शहिदको विधवा पत्नी उपन्यास
प्रेमकुमार मालाकार
शहिदको विधवा पत्नी -१
भोलि देखिको तीन दिन, लामो नेपाल वन्द, मेरो वेदनामा अझै तीव्रता आउने छ
। यो पेट भर्न नङ्ग पनि खियाउन नपाइने वन्द, मेरो लागि चुलो वन्द, पेटको
लागि मुख वन्द, हातको लागि हृयामर समाइ ढुङ्गा फोड्न वन्द, तर यो पेट
वन्दको आशय नवुझेर छटपटाउन लगाउँछ मलाई, यी अंगहरु, यी स्तनहरु, यी
प्रत्यंङ्गहरु काम नपाएर टोलाएको समयमा विगतका वास्तविकता र ती सपनाहरु
सम्झाउदै उर्लिन थाल्दछन् । असहृय भएका अंगहरुलाई शान्त पार्न म
म्याउदैमा अचेतन भएको मेरो मनमा, यो वाह्र वर्षो विगतका ती दिनहरुको आरोह
र अवरोहहरुको व्रि्रोहमा अर्धचेतन अवस्थाको यो मन वोक्दै यी तीन दिन
विताउन वाध्यता आइलागेको छ ।
निमोठिएको मन, वहकिएको आकांक्षा, भ्रमित भएको जिन्दगी, सपनामै विलाएको
सपना, शहिद विधवाको नामले चिनिएको यो मानवरुपी अस्थिपन्जरमा त्यो समयको
(शहिद संगको सुहागरात) स्मरणमा रोमाञ्चित हुदै तातेको शरीरमा अर्को
वलिष्ट हातको सुमसुम्याइमा पग्लिन पुगेको वलिष्ट कस्सिएको स्तनहरु र
पसिनाको सुगंधित पोखरीमा डुवुल्की मार्दा आफ्नै यी स्तनहरु चुसेर
हर्ुर्केको छोरालाई पनि विर्सदा आज मेरो आप\mनै अंगसंग छुट्टएिर वस्नु
परेको छ, एउटा घायल मातृत्व, एउटा घायल सतीत्व, एउटा घायल आमा, एउटा घायल
पत्नी, एउटा घायल प्रेमिका, एउटा घायल शहिद पत्नी, समग्रमा एउटा घायल
नारी, जसमा मन छ, तन छ, उन्माद छ, आकंाक्षा छ, सपना छ, यौन चाहाना छ र
सताइ रहने यौनाङ्गहरु छन् र आम नेपाली नारीहरु जस्तै वलिष्ट पाखुराहरु
भित्र च्यापिएर रातहरु भोग्दै जाने चाहाना पलाइ रहन्छ ती शहिद संग
विताएका दिनहरु जस्तै । प्रेमालापमा उसंग मनकामना होटलमा विताएका क्षणहरु
जस्तै ।
भोलिदेखि नेपाल वन्द, मसंग काम पनि हुने छैन, उ पनि छैन, छोरा पनि छैन,
शहिद त शहिद भएर गइ हाले, सम्झनै सम्झनामा यो विकृत जीवनको भार शहिदको
भावनामा चोट पुर्याएर जीवनलाई पुन एक पटक हरियाली ल्याउने सपनामा
हामफाल्दा हात लागेको यो परिस्थिति, यो जीवन यात्रा वर्ण्र्ाा। मृत्युको
पर्खाइमा लान्छित नारीको रुपमा अवहेलित भएर वाची रहेकीछु । यो वाह्र
वर्षो अवधिमा, शहिद पति, शहिद पतिको छोरा र दोस्रो पति जो संग प्रेम
विवाह भएको थियो तर उसको पहिलो श्रीमती र तिनका सन्तानले पतित वनाइए
पछिको यो निरस जीवन, मेरो जिउँदो लास भई जिउन विवश भएको छ । जीवन विसाउने
तरखरमा रहेका ती वृद्ध सासू र ससुराको चिसो काखमा विसाएर आएको मेरो
छोराको यादमा, यो कम्पित मुटुमा असहृय वेदना उम्लिएको छ । आज, यौवन र
यौनले सताउने यी अंगहरुमा मातृत्व पलाएको छ । मातृत्वको वेदना र यौनको
चाहानामा वहुलाउने यो शरीरमा एउटा निर्जीव नारी आत्माको हलचल भएको छ । यो
जेठको लामो दिनहरुमा अतीतलाई सिलसिलेवार संम्झन पुगी रहेकीछु विना काम यो
वन्दका दिनहरुमा ।…………वुगमतीको नेवार वस्तीको निर्मल स्वच्छ हावा, चारै
दिशा धानका हरिया फांटमा चरी सरी उप|mी उप|mी हुर्केको म भरखरको सोह्र
वर्षो यौवनाको पारम्परिक अर्ध सहर कीर्तिपुरमा नेवारी परंम्परामै सुटुक्क
विहे भयो । गरिव किसानको छोरी गरिव किसानको छोरासंग, जहाँ सधै रातमा
विहानको लागि चिन्ता, विहान वेलुकीको लागि चिन्ता हुन्थ्यो । विशाल
परिवार छ भाई छोरा र तीन दिदी वहिनीहरु मध्ये म साहिंली वुहारीको रुपमा
नयां आवरणमा । आफ्नो खेतवारीको आर्जनले नपुगेकालेे अर्काको खेतवारी
कमाउने, अर्काको खेतवारीमा ज्यालामा काम गर्न जाने र पुरुषहरु सीप अनुसार
काममा जाने गर्दछन् । ससुरो डकर्मी, जेठो दाजु सिकर्मी, माहिलो यताउती,
मेरो शहिद पति पनि सिकर्मी, चौथो भरखर सिकर्मी काममा दाजुहरुसंग सिक्दै
अन्य दुइ भाइहरु सानो नै भएकाले स्कूलमा पढ्दै । जेठो दाजु नेवार परम्परा
र नेवारी गुठीको झन्झट ठान्दै धर्म परिवर्तन गरेर क्रिश्चियन वनेका छन् ।
ससुरो आफ्नो गुठीको नाइके र परंम्परागत नाच र संङ्गीतको गुरु रहेका छन् ।
एक परिवारमा दुइ धर्मको संगम, छोरा कट्टर क्रिश्चियन, पूजाआजाको कुरा
निस्किने वित्तिकै बहिष्कार गरिहाल्ने, बाबु कट्टर हिन्दू र सोही धर्मको
नाचगानका गुरु हुनका कारण सुखमय परिवार त अवश्य थिएन र्।इटै र्इंटाको
वनेको गाँउवाट ढुंगै ढुंगाले वनेको ढुंगाको ढिस्कोको दक्षिणपट्ट अवस्थित
मेरो कर्मको घर, पुरानो परंम्परागत नेवारी शैलीमा वनेको पाउँदा त्यो समथर
मेरो माइती झलझल आँखामा कैयांै दिनसम्म नाची रहन्छ । वुगमतीको सँस्कृति
संग कीर्तिपुरको सँस्कृति शारीरिक रुपमा विहेको दिनमै मिसिएर मिले पनि
मेरो व्यवहारमा मिसिन कठिन भै रहेको छ ।उच्च साँस्कृतिक इतिहास बोकेको
कीर्तिपुर, वीरताले काठमाण्डौ अगाडि छाती फुलाएर शिर ठाडो गर्दै उभिएको छ
। यहांका साहसी कीर्तिपुरवासीहरु नेपालको प्रत्येक इतिहासमा
स्वर्ण्र्ााक्षरले लेखाउदै आएको ठाउँमा म मेरो जीवन विताउन पाउंदा हर्षे
लालयित हुदै खुसी साथ आएकी थिए, मैले पनि अर्को एउटा वीर नेपालीको आमा
वन्न । उमंग, रोमाञ्च, चञ्चलता, भावुकता, यौवनको लहर छछल्किएर शरीर भरी
पोखी लालिम्य भएको छ । बिनाश्रृंगार, प्रसाधन र सुगन्धले पनि वासनामय
भएको यो भरखरको काउकुती जोवनमा विवाहको सही अर्थको वोध नहुदै पुगेको ठाउँ
यो कीर्तिपुर मेरो लागि कौतुहलपर्ूण्ा थियो नै । यसको साथ साथ काउकुती
लगाउदै नसाभित्र बगेका रगतमा गर्मी अझै थपिएको थियो ।
मेरो परिवार गरिव किसान भएको र मेरो श्रीमान्को परिवार पनि गरिव किसान
तथा धेरै परिवार भएकोले मेरो विवाह विना कुनै औपचारिकता, वाजा, भोज-भतेर
र मोटरगाडीमा चढेर भएन । उनीहरुको केही जवान मानिसहरु आएका थिए मलाई लिन
र मलाई पुर्याउन मेरो घरवाट एकजना जानु भएको थियो । राती साधारण खाना
खाई हामी हिंडेर गएका थियौ । दाइजो केही थिएन । श्रीमान हुने आएको पनि
थिएन नेवारी चलन अनुसार । लाल्टिनको भरमा खाल्डा खुल्डी वाटो हुंदै दुइ
घन्टाको वाटो हिडेर पुगिएको थियो । अरुले लगाई दिएको सारीको सप्को समाई
काठको भर्याङ्ग समाउदै लडखडाउदै कुनै औपचारिक स्वागत विना नै मटानको
सुकुलमा वसेका थियौ । विवाह हो वा पाहुना लागेको केही थाहा थिएन । लामो
थकान, खलवलिएको न्रि्रामा होसै नहुदै थच्याक्क वसेर सुस्केरा हाल्दा आएको
लामो स्वास संगै हुत्तिएको आवाजले मलाई यो पनि भान भएन म यो घरको वुहारी
भै सकिछु, यो घरको दैलो टेके पछि । सुस्ताउदा सुस्ताउदै कोही र्घर्ुन
थाले, कोही वुहारी परिचय गराउने रस्म मिलाउन थाले, कोही वाटो भरीमा भए
गरेका कुरालाई सिलसिला मिलाउदै गफ मिलाउन लागे, म निदाएको वहानामा मेरो
दुलाहा कुन चाहिँ हो भन्दै चियाउन थाले । लमीले मिलाएको विहेवारीमा मुख
हेर्ने र देखाउने काम पनि भएको थिएन । लमीले राम्रो राम्रो भन्दैमा,
बुबाज्यूले हेरेको भरमा म यहाँ वुहारीको नातामा गांस्सि सकेकी छु ।
वाध्यता मेरो धेरै भाई छोरा भएको घर भएकोले कुन चाहिँ मेरो श्रीमान हो
ठम्याउन गाह्रो भई रहेकोछ, मलाई । कोही हांस्दै थिए, कोही जिस्किदै थिए,
कोही व्यंङ्ग गर्दै थिए । म सवैको कुरालाई सुन्दै केलाउंदै एक एक गर्दै
नियाल्दै थिए घुम्टोको प्वालवाट । शायद विवाहको संगीत, कोलाहल, मस्ती यही
क्षण थियो की -माटोको जांड राख्ने भाँडा “सोमा”, रक्सी राख्ने “अन्ती”,
उसिनेर वेसार राखी तेलमा तारेको कुखुराको फुल वीच सुकुलमा राख्दै भन्न
लागे “ल अव सोकं दिन लगाउँ” ।सारीको घुम्टो मिलाउन लगाउँदै मेरो घरवाट
आएका नातेदारले मलाई अगाडि बढ्न संकेत गरे र लमीले हातमा तारेको फुल
राख्दै तथा कचौरामा रक्सी अन्तीवाट भरेर मलाई थमाएर ससुरो देखि चिनाउदै
“सोकं” दिदै गएं त्यहां उपस्थित सवैलाई र सवैको खुट्टा ढोग गर्दै गएँ,
आफुले मान्नु पर्ने सवैको पालो सिद्धिए पछि अव मेरो श्रीमान हुनेको पालो
परेको रहेछ, सवै गलल हांसे, लमीले जिस्किएर भने “यही त्रि्रो श्रीमान,
राम्रोसंग हेर ।” म लाजले कचौराको रक्सी जस्तै भइछु । उसले पनि कचौराको
रक्सी जस्तै एकै घुटुकोमा पिउला जस्तो हेरेको देख्दा मेरो शरीरमा कम्पन
पैदा हुंदा छछल्किएका जवानीसंंग रक्सी पनि छछल्किन पुगेछ । कुन समय मैले
रक्सीको कचौरा र फुल उसको हातमा थमाएछु र खुट्टा ढोग गरेछु मलाई पत्तै
भएन छ । त्यसपछि श्रीमानका भाई वहिनीहरुलाई पालैपालो दिदै सोकंको काम
सिद्धिन नपाउदै लमीले मेरो श्रीमानले टोकेको आधा फुल र जुठो रक्सी खान
लगाई विधिवत विवाहको औपचारिकता पूरा गराए । जुगजुग साथै जिउने साथै मर्ने
प्रणमा वेरिन पुग्यौं । साधारण कोठा, भित्तामा लिउन लगाएर कमेरो पोतेको,
काठ र वांसका दलिनहरु, भाटाका चिर्पटहरुमाथि माटो विछ्याएको, अंध्यारो
कोठा, कोठामा सुकुल विछ्याएको, खाटमा नयाँ ओछ्यान माथि नयाँ सेतो तन्ना,
धमिलो कामुक विजुलीको प्रकाश भएको कोठामा म प्रविष्ट भएकी छु । मेरो लागि
प्रदान गरिएको खोली, मलाई यस कोठामा सासू र लमीले पुर्याई र्फकनु भएको छ
। हलुङ्गो मन लिएर थ्याच्च ओछ्यानमा खाटमाथि नै वसेर कोठाको आवरणलाई
अवलोकन गर्दै छु, जीवनको हरेक कोणवाट छोरीको रुपमा, वुहारीको रुपमा,
श्रीमतीको रुपमा अनि भविष्यमा आमाको रुपमा । ढोका खोल्दै श्रीमानको
आगमनले तर्सिएको मेरो शरीर डर, त्रास, रोमाञ्चकता, हीनता, कौतुहल र अन्तर
मनमा उब्जेको यौन खुलदुलीले अवाक भएको मेरो अर्ध चेतन शरीरमा हातले छुदै
मेरो समीप वसेको उ संग झस्केर अत्तालिएकी छु म, र उ खुसखुस हांसेको हांसो
संग म पनि हांस्न विवश भएकी छु ।भलाकुसारी, आत्मीयता, रहस्यमय कुराहरु,
संक्षिप्त आत्मकथाहरु, रसरंगका कुराहरु हामी दुइ एक आपस झिनो मसिनो स्वर
फुसफुसाउदै छौ । अर्काे कोठामा अन्तीवाट रक्सी सिद्धिंदै छ, सोमामा जाँड
घटदै जादंैछ, हाम्रा हातहरु आफ्नै हात संग मस्काजोरी खेल्दै छन् ।
वाहिरको वातावरण सुनसान हुदै छ । हाम्रा भलाकुसारीहरु समाप्त हुदै छन्
यतिकैमा उसले “सुत्ने होइन रात धेरै भइसक्यो” भन्दा मेरो अागमा कैयौं
विजुलीका तेज झट्काहरु भए र सँभालिदै भने “तपाई सुत्नुस्” । उ जुरुक्क
खाटवाट उठ्यो, विजुलीको स्वीच थिचेर वत्ती निभायो, खाटमा पल्टिदै सुस्तरी
मेरो सिफनको सप्को तान्दै सुत्नको लागि आग्रह गर्दै अर्को हातले मेरो
पिठिंयूमा सुममुम्याउदै छ । काँपेका मेरा अंगहरु शान्त हुन खोजिरहेका
छैनन् । यो सोह्र वर्षो जवानी प्रत्यङ्गहरुवाट यौवनका रस चुहिंदै छन् ।
सुस्तरी पग्लेका मेरो शरीरका अंगहरु उसैको हातकोर् इशारामा मैले कुनै
वाहृय प्रतिक्रिया नदेखाउदै सुम्पदै गएँ ।वांसको दलिन, भाटाका चिर्पट र
माटोलेे वनाइएको मटानको भुइ, अलिक बढी जोडले चलेमा आवाज ठूलो आउने डर तथा
माटो तल्लो कोठामा फुरफुर झर्ने डर, मनमा पहिलो प्रेमालापमा कठिनाई आउने
डर तर यी डरहरु पनि रोमाञ्चित हुदै सलवलाएका तरङ्गहरु, ती तरङहरुमा
गितारसरी वजाई रहेका उसका हातहरु । स्वप्न संसार यहीं वशिभूत हुदैछ ।म
पनि उसको समकक्षमा सुती सकेकी छु । उसका हातहरु मेरो व्लाउज वाहिर मडारी
रहेकोमा अव व्लाउज भित्र अन्तरकुन्तर, फेद र टुप्पो चाहार्दै छन् ।
मुखवाट ताता हावा निस्किदै छन् । सामिप्य अझै नजिकिदै पुग्दा हाम्रा
ओठहरु टांस्सिन पुगेका छन् । ज्रि्राहरु साटासाट भएका छन् । मुखको र्याल
कहिले म पिइदिन्थे, कहिले उसले पिइ दिन्थ्यो । मेरा हातहरु गतिमान भएको
छ, उसका हातहरु अझै वलिष्ट भएका छन् । कस्सिएर बसेका मेरा स्तनहरु,
ढुङ्गासरी कडा भई अप्ठेरो महशुस दिलाई रहेका यी स्तनहरुले शान्त महशुस
गर्दै छन् शायद यो दिनको मसाज पर्खाइमा नै होला यो जीवनमा उम्रेका जवानी
र अग्रभागको स्थुल स्तनको वास्तविकता । उसको एक हात मेरो दर्ुइ स्तनहरुको
पालैपालो मिचाइमा व्यस्त छन्, मुख ज्रि्रो र ओठ चुस्दैमा वहुलाएको छ,
अर्को हात मेरो गोप्य जवानी खोज्दै पेन्टी भित्र पुगेको छन् तर भिजी
सकेको पेन्टी, लथपथ भिजेको गुप्ताङ्ग भूमिमा उसको हात पनि लथपथ भई भिज्यो
। मेरा हातहरु पनि अनायासै उसको अण्डरवियर भित्र खेल्न पुग्यो । मेरो
पेन्टी मात्र भिजेको रहेनछ उसको अण्डरवियर त पुरै भिजेको उसको यौनाङ्ग
स्खलित भएको चिप्लो पदार्थ मै लथपथ भएको रहेछ । मेरो हात पनि त्यही
चिप्लोपनमा उसको यौनाङ्ग संग खेल्दैछ । हामी आफ्नो अवस्थामा छैनौ ।
स्वर्गीय आनन्दमा उडान भर्दै र्छर्ाा। उन्मुक्त जवानीहरु हराउने क्रम
जारी छ । अनियन्त्रित भएका हामीहरु छटपर्टाई रहेका छौ । उसको यौनाङ्गको
केन्द्रीय भागमा मेरा औंलाहरु अनियन्त्रित छन्, मेरो यौनाङ्गको केन्द्रीय
भागमा उसका औंलाहरु छिचोल्दै छन् । हामी जंगली भएका छौ । संभोगरत नहुदै
स्खलित भै सकेका हामीहरु पुनः तयार भै सकेका छौ । सारी मेरो शरीरमा छैन्,
व्लाउजमा हुकहरु छुटि सकेका छन्, पेटीकोट माथि दोव्री सकेको छन्, पेन्टी
पाइताला मुनिवाट झरी सकेका छन्, ठीक यस्तै उसको अवस्था पनि ।
शहिदको विधवा पत्नी –२
आवाजको ख्याल गर्दै विस्तारै म माथि खप्टिएको उ, जीवनमा पहिलो “अहा” को
चित्कारसंगै उ म माथि समाधिस्थ भएको छ, म उ माथि विलय भएकी छु । पसिनाका
धाराहरु वगे, शितल र मधुर कम्पनहरु पैदा भए । केही वेरको चरम उडानपछि
दुवै एकै विन्दुमा स्खलित भयौं । भल वगेर ओछ्यान भिजेछ, परमात्माको
व्रहृमलीन पछि वास्तविकतामा र्फकेका छौ । परिश्रम पछिको थकान नमेटदै,
हामी पुन जाग्रित भएका छौ । सुनसान रात, चिसो हावा हाम्रो गर्मी शरीरमा
उन्मुक्तता प्रदान गर्दै हाम्रा हातहरु पुन स्वचालित भएका छन् । म सोह्र
पुरा गर्दैको यौवन, उ अठार मै को जवानी, दुइ जीवनको मिलन यहां प्रेमको
माध्यमवाट होइन परंम्परागत रितीरिवाजवाट भएको छ । यहां प्रेम पछिको
प्रतिक्षारत सुखद मिलन नभएर, सुखद मिलन पछिको प्रेमालाप भएको छ ।कति पटक
हामी स्खलित भयौ यो हामीलाई पनि थाहा भएन । टिनएजका हाम्रा यौवन सोच्न र
स्थिर रहन सक्ने संम्भावना नै थिएन । कुन पहरमा हामी निदायौ यसको हेक्का
पनि भएन । विहान एक्कासी विउंझिदा अस्तव्यस्त शरीरलाई तहलाउदै गर्दा
पेटीकोटमा रगतको टाटा, सेतो तन्नामा पोखीएको रगत र सेतो टाटाले पुनः एक
पटक आंगलाई झस्कायो र मनमनै लाजले ओठमा मुस्कान ल्याई दियो । त्यो क्षणको
दुखाई रोमाञ्चित र सुखद दुखाइ थियो । दांतको टोकाई, नङ्ग्राको कोपर्राई,
वलिष्ट हातको मिचाई, यौनाङ्ग भित्रको आत्मीय दुखाई अन्तरआत्मामा अलौकिक
थियो । सवैको संगमको अनौठो अनुभूति पीडा नभएर चरम सुखको आभाष थियो, यो
जीवनको पहिलो अनुभव र विवाहको वास्तविकता । उसलाई पनि उठाउदै तन्नामा
लागेको दागलाई संकेत गदै देखाए । उ मा विजयको मुस्कान देखे र मैले
तन्नालाई लुकाउन, तन्ना उठाएर खाट मुन्तिर छोपेर राखे । आजवाट म पूरा
नारीमा परिणत भएकी छु ।विहेको अर्को दिन, नौलो ठांउ, नौला नातेदारहरु,
नयां छिमेकी टोलवासीहरु, अपरिचत गांउलेहरु, सवै मलाई नियालेर हेदैछन् ।
लाजले राता भएका गाला निहुरेका निधारमा हल्का मुस्कानलाई हेदै सवै भन्थे
“हिसी परेकी छे, लछिनीकी छे” । दिनहरु यसरी नै वित्दै गए, रातहरु त्यसरी
नै वित्दै थिए । न हामी थाक्यौ र न रातहरु थाके । न र्सुय दिन ल्याउन
छोड्थ्यो न चन्द्रमा रातमा उदाउन छोड्थ्यो । प्रत्येक रात हामीलाई नयां
लाग्थ्यो र प्रत्येक संम्भोग हामीलाई नयां जीवनको अनुभव गराउथ्यों ।देशमा
पञ्चायती शासन व्यवस्था लागु थियो । कांग्रेस कम्युनिष्टहरु राजनीति
गर्नमा अभ्यस्त थिए । एकिकरणमा अवरोध पुर्याउन र्समर्थ कीर्तिपुरवासी
भित्र पनि राजनीति गुम्सिएको छ तर यो घरमा धार्मिक विविधता र विभेद छ ।
कोही पूर्वीय सँस्कृति अनुयायी, कोही पाश्च्यात्य संस्कृति अनुयायी,
पेशाले कोही डकर्मी, कोही सिकर्मी । मेरो पति थिए, सिकर्मी र राजनीति
कार्यकर्ता नभएर राजनीतिका आस्थाका पात्र थिए । दैनिक काम गर्न जाने र
रातमा मसंग लुटपुटिएर सुत्ने, यही थियो हाम्रो विहे पछिको दिनचर्या ।
जीवन हाम्रो लागि वसन्त ऋतु सावित भएको छ । न हाम्रो विशेष चाहाना थियो न
कुनै पछुतो । विहे पछि पाएको प्रेम, दिन दिनै गाढा र मजवुत हुदै झाङदिै
थियो । निर्मल, स्थिर, उत्तराखण्डका अग्ला सेता हिम पर्वतहरु जस्तै हामी
पनि स्थिर निर्मल सलसल वग्दै गरेका दुइ प्राणी थियौ ।कीर्तिपुर इतिहाससंग
हारे देखि प्रत्येक कीर्तिपुरवासीसंग राजनीति लुकेको छ, मौलाएको छ ।
मुख्यतया दुइ ध्रु्रवमा विभाजित यहांको राजनीतिक आस्थालाई वढावा दिन
स्थानीय सशक्त अगुवाई गर्ने नेताको खांचो छ जसको विना यहांका जनता
वाहिरवाट यहां आई वसेका नेताहरुको वढावामा नै सीमित रहन वाध्य भएका छन् ।
यहांका अधिकांश जनता गरिव, काठमाण्डौमा मजदुरी गर्ने र कृषि मजदुर भएकाले
वर्ग संर्घष ती काठमाण्डौका पूँजीपति वर्गसंग हुनु पर्ने विश्वास गर्दछन्
। संसारमा औद्योगिक क्रान्ति पछि देखा परेको पूँजीपति वा जमिन्दारी वर्ग
र उद्योग, कलकारखाना तथा कृषि मजदुर वीचको फासला वढ्दै जानुले जन्माएको
र्सवहारावर्ग वीचको द्वन्दको कारण कम्यूनिजम नीतिको सुत्रधार भएको हो भने
कीर्तिपुरमा इतिहांसमा भएको बर्बर वेइज्जतको तुसलाई र र्सवहारा वर्गको
समकक्षमा बाँच्ने जनताको लागि केही र्सवहारा वर्गमा विश्वास गर्ने
नेताहरुले यहां आई कीर्तिपुरवासीको विश्वास जितेका छन् भने केही जनता
राजनैतिक आकर्षाले पूँजीवादी राजनीतिमा पनि लागेका छन् । तर्सथ यहां
राजनैतिक विविधता पनि छ र हाम्रो परिवारमा पनि यो विविधता रहिआएको छ ।
पूँजीवादी वर्ग संगठनात्मक कमजोरीले ग्रस्त छ । र्सवहारावर्गमा
अधिनायकवादीको वर्चस्व छ । मैले एक दिन यस्तो विष्लेषणहरु राजनैतिक
र्सघषका क्रममा यही कीर्तिपुरमा सुनेकी थिएं । शायद संसारमा
कम्युनिष्टहरुको साम्राज्य ढल्नुको कारक तत्व पनि हो की - भन्दै
“कम्युनिष्टहरु एक पटक अध्यक्ष वा महासचिव भए पछि उसको फोक्सोमा सास
रहुन्जेल त्यही पदमा रहन चाहान्छ । उ भन्दा मुनिका जस्तै प्रखर, सवैको
विश्वासिला नेता पनि त्यो पदमा पुग्न उसको मृत्यु पर्खनु पर्दछ र त्यो
पर्खन न उसको मानले दिन्छ, न दिमागले दिन्छ, न उसको आयुले सहायता गर्छ
तर्सथ उसले उसका पकडवाला अनुयायीहरु बोकेर अर्को गुट र उपगुटको श्रृजना
गर्दछ । ग्रोर्वाचोभलाई यल्तसीनले, माधव नेपाललाई वामदेव गौतमले,
डेङ्गसियाओ पिङले माओ विरुद्ध व्रि्रोह गरे जस्तै कांग्रेसमा व्रि्रोह
पूरा भएन किनकि त्यस पार्टर्ीी अर्को पटक प्रत्येक कांग्रेसी आफूलाई
सामर्थ्यवान सावित गर्न सक्छ भने त्यो उच्च पदमा पुग्न सक्छ । नेपालमा
कम्युनिष्टहरु यती धरै गुटमा बांधिनुको मुख्य कारण शायद यही होला । यसै
कारण कीर्तिपुरवासीहरु पनि अन्यौलवस विभिन्न गुट, उपगुटमा विभक्त छन् ।
आफ्ना उदयमान मातहतका प्रखर नेताहरुको सम्मान गरी कामको मौका दिएको भए
विश्वमा कम्युनिष्टहरुको पतन हुने थिएन र नेपालमा पनि शासन वाहिर बस्नु
पर्ने थिएन तथा र्सवहारा वर्गहरु यसरी विखण्डित भई जंगल र सडक पस्नु
वाध्यात्मक अवस्थाको श्रृजना पनि हुने थिएन ।” कीर्तिपुरको राजनैतिक
यथार्थता, यहीं इतिहांसमा भएको वेइज्जती, अनुकूल समयको पर्खाइमा शहिदहरु
जन्माइ रहेकाछन् । म पनि यसै उद्देश्यको द्योतक भएकीछु, हिजोको रातको
सुखमय संर्सग पछि ।
२०४६ साल फाल्गुण ७ गते देखि नेपालमा पूँजीवादी र वर्ग संर्घष्वादीको
संयुक्त तत्वावधानमा गणेशमान सिंहको नेतृत्वमा पञ्चायती शासन व्यवस्था
विरुद्ध युद्धको घोषणा भएको छ । संयुक्त मोर्चाको विरुद्ध युवाकालमा
र्सवहारावर्गमा सामेल भई कार्य गरिसकेका पंञ्चायतका रखवाला मरिचमान सिंह
प्रधानमन्त्री छन् । विश्व राजनीतिमा आएको परिवर्तनको हावा नेपालमा पनि
लागेको छ । यस युद्धमा कैयौको मृत्यु भई शहिद वन्ने छन्, यो भविष्यको
गर्भमा छ । यो समय मेरो गर्भमा नयां जीवनको सूत्रधार भई सकेको छ, हामी,
हाम्रा परिवारका सदस्यहरु यस समाचारले खुसी ल्याएको छ । भरीभराउ परिवारमा
अर्को नयां सदस्यको आगमनको प्रतिक्षामा छौ । नेपालको राजनीति तातिदैं
गएको छ । जुलुस, नारा, लाठी प्रहार, अस्रुग्यास प्रहार, हावामा गोली
प्रहार, धरपकड, खोरमा थुन्ने, पोखरीमा चोपल्ने, अमानवीय यातना दिने जस्ता
कार्यहरुको चरमोत्कर्षहुदै गई रहेकोछ । नेपाल वन्द, विजुली निभाउ अभियान,
वाटो खन्ने, राती पहरा दिने कार्यहरुमा तीव्रता आएको छ । काठमाण्डौ
खाल्डोका चार पुरहरु, कान्तिपुर, ललितपुर, भक्तपुर र कीर्तिपुरको
प्रत्यक्ष अगुवाइमा जनकपुर, विराटनगर, पोखरा, भैरहवा, नेपालगंजहरु सवै
सामेल भएका छन्, निश्कर्षो खोजीमा ।पुलिस प्रशासनको ज्यादती बढ्दै जादैछ
र जनता हताहत हुने संख्या बढन थालेको छ । जनआन्दोलनको पहिलो शहिद
ललितपुरवाट सुरु हुदै, भक्तपुर, जनकपुर हुदै देश भरी फैलिदैंछ । अपार
जनर्समथन प्राप्त यो जनआन्दोलन उग्र हुदै जाँदैछ र कीर्तिपुरवासीले यस
आन्दोलनमा मुख्य भूमिका निभाउदै ठूला ठूला जुलुसहरु काठमाण्डौमा धावा
वोल्न आइ पुग्थे ।उ दिनभरी काम गरी घर आइ पुगेको छ । सांझको खाना खाई
ओछ्यानमा थकाई मार्दै मेरो प्रतिक्षामा अधर्ैय हुदै पर्खि रहेकोछ र म
भान्छाको अन्तिम कामहरु सिध्याएर कोठामा पुगेकी छु । ढोकाको चुकुल लगाउदै
नजिक के पुगकी थिए एक्कासी हात समाएर तान्दा मैले चिच्याउदै भने “पेटको
छोरा………..” । अनायासै निस्केको छोरा शव्दले संभालिदै “हं” भन्दै मलाई
मायाले विस्तार अंगाल्न पुग्न थाल्नु भयो । प्रेम र स्नेहले भरिपर्ूण्ा
हातका सहलाइले मेरो पेट माथि अचम्मको झनझनाहटले सम्पर्ूण्ा शरीर भरी
मायाका छालहरु तरंङ्गदिै छन् । “खोई मेरो छोरा” भन्दै खोतली रहेका उसका
औलाहरु मेरो नाइटोमा अल्भिmन पुगेको छ र आनन्द र रोमाञ्चकताको अनुभूतिको
रसपान गर्दै “त्यही छ” भन्दै मुखमा मुख मिसाइ दिएको छु पल्लो कोठावाट
हाम्रा संम्वादहरु नसुनुन् भनेर । उसका हातहरु सलवलाई तल चिप्लिन
खोज्दैछन् ।”विस्तारै” र्सतर्क गराउदै म मेरा अस्मिताहरु सुम्पदै छु, उ
यी सवै अस्मिताहरु एकै पटक उपभोग गर्नमा आतुर हातहरु कुनै तल कुनै माथि ।
मेरा हातहरु पनि उसको यौनाङ्गमा सलवलाउदै खैल्दै थिए । विस्तार विस्तार
पाक क्रिडामा मग्न हामी दुर्इ, तेस्रोकोे पनि ख्याल गर्दै मग्न थियौ ।
सदा झै आज पनि हामीले तृप्तताको अनुभूति लिदै उ, म माथि स्खलित भएको छ ।
उ, म भित्रै म उसैको तालमा, उसको संगै केन्द्रीय विन्दुमा स्खलित हुन
पुगेकी छु दुवैको स्मरण पटलमा आउने सन्तानको असीम ममता र स्नेह साँच्दै ।
यही अर्ध चेतन, अर्ध नग्न अवस्था मै हामी दुवै आत्मलीन हुदै स्वर्गीय
आनन्दमा, यथा आलिङगन भित्रै चीर निन्द्रामा निदाएंछौ, भोलिको दिनलाई
पर्खदै ।चिसो हावाको लहर संगै विउँझेको मेरो आँखा अगाडि हामी निवस्त्र
रहेछौ । उ विउँझेला भन्ने डर मान्दै सुस्तरी र्सर्किदै खाटवाट ओर्ली म एक
पछि अर्को लुगाहरु लाउदै गए र उसलाई खास्टोले ओर्ढाई दिंदै म कोठो वाहिर
निस्के, उ भावी सन्तानको सम्झनामा स्वर्गीय न्रि्रा मै आनन्दसंग
सुतीरहेकै थियो ।
सदाको झै आज पनि भान्साको काम समाप्त भएको छ र उ हिजो अस्ति जस्तै हिमाल
सिमेन्ट कारखानामा ढलान गर्न फर्मा राख्न जान लुगा लगाई तयार भएर जाने
तरखरमा छ । कोठावाट ठूलो आवाजमा मलाई वोलाउदै थियो र मैले उसको आवाज
सुनेकोले, गर्दै गरेको काम छोडेर कोठामा पुगेर “किन -” भनी प्रश्न गरे ।
उसले जवाफमा “आज चाँडै आउँछु वाहिर नजानु, अवस्था राम्रो छैन” भन्दै
निस्कनु भयो ।राजनैतिक गर्मी चरम सिमामा पुगेको छ । पाटनमा सिडिओ
कार्यालय प्रदर्शनकारीको घेरावन्दी भित्र छ । पुलिसको गोलीले घर भित्रका
मानिसहरु मारिन पुगेको छ । गोली लागेर मानिसहरु मरि रहेका छन् । मरेका
लासहरुको राजनैतिक शवयात्रा सहर भरी परिक्रमा गर्दै विरोघ प्रदर्शन हुदैछ
। काठमाण्डौको मुख्य मुख्य सडकहरु विरोध जलुसले भरिएका छन् । भक्तपुर
सहरभित्र पनि ठूला ठूला जुलुसहरु नगर परिक्रमा गर्दै रहेका छन् भने
काठमाण्डौमा सशक्त विरोधको होस्टेमा हंैसे गर्न भक्तपुर, ठिमी, कीर्तिपुर
र ललितपुरका ठूला ठूला जुलुसहरु ओर्लिदै छन् । यी जुलुसहरुलाई वीचैमा
रोक्ने भरमग्दुर प्रयासहरु हुदै थिए तर पुलिस प्रशासनलाई सफलता मिल्न
सकिरहेको छैन । विरोध अन्तिम मोडमा पुगेको आभास हुन्थ्यो । रातमा कफर््यू
लाग्ने आशंका बढी रहेको छ । यी कफर््यूका रातहरुमा हताहत हुनेको संख्या
ठूलो हुनेछ तर यसका परिणामहरु मुल्यांकन हुन सकिरहेको छैन
शहिदको विधवा पत्नी -३
आज विहान उठेदेखि निराशाले छोपेको छ र रेडियोमा भजनहरु मात्र वज्दै थिए ।
आजको मिति वि.सं २०५८।०२।२० आकासमा निस्तबता छाएको छ, मनमा खिन्नता र
वातावरण उदास लाग्दो छ । किन हो किन, आज काममा जाने जाँगर पनि छैन ।एकै
छिनमा वाटोमा मानिसहरुको चर्का आवाजहरु सुनिन थालेको छ । मैले अपत्यारिला
कुराहरु सुने र पुस्ट्यार्इंको लागि नजिकका व्यक्तीहरु संग सोध्दा, दरवार
भित्र गोलीकाण्ड हुदाँ राजपरिवारका धेरै सदस्यहरुको मृत्यु भएको छ तर
यसको सरकारी पुस्ट्याईं भएको छैन भने । विदेशी समाचार संस्थाका अनुसार
“मिति ः २०५८।०२।१९ तदनुसार २००१ जुन १ तारिखको राती ९।१५ वजे दरवारमा
गोली काण्ड हुँदा राजा वीरेन्द्र, रानी ऐर्श्वर्य, अधिराजकुमार निराजन,
अधिराजकुमारी श्रुती, शहज्यादी जयन्ती, कुमार खडग विक्रम, अधिराजकुमारी
शान्ती, अधिराजकुमारी शारदाको मृत्यु भएको छ भने घाइते हुनेहरुमा
अधिराजकुमारी कोमल, अधिराजकुमारी शोभा, कुमार गोरख राणा, धिरेन्द्र शाह,
केतुकी तथा युवराज दीपेन्द्र पनि रहेको वताइएको छ” ।विहान ९ वजे विविसी र
सिएनएन टिभिवाट मात्र थाहा भएको मलाई, जसमा युवराज दीपेन्द्रवाट विहे
गर्ने विषयमा रानी -आमा) संग मनमुटाव हुदा सवमेसिनगनले गोली हानी सवैको
हत्या गरेको समाचार प्रकाशित भएको छ ।काठमाण्डौ र काठमाण्डौ वासी जनता यस
समाचारले स्तब्ध भएका छन् । देश रोकिएको छ, आकास रोएको छ । मानिस सडकमा
उम्रिएका छन् । राती दाग बत्ती दिदांको समय पानी परी आकास रोइ दिएको छ ।
लस्करै जलाएका यी राजपरिवारका लासहरुको आगाको लप्काले प्रत्येक मै हू
भन्ने व्यक्ती पनि रुन वाध्य भएका छन् ।राजपरिवारका पाँच शवहरु क्रमसः
राजा वीरेन्द्र, रानी ऐर्श्वर्य, अधिराजकुमार निराजन, अधिराजकुमारी
श्रुती र शहज्यादी जयन्तीका सवयात्रालाई हेरी धरती, आकास, पाताल, मानिस,
पशुपंछी, वायु, र्सुय चन्द्र आदि सवै विवेक शुन्य भई शोक मग्न भएका छन् ।
निसहरु यस विपदको शब्द र वाक्यले मनको ब्याकुलता पोख्न सकिरहेका छैनन्
।विश्व राजनीतिमा एकै राजपरिवारको यत्रो ठूलो सामूहिक संहारको यो नै
पहिलो इतिहांस भएको छ त्यसमा पनि एक प्रेमिकाको लागि सम्पर्ुण्ा
राजपरिवारको सामुहिक नरसंहार हुनु यो श्रृष्टिको लागि नै नयाँ इतिहासको
कालरात्री सावित हुन पुगेको छ । यो दिन, जनता, २०४६ चैत्र २६ गतेका दिन
प्रजातन्त्र पुन प्राप्तीवाट जति हर्षर खुसी भएका थिए आजको शव यात्रामा
ठिक उल्टो त्यती नै दुखी र खिन्न भएका छन् ।राजनीतिक आस्थाका विषयमा केही
युवाहरु भनाभन गर्दै, झगडा गर्दै थिए कर्ीर्तिपुरको एउटा टोलमा, कुनै
व्यक्तिले अप्रिय घटना हुने आशंकाले प्रहरीलाई फोनवाट जानकारी गराएकोले
प्रहरीहरु आई ती युवकहरुलाई प्रहरी थानामा लगेको थियो । ती युवाहरुलाई
थाना लगेको खवर कीर्तिपुरमा आगो झै फैलियो र सारा कीर्तिपुरवासी उनीहरु
राखेको प्रहरी थानामा जम्मा हुन थाल्दा पूरा भिडको रुप लिन थाल्यो ।
प्रहरीहरुलाई उनीहरुलाई छाडी दिन धेरै अनुरोधहरु भए तर ती युवाहरुलाई
छोड्न प्रहरीहरु तयार भएनन् । लामो अनुनय विनय गर्दा पनि युवाहरुलाई
नछोडे पछि भिडभित्रवाट आक्रोसित केही व्यक्तिहरुवाट प्रहरी कार्यालय
भित्र ढुङ्गा हिर्काउने कार्यहरु हुन थाल्यो । प्रहरीहरुले भित्रवाट
अश्रु ग्यासको गोला हान्ने र जनताहरु वाहिरवाट ढुङ्गा हान्नेमा अभ्यस्त
देखिए पछि चौकीको सुरक्षार्थ काठमाण्डौवाट थप प्रहरीवलको माग फोनवाट भयो
। उक्त प्रहरी चौकी पुग्ने मोटर वाटोमा कीर्तिपुरवासीहरुको ठूलो भिडले
गर्दा प्रहरी चौकी पुग्न थप प्रहरी वल सक्ने अवस्था थिएन भने पैदल प्रहरी
वल पुग्न पनि वाटो थिएन चारैतीरवाट भिडले घेरिएको थियो त्यो प्रहरी चौकी
। कीर्तिपुरका प्रहरी वललाई सडक मार्गवाट सहयोग गर्न सक्ने अवस्था कम
देखिए पछि नैकाप तीरवाट आएका प्रहरीहरु कीर्तिपुरको पश्चिम तर्फो कालु
पाण्डेको हत्या गरिएको भिरालो घाँसे जमिनमा मोर्चा जमाएर वसेका थिए ।
हवाई मार्गवाट हेलिकप्टरमा प्रहरी अधिकृतहरु कर्ीर्तिपुरको डाँडोको चक्कर
काट्दै प्रहरी चौकीको अनुगमन गर्दै थिए । कीर्तिपुरका जनताहरु ती
युवाहरुलाई समाएर काठमाण्डौ नलैजाउन भन्नका खातिर काठमाण्डौवाट आएका
प्रहरीवललाई चौकी पुग्नमा अवरोध पुर्याउदै थिए । अश्रु ग्यास, ढुङ्गा,
नारा, विरोधहरु हुदै थिए । काठमाण्डौको प्रहरीवल नजिक आइ पुगेका र
हेलिकप्टरको सुरक्षाको आडमा उत्साही भएका प्रहरी चौकी भित्रका प्रहरीले
हवाई फायरहरु गरे भिड पन्छाउन तर हवाइ फायरले उग्र्ररुप लिएका जनताहरु
अझै ठूलो उग्ररुपले जाई लाग्दा प्रहरीहरुले चौकी भित्रवाट र काठमाण्डौवाट
आएकाले वाटोवाट जनतालाई वीचमा पारी गोली चलाए जसको कारणवाट मानिसहरु धेरै
हताहत भए । प्रजातन्त्र पुन वहाली गर्न कर्ीर्तिपुरका जनताको रगत वग्यो ।
कतिको मृत्यु भयो ।मेरो पति हिमाल सिमेन्ट कारखानामा आफ्नो दैनिक काम
सिध्याएर घर र्फकदै थियो । घर आउन सोही चौकीको तर्फो वाटो प्रयोग गने
गर्दथ्यो र आज पनि सोही वाटो र्फकदै थियो र शायद त्यहाँको वास्तविक घटना
पनि वुझ्न चाहान्थ्यो । उ आउँदा आउँदै चौकी तर्फाट सवभन्दा पछाडि र
काठमाण्डौवाट आउँदाका सवभन्दा अगाडिको एक घरको ढोकामा वसेर चौकी
तर्फहेर्दै थियो शायद घर आउने वाटो खुल्ला भएको भए त्यहाँ रोकिने पनि
थिएन होला । हवाई फायरको क्रममा सवै भाग्न खोज्दै थिए, उ ढोकैमा भएकोले उ
भाग्न पनि चाहेन र घर भित्र पनि पसेन । हवाइ फायरका लगत्तै पछि प्रहरी
चौकी भित्रवाट र काठमाण्डौवाट आएका प्रहरीहरुले दुवै तर्फाट मानिसको हुल
ताकेर गोली चलाउन सुरु गर्दा मानिसहरु भटाभट भुइमा लडन थाल्यो “कोही ऐया
गर्दै, कोही आमा गर्दै” । यतिकैमा एउटा गोली मेरो पतिको रुद्रघण्टीवाट
पसेर गर्धनको हाडलाई छेडदै पछाडिवाट निस्कदै भित्ता छेडेछ । उ “आमा र
ऐया” पनि उच्चारण गर्न नसकी ढुक्कुर ढले झै ढलेछ । भुइमा र वाटामा ढलेका
मानिसहरुलाई प्रहरीहरुले भ्यानमा राख्न थाले । कति लडे कति लगे केही थाहा
भएन सवै ज्यान जोगाउदैमा हैरान थिए । उ ढोकैमा ढलेकाले सोही घरका
मानिसहरुले घिर्सार्दै भित्र लगे र ढोकामा चुकुल लगाएर उसको उपचार गर्ने
प्रयासमा लाग्न थाले । प्रहरीहरु वँाकी लासहरु खोज्दै थिए । “यहाँ पनि
हुनु पर्छ” भन्दै खोज्दै थिए । भित्र उसलाई पानी खुवाउदै थिए तर प्राण
उडी सकेको थियो । “राम राम यो त विती सकेछ -” त्यहाँ मध्येकाले एकले भने
।
“यो त धनवीरको छोरा रहेछ, खवर गर्नु पर्ने -” अर्का व्यक्तीले भने ।
“राजवीर पो परेछ !” त्यहाँ मध्येका एउटा युवाले करायो । “वाहिर पुलिस
वलको अत्यधिक तैनाथ छ, अहिले जान सकिन्न, पुलिसले देख्यो भने यसलाई पनि
लैजान्छ ” पहिलोले भने ।
काठमाण्डौवाट आएका प्रहरीवलले मरेका, घाइतेहरु, ती समाएर राखेका
युवाहरुलाई लिएर गए । त्यस पछि पुन सवै जनताहरु वाहिर निस्कन थाले र
सोधखोज गर्न लागे । को को मरे -, कसकसलाई लग्यो -, को को घाइते भए -
यतिकैमा हाम्रो घरमा खवर आयो यस वेला रातको करिव १० वजेको थियो । राता
रात कर्ीर्तिपुरवासीहरु मिलेर पुरा कर्ीर्तिपुरलाई सिलवन्दी गरियो । सवै
मोटर वाटाहरु मोटर आउन नहुने गरी खनिए, रातमा प्रहरी संग मुकावला गर्न र
सुरक्षार्थ सवै युवाहरु पहरा दिन थाले ।म रुन सकिन । आखाँवाट आँसुहरु
झरेनन् । घरमा रुवावासी भयो । दाजु, भाईहरु उ भएको ठाउँमा दौडिन थाले ।
पुरा कीर्तिपुरका युवाहरु आक्रोसित भई पुन प्रहरी चौकी धावा वोल्न थाले ।
यस पटक प्रहरीहरुलाई आत्म सुरक्षामा मात्र सीमित रहन वाध्य तुल्याइयो ।
आज अर्को वज्रपात भएको छ । मिति ः २०५८।०२।२२ गते तदनुसार इ.सं. २००१ जुन
४ तारिख सोमवार दिनको १०।५६ वज्दैछ । नेपाल टिभीको समाचारले नेपालको
इतिहासमा नयाँ इतिहास कोर्दै घोषणा भयो । “शाहावंसको इतिहासमा ५४ घण्टा
राजाको रुपमा पदासिन हुदै राजा दीपेन्द्रको विहान ३.४५ वजे स्वर्गारोहण
भयो” को समाचारले देशवासीको, राजा वीरेन्द्रको तथा अन्य राजपरिवारको
असामयिक र अकल्पनीय मृत्युले दुखेको मुटुमा पुन वेस्सरी चिमोटिन पुगेको छ
। एउटा यस्तो यथार्थ, राजा घोषणा भए पछि वास्तविक जीवनमा होस् नै नआई,
राजाको हैसियतले कसैलाई एउटा निर्देशन नै नदिइ वा राजा भएको छु भन्ने भान
नै नहुदै, राजा दीपेन्द्रको असामयिक, अल्पायु र अकल्पनीय मृत्यु हुन
पुगेको छ ।
शाहवंसको श्रृष्टिमा पहिलो इतिहास रच्दै समाप्त भएको यो नयाँ परिस्थितिले
शाह राजवंशमा नयाँ दिशा अख्तियार गरेको छ । देश घटना मान्न तयार छैन ।
जनता सत्य कुराको भोका छन् । कपाल मुन्डन गर्नेको होडवाजी चलेको छ ।
फूलको भाउले आकास छोएको छ । यी हातहरु स्थिर भएका छन् । मन रोकिएको छ ।
रगत नसामा वग्न मानिरहेको छैन । नेपालको राजनैतिक इतिहासको एकपटक फेरी
अनिश्चितताको वादलले छाएको छ । २०४६, २०४७ र २०५० साल पछि एक पटक फेरी
कफर््यू ३ वजे देखि विहान ५ वजे सम्म लाग्न पुगेको छ । यस कफर््र्यूमा
मृत्यु हुनेहरु स्वर्गीय राजपरिवारहरुको श्रद्धान्जलीमा थप शोक मग्न
तुल्याएको छ । शहिद वनेर होइन सत्यताको खोजीमा यिनीहरु ढलेका छन् ।
आजकै दिन ५.५७ वजे शाही परिवारका कान्छा भाई धीरेन्द्र शाहको सोही घटनाका
कारण मृत्यु भएको छ । पर्ुव अधिराजकुमार धीरेन्द्र शाहले विधिवत हिन्दु
परंम्परा अनुसार वैवाहिक जीवन विताएपछि पनि विदेशी महिलालाई पे्रम गरी
अपनाएको कारण वाध्यतावश अधिराजकुमार पद त्याग गरी साधारण नागरिक भई जीवन
विताउन रुचाउनु भएको थियो । डायना र फायडको प्रेम यात्राको पेरिसमा अन्त
हुँदा वेलायतवासीले डायनाको श्रद्धान्जलीको लागि चढाएको फूलको थुप्रो
भन्दा पनि वढी राजा वीरेन्द्र र राजपरिवारलाई नेपाली जनताले भावपर्ूण्ा
श्रद्धान्जली र फूल चढाएको पाइएको थियो ।
शहिदको विधवा पत्नी - ४
मेरो श्रीमानको मृत शरीरलाई प्रहरीको नजरवाट वचाई त्यस रात त्यसै घरमा
राखियो । हतप्रद भएका हामीहरु न रुन सकिरहेका छौ, न वोल्न सकि रहेका छौ ।
जिउँदा मानिसहरुको रगत तताई रहेको मेरो पतिको लाशले कीर्तिपुरमा उग्रता
ल्याई दिएको छ र देश भरीका व्रि्रोहमा लागेका सवै जनतालाई जोशमा रौनकता
थपिदिएको छ । पञ्चायती सरकार “व्रि्रोही जनतालाई उग्रवादी, व्यवस्था
विरोधी” करार दिइरहेका छन् भने व्रि्रोही जनसमुह शहिदको संज्ञा दिदै
हाम्रो परिवारलाई ढाढस दिदै भन्दै थिए “कीर्तिपुरको पहिलो शहिद हाम्रो
राजवीर भएको छ । इतिहासमा कीर्तिपुरको नाम पनि अंकित हुने भएको छ ।”
हामीलाई रात रुदैमा वितेछ । समाचारपत्रहरुमा कर्ीर्तिपुरमा चार जवान
मृत्यु भएको खवरले भरिएको छ र विसौको घाइते भएको भनिएको छ । देश
उत्सुकताले चियाउँदै थियो । उज्यालो ताप संगै मानिसहरुको आवतजावत वढदैछ ।
प्रहरी हिरासतमा मृत्यु भएकाहरुको खोजी कार्य बढ्दै छ । कीर्तिपुरका
वासिन्दाहरुले मेरो पतिको दाहसंस्कार र्सार्वजनिक शहिदको रुपमा मनाउने
तयारी गर्दैछन् । मानिसको भिड एकत्रित हुदै जाँदा विशाल जनसमूह
लावालस्करमा परिणत भएको छ । विशाल जनसमूहले उसलाई शहिद घोषणा गर्यो
“नेपालको प्रजातन्त्र आन्दोलनमा कीर्तिपुरको तर्फाट पहिलो शहिद वन्न
पुगेका हाम्रा राजवीरलाई हामी विधिवत शहिद घोषणा गर्दछौ ।” तालीको
गुन्जनले कीर्तिपुर डाँडालाई कम्पायमान वनायो । विभिन्न व्यक्तिहरुले
भाषण गरे । प्रजातन्त्रको लामा लामा गुणगान गरे, पञ्चायतको ३० वर्षो
कर्तुतहरु वखान गरे, उसको योगदान र उसले प्रजातन्त्रमा पुर्याएको
महत्वपर्ूण्ा भूमिकाका विषयमा लामा लामा विवेचनाहरु भए, भविष्यमा यस्तो
हुन,े यस्तो गर्ने विषयहरुमा चर्चा परिचर्चाहरु भए र यी सवै कुराहरुवाट
सान्त्वना प्राप्त गर्दै मनलाई ढाढस दिनु वाहेक अन्य विकल्प पनि थिएन र
मानिसहरु पनि मलाई सान्त्वना दिन र ढाढस दिलाउन आइरहन्थे । म, मेरो
गर्भमा रहेको सन्तानको विषयमा सोच्दै अत्तालिन्थे । म, मेरो लामो जीवनको
वाटोमा एक्लै हिडनु पर्नेमा कहाली लाग्थ्यो । यो मेरो गर्भमा रहेको
सन्तानको भविष्य वारे चिन्तित हुन पुग्थे । घरको कहालीलाग्दो गरिवी, यो
गरिवीमा दोहर्याउनु पर्ने दुइ जिन्दगी र उराठ लाग्दो लामो जिन्दगीको
सफर, यी र यस्ता विचारले घरी घरी मलाई वेहोशी वनाउथ्यो ।हिन्दू
परंम्पराले सिँगारिएकोे तथा फूलै फूलले ढाकिएको, अविर, सिंदुर, धूपले
सजाइएको लासलाई वोक्दै, धिमे वाजा, पुँगो वाजा अर्थात कीर्तिपुरमा वजाइने
सवै किसिमका वाजाका धुनमा प्रत्येक सडक गल्ली र उपस्थित सवै जनसमूह सलह
वगे जस्तै कीर्तिपुर भरी वग्दै थियो युवतीहरुले वाटोमा अविर र्छर्दै,
ताया र अक्षता र्छर्दै एउटा उत्सव जस्तै मनाउदै । कीर्तिपुर, नगाउँ,
पाँगा, भाजंगल, सल्यानथान, नैकाप, भत्केपाटी तथा वरपरका सवै बुढाबुढीहरु,
युवायुवतीहरु, साना केटाकेटीहरु सवै आआफ्नो घर गल्लीमा उपस्थिति जनाइ
रहेका थिए, श्रद्धान्जली दिदै थिए । आँखावाट आँसु वगाउँदै वियोगका
शब्दहरु अलाप्दै थिए । उक्त गोली लागेको घरवाट सिधा उसलाई हाम्रो घरमा
ल्याइया,े त्यसपछि दिनभर वाजाको धुन संगै पूरा कीर्तिपुर परिक्रमा
गराउँदै सांझसम्ममा दाहसंस्कारको लागि वल्खु खोलाको किनारमा अवस्थित
दिखुइको मसानघाटमा तयार पारिएको चितामा पुर्याइएको छ । “आज सम्मको
कीर्तिपुरको इतिहासमा यस्तो शवयात्रा भएको थिएन” देख्ने बुढाबुढी भन्दै
थिए । यहाँका युवायुवतीहरुमा यस्तो अपार एकता, जोस र जाँगर कहिल्यै
देख्नमा आएको थिएन । यो सवै कार्य स्वत स्फुर्त र एउटा शहिदले पाउने
मान्यतामा आधारित एकतावद्ध शवयात्रा थियो । यो एउटा पारिवारिक र
सम्वन्धित गुठीको दायित्वमा सीमित नरही यो क्षेत्र वा यो देशको नै
दायित्व वोध गराउने शवयात्रा हुनपुग्यो । दाहसंस्कारको काम पुरा नभए सम्म
सारा जनसमूह यही नै बसी अन्तिम श्रद्धान्जली अर्पण गर्दै रहे । खिन्न मन,
वोझिलो शरीर, उदास अनुहार, कताकता हराएको सोच्ने दिमाग लिएर टोलाई रहेका
यहाँका जनता । आगोको लप्कामा यो नश्वर शरीर केही घण्टामा विलिन भयो, म र
मेरो सन्तानलाई यही धरतीमा छोडेर, उ सदाको लागि एउटा याद मात्र वाँकी
राखी ।
अन्य मृत्यु हुनेहरुको लास एक दिन पछाडि प्रहरीले सम्वन्धित परिवारलाई
सुम्पदै गएको छ र उनीहरुको पनि ससम्मान कीर्तिपुर परिक्रमा गराउदै एक पछि
अर्को, अर्को पछि अर्को गर्दै दाहसंस्कार गर्दै गए यहाँका जनताले र यी
चारै जनालाई कीर्तिपुर क्षेत्रको शहिद घोषणा गरियो र उनीहरुको शालिक
निर्माण गरिने पनि भयो । नेपालमा प्रजातन्त्र पुन वहालीको लागि कीर्तिपुर
क्षेत्रको मजवुत सहयोग थियो यो । यो नै पहिलो क्षेत्र भयो जसको लागि हवाई
वल पनि प्रयोग भएको थियो । यसै क्रमसंग देशभर शहिदको संख्या दिन दिनै
बढदै जादैछ र देशका कुना कुनावाट पनि विरोधका स्वरहरु बढदैछ । कफर््यू
दैनिक लाग्दैछ ।
२०४६ साल चैत्र २४ गते काठमाण्डौका उर्लिएको विशाल जुलुस, २५ गतेको आम
हत्या पछि, २६ गते जनताले चाहेको वहुदलीय प्रजातन्त्रको घोषणा र पञ्चायती
श्ाासन व्यवस्थाको अन्त राजा वीरेन्द्रको शाही घोषणाले सफल भयो र मेरो
श्रीमानको रगतले पनि मोल पाएको मेले यसै रात महशुस गरे र आफुले आफैलाई
ढाढस दिदै उसैलाई सम्झदै निदाउने अथक प्रयास गर्दै ।एक वर्षपनि पूरा
राम्रो संग अंगालोमा वेरिएर नसुत्दैमा एक्लिएको यो यौवनमा सेतो सारी,
सेतै व्लाउजमा लुकाईएको यो जीवन, खाटमा सुत्न आईपुगे पछि उकुसमुकुसिन
थाल्दछ, आँखाको आँसुवाट भिजेको तकियामा गाला रगड्दै निदाइए छ, यो रातको
जीवन
शहिदको विधवा पत्नी - ५
नेवारी चलन अनुसार चार दिनको काम सम्पन्न भयो । सात दिनको काम सम्पन्न
भयो । एघार दिनको काम पनि सम्पन्न भयो । सरकारले आन्दोलनको सिलसिलामा
मरेका व्यक्तिहरुलाई शहिद घोषणा गर्दै जाने वतायो र शहिद परिवारलाई
सरकारी ढुकुटीवाट मान तथा आर्थिक रकमको सहयोग गर्ने पनि अन्तरिम सरकारको
प्रधानमन्त्रीले वताउदै छ ।
मेरो पेट क्रमिक रुपमा वढदै छ । मेरो रुप रंग वेमौसमी भएको छ । मेरो सासू
ससुरा पुरानो विचारधाराका, पौराणिक परंम्परामा, नेवार रितिरिवाजमा रहनु
पर्ने भएकोले मलाई पोइ टोकुवा संज्ञा दिई सरापी रहन्छन् । मलाई यो
अवस्थामा पनि कुनै राम्रो हेरविचार गर्ने गरेका छैनन् । माइती पनि गरिव
कुल भएको र गर्भवती समेत भएको कारण धेरै लामो त्यहां वस्न सक्ने अवस्था
पनि छैन । जीवन कहाली लाग्दो हुन पुगेको छ । सासू विहान उठे देखि
मलार्इर्र्सराप्न थाक्नेवाली छैनन् । ससुराको पनि म प्रति सहानुभूति
राम्रो छैन । देवर देउरानीहरुको सम्झाइ वुझाइमा म मेरो जीवनलाई जीवन
दिइरहेकी छु र म भित्र हुर्किरहेको मेरो शहिद पतिको सन्तानलाई हुकाइ
रहेकीछु । जीवन, यो सत्र वर्षो उमेर अभिशाप लाग्न थालेको छ र कीर्तिपुरका
जनता माझ र देशका राजनेताहरु माझ म निर्जीव, निरस, आशा र अभिलाशा विहीन
भएर शहिदको विधवा पत्नीको नाउँमा वाँच्न विवश भएकी छु, शहिदको निशानीलाई
आफ्नो गर्भमा हुकाउदै । यही कीर्तिपुरमा पुराना विचारधारामा वाँच्ने
अधवैसे महिलाहरु मलाई नै टोक्छन् र कसैले मेरो पेटमा हुकदै गरेको मेरो
सन्तानलाई दोष दिन पुग्दछन् । मन त्यसै छिया छिया भएको यो वेला यी
वाक्यहरुले अस्तित्वहीन जिउँदो लासमा परिणत भई र होस् विना नै अंगहरु
चलिरहेको हुन्छ, सुद्धी हराएको मानिसमा विवेक शुन्य भई ।
दिंउसो देखि सञ्चो महशुस भएको छैन । पेट सुस्तरी दुख्न लागेको छ । जीउ
भरी भएको छ । चल्न, हिडडुल गर्न आंटमा साहस आईरहेको छैन । यसै कारणले काम
नगरी कोठामा सुत्न आइ पुगेकी छु । ओछ्यानमा उसको यादले मलाई मर्माहात
तुल्याउन थालेको छ । मेरा हातहरु उसलाई खोज्न थाल्छन् तर निरास भएका यी
हातहरु चिसो ओछ्यानमा नै अधमरो पल्टिन्छन् । यो समय उसको एकदमै आवश्यकता
थियो । मलाई, उ संग वितेका दिनहरु, उ संग वितेका पलहरु, खास गरी उ संग
सहभागी भएका यौन आनन्दका क्षणहरु, यो एक्लै वस्दा झझल्को दिने ओछ्यानमा
ओढाइएको तन्नाले एकोहोरो भएर सोच्न वाध्य वनाउँछ । र, मेरो यो जवानीको
वर्षा प्रकृतिले पुनः पुनः चाहानाले सताउने गर्दो रहेछ, त्यो क्षणलाई
सम्झदै । पेट दुख्न विस्तार वढदैछ र योनीवाट पनि विस्तार धेरै पानी वग्न
थालेको महशुस भएको छ । अंग सिरिङ्ग भयो । पहिलो अनुभवले होला म अत्यधिक
डराएकी छु । जीउ लगलग काम्न लागेका छन् । निधारवाट चिटचिट पसिना वग्न
थालेको छ र म यी सव पीडा सहन गरेर वस्न वाध्य भएकीछु ।
जसै समय छिप्पिदै जादैछ प्रसव वेदनाले असहृय हुदैछ । सासू, ससुराले, घर
परिवार सवैले थाहा पाए पछि हस्पिटल जाने तरखरमा आवश्यक चांजोपांजो मिलाउन
सवै व्यस्त हुन लागे । उ भएको भए कति हर्षे आउने सन्तानको लागि
व्यग्रताका साथ दौडी रहेको हुन्थ्यो । म कति भाग्यमानी हुन्थे, एउटा
हिष्टपष्ट सन्तान उसको हातमा राखेर भन्थे “यो त्रि्रो सन्तान तिमी जस्तै”
तर यो आकांक्षा त्यही दिन समाप्त भएको थियो । यो त पीडा संग उम्रेको
अधुरो सपना मात्र हो ।
पीडाको चर्को क्षणसंग एउटा नौलो अनुभूति पनि प्राप्त भएको छ । जिन्दगीमा
एउटा आमाले पाउने सुखको अनुभव भएको छ । पीडा विर्सर्ेेमातृत्वको अपार
प्रेम र स्नेह पलाएको छ । वगलैमा सुताएको छोराले समस्त दुख, पीडा,
उत्पीडन, शोक, भरखरै धरतीमा उम्रेको, शहिद र मेरो प्रेम प्रतिक, यो
सन्तानले शीतल, शान्त र आनन्दको अनुभूति दिलाएको छ । कैयौ महिनादेखि रोइ
रहेको मनमा नरम हांसोको उर्त्र्सग गराएको छ र बाँच्नको लागि कोमल सहाराको
किरण देखा पर्न लागेको अनुभव हुदैछ । एकै छिन मैले, यो सन्तानको अनुहारमा
उसको अनुहार देखेर अति हर्षे रोमान्चित भएकीछु । एकै छिनमा मेरा अन्तर
मनमा लागेका धेरै कुराहरु एकै मुस्कान र एकै नजरमा भनी सिध्याएर जीवन
हलुको महसुस भएको भान पर्न गएको छ, मलाई । छोरालाई, उसले हल्का हातले
र्स्पर्श गर्दै हल्का मर्दनवाट आहत भएको समयमा त्यस अन्तिम रात स्तन चुसे
पछिको यो नै पहिलो मेरो स्तन पान गराउदै छु । जीवन साथीको हैसियतले र आज
जीवन दायिनीको हैसियतले । आज मेरो स्तनवाट अमृत वगेको छ र ती रातहरु जुन
उ संग विताएको थिएँ, यी नै स्तनवाट माया, प्रेम, यौवनका वासनाहरुवाट
तृप्त गराएको थिएँ, उसलाई । यी स्तनहरु उही हुन तर यसवाट दुइ जीवनको
भिन्ना भिन्नै रोमाञ्चकताको अनुभव वटुल्दै पर्ूण्ा महिलाको अविस्मरणीय
क्षणहरु विताइ रहेकीछु ।
अस्पतालवाट घरमा आई सकेका छौ र न्वारनको कामहरु पनि विधिवत भै सकेको छ ।
यो छोराको नाम हामीले “प्रजावीर” राखेका छौ । म शहिदको छोराको पालन पोषण
गर्दै छु, कांग्रेस नेतृत्वमा बनेको अन्तरिम सरकारको शिशु वहुदलीय
प्रजातन्त्रको पालन पोषण गर्दैछ र यस शिशु प्रजातन्त्र जोगाउन सवै संग
दुहाई माग्दैछ । उनीहरु देशको सम्पर्ूण्ा स्रोतहरुको उपयोग गर्दै शिशु
वहुदलीय प्रजातन्त्रको भरण पोषण गर्दैछ र म, ममा भएको एउटै मात्र मेरा
स्तनहरुवाट वग्ने प्राकृतिक पोषणवाट शहिदको यो नासोलाई भरण पोषण गराउदै
छु । म संग पैसा छैन र घर परिवारवाट प्राप्त हुने खाना वाहेक कसैले, केही
अन्य खुराकको व्यवस्था पनि छैन । तै पनि म सुत्केरीका नियमित खाना खादै
मोटाउन थालेकी छु जस्तै अन्तरिम सरकारका प्रधान मन्त्री र मन्त्रीहरु पनि
हिष्टपुष्ट देखिन थालेका छन् ।
सरकारले मेरो पतिलाई पनि शहिद घोषणा गर्यो र शहिदका आश्रति परिवारहरुलाई
रु. एक लाख आर्थिक सहयोग गर्ने पनि घोषणा गर्यो । म हर्षे एक क्षण विभोर
भएँ । यो छोरा र मेरो जिन्दगीको लामो सफरको लागि गोरेटो वाटो सावित हुने
ठानेर । मैले, त्यो पैसाको माध्यमवाट छोरालाई हुकाउने, उचित शिक्षादिक्षा
दिने देखिका धेरै कुराहरुको सोचमा डुब्न थाले । दिनहरु छोरासंग खेलेर,
घरको कामकाजसंग भुलेर, छरछिमेकको आश्वासन र धैयताको आत्मवल साँचेर वित्दै
गए । म सुत्केरीको अवस्थावाट उम्की सकेकी छु, गर्भवती समयको आलस्यता पनि
छैन । टिनएज, यो छोराको आमा म, ममा अझ वढी यौवनका निखारहरु चम्किन लागेको
छ र कुनै कुनै दिन म उसलाई सम्झी, उसैको कल्पनामा खेल्दै, यो शरीरमा
उम्रने यौन इच्छाको ज्वारभाटालाई आत्मरती गर्दै शान्त र शीतल वनाउन विवश
भएकी छु । सेता सारी र सेतै व्लाउज, तन्काएर वाँधिएको कपाल, खाली निधार,
प्राकृतिक अनुहारमा वाँधिएको मेरो गहँ गोरो वर्ण्र्ााठिक्क पातली, र पाँच
फिट चार इञ्चको मेरो वर्ण्र्ाालामा उद्भव भएको यौवनको निखारतामा सरस
वग्दै गरेको जीवन पथमा म वग्दैछु र रातहरु, सदा झै विरक्त, उराठलाग्दो,
निस्तव्यतामा छोराको मुख हेर्दै वितिरहेका छन् । यो सानो उमेरमा विधाताको
विधिवाट हुन पुगेको विधवा, मेरो सासूको मुखवाट सरापी रहने शब्द अनुसार म
पोई टोकुवा र यो मेरो सानो अवोध वालकले पाएको उपनाम “गर्भ मै बाबु
टोकुवा” र म भित्रवाट पलाई रहने यौनोकांक्षाको संगम र अन्तरद्वन्दमा
कहिलेकाही हिष्टेरियावाट भाउन्न भई वहुलाउन पुगे जस्तै हुन पुग्दछु ।
दिनहरु वित्नलाई ठूलो समस्या हुन पुग्दछ र रातहरु वित्न अझै कठिन महसुस
हुन पुग्दछ । दिनमा रात आँउन लामो लाग्दछ भने रात भएपछि उज्यालोको झुल्को
कहिले होला भनी असैहृय हुन थाल्दछ । विस्तार विस्तार घरमा कचकच बढ्न
थालेको छ र मलाई सवै परिवारले तिरस्कार गर्ने क्रम बढने क्रममा छ ।
छोराहरु र छोरीहरुको खाँचो नभएको यो घरमा, वुहारीहरुको कुनै महत्व छैन,
सासु र ससुरालाई, छ त आफ्नो आफ्नो श्रीमानलाई, विहे भै सकेका दुइ दाजुहरु
र भाउज्यूहरु दुख र सुखमा पनि रमाई रहेका छन्, विहे हुन वांकी तिन
देवरहरु र वहिनीहरु आफ्नैपनमा रमाएका छन् ।
वहुदलीय प्रजातन्त्र प्राप्ती पछि शहिद आश्रति परिवारलाई सम्मान गर्ने
लहरहरु चल्न लागेको छ । कांग्रेसहरु, कम्युनिष्टहरु र अन्य राजनैतिक
पार्टर्ीी विभिन्न कार्यक्रमहरु वोकी समारोहहरु आयोजना गर्दैछन् र यी
कार्यक्रमहरु कीर्तिपुरमा पनि बेलावखत आयोजना भई रहने गर्दछ र ती
समारोहहरुमा मेरा पतिको तर्फाट मेरो ससुराले नै सरिक हुदै आइ रहनु भएको
छ, शहिद पिताको रुपमा । दोसल्लाले ओढाइए, मालाहरु पहिराइए, टिभिमा
अन्तरवार्ताहरु प्रसारण भए, रेडियोमा कार्यक्रमहरु बनाइए तथा उपहारहरु
पनि वाँडिए । यी र यस्ता कार्यक्रमहरुले हामी आमा छोराको लागि कुनै महत्व
भएन र हामीलाई शहिद पत्नी वा शहिदको नावालक सन्तानको रुपमा कहिं कतै
वोलावट पनि भएन र चिनारी पनि भएन । दुखहरु सँगाल्दै, कुण्ठाहरुको पोका
पार्दै मन र तनलाई खुम्च्याउनु वाहेक हामी संग थिएन पनि केही ।
शहिदहरुको आश्रति परिवारको लागि सरकारले रु. एक लाखको थैली वितरण गर्यो
। मेरो सपनाले वास्तविकताको अनुभव गर्न थाल्दै थियो तर उक्त रकम जेठो
जेठाज्यु र मेरो छोराको नाउँमा बैङ्कमा खाता खोलेर राखियो र त्यसको
व्याजले छोरोको केही खर्च र घरको खर्चमा खर्चिने हुन थाल्यो । माईतमा पनि
सौतिनी आमाको कारण दुखलाई भुलाएर वस्न सक्ने वातावरण पनि छैन, त्यसकारण म
वाध्यतावस कर्ीर्तिपु
No comments:
Post a Comment