Thursday, November 4, 2010

सल्यानी खुकुरीको माग ह्वात्तै बढ्यो ।

पुरुषोत्तम गिरी कार्तिक १८ सल्यान
मंसिरको दोस्रो साता सल्यानमा हुन लागेको मध्यपश्चिम महोत्सवमा मायाको चिनो दिन सल्यानी खुकुरीको ठुलो संख्यामा माग भएपछि सल्यानका यो पेशामा लागेका हरु खुसि भएका छन् । महोत्सवमा आउनेहरुलाई मायाको चिनो स्वरुप सल्यानी खुकुरी दिइने भएपछि यसको ठुलो संख्यामा माग बढेको हो । उनिहरुलाई पहिलो चरणमा एक लाख मुल्य बराबरका एकसय बढि खुकुरी बनाउने जिम्मा उद्योग वाणिज्य संघले दिएको छ । सल्यानी खुकुरी एक औँल बराबर एक सय रुपैँयामा विक्री हुदै आएको छ । सल्यानको खलङ्गामा अहिले खुकुरी बनाउने काम तिन घरमा मात्रै सिमित भएको छ । पछिल्लो समयमा सल्यानी खुकुरीलाई संरक्षण गर्न सल्यान पुग्ने अतिथीहरुलाई सल्यानी खुकुरी उपचार दिने प्रचलन बढ्दै गएको छ ।

No comments:

Post a Comment