगा नफाट्ने, केश नझर्ने गराउन तथा सुक्खा हुनबाट बचाउन केशलाई नियमित तेल मालिस गर्नु अति जरुरी छ । कमसेकम हप्ताको एक पटक केशमा तेल मालिस गर्नु नितान्त आवश्यक छ । केशमा तेल मालिस गरी गरम बाफ लिनर्ुपर्छ । यसरी गरम बाफले छालाका छ्रि्रहरु खुलेर तेल केशको जरा-जरासम्म पुगी केशलाई आवश्यक पोषण प्राप्त हुन्छ । यसले केशलाई मजबुत बनाउँछ । तेलको छनोट गर्दा भिटामिन ए, बीर्,र् इ, फलाम तत्त्व तथा प्रोटिन भएको तेल छनोट गरी प्रयोग गर्नुपर्छ । तेलले केशलाई र्सर्ूयको अल्ट्रा भायोलेट (युभी) किरणको प्रभावबाट बचाउँछ । तेल प्रयोग गर्दा शुद्ध तथा उच्च कोटिको हुनर्ुपर्छ । तेलले एक प्रकार केशलाई प्रतिकूल असरबाट बचाएर राख्न मद्दत गर्छ ।

उचित खानाः सौर्न्दर्य विशेषज्ञहरुको भनाइअनुसार केशलाई स्वस्थ, सुन्दर, बलियो, चम्किलो, नरम तथा बाक्लो बनाइराख्न आफ्नो खानामा पनि विशेष ध्यान दिनु जरुरी छ । स्याम्पु, कन्डिसनरको जति महत्त्व छ, खानाको पनि त्यत्तिकै महत्त्व छ । सन्तुलित खाना खाने, हरियो सागपात प्रशस्त खाने, मौसमअनुसारको फल आवश्यक मात्रामा खाने, धेरै तेलयुक्त मसालेदार खानाबाट टाढा रहने गर्नुपर्छ । यसै गरी चिल्लो बढी भएको खाना नखाने, भुटेको, तारेको खाना नखाने, दिनहुँ प्रशस्त पानी पिउने गर्नुपर्छ । त्यस्तै चिन्ताबाट टाढा रहनर्ुपर्छ र अन्रि्रामा नबस्न आवश्यक समयसम्म सुत्न जरुरी छ ।

औजारः केशको लागि प्रयोग गरिने औजारहरुको पनि केश स्वस्थ राख्नमा ठूलो भूमिका हुन्छ । त्यसकारण औजारहरु प्रयोग गर्दा विशेष ध्यान दिनुपर्छ । पानी शुद्ध प्रयोग गर्नुपर्छ । क्लोरिन कम भएको पानी प्रयोग गर्नुपर्छ । केशअनुसारको ब्रस प्रयोग गर्नुपर्छ र धेरै इलेक्टि्रकल ड्रायर प्रयोग गर्नुहँुदैन । का·यिो पनि केशअनुसार नै प्रयोग गर्नुपर्छ । स्याम्पु तथा कन्डिसनर पनि उच्च कोटिको प्रयोग गर्नुपर्छ । रसायन तत्त्व कम मिश्रण भएको प्रयोग गर्नुपर्छर्र्।

प्रयोग गरिने औजारहरुलाई तातो पानीमा डुबाई अथवा डिटोल वा साभलोन (Dettol or Savlon) जस्ता जीवाणु मार्ने औषधि राखेको पानीमा डुबाई प्रयोग गर्दा हानिकारक तत्त्व सबै नष्ट हुन्छ । सकेसम्म आफूले प्रयोग गर्ने औजारहरु अरुलाई प्रयोग गर्न दिनुहुँदैन । अर्काको औजार पनि सकभर आफूले प्रयोग गर्नु हुँदैन ।

अन्यः चार-पाँच हप्ताको अन्तरालमा केश टि्रम गर्नु जरुरी छ । यसरी केश टि्रम गर्नाले हाँगा कम हुने हुन्छ र केश स्वस्थ हुन्छ । भिजेको बेला केश धेरै कमजोर हुने भएकाले यसलाई तौलियाको सहायताले सुकाउने र हल्कासँग कोर्नाले केश लट्टा पर्दैन, टुक्रिँदैन र अल्भिmने पनि हुँदैन । राति सुत्नुअघि टाउको तल गरी केशको जरादेखि माथितिर ठूलो दाँत भएको प्लास्टिकको का·यिोले हल्कासँग कोर्नाले रगत सञ्चालनमा राम्रो मद्दत पुर्‍याउँछ । यसले गर्दा केशमा भएको फोहोर र्झछ, केश पनि सफा देखिने हुन्छ ।

केशमा तेल लगाउँदा सधैँ मनतातो पारेर लगाउनुपर्छ । तेल तातो भएमा पातलो भई केशको जरा-जरामा सजिलै पस्न सक्छ र यसले कपालमा राम्रो असर गर्छ । पिना, मुल्तानी माटो र मेथीको मिश्रणलाई अण्डाको पहेंलो भाग र दहीमा फिटेर लेप बनाई हप्तामा एक पटक केशमा लगाउने गर्नु राम्रो हुन्छ । यसले केश चम्किलो पार्नुका साथै स्वस्थ राख्न पनि मद्दत पुग्छ ।

अवसर गुमाउँदै होचा बालबालिका नेपालका / आधा बालबालिका होचा हुँदै

पोषिलो खानाको अभावमा देशका झन्डै आधा बालबालिका पुड्का हुँदै गएको र उनीहरुको बौद्धिक क्षमता पनि कमजोर हुने भएकाले यसको सुधारको पहल नगरे देशको प्रगतिमा नै बाधा पुग्ने विशेषज्ञहरुले औंल्याएका छन् ।

स्वास्थ्य सेवा विभागले हालै र्सार्वजनिक गरेको प्रतिवेदनअनुसार हाल नेपालका ४९ प्रतिशत बालबालिकाको उमेरअनुसार उचाइ वृद्धि नभई पुड्का भइरहेका छन् । पुड्कोपनको ४५ प्रतिशत कारण कुपोषण नै हो । कुपोषणले भएको पुड्कोपनको पछि सुधार पनि गर्न सकिंदैन । यस्तै गरी ३९ प्रतिशत बालबालिकाको उमेरअनुसार तौल बढेको छैन भने ४८ प्रतिशत बालबालिकाको शरीरमा रगतको कमी भएको पाइएको छ, जुन गम्भीर स्वास्थ्यसमस्या हो ।

उमेरअनुसार शरीरको उचित विकास नभएका बालबालिकाको मस्तिष्कको विकासमा पनि अवरोध पुग्छ । उनीहरुले स्कुलमा राम्रोसँग अध्ययन गर्न र क्षमता पर््रदर्शन गर्न सक्तैनन् । यस्ता बालबालिकाले भविष्यमा अरुसरह काम गर्न पनि सक्तैनन् । यसले व्यक्तिको मात्र नभई देशको विकासमा पनि अवरोध पुर्‍याउँछ ।

बालबालिकाको पोषणको सम्बन्ध उनीहरुको व्यक्तित्व विकास र उत्पादकत्वसँग गाँसिएको र यसले देशको प्रगतिलाई नै प्रत्यक्षरुपमा प्रभावित पार्ने भएकाले बालबालिकाको पोषणस्थिति सुधार गर्ने विशेष कार्यक्रम यथाशीघ्र ल्याउनुपर्ने विज्ञहरुको सुझाव छ ।

र्सवाधिक होचा बालबालिकाको सूचीमा नेपाल

बालबालिकाको कुपोषणसम्बन्धमा युनिसेफले हालै जारी गरेको प्रतिवेदनअनुसार उमेरअनुरुप उचाइ नभएका विश्वका ८० प्रतिशत बालबालिका अविकसित २४ वटा राष्ट्रमा छन् । त्यसमध्ये भारत र्सवाधिक होचा केटाकेटीहरु भएको मुलुक हो । यस सूचीमा नेपाल १९ औं नम्बरमा परेको छ । जनसंख्याको आधारमा होचा केटाकेटीको उच्चअनुपात भएका -४५ प्रतिशतभन्दा बढी) विश्वका १८ राष्ट्रमा नेपाल १० औं नम्बरमा परेको छ । स्वास्थ्यका दृष्टिले उमेरअनुसार कम तौल हुनुभन्दा होचो हुनु ज्यादै खतरनाक हुन्छ । गर्भवती महिला र दुइ वर्षम्मका शिशुलाई पोषणको कमी हुनु ज्यादै हानिकारक हुन्छ । यस अवस्थामा कुपोषण हुँदा आमा र शिशु दुवैको जीवन खतरामा परिरहेको हुन्छ । आमा र शिशु दुवैलाई विभिन्न रोगको संक्रमण हुने र शिशुहरुको वृद्धि-विकासमा पनि गम्भीर असर परिरहेको हुन्छ । कुपोषणग्रस्त महिला र केटाकेटीको संख्या बढ्दै जानु भनेको राष्ट्रको क्षमता कमजोर हुनु हो । यसले देशको सामाजिक, आर्थिक विकास र गरिबी निवारणमा पनि असर पर्छ ।र्

गर्भवती महिलालाई कुपोषण भएमा कम तौलको बच्चा जन्मिन्छ । पर्याप्त तौल -२,५०० ग्राम) पुगेर जन्मिएको बच्चाभन्दा कम तौल -१,५००-२,००० ग्राम) भएर जन्मिएको बच्चाको मृत्यु हुने सम्भावना ८ गुणा बढी हुन्छ । सम्पूर्ण बालमृत्युको ३.३ प्रतिशत कारण कम तौल मानिएको छ । कुपोषण भएका बालबालिकामा आमरुपमा झाडापखाला, दादुरा, निमोनिया, मलेरिया र एचआईभी हुने सम्भावना बढी हुन्छ । हालैको एक अनुमानअनुसार झन्डै एक तिहाइ महिला तथा बालबालिकाको मृत्यु कुपोषणका कारण हुने गरेको छ ।

किन पुड्का हुँदै छन् बालबालिका ?

नेपालमा ४९ प्रतिशत बालबालिकाको उचाइ उमेरअनुसार नबढी होचा-पुड्का हुनु मानवविकासका दृष्टिले ज्यादै गम्भीर विषय हो । नेपालका आधाजसो बालबालिका किन होचा छन् त - वरिष्ठ बालविशेषज्ञ डा. विष्णु पण्डित भन्नुहुन्छ- ँबालबालिका होचो हुनुको एउटा कारण वंशाणुगत हो । बाबुआमा होचा छन् भने केटाकेटीको उचाइ पनि कम नै हुन्छ । टाउको सानो भई विकास नहुँदा केटाकेटी पुड्का हुन्छन् । गर्भवती आमालाई जन्डिस, मधुमेह, रक्तचाप, एचआईभी भएमा पनि बच्चाको शारीरिक, बौद्धिक विकासमा असर पर्छ । उचाइ बढ्नुमा ग्रोथ हर्मोन, थाइराइडको भूमिका हुन्छ । यसका लागि उचित पोषणको आवश्यकता हुन्छ । बच्चालाई कुपोषण भएमा शारीरिक, मानसिक विकासमा गम्भीर असर पर्छ ।’

स्वास्थ्य सेवा विभाग पोषण शाखाका प्रमुख तथा पोषणविज्ञ राजकुमार पोखरेल भन्नुहुन्छ- ँआइरन, आयोडिन, भिटामिन ए, जिंकजस्ता सूक्ष्म पोषण तत्त्व नपुगेमा बालबालिकालाई विभिन्न संक्रामक रोग लाग्छ । लगातार रोग लागेमा खाना खाँदैन, कमजोर हुन्छ र शरीर बढ्दैन । यसले गर्दा पुड्कोपन आउँछ । यस्ता सूक्ष्म पोषक तत्त्व उपलब्ध गराउने कार्यमा नेपालले प्रगति हासिल गरेको छ । तर शरीर वृद्धिका लागि महत्त्वपर्ूण्ा प्रोटिन तत्त्व उपलब्ध गराउने कार्यमा निकै पछि परेका कारण आधाजसो नेपाली बालबालिका पुड्का भइरहेका छन्, जुन ज्यादै गम्भीर विषय हो ।’

पोषणविज्ञ पोखरेलका अनुसार आयोडिनको कमीले पनि पुड्कोपन हुन्छ । गर्भावस्थामा आमालाई आयोडिन नपुगेमा शिशुको उचित शारीरिक विकास हुँदैन, सुस्त मनस्थितिको हुन्छ । हाडको विकास पर्याप्त हुँदैन र पुड्कोपन सुरु हुन्छ ।

आयोडिनको कमीले अंगभंग भएको शिशु जन्मिन सक्छ । जन्मेको शिशुलाई पनि आयोडिन नपुग्दा शारीरिक, मानसिक विकासमा असर पुग्छ । आयोडिनको कमीले हर्मोनहरु सन्तुलित हुँदैनन् र वृद्धि-विकास हुँदैन ।र्

गर्भवती महिला वा शिशुमा आइरनको कमी भएमा शारीरिक, मानसिक वृद्धि-विकास हुँदैन । त्यस्तै भिटामिन ँए’ ले रोगबाट प्रतिरक्षा गर्छ । यदि यसको कमी हुन गएमा विभिन्न रोग लागी शारीरिक, मानसिक विकासमा असर पुग्छ । प्रोटिनले शरीरका तन्तुहरुको उत्पादन, विकास र मर्मत गर्छ र शरीरको प्रतिरक्षा गर्छ । प्रोटिनको कमी भएमा यो प्रक्रिया रोकिन्छ र बालबालिका पुड्को हुन पुग्छन् । त्यस्तै कार्बोहाइडे्रटले शरीरलाई ऊर्जा दिन्छ । शक्ति नभएमा शरीरलाई ऊर्जा पुग्दैन, शरीरले कोष उत्पादन र वृद्धि गर्न सक्तैन । दैनिक खानामा ऊर्जा कम भएमा हाड, मांसपेशी, कोषको विकास अवरुद्ध भई बालबालिका पुड्को हुन सक्छन् । पुड्को मानिसको उत्पादकत्व पनि कम हुन्छ र उसका छोराछोरी पनि पुड्कै हुने सम्भावनामा बढी हुन्छ । पुड्कोपन बढ्दै गएमा देशको गार्हस्थ्य उत्पादानमा नै असर पर्ने भएकाले बालबालिकाको पोषणतर्फविशेष ध्यान दिन आवश्यक भएको पोषणविज्ञ पोखरेल बताउनुहुन्छ ।

ग्रामीण क्षेत्रमा बढी समस्या

हाल नेपाली बालबालिकामा देखिएका मुख्य समस्या भनेको उमेरअनुसार उचाइ नबढेर पुड्को हुनु, पातलो हुनु, उमेरअनुसार तौल नहुनु नै हुन् । यसरी उमेरअनुसार शारीरिक वृद्धि नहुनु भनेको उनीहरुको वौद्धिक क्षमता पनि कमजोर हुनु हो । साथै यस्ता बालबालिकाको कार्यक्षमता पनि कमजोर हुनु हो ।

वरिष्ठ बालविशेषज्ञ डा. विष्णु पण्डितका अनुसार बालबालिकाको ९० प्रतिशत मस्तिष्कको विकास जन्मेको दुइ वर्षभत्रमा हुन्छ । यदि त्यस बेला राम्रो पोषण पुगेन र मस्तिष्कको राम्रो विकास भएन भने पछि पनि हुँदैन ।

५ वर्षुनिका बालबालिकालाई राम्रो पोषणयुक्त खाना उपलब्ध गराएमा उनीहरुको शारीरिक, बौद्धिक विकास राम्रो हुन सक्छ र भविष्यमा उसको कार्यक्षमता पनि बढी उत्पादनमूलक हुन सक्छ । डा. पण्डितका अनुसार वर्तमान नेपाली बालबालिकाहरुमा सहरी क्षेत्रका बढी तीक्ष्ण छन् भने ग्रामीण क्षेत्रका बालबालिका अपेक्षाकृत कमजोर छन् । ँयसको सम्बन्ध कुनै न कुनै रुपमा पोषणसँग पनि रहेको छ’ -डा. पण्डित भन्नुहुन्छ ।

हालको तथ्याड्ढअनुसार सहरी क्षेत्रका ५ वर्षुनिका ३६ प्रतिशत बालबालिकाको उमेरअनुसार उचाइ बढेको छैन भने ग्रामीण क्षेत्रका ५१ प्रतिशत बालबालिकाको उमेरअनुसार उचाइ बढेको छैन । यस्तै गरी सहरी क्षेत्रका २३ प्रतिशत बालबालिकाको उमेरअनुरुप तौल पुगेको छैन भने ग्रामीण क्षेत्रमा यो समस्या ४१ प्रतिशतमा देखिएको छ । यसको मूल कारण बालबालिकालाई पर्याप्त मात्रामा सन्तुलित भोजन नपुग्नु नै हो ।

बालबालिकालाई के खुवाउने ?

स्वस्थ रहन र शरीरको विकास गर्न सन्तुलित भोजनको आवश्यकता पर्छ । सन्तुलित भोजनलाई मुख्यतया तीन समूहमा बाँड्न सकिन्छ । पहिलो शक्ति दिने खानाहरु जस्तो- चामल, मकै, गहुँ, पिँडालु, तरुल, घिउ, तेल चिनी आदि । दोस्रो शरीर वृद्धि गर्ने र क्षति भएका कोषहरु मर्मत गर्ने खाद्यवस्तुहरु जस्तो- दूध र दूधबाट बनेका खाद्य परिकारहरु, दाल, गेडागुडी, खाने मसला, माछा, मासु, अण्डा आदि र तेस्रोमा शरीरलाई रोगसँग लड्ने क्षमता प्रदान गर्ने र निरोगी राख्ने खाद्यवस्तुहरु जस्तो- फलफूल, हरियो सागपात र अन्य तरकारीहरु । यी खानाहरु सबै उमेर र अवस्थाका मानिसका लागि आवश्यक पर्छ ।

दुइ वर्षुनिका बालबालिकाका लागि यी तत्त्वहरु आमाको दूध र अन्य थप पोषिला खानाबाट उपलब्ध गराउनर्ुपर्छ । नेपाली बालबालिकाको शरीर उमेरअनुसार नबढ्नुमा मुख्य कारण प्रोटिनको कमी नै हो । ६ महिनासम्मका बालबालिकालाई पर्ूण्ारुपमा स्तनपान गराउनुपर्ने र ६ महिनापछि स्तनपानका साथै थप अन्य पोषक तत्त्व खुवाएमा प्रोटिनको मात्रा पुग्न सक्छ । तर नेपालमा औसत साढे दुइ महिना मात्र पर्ूण्ारुपमा -दैनिक कम्तीमा ५ पटक) स्तनपान गराउने गरेको पाइएको छ । यो अनुपात ग्रामीण क्षेत्रमा -२.६ महिना) भन्दा सहरीक्षेत्रमा निकै कम -२.२ महिना) देखिन्छ । सहरी क्षेत्रमा धेरै महिला जागिरे भएको र सरकारी कार्यालयमा २ महिना र प्राइभेट कम्पनीहरुमा सोभन्दा पनि कम अवधि सुत्केरी बिदा हुने भएकाले पनि शिशुले पर्याप्त स्तनपान गर्न नपाउने अवस्था देखिन्छ ।

यो उमेरका बालबालिकामा स्वास्थ्य सेवाको कमी -वृद्धि अनुगमन नहुने र परामर्श नहुने), जन्मिदा तौल कम हुने

-आमाको पोषणको कमीका कारण), संक्रमण रोगहरु लाग्ने र पर्याप्त शक्तिवर्द्धक खानाको कमी भएका कारण बालबालिकालाई प्रोटिनको मात्रा पुगेको छैन । प्रोटिनको कमी हुँदा बच्चाको तौल कमी हुने, उचाइ कमी हुने, पठनपाठनको क्षमता कमजोर हुने, संक्रमणीय रोगसँग लड्ने क्षमता कमजोर हुने र भविष्यको उत्पादकत्व कमजोर हुने हुन्छ । सुकेनास-फुकेनास हुने, सुस्तमनस्थितिको हुने हुन्छ । प्रोटिनको मुख्य स्रोत गेडागुडी, दूध र यसबाट बनेका पदार्थ, माछामासु, अण्डा आदि हुन् । ६ महिनापछि शिशुलाई यस्ता वस्तुको मात्रा बढाउँदै लानर्ुपर्छ ।

बालबालिकामा आइरनको कमी भएमा मानिसले गर्ने सबै कार्य -शारीरिक, मानसिक) मा कमी हुने, उत्पादकत्व कमजोर हुने र रोग तथा मृत्युको सम्भावना बढी हुने हुन्छ । दैनिक खानामा आइरनको कमी, औलो र अंकुशे जुकाको संक्रमण, भिटामिन ँए’को कमी र बढ्दो उमेरका बालबालिकालाई आइरनको बढी जरुरत पर्नेजस्ता कारणले बालबालिकामा पर्याप्त आइरन नपुगेको देखिन्छ ।

मानिसको शरीरमा हुने आइरनमध्ये आधाभन्दा बढी हेमोग्लोबिन हुन्छ । पाँच वर्षुनिका ४८ प्रतिशत बालबालिकामा रक्तअल्पताको समस्या देखिएको छ । यो उमेरका ३२ प्रतिशत केटाकेटीले मात्र खानाबाट पर्याप्त आइरन पाउँछन् । छात्रा स्कुलमा पढ्ने किशोरावस्थाका ६४ प्रतिशत किशोरीहरुमा रक्तअल्पता देखिएको छ, जुन निकै बढी हो । आइरन तत्त्व कलेजो, माछामासु, अण्डाको पहेंलो भाग, गेडागुडी, फलामको भाँडामा पकाएको खानामा पाइन्छ ।

यस्तै शरीरलाई नभई नुहने तत्त्व आयोडिन हो । दैनिक खानाबाट यो प्राप्त गर्नुपर्छ । आयोडिनले शरीरको वृद्धि-विकासमा मद्दत पुर्‍याउँछ । यसको कमी भएमा गलगाँड आउने, लाटो-बहिरो हुने, लोसे हुने, लठेब्रो हुने, उत्पादकत्व कमी हुने, पुड्को हुने, स्मरणशक्ति कमजोर हुनेे हुन्छ । अन्य खानाबाट आयोडिनको मात्रा पर्याप्त नहुने भएकाले हाल नेपालमा नुनमा आयोडिन मिसाएर वितरण गर्ने गरिएको छ । तर अझै पनि ६३ प्रतिशत घरपरिवारले मात्र आयोडिनयुक्त नुनको प्रयोग गर्ने गरेको अध्ययनमा पाइएको छ । तर्राई क्षेत्रमा यो ठूलै जनस्वास्थ्य समस्याका रुपमा छ । त्यहाँ आयोडिन नभएको ढिकेनुन बढी प्रयोग हुन्छ । यसमा जनचेतनाको कमी देखिएको छ । तर्राई क्षेत्रका १९ प्रतिशत मानिसले मात्र आयोडिनयुक्त नुन स्वास्थ्यका दृष्टिले राम्रो हुन्छ भन्ने कुरा बुझेको सरकारी तथ्याड्ढ छ । सरकारको स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले यसमा कुनै योगदान गर्न नसकेको देखिन्छ । आयोडिन आयोडिनयुक्त नुनका साथै अन्य खाद्यवस्तुहरु आलस, सलगम, बन्दा, विभिन्न जातका माछा, सागपात, पालु·ो, ब्रोकाउलीमा पनि केही मात्रामा पाइन्छ ।

बालबालिकाको लागि भिटामिन ँए’ पनि निकै महत्त्वपर्ूण्ा हुन्छ । यसको कमी भएमा रतन्धो हुने, रोगहरु लाग्ने, रक्तअल्पता हुने, मृत्यु हुने सम्भावना बढी हुन्छ । दैनिक खानामा भिटामिन ँए’को कमी, जुकाको संक्रमण, अन्य संक्रमणीय रोगको कारण बालबालिकालाई भिटामिन ँए’को आवश्यकता बढी पर्छ । नेपालका धेरै बालबालिकामा भिटामिन ँए’को कमी भएकाले सरकारको भिटामिन ँए’ वितरण कार्यक्रममार्फ यसको आपर्ूर्ति गरिंदै छ । गाजर, आँप, फर्सर्ीीहरियो सागपात, पालु·ो, फुलको पँहेलो भाग, नौनी घिउमा पनि भिटामिन ँए’ पाइन्छ ।

आमाको पनि स्वास्थ्य राम्रो हुनुपर्ने

जन्मिदा कम तौल भएमा बालबालिकाहरुको वृद्धि-विकासमा कमी हुन्छ । यस्ता बालबालिका होचो हुने सम्भावना हुनुका साथै कार्यक्षमता कमजोर हुने, दर्ीघरोग लाग्ने सम्भावना बढी हुन्छ । यदि महिलाको उमेर नपुगी गर्भाधान भएमा वा छिटो गर्भाधान भएमा, कुपोषण भएमा, रक्तअल्पता भएमा, समयपहिले गर्भाधान भएमा कमतौल भएको बच्चा जन्मिन सक्छ ।

आमा गर्भवती भएको बेला यी कुराहरुमा ध्यान पुर्‍याएमा उचित तौल भएको शिशु जन्मिन सक्छ ।

नेपाली बालबालिकालाई कुपोषण हुनुमा जुकाको संक्रमण पनि प्रमुख हो । सरसफाइको कमी, जुकाविरुद्धको औषधिको अभाव आदि कारणले बालबालिकामा जुकाको समस्या देखिएको छ र यस कारणले बालबालिकामा कुपोषण र रक्तअल्पताको समस्या देखिएको छ । पाँच वर्षुनिका झन्डै आधा बालबालिकामा रक्तअल्पता हुनुमा जुका पनि एउटा प्रमुख कारण हो ।

कुपोषणका अन्य कारणहरुमा खाद्य उत्पादन कमी हुने, भण्डार गरेकै ठाउँमा क्षति हुने, खाद्य प्रशोधन प्रक्रिया गलत हुने, पोषणयुक्त खाना खरिद गर्ने क्षमता नहुने र खाद्यान्न कम उत्पादन हुने क्षेत्रमा आवश्यक खाद्यवस्तुको पर्याप्त आपर्ूर्ति नहुने र आपर्ूर्ति भएका खाद्यवस्तुहरुमा गुणस्तरको अभाव हुनेजस्ता समस्या देखिएका छन्, जसले गर्दा बालबालिकामा कुपोषण समस्या, उत्पादकत्वमा कमी, रोग र मृत्युमा वृद्धिजस्ता समस्या देखिएका हुन् ।

हाल सरकारको तथ्याड्ढ हर्ेदा देशका आधा बालबालिका कुपोषणको चरम सिकार भएको देखिन्छ । यो स्थितिलाई नियन्त्रण गर्न नसके भविष्यमा देशको प्रगतिमा गम्भीर असर पुग्ने स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. यशोवर्द्धन प्रधान बताउनुहुन्छ ।

कुपोषणको असर दर्ीघकालीनरुपमा अत्यन्तै गम्भीररुपमा पर्ने भए पनि यसमा सरकारको कुनै योजनाबद्ध कार्यक्रम छैन । अहिलेको गतिमा काम गर्ने हो भने बालबालिकाको होचोपन ६० प्रतिशत मात्र घटाउन पनि ४० वर्षलाग्ने सम्बद्ध विज्ञहरुको भनाइ छ ।

पोषणसम्बन्धमा हाल सरकारले सञ्चालन गरिरहेको कार्यक्रमसम्बन्धमा जिज्ञासा राख्दा बालस्वास्थ्य महाशाखा पोषण शाखाका प्रमुख राजकुमार पोखरेलले वर्षो २ पटक ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ँए’ खुवाउने गरिएको, मध्यमपश्चिम क्षेत्रमा शिशु तथा बाल्यकालीन पोषण परामर्शसम्बन्धी कार्यक्रम सञ्चालन गरिएको, पश्चिमाञ्चलमा अघिल्लो वर्षनै कार्यक्रम सम्पन्न गरिएको र अन्य क्षेत्रमा विस्तार गर्दै लाने कार्यक्रम रहेको जानकारी गराउनुभयो । उहाँका अनुसार खाद्यान्न अभाव भएका मानिएका कर्ण्ााली अञ्चलका ५ वटा जिल्लाका बालबालिका -प्रतिपरिवार २ जना)लाई बालस्वास्थ्य महाशाखाले पौष्टिक आहार र स्थानीय विकास मन्त्रालयले रु. २ सय उपलब्ध गराउन थालेको छ । साथै पोषण स्वास्थ्यसँग मात्र नभई स्थानीय विकास, आपर्ूर्ति, कृषि, महिला तथा बालबालिका आदि विभिन्न मन्त्रालयसँग पनि सम्बन्धित विषय भएकाले राष्ट्रिय योजना आयोगको समन्वयमा पोषणसम्बन्धी बहुपक्षीय दर्ीघकालीन योजना बनाउने तयारी भइरहेको उहाँले जानकारी गराउनुभयो ।

कुपोषणको परिणाम तत्काल नदेखिए पनि भविष्यमा यसको परिणाम ज्यादै गम्भीररुपमा देखा पर्छ । आधा बालबालिका कुपोषणको सिकार हुनु भनेको भविष्यका देशका आधा नागरिकको कार्यक्षमता कमजोर हुनुको संकेत हो । यस्ता समस्यालाई निराकरण गर्न र्सवपक्षीय प्रयास यथाशीघ्र सुरु गर्न आवश्यक छ ।

बच्चा नबढेको कसरी थाहा पाउने ?

बालबालिकाको उमेरअनुसार तौल र उचाइ बढेको छ/छैन, अनुगमन गर्नुपर्छ । शरीरको वृद्धि भन्नाले तौल, उचाइ, टाउको, छाती र पाखुरा, दाँत बढ्नु हो । शरीरका अंगहरुले गर्नुपर्ने कामहरुमा परिपक्वता पनि आउनर्ुपर्छ । गर्भावस्थाको चौथो महिनादेखि गर्भ -भ्रूण)को वृद्धि आमाको खानामा निर्भर रहन्छ ।

बच्चा जन्मदा २.५-३ केजीसम्म हुनुलाई सामान्य मानिन्छ । शारीरिक वृद्धिमा तौल पनि सँगै बढ्दै जानर्ुपर्छ । ६ महिनामा बच्चाको तौल जन्मेको भन्दा दोब्बर र १ वर्षा तेब्बर हुनर्ुपर्छ ।

शिशुको वृद्धिसँगसँगै निम्न क्रियाकलापको विकास हुनर्ुपर्छ ः



द्ुइ महिनादेखि बच्चा मुस्कुराउन थाल्छ ।

४ महिनादेखि बच्चाले टाउको ठड्याउन थाल्छ ।

६ महिनादेखि बच्चाले बस्ने कोशिश गर्छ ।

८ महिनादेखि बच्चा आफैं बस्न थाल्छ ।

९ महिनादेखि बच्चा घस्रन थाल्छ ।

१ वर्षभएपछि बच्चा उभिन सक्छ र तोतेबोली बोल्न थाल्छ ।

१८ महिनादेखि बच्चा हिँड्न थाल्छ ।

तर उमेरअनुसार बच्चाले यी कार्य गर्न नसके बच्चाको वृद्धि-विकास रोकिएको मानिन्छ र स्वास्थ्यसंस्थामा तत्काल जँचाउन लैजानर्ुपर्छ ।

उमेरअनुसारको तौल वृद्धि

उमेर तौल वृद्धि

०-५ महिना २० ग्राम प्रतिदिन

६-१२ महिना ५ ग्राम प्रतिदिन

२ वर्षम्म २.५ के.जी. प्रतिवर्ष३-५ वर्ष२ के.जी. प्रतिवर्ष

उमेरअनुसारको उचाइ वृद्धि

उमेर उचाइ

जन्मदा ५० से.मि.

१ वर्षम्म थप २५ से.मि.

२ वर्षम्म थप १२.५ से.मि.

३-५ वर्षम्म थप ६-८ से.मि. प्रतिवर्ष

केटाकेटी किन नुहाउन मान्दैनन् ?

हाम्रो समाजमा बच्चालाई रुघा, खोकी, चिसो आदिले सताउँछ भनेर प्रायः कमै नुहाइदिने गरिन्छ । धेरै समयको अन्तरमा नुहाइदिँदा मैलो निकाल्नका लागि मिची-मिची नुहाइदिने गरिन्छ ।


जसले गर्दा बच्चाहरुमा नुहाउनुप्रति नकारात्मक सोच बस्नुका साथै सफासुग्घर रहनुपर्छ भन्ने भावना पनि हराउँदै जान्छ । कतिपय बच्चाहरु आमाले आँखा पिरो हुने र दुख्ने गरी नुहाइदिनुहुन्छ भन्दै नुहाउने बेलामा भाग्ने गर्छन् ।

सबैका बच्चा नुहाउन नमान्ने, नुहाउने बेलामा भाग्ने, रुने हुन्छन् भन्ने छैन । कसैका बच्चा खुशीसाथ रमाई-रमाई नुहाउने गर्छन् । कारण ती बच्चाकी आमासँग समस्याको समाधानका उपायहरु हुन्छन् । सधैँ सफासुग्घर रहनाले निरोगी भइन्छ भन्ने जानकारी सानैदेखि बच्चाहरुमा दिने र आँखा पिरो नपारी, नदुखाई, फकाउँदै नुहाइदिने गर्दा बच्चा खुशी हुन्छन् ।

प्रायः बच्चाको कपाल पातलो हुन्छ । बच्चा दुइ वर्षो हाराहारीमा पुग्दा कपाल बाक्लिन थाल्छ । अनि बच्चाले यताउति चकचक गरिरहने भएकाले कपालसहित पूरै शरीर छिटो फोहोर हुन सक्छ । त्यसैले स्वास्थ्य र सौर्न्दर्यका लागि बच्चाहरुलाई सफा राख्नु जरुरी हुन्छ । सफा बच्चाहरु चिटिक्क देखिन्छन् । त्यस्ता बच्चाहरु राम्रो देखिने भएकाले सबैको प्यारो हुन्छन् ।

बच्चाहरु स्वभावैले चकचके हुन्छन् । उनीहरु लडिबुडी खेल्छन् । उनीहरुको शरीरमा खानेकुरा, धूलोमैलो, कपाल, आदि टाँसिन सक्छ । त्यस्तै उनीहरु विभिन्न वस्तुहरु छुन्छन् र समाउँछन् । यसले पनि उनीहरु फोहोरी देखिन सक्छन् । जसले गर्दा उनीहरुमा जुम्रा पर्ने, घाउ-खटिरा आउने, कपाल अल्भिmने, चिपचिप हुने आदि समस्या आउँछ । त्यसैले पनि बच्चालाई समय-समयमा नुहाइदिएर सफा राख्नु जरुरी हुन्छ । बच्चालाई नुहाइदिनुअघि नै हामीले आवश्यक कुराहरुमा ध्यान दिनर्ुपर्छ । यसो गर्दा विनाकठिनाइ छिटोछरितो र आरामपर्ूवक बच्चालाई सफासुग्घर राख्न सकिन्छ ।

ध्यान दिनुपर्ने कुरा

स्याम्पु वा साबुन प्रयोग गर्दा बच्चाकै लागि बनाइएको विशेष प्रकारको साबुन वा स्याम्पु प्रयोग गर्नुपर्छ । यस प्रकारको स्याम्पुमा कुनै पनि बनावटी सामानको समिश्रण हुँदैन । जस्तो कि कन्डिसनर, र्फम बुस्टर -फिँज निकाल्ने), पफर््र्युम आदि प्रयोग गरिएको हुँदैन । यस्तो स्याम्पु स्वास्थ्य र सरसफाइलाई मात्र ध्यानमा राखेर बनाइएको हुन्छ । जसले आँखा पनि पिरो हुँदैन, छाला एवम् कपाललाई पनि हानि पुर्‍याउँदैन । बच्चाले पनि नुहाउँदा पानी र बबल्स खेल्दै मजा लिन सक्छ ।

स्याम्पु गर्नुअघि कपाल कोर्नुपर्छ, जसले गर्दा फोहोरमैला निस्कनुका साथै अल्झेको कपाल पनि फुक्छ । स्याम्पु लगाउँदा हल्का तरिकाबाट औंलाको टुप्पोको भागतिर रहेको कुसनबाट मसाज गर्नुपर्छ । बच्चाको टाउको नरम हुन्छ । पूरा आकार पनि बनेको हुँदैन । त्यसैले हल्का किसिमले कपाल, कान, घाँटी र शरीर नुहाइदिनर्ुपर्छ ।

पानी पनि ठिक्क मात्रामा तातो हुनर्ुपर्छ । ठूलो मान्छेलाई ठिक्क भएको तातो पानी बच्चालाई धेरै तातो हुन सक्छ । ठिक्क चिसो पानी बच्चालाई बढी चिसो हुन सक्छ । तर्सथ बच्चालाई आनन्द हुने खालको पानीको व्यवस्था गर्नुपर्छ ।

सकेसम्म टाउको पखाल्दा बच्चालाई पछिल्तिर धकेलेर पानीले पखाल्नर्ुपर्छ । यसका लागि निधारतिर एउटा हातले कपको आकार बनाउँदै पानीले पखाल्नु राम्रो हुन्छ अन्यथा अनुहारमा परेको पानीले बच्चा आत्तिन सक्छ ।

टाउको मात्र नुहाइदिँदा काखमा राखेर नुहाइदिनु बेस हुन्छ । यदि पूरा नुहाइदिनु छ भने बेबी बाथ टब वा मेचमा राखेर नुहाइदिनुपर्छ । यसले गर्दा बच्चा चिप्लेर लड्ने र चोटपटक लाग्ने डर हुँदैन ।

बच्चाको लागि प्रयोग गरिने रुमाल सकेसम्म सेतो, सफा, भुवादार र नरम हुनुपर्छ । बच्चाको छाला एकदम नरम हुन्छ । हल्का थपथपाएर पुछ्नु र शरीरलाई सुकाउनुपर्छ । नरम खाले ब्रसबाट कपाल कोरिदिनुपर्छ । हल्का हेयर आयल लगाइदिनु राम्रो हुन्छ । अनुहार र शरीरमा बेबी म्वाइस्चराइजर लगाइदिनुपर्छ ।

मेरो स्पर्धा हिरोइनसँग होइन हिरोसँग हो रेखा थापा

सन् १९९८ मा मिस कोसी, १९९९ मा मिस नेपालभित्र टप टेनमा परेपछि रेखा थापामाथि छवि ओझाको आँखा के लागेको थियो, उनले मोरङ, सनकपुरकी रेखालाई आप\mनो चलचित्र हिरोको हिरोइन बनाइदिए ।

नयाँ अनुहार, रूप र ग्ल्यामरशैलीको खोजी भइरहेका बेला चलचित्रक्षेत्रमा प्रवेश पाएपछि रेखाले पछाडि फर्केर हर्ेर्नै परेन ।

९ वर्षो दौरानमा ८५ चलचित्रमा देखिने क्रममा यी २६ वर्षो सुन्दरीले अनेकौं विवाद र अवरोधको सामना पनि गरेकी छिन् । तर यसले केही फरक परेको छैन । उनी झन्झन् अगाडि आइरहेकी छिन् । पढौं, यिनै ग्ल्यामर क्विनको सनसनीपूर्ण्ा र विचारोत्तेजक अन्तर्वार्ताः





हालखबर के छ ?

सुटिङ-सुटिङ-सुटिङ । यही साल पाँचवटा फिल्म सक्नु छ । आफूले बनाएको हिफाजत रिलिज गर्नु छ ।

यिसरी लगातार काम गर्दा क्वालिटी मेन्टेन हुन्छ र - मोनोटोनस हुँदैन ?

पहिला वर्षरिका फिल्ममा म नै हुन्थें, मोनोटोनस हुन सक्थ्यो । अहिले महिनाको एउटा गर्दा मेन्टेन हुन्छ । -चलचित्र साथी म त्रि्रोको सेटमा सामान्य थिइन् उनी)

अरू हिरोइन आएर भागबन्डा भएको हो ?

म धेरै फिल्म छोड्छु । कहीँ रोल मन पर्दैन, पारिश्रमिक, मिल्दैन त कहीँ हिरो ओरिएन्टेड फिल्म हुन्छ । अबको दिनमा म नारीप्रधान फिल्म खेल्न चाहन्छु । म स्टाब्लिस भैसकें, त्यसैले हिरोको वरिपरि नाच्न जरुरी छैन । शो पिस पहिला गर्थें, अब गर्दिनँ । सेन्टर क्यारेक्टर मात्र साइन गरिरहेकी छु ।

िफल्ममा अरूलाई छोडेर रेखा थापालाई किन ह्र्ने ?

मसँग चरित्रलाई न्याय गर्न सक्ने क्यापासिटी छ । स्टोरीको डिमान्ड छ भने सात तलाबाट हाम फाल्नेजस्तो हिरोइनले नगर्ने काम पनि म आपै+m गर्छर्ुु -नाकका पोरा फुलाउँदै) मार्केटमा कसको डिमान्ड छ भन्ने कुरा पनि हुन्छ ।

अरू नायिकाको डिमान्ड छैन भन्न खोज्नुभएको ?

अरूसँग कम्पेयर म कहिल्यै गर्दिनँ । गरे पनि हिरोइनसँग होइन, हिरोसँग कम्पेयर गर्छर्ुु हिजो जल -शाह) दिदी, निरुता -सिंह) दिदी, बिपना थापाको बेलामा आउँदा एक प्रकारको रेभुलेसन लिएर आएको हुँ । मसँगै अरू पनि आए । त्यो बेलामा शिरदेखि पाउसम्म छोपिएर सासूको कुटाइ, लोग्नेको हेपाइ खाने फिल्म बन्थ्यो । म फिल्ममा सासूलाई कुटेर आएँ । मार्केबल हिरोइन भएँ ।

तपाईंको प्रतिस्पर्धी नै छैन त ?

छैन, मेरो प्रतिस्पर्धी कोही छैन, हिरोहरू हो र रेखा थापा नै हो ।


रेखा थापाको कमजोरी के हो ?

सपट हार्टर् सबैलाई काम पनि गराइदिने तर तिनीहरूले नै टाउकोमा हानेर हिँडिराख्या हुन्छन् । -अलि गम्भीर हुँदै) चाहे त्यो हिरो होस् या हिरोइन, एक-दुइ जना हिरोइनलाई रिकमेन्ड पनि गर्थें । तर तिनीहरू नै प्रोड्युसरलाई रेखा थापालाई निकाल्नू भन्न पनि पछि पर्दैनन् । नारीको दुस्मन नारी नै हुँदो रहेछ । त्यस कारण मैले यी नारीको संगत गर्न पनि छोडिदिएँ । -खिसिक्क हाँसिन् उनी, चलचित्रमा अरूलाई व्यंग्य गर्नुपर्दा यसो गर्छिन् उनी) कस्तो भने नि विदुर दाइ, सायद उनीहरू मह होलान्, म मोबिल । मह र मोबिलको मिश्रण कहिले हुँदैन । मोबिलले गाडी कुद्ला, महको पनि विशेषता छ । म ग्रुपिज्म गर्ने, कुरा काट्ने, हिरोइनको घरघरमा बस्ने गर्दिनँ ।

रेखा थापा ग्ल्यामर र छोटो कपडाले चलेको हो ?

मेरो अनुहारै ग्ल्यामरस छ । -पहिले हाँसे पनि पछि कडा भइन् उनी) । छोटो लुगाले चल्ने भए त मभन्दा बढी छोटो लुगा लाएर, पूरै अंग देखाएर, ढाड देखाएर पनि आए । उनीहरू चल्नुपर्ने थियो । पछिल्लो समयमा निरुता दिले पनि छोटो लुगा लाकोथ्यो त । सञ्चिताले शासन फिल्ममा छोटै लुगा लगा’छ । चल्ने भए सबै चल्नुपथ्र्यो नि । -अलिकति सम्हालिँदै) रेखा कामले मात्र चलेको हो । काम राम्रो नभएको भए म उहिल्यै पलायन हुन्थें । मेरो पत्तासाफ गर्न हिरोहरू पनि लागेका थिए नि । आज तिनै हिरोहरूको मार्केट डाउन छ । तर म जहिले पनि सबैको भलो चाहने केटी, भगवान्मा विश्वास गर्थें र काममा आस्था राख्थें । त्यसैले कसैको केही लागेन ।

किसले गर्न खोज्यो पत्तासाफ ?

छन् नि, मलाई मात्र होइन, सबैको पेटमा लात हान्ने एक-दुइ जना हिरो छन् नि । -यसपटक आँखा पनि राताराता भए रेखाका) दुइ जना नभनौं, एकै जना छ । -खुलेर जवाफ मागियो, उनले टारिन्) जो व्यक्तिको नाम लिन लायक ठान्दिनँ, त्यसको नाम मेरो मुखबाट लिनु पनि अशुभ ठान्छु ।

िनर्माता-निर्देशकलाई हाई-हलो गर्न जानेका कारणले पनि फिल्म पाइरहेको हो -

योचाहिँ एकदमै गलत कुरा हो -यो लाइन तीनपटक दोहोर्‍याइन् उनले) । आजसम्म रेखा फिल्मवाला कसैलाई पनि फोन गर्दिन, बरु मलाई फोन आउनर्ुपर्छ भन्ठान्छु । म आपै+m प्रोडक्सन खोलेर बसेको प्रोड्युसर मान्छे । मेरो ब्यानर रेखा फिल्म्सले पाँचांै फिल्म बनाइसक्यो । मैले आप\mनै फिल्मलाई त टाइम दिन सकेको छैन भने रोल माग्न फोन गर्ने फुर्सद मसँग छैन । बरु पत्रकारहरूसँग मेरो मित्रता छ, सामीप्य छ । उनीहरूसँग बोल्दा दुइ-चार शब्द सिक्छु, बौद्धिकता बढ्छ । -अन्तर्वार्ताकारलाई हेरेर मुस्कुराउँदै) फिल्मवाला भनेको त घरको मान्छे, घरको मान्छेलाई किन फोन गरिराख्नुपर्‍यो १ काम परे बोलाउँछन् अनि गर्छर्ुुनत्र गर्दिनँ । चाकडीले चल्ने भए अरू सबै अगाडि हुन्थे, म पछाडि हुन्थंे ।

तिपाईं एकदमै बाठी हो ? किनभने झरना थापाले अवार्ड पाइन् । भजन गाएर, माओवादी अध्यक्ष प्रचण्डसँग नाचेर, छोटो कदका १८ वर्षो खगेन्द्रसँग फोटो खिचाएर तपाईं चर्चामा आउनुभयो । झरना अवार्ड पाएर पनि छायामा परिन् ।

झरना दिसँग मेरो स्पर्धा छैन, उहाँ सिनियर हो । उहाँ आएको १९ वर्षभयो, म आएको ९ वर्ष। भजन मैले जबर्जस्ती गाएको होइन, म गायिका पनि हुँ । माओवादीले कार्यक्रममा बोलाए, गएँ, प्रचण्ड मसँग नाच्नुभयो । खगेन्द्रले चिन्ने राजेश हमाल र रेखा थापा मात्र रे १ हामीसँग भेट्न चाह्यो, भेट्यौं । रेखा थापाले गरेका हरेक कुरा न्युज बन्छन् भने त्यो मेरो प्रोब्लम होइन । -ओठ लेप्य्राएर हाँसिन् उनी, युद्ध जितेको भावमा)


कोही नायिका माथि आउन खोज्यो भने दोस्ती गर्ने र कमजोरी पत्ता लगाएर उसलाई पछाडि ठेल्ने गर्नुहुन्छ रे नि ? अरुणिमा लम्साल, ऋचा घिमिरे, रेजिना उप्रेती, सञ्चिता लुइँटेलहरूसँग पनि जुट्ने-टुट्ने भइरहन्छ । (सुनेका र देखेका कुरालाई जोडियो)

म उनीहरू टाइपको होइन, उनीहरू पनि म टाइपको होइन । न म कहिले अरुणिमा लम्सालसँग नजिक हुन खोज्या थिएँ । ऊ आपै+m मसँग नजिक हुन खोज्या थियो । नरेश पौडेलको साथी भएकाले नरेशले सहयोग गरौं है भनेपछि मेरै लुगा दिएर फोटोसेसन गराइएको थियो । मैले जे लगाएँ, उसलाई पनि त्यही लुगा डिजाइन गराइदिएँ । रेजिनालाई कतिपय ठाउँमा लिनू भनेर रिफर गरिदिएँ । सन्देशबाट त अवार्ड नै पायो । भोजपुरीमा पनि आइटम सङका लागि रेजिनालाई भन्दिएँ । चलचित्र हिरोमा मलाई नै फाइनल नगरेका बेला ऋचालाई लिएर गएको छु । पूजना -प्रधान) ले त गाली पनि गर्‍यो आप\mनै रोल फाइनल भएको छैन, अरूलाई किन रिफर गरेको भनेर । तर रोल म्याच भएन होला, ऋचालाई त्यसमा लिइएन । फेरि यस्तै रहेछ जिन्दगीमा रिफर गरिदिएँ तर नरेश पौडेलले अरुणिमा लम्साललाई लिइसकेको रहेछ । के थियो थाहा भएन । सञ्चिताहरूसँग त कहिले नजिकै होइन । तैपनि चट्टान, माया बसेछमा रिकमेन्ड गरिदिएको थिएँ । म शुभचिन्तक हो यिनीहरूको । तर मित्रता त्यो मान्छेसँग हुन्छ जोसँग तन, मन, व्यवहारले राम्रो होस् ।

रेखा थापाको कोही न कोहीसँग प्रोब्लम भइरहन्छ, किन ?

-निखिल उप्रेती, नरेश पौडेल, विराज भट्ट, राजेश हमालको उदाहरण दिँदै प्रश्न के गरिएको थियो, उनले आँखा राताराता पार्दै जवाफ फर्काइहालिन्) मेरो प्रोब्लम छैन । उनीहरू नै झगडा गर्न आउँछन् । निखिलको त म कुरै गर्न चाहन्नँ । निखिल, नरेशसँग मेरो प्रोब्लम होइन, उनीहरूको मसँग प्रोब्लम हो । बाँकी केटीहरूको जो कुरा छ, त्यसमा पनि त्यही नै हो । विराज त मैले ल्या’को, र्रि्रेक दिएको केटा हो, के प्रोब्लम हुनु ?

ििनखिलसँगको प्रोब्लम के हो ? (दोहोर्‍याएपछि उनले मुख खोलिन्)

निखिल उप्रेतीलाई जहिले पनि मैले दाइका रूपमा हेरेको हो । उसको र मेरो एकदम राम्रो जोडी जमिरहेको थियो । त्यसैले हिम्मतमा लिएँ । अहिले उहाँले खै मलाई याद भएन भनेको सुनेको छु । हिम्मतमा उसले डेट नदिएर अल्झाइरहेर लफडा गर्‍यो । त्यस कारण निकालिदिएँ । -रेखा लगातार भनिरहेकी थिइन्) उसको ठाउँमा विराजलाई राखें, ऊ आज नम्बर वान हिरो छ । त्यही कुरामा झगडा भएको हो । अहिले विराज कहाँ छ निखिल कहाँ - मैले उसको प्रतिस्पर्धी जन्माइदें । ऊभन्दा राम्रो फाइट गर्ने, एक्टिङ गर्ने कलाकार जन्माइदिएँ । नेपालमा मात्र नभएर भोजपुरीमार्फत इन्डियामा पनि विराज हिट छ । विराज मात्र होइन, म पनि निखिलको प्रतिस्पर्धी हुँ । त्यसै पनि निखिल राम्रो कलाकार होइन, राम्रो स्टन्टम्यानचाहिँ हो । त्यो कुरालाई सल्युट गर्छर्ुु

िनखिलसँग अब कहिले फिल्म नखेल्ने ?

यो जन्म त के मानिसको सात जन्म हुन्छ रे, सातौं जन्मसम्म पनि म ऊसँग फिल्म खेल्दिनँ । -उनी रिसाएकी थिइन्) एउटा केटा मान्छे भएर आफूभन्दा सानो केटीसँग प्रतिस्पर्धा गर्न चाहने, त्यो लोग्नेमान्छे हो - घरि को हिरोइनलाई च्यापेर को हिरोइनको पेटमा लात हान्छ । मलाई त हरेक फिल्मबाट निकाल्न खोज्यो । मलाई के कन्र्फम थियो भने एक दिन ऊ आपै+m पतन हुन्छ । आज मैले जन्माएको केटाले उसलाई जितिसक्यो । ओशोको किताब पढेर महात्मा बनिँदैन, व्यवहारमा लागू पनि गर्न सक्नर्ुपर्छ नि ।

एउटा फिल्मको सुटिङमा राजेश हमालसँग फोटो खिचाउन पनि त मान्नुभएन नि ?

उहाँले कृष्टि मैनालीको टाउकोमा चिया घोप्ट्याइदिनुभयो रे, बिपना थापालाई लडाइदिनुभयो रे । हिरोमा काम गर्दा म १६ वर्षी केटी थिएँ । राजेश हमाललाई भगवान् मान्थें । त्यसको चक्कु-छुरी गीतमा नाच्दै थिएँ । फोटो खिच्दा छुनै मान्नुभएन । ए बाबँ, हामीचाहिँ मान्छे होइन - राजेश हमाल चन्द्रमाबाट झरेको त होइन नि । मैले उहाँबाटै सिकेको कुरा फर्काएको हो ।

छिवि ओझासँग बिहे गरेपछि ओझा हुनुपर्ने होइन र ? किन थापा ? (२० वर्षअन्तरको निर्मातासँगको वैवाहिक जीवनमा प्रवेश गरेर प्रसंग फेरियो)

मैले भोलि बच्चा पाएँ भने पनि उसको थर थापा नै राख्छु । (उनले कपाल मिलाउँदै भनिन्) अब त झन् आमाको नामबाट पनि नागरिकता निस्कने भइसक्यो ।

तपाईं सामाजिक मान्यताविरुद्ध हो ?

-च्याप्ने कोसिस गरियो)

म गृहिणी हुन्थें भने घरमा लोग्नेका लागि भात पकाएर, जुत्ता पुछिदिएर, लुगा धोएर बस्थें । उसको कमाइमा खानुपथ्र्यो, इन्डिपेन्डेन्ट थिइनँ भने उसको थर राख्नुपथ्र्यो । तर मेरो आप\mनै पहिचान छ, व्यक्तित्व छ भने त्यसको जरुरी छैन । बुबाआमाले जन्माएर र हर्ुकाएर दिएको थर बिहे गरेर चेन्ज गर्नुपर्छ भन्ने मान्दिनँ । बरु सबै केटीहरूलाई आह्वान गर्छर्ुुहामीले लोग्नेको होइन, लोग्नेले हाम्रो थर राखोस् न । जात केही होइन, रेखा भनेको धेरै होलान्, चिनाउने अर्को नाम मात्र थापा हो ।

तपाईंका तर्फबँट छविजीलाई ड्याडी नबनाइदिने ? (मरीमरी हाँसिन् रेखा)

बनाउने । पख्नोस् न, टाइम छ नि । उमेरै नपुगी बिहे गरियो, परिपक्व भएपछि ड्याडी पनि बनाइदिउँला, मम्मी पनि बनौंला । हतारै के छ र, साथीहरू त भर्खर बिहे गर्दै छन् ।

तिपाईं माओवादी हो - माओवादी कार्यक्रममा गएर प्रचण्डलाई नचाइदिनुभयो नि - -फेरि प्रसंग फेरियो, उनले हातसमेत हल्लाउँदै प्रतिवाद गरिन्)

होइन, म माओवादी होइन । त्योभन्दा अगाडि कांग्रेसको कार्यक्रममा पनि गएको थिएँ, कसैले केही भनेन । कलाकार मान्छे हुँ, जहाँ पनि जानुपर्छ नि । माओवादी बन्दको दिनमा माओवादीले घरमै गाडी पठाइदियो, माओवादीकै गाडी चढेर कार्यक्रममा गएँ । माओवादी किन - खाओवादी, साओवादी जसले राष्ट्रवादी एजेन्डा ल्याउँछ, त्यो सबै समारोहमा जान्छु । तर रात्रिभोज र चियापानमा कहिले पनि जान्नँ ।

प्रचण्डलाई पनि नचाइदिनुभयो हगि तपाईंले ?

मैले नचाएको होइन, उहाँ आपै नाच्नुभयो । राष्ट्रनायकसँग नाच्न पाउनु मेरो लागि पनि गौरवको कुरा हो । तियो कार्यक्रममा कि लाऊ माया मैतिर कि लाऊ उहीतिर, ए निर नलाऊ दुइतिर भन्ने जो गीत गाउनुभयो, त्यो आपै+mले छानेको हो - त्यो गीत सटाएर थियो कि सल्लाह ?

त्यो गीत मैले आपै+mले छानेको हो । त्यो मेरो लागि उहाँहरूलाई सल्लाह थियो । मानिस ड्वयल हुनुहुँदैन, एउटा ट्य्राकमा हिँड्यो भने मात्र सफल हुन्छ, यता पनि उता पनि गर्‍यो भने हुँदैन भन्नका लागि त्यो गीत छानेको थिएँ । कि सरकारलाई साथ दिनुपर्‍यो कि आप\mनै ट्य्राकमा हिँड्नुपर्‍यो भन्न खोजेकी हुँ ।

तियसलाई हेरेर एमाले नेता केपी शर्माले पहिला संविधान बनाऊँ अनि रेखासँग नाचौंला भन्नुभयो नि ?

उहाँको कुरा मलाई मन पर्‍यो । त्यो उहाँको दृष्टिकोण हो । संविधान बनेपछि नाच्न झन् राम्रो हुन्छ । संविधान बनेपछि उहाँसँग नाचौंला नि । (खितखिताइन् रेखा)

नायिकाको सेक्सभिडियो आउन थालेको छ, यसले कस्तो प्रभाव पारेको छ- (जल्दोबल्दो विषय)आपनो इन्टे्रस्टको कुरा हो । तर एउटा-दुइटा फिल्म खेल्छन् अनि यस्तो भिडियो आउँदा सिंगो इन्डस्ट्री नै बदनाम भयो । सबै नायिकालाई हर्ेर्ने नजर अर्को भयो । सबै नायिकाको भिडियो छ भन्ने कुरा आयो । सबै नायिका यस्तै हुन्छन् भन्ने पर्‍यो । यसले राम्रो गरेन । इन्डस्ट्री एक्कासि बदनाम हुँदा दुःख लाग्यो ।

गिल्यामर रोलबाट वाक्क भएको हो ? अब इमेज चेन्ज गर्न खोज्या हो ? उनले लगाएको कुर्तासुरुवाललाई ध्यानमा राखेर सोधियो)

वाक्कभन्दा पनि इमेज चेन्ज गरौं भन्ने लागेको छ । म बाँचेसम्म ग्ल्यामरस हुन्छु, ५० वर्षा पनि छोटै लुगा लाउँछु । ट्य्राक चेन्ज गर्ने सोचचाहिँ छ ।

Monday, January 3, 2011

जिल्ला शिक्षा कार्यालयको १६ करोड बजेट

सल्यान पुस १९
जिल्ला शिक्षा कार्यालय सल्यानले यस आर्थिक वर्षमा शिक्षा क्षेत्रमा जिल्लाको विकासात्मक क्रियाकलापमा झण्डै १६ करोड खर्च गर्ने भएको छ । जिल्ला शिक्षा कार्यालय सल्यानको आयोजनामा आज सल्यानको खलङ्गामा भएको आर्थिक वर्ष ०६७÷०६८को वार्षिक कार्यक्रबारे अभिमुखिकरण कार्यक्रममा सो जानकारी दिइएको हो । जिल्ला शिक्षा समितीका अध्यक्ष तथा निमित्त स्थानिय विकास अधिकारी वासुदेव रिजालको अध्यक्षता तथा कायममुकायम प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि नेपालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापा, शाखा अधिकृत रामहरी रिजाल लगायतले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन कार्यालयका प्रास मोहन दाहालले गर्नुभएको थियो । कार्यालयले जिल्लाका सवै विद्यालयमा छात्राको लागि छुट्टै सौचालयको पहँुच शुनिश्चीतताको प्रकृया शुरु गरेको प्रास विनोध अधिकारीले जानकारी दिनुभयो ।

साझा प्रकाशनले पुस्तक नदिएको पुस्तक व्यवसायिको आरोप

सल्यान पुस १९
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायि महासंघ शाखा सल्यानले साझा प्रकाशनले व्यवसायिलाई पुस्तक खरिद गर्न जाँदा नदिने गरेकोे तथा दिएपनि निकै दुख दिने गरेको बताएको छ । महासंघले आज जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गरी सहज रुपमा पाठ्यपुस्तक पाउनको लागि वातावरण मिलाइदिन आग्रह समेत गरेको छ । महासंघ जिल्ला शाखाका अध्यक्ष होमराज खनालले आफुहरुले अव परिक्षामा गेसपेपरको प्रयोगलाई निरुत्साहित गर्न पहल गर्ने पनि बताउनुभयो । महासंघ जिल्ला शाखाका प्रथम उपाध्यक्ष भुवनेश्वर शर्माको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन सचिव नरेन्द्र बुढाले गर्नुभएको थियो । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायि महासंघ सल्यानकोे जिल्ला शाखा यहि पुस १२ गते गठन भएको थियो ।

नेपाल तरुण दल सल्यानको अध्यक्षमा केसी

सल्यान पुस १९
नेपाल तरुण दल सल्यानको अध्यक्षमा सन्तोष केसी चयन हुनुभएको छ । पुस १८ गते केन्द्रिय अध्यक्ष महेन्द्र यादवले केसीलाई नेपाल तरुण दल सल्यानको तदर्थ समिती अध्यक्षर्मा मनोनयन गर्नुभएको नेपाली काँगे्रस सल्यानले जनाएको छ ।

चट्याङ परेपछि गाँऊवेसी एफएम बन्द, सहयोगको अपिल

सल्यान पुस १९
चट्याङ परेपछि सल्यानको कपुरकोटमा रहेको गाँऊवेसी एफएमको प्रशारण बन्द भएको छ । चट्याङले रेडियोको युपिएस, ईन्र्भरटर। मिक्सचर लगायतका महत्वपुर्ण सामानहरुान क्षति पु¥याएपछि रेडियोको प्रशारण बन्द भएको रेडियोको स्टेशन म्यानेजर ठाकुरप्रसाद देवकोटाले जानकारी दिनुभयो । सामानमा क्षति पुगेपछि आर्थीक अभावका कारण मर्मत गर्न नसकिएपछि प्रशारण बन्द गर्नुपरेको उहाँले जानकारी दिनुभयो । उहाँले आर्थिक अभावका कारण सामान मर्मत नहुदा सम्म रेडियोको प्रशारण बन्द गर्नुपर्ने बाध्यता भएको भन्दै सामान मर्मतको लागि सहयोगको गर्न अपिल समेत गर्नुभएको छ । चट्याङबाट दुईलाख पचास हजार बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ ।

सल्यानको दार्माकोटमा गोली लागेर एक जना घाईते

सल्यान पुस १९
सल्यानको दार्माकोटमा स्थानियको गोली प्रहारबाट एकिकृत नेकपा माओवादीका एकजना कार्यकर्ता घाईते भएका छन् । गयराती छिमेकीको गोली प्रहारबाट दार्माकोट गाविसको वडा नम्वर १ दैटाकुराका ५५ वर्षिय परशुराम सुनार – वालाराम घाईते भएका हुन् । सुनारलाई पाखुरा र काँधमा गोली लागेको छ । दार्माकोटमा प्रारम्भिक उपचार पछि उनाई थप उपचारको लागि जिल्ला अस्पताल सल्यान ल्याइएको छ । घटनाबारे जानकारी पाएपछि अहिले प्रहरी घटनास्थल पुगेको छ । गोली प्रहारमा संलग्न स्थानिय जित बहादुर सुनार अहिले फरार रहेको र उनको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । गोली प्रहार गर्नुको कारणबारे अनुसञ्धान भैरहेको डिसएप्रहरीको भनाई छ । यसैविच नेपाली काँग्रेस सल्यानले केहि सञ्चारमाध्यमले सो घटनामा आफ्नो पार्टिको नाम जोडेको प्रति आफ्नो पार्टिको ध्यानाकर्षण भएको जनाएको छ । काँग्रेस जिल्ला सभापति गणेश चन्दले सो घटनामा आफ्नो पार्टिको कुनै संलग्नता नरहेको बताउनुभयो ।

सवारी साधनमा प्रेस लेख्न रोक

सल्यान पुस १९
दुरुपयोग भएको भन्दै नेपाल पत्रकार महासंघ सल्यानले सवारीसाधनमा प्रेस लेख्न रोक लगाएको छ । जिल्लामा गैर पत्रकारहरुले पनि सवारीसाधनमा प्रेस लेख्न थालेपछि महासंघले यस्तो कदम चालेको हो । आज बसेको महासंघ सल्यान शाखाको वैठकले पत्रकारहरुलाई पनि स्थाई रुपमा प्रेस रोक लगाईएको र असहज परिस्थीतिमा अस्थाई रुपमा लेख्न सकिने निर्णय गरेकोमहासंघ सल्यान शाखाका अध्यक्ष उत्तम हमालले जानकारी दिनुभयो । साथै महासंघले यसको कार्यान्वयनबारे पनि अनुगमन गर्ने भएको छ । यस्तै महासंघको वैठकले सल्यानमा महासंघको नयाँ सदस्यता वितरणका लागि महासंघका जिल्ला अध्यक्ष उत्तम हमालको अध्यक्षतामा ५ सदस्यीय कार्यदल गठन गरीएको छ । कार्यदलका सदस्यहरुमा प्रेस चौतारी सल्यानका अध्यक्ष रमेश कुमार गौतम, क्रान्तिकारी पत्रकार संघका शालिकराम शर्मा, प्रेस युनियनका सचिव सनतकुमार शर्मा र सदस् सचिवमा महासंघका सचिव रेशम डिसी रहनुभएको छ । कार्यदलले भोली वेलुकी ५ बजेसम्म जिल्लाका नयाँ सदस्यबारे टुंगो लगाउने छ । यस्तै वैठकले यातायातका साधनमा पत्रकारहरुलाई भाडादर सहुलियतका लागि सल्यान रुकुम यातायात व्यवसायि समिती, राप्ती अञ्चल सार्वजनिक यातायात समितीलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ ।