पुरुषेत्तम गिरी कार्तिक १८ सल्यान
मंसिरको दोस्रो साता सल्यानको सितलपाटिमा हुनलागेको मध्यपश्चिम महोत्सवलाई सफल पार्न जिल्ला विकास समिती सल्यानले आठ लाख रुपैँया सहयोग गर्ने भएको छ । यस्तै महोत्सवको सफलताको लागि जिल्लाका ४७ वटै गाविस कार्यालयले २० देखि ५० हजार सम्म सहयोग गर्ने निमित्त स्थानिय विकास अधिकारी सुरेश अधिकारीले जानकारी दिनुभयो । महोत्सवको पहिलो चरणको तयारी सम्पन्न भैसकेको र अहिले महोत्सवको लागि आर्थिक संकलनको काम तिव्र गतिमा अगाडि बढिरहेको सल्यान उद्योग वाणिज्य संघका अध्यक्ष हरीहर वुढाथोकीले जानकारी लिनुभयो । यसैविच महोत्सवको अवसरमा मध्यपश्चिम क्षेत्र स्तरीय लोक दोहोरी प्रतियोगिता हुने भएको छ । सल्यान सहित मध्यपश्चिमका १५ वटै जिल्लाबाट प्रतियोगितामा १७ वटा टिमको सहभागिता रहने छ । लोक दोहोरीमा प्रथम हुनेलाई ३० हजार द्धितियलाई २० हजार तृतियलाई १० हजार र सान्त्वना हुनेलाई ५ हजार पुरस्कार तोकिएको छ ।
No comments:
Post a Comment