पुरुषोत्तम गिरी कार्तिक १८ सल्यान
नेपाल बैंक लिमिटेड साखा सल्यानले कम्प्युटर प्रविधिबाट आफ्नो सेवा दिन शुरु गरेको छ । कम्प्युटर प्रविधिबाट सेवा दिन थालेपछि सेवाग्राहीहरु लाई कामकाजमा सजिलो भएको छ । पछिल्लो समयमा नेपाल बैंक लिमिटेड सल्यानले सबै कामहरु कम्प्युटर प्रविधिबाट गर्न थालेपछि सेवाग्राहीलाई सजिलो भएको हो । भुक्तानी लिनलाई चेक बुझाएर टोकन लिनुपर्ने र दुईदिन सम्म लाईनमा बस्नुपर्ने समस्याबाट सेवाग्रहीहरु मुक्त भएका र बैंकका कर्मचारीलाई पनि सजिलो भएको नेपाल बैंक लिमिटेड सल्यान शाखाका प्रबन्धक जनक शाहले बताउनु भयो ।
No comments:
Post a Comment