सल्यानको श्रीनगरमा संचालन भएको मध्यपश्चिम महोत्सवको दोस्रो दिन करिव ४ हजार दर्शकले अवलोकण गरेका छन । ९ मंसिर देखि सुरु भएको महोत्सवमा पहिलो दिन भन्दा करिव २ हजार बढि दर्शकले अबलोकण गरेको आयोजकले बताएका छन ।
महोत्सव मुल आयोजक समितिका सचिब बिर बहादुर चलाउनेका अनुसार दोस्रो दिन करिव २ लाख बराबरको आर्थिक कारोबारो भएको छ । कारोबारोको मुख्य केन्द्र बिश्ब कै होचा ब्यक्ति खगेन्द्र थापा र प्रबेश पास भएको चलाउनेले बताउनु भएको छ । महोत्सवमा राप्ती तथा केन्द्रिय कलाकारले दिनभर मनोरन्जनात्मक कार्यक्रम संचालन गरेका थिए । कार्यक्रममा माथीबाट बगाई ल्यायो दही खाने बटुकी लै लै हो जाले रुमाल, कि त साटौ हातको आँठी कि साठौ पटुकी भन्ने गितबाट ३० बर्ष भन्दा बढि लोक क्षेत्रमा लागेकि चन्द्रकला शाहको बुढौली जोसले सबैलाई नचाएको थियो । राप्ती क्षेत्रका बरिठ लोक गायक मधुबाबु थापा लगाएतले आफ्नो प्रस्तुति गरेका थिए । कार्यक्रममा शाह र थापाले लोपोन्मुख संस्कृतिको जर्गना गर्नका लागि ३ दशक खर्चेको बताए । लामो समय देखि गायन क्षेत्रमा लागेर राप्तीको नामलाई सबैतिर चिनाएको भन्दै सल्यान उद्योग बाषिज्य संघ दुवैलाई सम्मान गरेको छ । संघका प्रथम उपाध्यक्ष सुधन कुमार श्रेष्ठले दोसल्ला, कदर पत्र र मायाको चिनो सल्यानी खुकुरी प्रदान गर्नु भएको थियो ।
सो कार्यक्रमका अन्य आक्रर्षणहरुमा शिला आले, सिन्धु मल्ल, कमल गाउले, कृष्ण रेउले, खड्क बुढा, लिलावति बुढा,मन्जु प्युठानी लगाएतका कलाकारले आफ्नो प्रस्तुति गरेका थिए । प्रस्तुतिको अन्त्यमा सल्यानका प्रजिअ नारायण प्रशाद आचार्य लगाएत कार्यालय प्रमुखहरु छमछम नाचेका थिए । यी कलाकारले शनिबार पनि आफ्नो प्रस्तुति गर्ने छन भने देश÷बिदेशमा ख्याति कमाएका हास्य कलाकार मनोज गजुरेल पनि आउने कार्यक्रम रहेको छ ।
No comments:
Post a Comment