सल्यानको कपुरकोटमा रहेको खाराको पहिरोका कारण सल्यानको कपुरकोट क्षेत्र जोखिममा परको छ । जसका कारण राप्ती राजमार्गको कालोपत्रे एक मिटर तल धस्सीएको छ भने कालिका माटीका तिनवटा ११ कोठे भवन भत्किनुका साथै पुरै विद्यालय हाता नै भास्सीएको छ । विद्यालयले ९१ लाख बराबरको क्षति भएको बताएको छ । हेरौँ कस्तो छ त पहिरो र विद्यालय ।
पुरुषाेत्तम गिरीकाे नितान्त व्यक्तिगत व्लग (जिवनका तितामिठा क्षण भाेगाइ तथा स्मरणहरु तथा जिवनउपयाेगी समाचार, विचार, जिल्लाका समाचार अटाउने व्लग)
Thursday, July 25, 2013
Wednesday, July 24, 2013
राप्ती राजमार्ग र हाम्रो रिपोर्टिङ्ग
पुरुषोत्तम गिरी |
भोलीभोली भन्दाभन्दै छ दिन वितिसकेपछि हामी केहि पत्रकार साथिहरुले सल्लाह गरेर रिपोटिङ्गमा निस्कने निधो ग¥यौँ । विहान ९ बजेतिर खलंगाबाट अन्नपुर्ण पोष्टका रेशम डिसि, राष्ट्रिय समाचार समितिका रमेश कुमार वली, नयाँ युववोध दैनिकका राजेश शर्मा, सल्यान टेलिभिजनका पदम गिरी र म समेत ५ जनाको टोली खलंगाबाट सडक अवरुद्ध भएको क्षेत्रतर्फ लाग्यौँ । जतिजति अघि बढ्दै थियौँ । ठुल्ठुला पहिरोका कारण सडक क्षत्विच्छेद भएको सहजै देखिन्थ्यो ।
शंखमुलको पुल तरेर केहि पर पुग्ने वित्तिकै हामी रोकियौँ । भर्खरै पहिरो झरेका कारण त्यहाँ बाटो अवरुद्ध भएको थियो । पहिरो झर्ने क्रम जारी थियो । दुवै तर्फका गरि स्थानिय रुटमा चलिरहेका आधा दर्जन गाडिहरु र एक दर्जन वाइकहरु रोकिएका थिए । उताबाट खलंगा आउदै गरेका नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष रमेश कुमार गौतम, सल्लाहकार करण शर्मा लगायतसँग त्यहाँ भेट भयो । करणदाईले फोन गरेर पहिरो हटाउनका लागी डोजर पठाउन लाग्नुभयो । हामी त्यहाँ भेला भएका झण्डै एक दर्जन पत्रकारहरुले बाटोका विषयमा झण्डै आधा घण्टा गफियौँ । कतिपयले राजमार्गको भविष्यको चिन्ता गर्दै थिए त कतिले यातायातलाई एक हप्ता सम्म पनि सुचारु बनाउन नसकेको भन्दै सम्वन्धित निकायको आलोचना गर्दै थिए । सडक यातायात सुचारु बनाउनका लागी नेपाली सेनाले वलाष्टिङ गरिरहेको आवाज आइरहेको थियो । बाटोको पहिरो हटाउन केहि समय लाग्ने भएपछि हामी गाडिलाई त्यहि छाड्दै साथिहरुका वाइकमा सेट भएर अगाडि बढ्यौँ । लुहाम भन्दा केहि पर पुगेपछि एउटा होटेल आउछ, त्यहाँ झण्डै एक दर्जन गाडिहरु रोकिएका थिए । नेपाली सेनाको पहिरो हटाउन खटिएको टोली, सडक निमार्णको जिम्मा लिएको ठेकेदार कम्पनि, यातायात व्यवसायी लगायतले सडक अवरुद्ध भएदेखि खाना खाने ठाँउ त्यहि रहेछ । उनिहरुले खाना खाने समय भएको रहेछ । हामीले पनि त्यही खाँना खायौँ र बाटोको अवस्थाको बारेमा थप वुझ्ने प्रयास ग¥यौँ । यातायात व्यवसायीहरुले यातायातका साधान थन्क्याउदा परेको पिडा पोखे । घरजग्गा धितो राखेर ऋण निकालेर व्यवसाय गरेका, किस्ता तिर्दै गाडि किनेका व्यवसायीसँग किस्ता कसरी तिर्ने भन्ने पिरलो थियो । सडक निर्माणमा खटिएको सन्तोषी निर्माण सेवाका निरन्जन कडेँल सँग भेट गरेपछि उहाँले बाटोको अवस्थाको बारेमा सामान्य जानकारी गराउनुभयो । उहाँले खटाएको एकजना सहयागी सहित हामी अघि बढ्यौँ ।
सल्लेखोला भन्दा केहि पर पुगेपछि हामीले पहिरोले बगाएको घरको अवलोकन ग¥यौँ । दुईतले पक्की घर नै बगाएको रहेछ । छेउमै रहेको अर्को घरपनि जोखिममा परेपछि घरधनिले झ्याल ढोका निकालिसकेका रहेछन् । बाटोमा हिड्नेहरु दुखमनाउ गरिरहेका थिए भने कतिपयले ठाँउ अनुसार पहिले नै घर बनाउन नहुने भन्दै थिए । हामी अलि अगाडि बढेपछि ठुलो चट्टान खसेको ठाँउमा पुग्यौँ र राप्ती राजमार्ग नै अवरुद्ध पार्ने चट्टानको अवलोकनमा लाग्यौँ । चट्टान निकै ठुलो थियो, हेर्ने वेलामा वलल २० प्रतिशत मात्र ढुंगा बम विष्फोटका गरि हटाउन सकिएको देखियो । तर पनि गाडि पास गराउनका लागी ढुंगाको सडक पट्टीको उक चौथाई भाग मात्र हटाए पुग्ने थियो । केहि समयपछि नेपाली सेनाको खाना खान गएको टोली आएर काम शुरु ग¥यो, हामीहरु भने जानकारी टिपोट गर्न तथा फोटो र भिडियो लिनमै व्यस्त थियौँ । ओहोरदोहोर गर्ने मानिसहरुका कारण काममा अलिकति समस्या देखिन्थ्यो । कामको खोजीका लागी जाने सयौँ मानिसहरु ओहोरदोहोर गरिरहेका थिए । राप्ती राजमार्गमा गाडि चल्न नसक्दा सयौँ यात्रुहर हिडेर नै गन्तव्य पुग्न लागेका हुन्थे । सेनाले केहिवेरमा नै अर्को वम पड्काउने तयारीमा रहेको जानकारी दियो । केहि पैदल यात्रीलाई टुनिवोटमा रोकियो । हामी भने अघि बढ्यौँ ।
जति अघि बढ्दै जान्थ्यौँ उति ठुल्ठुला पहिरो देखिन्थे । पहिरो पन्छ्याउदै सर्तकता पुर्वक हामी अघि बढ्यौँ । तल खोलामा हेर्ने हो भने सवे बगर बनाएको थियो । वैँसका रुखहरुबाहेक खोला किनारका कुनै पनि रुखहरु वाँकी थिएनन् । खोलाले धानमात्रै नभएर खेत नै बगाएकोले त्यस क्षेत्रका ५० भन्दा बढि कृषकहरुले आफ्नो खेत ने खोज्नुपर्ने अवस्था थियो । जव हामी अरिङगाले फेदीमा पुग्यौँ, खोला निकै ठुलो थियो । पैदल यात्रीहरुलाई प्रति यात्रु ५० देखि १०० रुपैँया लिएर स्थानियले जोखिम मोलेर खोला वारपार गराउदै थिए । विचमै रोकिएका वाइकलाई एक दर्जन मानिस मिलेर पनि खोला तार्ने काम भेरहेको थियो । हामीले खोलाको प्रत्यक्ष अवलोकन ग¥यौँ । रेशम जि ले खोलाको बारेमा क्यामरामा आफ्नो वाइट दिनुभयो । खोला हेर्दा २० मिटर जति सडक बगाएको थियो । यसो भनौँ की सामान्य तरिकाले सडकको पुर्णनिर्माण गर्न फेरी केहि दिन कुर्नुपर्ने अवस्था देखिन्थ्यो । पारीबाट काम गर्न आएको डोजर खोला तर्न नसकेपछि फर्कियो । कतिपय मानिहरु विरामीलाई स्ट्रेचरमा वोकेर दाङतर्फ लाँदै थिए । विरामीका कुरुवाहरुले हामीसँग देखेसो पोख्ने काम गर्थे । हामी एकआपसमा सडकको विषयमा कुरा गर्दै थियौँ । खलंगाबाट पत्रकार प्रतिक ईच्छुक शर्माले फोन गरेर बाटोको अवस्थाको बारेमा सोध्नुभयो । मैले त्यतिखेर सम्म देखेको कुरा अवगत गराएँ । उहाँले पनि खलंगामा पानी परेको जानकार िगराएपछि हामी अगाडि बढेनौँ । किनभने केहिछिन पछि तयस क्षेत्रमा पनि पानी परेमा थप पहिरोहरु आउने डर थियो भने हाम्रो पनि सडकयात्रा भएकाले थप खतरा थियो । त्यस कारण वेलुकीको ४ बजेतिर हामी अरिङगालेवाट फिर्ता भयौँ ।
मितिः २०७० साउन ९ गतेको सल्यानी सन्देश साप्ताहिकमा प्रकाशित
सल्यानमा बसको ठक्करबाट बालिकाको ज्यान गयो
सल्यान, साउन ९ – सल्यानको सितलपाटीमा बसको ठक्करबाट एक बालिकाको ज्यान गएको छ ।
रुकुमबाट दाङको तुलसिपुर जाँदै गरेको ना
३ ख ८१२४ नम्बरको वसको ठक्करबाट गम्भीर घाईते खलंगा ४ जोगिदेउखोलाकी ५
वर्षीया बालिका देवी नेपालीको मंगलबार राती उपचारको क्रममा तुलसिपुरमा
ज्यान गएको हो ।
बस र चालक दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Tuesday, July 23, 2013
माओवादीका दुई राज्य समिति सदस्यद्धारा पार्टी परित्याग
सल्यान साउन ८ । नेकपा–माओवादीका दुई जना राज्य समिति सदस्यहरुले पार्टी परित्याग गरेको जनाएका छन् । एक विज्ञप्ती जारी गर्दै नेकपा–माओवादी मगरात राज्य समिति सदस्य रहेका हिमाल यात्री र जनक घर्तिले पार्टी परित्याग गरेको घोषणा गरेका हुन । पार्टी नेतृत्वले आफुहरुले उठाएका मागहरु सुनुवाई नगरेको बरु उल्टै गलत ढंगले उठाएको भन्दै आफुहरुले पार्टी परित्याग गरेको पार्टी परित्याग गरेका हिमाल यात्रीले बताउनुभयो । यात्रीले पार्टी परित्याग गरेपनि जनक्रान्तिलाई सहयोग भने गरिरहने बताउनुभयो । उहाँ दुवैजनाको नेतृत्वसँग लामो समयदेखि असन्तुष्टि रहदै आएको थियो । नेकपा–माओवादी सल्यानका ईञ्चार्ज असल क्षेत्रिले भने उनिहरुले पार्टी परित्याग गरेको नभई कारवाहि गरिएको दावी गर्नुभयो ।
नौ दिनपछि खुल्यो राप्ती राजमार्गको यातायात
सल्यान असोज ८ । राप्ती राजमार्ग अन्र्तरग दाङ सल्यान सडक खण्डको यातायात नौ दिन पछि खुलेको छ । वर्षाका कारण गएको असार ३१ गतेदेखि सडकमा झण्डै चार सय ५० वटा पहिरो तथा चट्टान खसेपछि र खोलाले सडक बगाएपछि सडक अवरुद्ध भएको थियो ।
दुईवटा डोजरले लगातार पहिरो हटाएपनि सडकमा खसेको ठुलो चट्टान हटाउन नसक्दा र अरिङगाले खोलाको वहाव कम नहुँदा सडकको यातायात सुचारु हुन सकेको थिएन । १९ नम्वर वाहिनी तुलसिपुर, भगवति दल गण सल्यान र प्रहरीको टोलीले वम विष्फोट गराएर सडकको चट्टान हटाएका थिए । आज दिउँसो सम्म अरिङगाले खोलामा ढुंगा भरेपछि यातायात सुचारु भएको सल्यानका प्रमुख जिल्ला अधिकारी यज्ञराज वोहराले बताउनुभयो ।
सडक सुचारु भएपछि विचवाटोमै अलपत्र छ दर्जन सवारीका साधन गन्तव्य तर्फ लाग्न शुरु गरेका छन् । वेलुकी सम्ममा सवै गाडिहरु गन्तव्यमा पुगिसक्ने व्यवसायिहरुले बताएका छन् । नौ दिन सम्म राजमार्ग अवरुद्ध भएपछि सल्यान तथा रुकुममा दैनिक उपभोग्यका सामानहरु आकासिएका थिए भने किसानमा तरकारीको अभाव हुनुका साथै किसानको तरकारी वारीमै कुहिएको थियो । पहिरोका कारण कालोपत्रे गरिएको राप्ती राजमार्ग भने कच्ची सडक जस्ते भएको छ ।
मुख्य खवर

Monday, July 22, 2013
आजदेखि निर्वाचन आचारसंहिता लागू, के-के गर्न पाइदैन ?
७ साउन, काठमाण्डौं । अब हुने संविधानसभा
निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचन हुने
१ सय २० दिन अघिबाट आचारसंहिता लागू गर्ने निर्वाचन ऐनअनुसार आजबाट
आचारसंहिता लागू गरिएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगले जारी गरेको १ सय ४ बुँदे
आचारसंहितामा राजनीतिक दल, उम्मेदवारले गर्न पाउने खर्च, प्रयोग गर्ने
भाषा, प्रचार प्रसार सामग्री सबै समेटिएका छन् । आचारसंहितामा निर्वाचन
प्रचार-प्रसार गर्दा राजनीतिक दल, उम्मेदवार, राजनीतिक दल तथा
उम्मेदवारसँग सम्बन्धित व्यक्तिले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता,
मानवअधिकार र स्वतन्त्र न्यायपालिकाको अवधारण जस्ता विषयमा प्रतिकूल हुने
गरी निर्वाचन प्रचार-प्रसार गर्न वा गराउनु प्रतिवन्ध लगाइएको छ ।
प्रत्यक्ष तर्फका उम्मेदवारले १० र
समानुपातिका उम्मेदवारले ७५ हजार खर्च गर्न पाउने छन् । धार्मिक
पुरातात्विक वा ऐतिहासिक भवन, स्मारक स्थल वा सरकारी वा सार्वजनिक भवन र
शैक्षिक संस्थाको भित्ता वा पर्खाल तथा निजी घर कम्पाउण्ड, पसल, पर्खाल वा
यस्तै अन्य स्थानमा स्वीकृति नलिई पर्चा टाँस्न नपाइने भनिएको छ ।
आचारसंहिता लागू भएपछि नेपाल सरकार,
सरकारी स्वामित्व वा नियन्त्रणमा रहेका संस्था, निकाय वा स्थानीय निकाय र
कुनै परियोजनाको साधन, स्रोत र सम्पत्ति प्रयोग गर्न नहुने तथा मतदातालाई
प्रभाव पार्ने उद्देश्यले नगद, जिन्सी र अन्य कुनै पनि सामग्री वितरण गर्न
वा भोज भतेरको आयोजना गर्न पाइने छैन ।
आचारसंहिताले सोलुखुम्बु, मनाङ, मुस्ताङ,
डोल्पा, हुम्ला, जुम्ला, मुगु, कालिकोट, बझाङ, बाजुरा र जाजरकोट
जिल्लाबाहेक अन्य जिल्लामा हवाइजहाज तथा हेलिकप्टरजस्ता सवारी साधन चार्टर
गरी निर्वाचन प्रचार-प्रसार गर्न प्रतिबन्ध लगाएको छ । उम्मेदवारले
निर्वाचन प्रचार-प्रसारका लागि एक निर्वाचन क्षेत्रमा बढीमा दुईवटा हलुका
सवारी साधन प्रयोग गर्नसक्ने र त्यस्ता सवारी साधन नचल्ने ठाउँमा चारवटा
घोडासम्म प्रयोग गर्न सकिने जनाएको छ ।
सञ्चार माध्यमलाई पनि आचारसंहिता
निर्वाचनको अवधिमा आमसञ्चार माध्यमलाई
पनि आचार संहिता लागु हुनेछ । सूचना वा समाचारको सङकलन तथा सम्प्रेशण
रोक्न, दबाउन वा लुकाउन नहुने, कुनै पनि राजनीतिक दल वा उम्मेदवारको
पक्षमा समाचार सम्पादकीय लेख्न नपाइने भनिएको छ । आचारसंहिताको पालना भए
नभएको जाँचबुझ वा अनुगमन गर्न आयोगले आवश्यकता अनुसार अनुगमन टोली वा अन्य
संयन्त्र गठन गरिनेछ । कसैबाट आचारसंहिता पालना नभएको वा उल्लङघन गरेको
देखिएमा त्यस्तो काम तुरुन्त रोक्न वा बदर गर्न निर्वाचन आयोगले सम्बन्धित
राजनीतिक दल र उम्मेदवारलाई आदेश दिन सक्ने व्यवस्था गरिएको छ । श्रोतः अनलाइन खवर
सल्यानमा ३४ करोड वजेट फ्रिज
दिपक शर्मा
सल्यान ३, साउन । आर्थिक वर्ष २०६९÷०७० मा सल्यानमा ३४ करोड वजेट फ्रिज भएको छ । विभिन्न शिषर्कमा जिल्लामा प्रापत हुने रकम समयमै उपलव्ध हुन नसकेपछि जिल्लामा ३४ करोड ६ लाख १ हजार रुपैया खर्च हुन नसकेपछि फ्रिज भएको हो । जसमध्यै सवै भन्दा वढि राप्ती राजमार्ग अन्तर्गत सल्यान रुकुम मुसिकोट सडक खण्ड ओटाशिलका लागि प्राप्त २८ करोड २१ लाख रुपैया फ्रिज भएको कोष तथा लेखानियन्त्रक कार्यालय सल्यानले जनाएको छ ।
यस्तै रकम फ्रिज हुनेमा जिल्ला विकास समिति र त्यस अन्तर्गतका कार्यालयहरुको २ करोड ३८ लाख, जिल्ला शिक्षा कार्यालयको ९२ लाख रुपैया फ्रिज भएको छ । यस्तै जिल्ला स्वास्थ्य कार्यालयको ८० लाख खानेपानी तथा सरसफाई कार्यालयको २७ लाख जिल्ला प्रशासन कार्यालयको ८४ लाख रुपैया फ्रिज भएको छ । जिल्ला वन कार्यालयको १५ लाख रुपैया फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय सल्यानका प्रमुख रविन्द्र अर्यालले वताउनुभयो ।
गत आर्थिक वर्षका लागि जिल्लामा १ अर्व ९७ करोड ८८ लाख रुपैया विनियोजन भएकोमा १ अर्व ६३ करोड रुपैया खर्च भएको छ । जिल्लामा प्राप्त हुने वजेट समयमै प्राप्त नभएको कारण र समयमै वजेट खर्च हुन नसकेपछि फ्रिज भएको अर्यालयको भनाई रहेको छ ।
जिविसबाट सञ्चालित योजनामा सवैभन्दा वढि झोलुङ्गे पुल निर्माणका लागि आएको रकम फ्रिज भएको छ । जसबाट ४६ लाख ६५ हजार रुपैया फ्रिज भएको छ । स्थानीय विकास अधिकारी मणी कुमार ज्ञवालीका अनुसार विनियोजित रकम अनुसारको कार्य हुन नसक्दा जिल्लामा प्राप्त भएको रकम फ्रिज भएको हो । आर्थिक वर्ष समाप्त भएकोले रकम फ्रिज भएको भएपनि केही योजनाहरुको रकम भने नयाँ आर्थिकवर्ष संगै पुन प्राप्त हुने स्थानीय विकास अधिकारी ज्ञवालीले जानकारी दिनुभयो ।

एमाले सल्यानले एक महिने अभियान संचालन गर्ने
सल्यान साउन ७, संविधानसभा चुनावलाई लक्षित गर्दै नेकपा एमाले सल्यानले एक महिने अभियान संचालन गर्ने भएको छ । जेठ देखि असारको मध्य सम्ममा डेढ महिने अभियान सम्पन्न गरेको एमालेले फेरी एक महिने अभियान शुरु गर्न लागेको हो ।
यस अघिको अभियान केन्दियबाट खटाएका नेताहरुको सहभागितामा जिल्लाका ४७ वटै गाविसमा भएको थियो भने अवको अभियान इलाका स्तरमा टोली बनाएर घरघरमा पुग्ने उद्देश्यले तय गरिएको नेकपा एमाले सल्यानका अध्यक्ष हरि केसीले बताउनुभयो ।
एमालेले गरेको पत्रकार सम्मलेनमा अध्यक्ष केसीले डेढ महिने अभियानको क्रममा जिल्लाभरीमा एकिकृत नेकपा माआवादी, नेपाली काँग्रेस, नेकपा–माओवादी, राप्रपा लगायत विभिन्न पार्टी परित्याग गरी ८ सय ५० जना एमालेमा प्रवेश गरेको बताउनुभयो । एमालेको सचिवालय वैठक मार्फत एक महिले अभियान शुरु गर्ने निर्णण् गरेको एमाले सल्यानले साउन १५ गतेदेखि अभियानको शुरु गर्ने जनाएको छ ।
अभियानका लागी इलाका नम्वर १ मा भिउसेन नेपालि र तुल प्रसाद खराल, २ मा भिम बहादुर सेन र गिर्दल बोहरा, ३ मा सिपि वली र कुल बहादुर गिरी, ४ मा हरी केसी र ओज बहादुर बुढाथोकी, ५ मा राम खड्गी, ६ मा टोप बहादुर थापा र प्रेम वली, ७ मा दामोदर शर्मा, जित बहादुर चलाउने र धना बुढाथोकी, ८ मा गोविन्द पुन र अकवर पुन, ९ मा ईश्वरी बुढाथोकी र लाल बहादुर रावत, १० मा कवि चन्द र दल बहादुर केसी तथा इलाका नम्वर ११ मा जनक विक, भोला केसी र ज्ञानेश्वर केसीलाई खटाउने निर्णय गरेको छ । यस्तै सचिवालयको वैठकले साउनभरीमा जनवर्गिय संगठनहरुलाई व्यवस्थीत गर्ने तथा भदौको २९ गते क्षेत्र नंवर १ को क्षेत्रिय अधिवेशन थारमारे र असोज ५ गते क्षेत्र नम्वर २ को क्षेत्रिय अधिवेशन श्रीनगरमा गर्ने निर्णय गरेको छ ।
वैठकले काप्रेचौर गाँउ कमिटी ईञ्चार्जमा तुल प्रसाद खराल, कारागिठी ईञ्चार्जमा गिर्दल बोहरा र दमाचौर ईञ्चार्जमा जनक विकलाई चयन गरेको छ । पत्रकार सम्मेलनमा वोल्दै एमालेका पोलिटव्युरो सदस्य प्रकाश ज्वालाले अघिल्लो चुनावको तुलनामा यस पटक एमाले प्रतिको आकर्षण निकै बढेको आफुले पाएको बताउनुभएको थियो । कार्यक्रमको संचालन एमालेका सचिव सिपि वलीले गर्नुभएको थियो ।

सल्यानमा ओडारमा लुकाएका हतियार भेटिए
सल्यान न्युज
७ साउन सल्यान । सल्यानमा ओडारमा लुकाएर राखिएको अवस्थामा हतियार फेला परेका छन् । सल्यानको जिमाली ९ कुमाखको लेकमा जाने बाटोमा नजिकै जंगलमा रहेको ओडारमा ६ थान हतियार र २६ राउन्ड गोली फेला परेको छ । ओडारमा लुकाई राखेको अबस्थामा हतियार फेला परेको हो ।
फेलापरेका हतियारहरुमा थ्रि.नट थ्रि. राईफल दुई थान, सटगन २ थान र भरुवा बन्दुक दुई थान रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । हतियार सहित थ्री.नट. थ्री. राईफलका सात राउन्ड , एस.एल.आर . को पाच राउन्ड र १४ राउन्ड ठुलो हतियारको गोली फेला परेको सल्यानका प्रहरी नायव उपरिक्षक लालमणी आचार्यले जानकारी दिए ।
भेटिएको हतियार मध्ये एउटा खिया लागेर काम नगर्ने र अन्य सबै काम गर्ने अबस्थामा रहेको प्रहरी नायव उपरिक्षक आचार्यले बताए । दुई थान भरुवा बाहेक सबै हतियार द्धन्दको समयमा सुरक्षाकर्मीबाट लुटेको हा, उनले भने हतियार बुझाउन जिल्लाबासिहरुलाई अपिल गरेपछि लाईसेन्स नहुदा स्थानीयले डरले लुकाएको हुन सक्छ ।
जंगलमा गाई चराउन गएका स्थानीयवासहीरुले प्रहरीलाई जानकारी गराएपछि ओढारमा लुकाई राखेको अवस्थामा हतियार फेला परेको प्रहरीको भनाई रहेको छ । हतियारका सम्वन्धमा आफुहरुले थप अनुसन्धान गरिरहेको प्रहरीको भनाई रहेको छ ।
Sunday, July 21, 2013
पूर्व प्रधानमन्त्री मरिचमान सिंहलाई ५ लाख सहयोग
काठमाडौं, साउन ६ – सरकारले पूर्व प्रधानमन्त्री मरिचमान सिंहसहितका ५ जनालाई उपचारका लागि जनही ५ लाख सहयोग गर्ने निर्णय गरेको छ ।
आइतवार बसेको मन्त्री परिषद बैठकले उहाँहरुलाई उपचारका लागि पाँच पाँच लाख सहयोग गर्ने निर्णय गरेको हो ।
सहयोग पाउनेमा सिंहसहित नेपाली काग्रेसका
नेता चक्रप्रसाद बास्तोला र गोपाल पहाडी, जनकवि केशरी धर्मराज थापा र
अरविन्द ठाकुर हुनुहुन्छ । उहाँहरु सवै अस्वस्थ्य हुनुहुन्छ र अहिले उपचार
गराइरहनु भएको छ ।
पूर्व प्रधानमन्त्री मरिचमान सिंहको उपचारमा आर्थिक अभाव भएको भन्दै उहाँको छोराले सहयोगका लागि अपिल नै निकाल्नु भएको थियो ।
सातदिन देखि वन्द राप्ती राजमार्ग खु्ल्न केहि दिन लाग्ने, ४० किलोमिटर सडकमा साढे ४ सय पहिरो
पुरुषोत्तम गिरी
सल्यान साउन ६
राप्ती राजमार्ग अन्तर्गतको दाङ्ग सल्यान सडक खण्डको बिभिन्न क्षेत्रमा गएका साढे चार सयवटा पहिरो हटाउने काम नसकिदा यातायात अझैँ सुचारु हुन सकेको छैन । कपुरकोट देखि सितलपाटी सम्मको ४० किलोमिटर सडकखण्डमा साढे ४ सय वटा पहिरो मध्ये ३० वटा पहिरो वाँकी छन् ।
अबिरल बर्षाका कारण टुनिबोट नजिकै बिच सडकमा झरेको चट्टानमा नेपाली सेनाले १० वटा बम बिष्फोट गराएर ट्रयाक खोलेपनि पहिरो हटाउने काम नसकिएकाले यातायात सुचारु हुन नसकेको हो । पानि नपरेमा बाटो पुर्ण रुपमा सुचारु अझै २ दिन लाग्ने छ । टुनिबोट देखी अरिंगालेफेदी खोला सम्म करिब तिस ठाँउमा पहिरो गएको छ । जसमध्ये केही ठाँउमा त पैदल हिडेर वारपार गर्न समेत कठिन हुने गरेको छ ।
यातायात अबरुद्ध भएपछि यात्रुहरु टुनिबोट देखी अरिगांले पेदी सम्म ४ किलोमिटर पैदल हिडेर जाने गरेका छन । बस समितीले यात्रुको समस्या लाई मध्य नजर गरी सल्यान श्रीनगर बाट टुनिबोट र दाङ्गबाट अरिगांले फेदी सम्म बस संचालन गरेको सल्यान रुकुम यातायात ब्यबसायी समितीका अध्यक्ष लोकमान बुढाथोकीले जानकारी दिनुभयो ।
एक हप्ता देखी अबरुद्ध सडकका कारण बिरामी हरुले सबै भन्दा पिडा भोगेका थिए भने ठाँउ ठाँउमा थन्किएर रहेका मोटरसाईकलहरु बोकर समेत वारपार गराईएका थिए । शनिबार सल्यान अस्पताल बाट रिफर गरिएका बिरामीहरु एम्बुलेन्सबाट सल्यान टुनिबोेट सम्म पुरयाइए पनि त्यहाँ बाट पहिरै पहिरोको जोखिममा पैदल बोकेर अरिंगाले पेदी सम्म लगिएको थियो ।
अंरिगाले खोलाको बहाब ठुलो भएका कारण यात्रुहरु लाई वारपार गर्न निकै कठिन भएको छ । कती ले रकम तिरेर खोला तार्न लगाउने गरेका छन ।“सडक एक दुई दिनमा सुचारु भएपनि सामान्य बर्षा थपिएमा फेरी सडकको उस्तै हालत हुन सक्छ दाङ्ग सल्यान सडक वटासिलको जिम्मेवारी पाएका सन्तोषी निमार्ण सेवाका प्रमुख निरन्जन कडेल ले भने– हामी ले त हटाउने प्रयास गरिरहेका छौ तर प्रकृती संग कसको के लाग्छ र” । पहिरो संग संगै सडक को अधिकांस भुभाग चिरा परेको छ ।यातायात बन्द पछि दैनिक उपभोग्य बस्तुहरुमा समस्या देखीन थालेको छ भने कृषकहरुको लाखौ रकम को तरकारी कुहिएर नष्ट भएको छ । वर्षा पछि सो खोलामा आएको वाढिले ५० भन्दा बढि कृषकको सयौँ रोपनी खेत पनि बगाएको छ । अबिरल बर्षापछि अंरिगाले खोलामा आएको बाढी ले खोला आसपासका क्षेत्रमा रहेको हजारौ मुरी अत्पादन हुने धान खेती बगाएर बगर बनाईदिएको छ ।
खोलामा अझै समस्या
अरिंगालेपेदी खोलाले सडक को बिच भाग करिब तिन मिटरको गहिराईमा खारिदिएपछि अन्य ठाँउको पहिरो हटेपनि खोलाबाट यातायात सुचारु हुन भने कठिन देखिएको छ । खोलाको बहाब कम नभएको र बाटो लाई खोलाले खाल्डो पारिदिएपछि बाटो संचालन गर्न मुस्किल भएको सन्तोषी निमार्ण सेवाका प्रमुख निरन्जन कडेल ले बताए । बिगतमा खोला बिचमा संचालन सडक को ट्रयाकको यतीबेला निसाना नै छैन। खोलाको पानिलाई फिजाएर बहाब कम गरी यातायात सुचारु गर्ने सोचमा सरोकारवाला लागेका छन तर यो पनि असम्भब जस्तै देखिएको छ । यदी यो सम्भब नभए तत्कालका लागी खोला सम्म भएपनि यातायात सुचारु गर्ने जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
Friday, July 19, 2013
Breaking!!!! राप्ती राजमार्गको अपडेट
राप्ती राजमार्गको यातायात सुचारू गर्न पाँचैाँ दिन पनि प्रयास जारी, हिजो समय अभावले काम शुरू हुन नसकेपछि नेपाली सेनाद्वारा वम विष्फोट गरी ढुंगा फोड्ने काम विहानैदेखि शुरू गर्ने तयारी । तर रातिदेखिको वर्षाले काम शुरू गर्न समस्या । वर्षा रोकिएपछि काम शुरू हुने सम्भावना ।
Thursday, July 18, 2013
एकै गाउँको २० लाखको तरकारी कुहियो ।
पुरुषोत्तम गिरी
सल्यान (रिम) साउन २, वर्षाका कारण सडक अवरुद्ध भएपछि सल्यानको रिममा एकै गाउँको २० लाख भन्दा बढि मुल्यको तरकारी कुहिएको छ । वर्षाका कारण कपुरकोट सोलावाङ रिम सडकखण्ड एकहप्ता देखि बन्द छ ।
किसानले बारीबाट टिपेर तरकारी संकलन केन्द्र सितलबजारमा चारदिन अघि तरकारी ल्याएकै वेलामा ठुलो पानी परेपछि सडक अवरुद्ध भएको थियो । सडक अवरुद्ध हुँदा २० वटा तरकारीका गाडि रिम मै अलपत्र परेका छन् । संकलन केन्द्रमा टमाटर, काउली, भान्टा, भेडेखुसानी, पिरो खुर्सानी, अदुवा लगायतका तरकारी कुहिएका छन् ।
आफुहरुले किसानसँग खरिद गरेको २० लाख भन्दा बढिको तरकारी कुहिएको व्यापारीहरुले बताएका छन् । संकलन केन्द्रमा तरकारी किन्नका लागी गाडि ल्याएर धनगढि, महेन्द्रनगर, सुर्खेत, कोहलपुर नेपालगंजबाट आएका व्यापारीहरु पनि अलपत्र परेका छन् । धनगढिबाट तरकारी किन्नका लागी रिम आएका व्यापारी मुक्ति वास्तोलाले भने–किसानसँग किनेको मेरो मात्रै चार ट्रक तरकारी कुहियो, घाटा त त्यसै लाग्यो लाग्यो अव कुहिएको तरकारी कहाँ फाल्ने अर्को समस्या देखिएको छ । उनले आफ्नो मात्रै पाँच लाख बराबरको तरकारी कुहिएको बताए । अवको एक हप्ता सम्म पनि सडक सुचारु नभएमा किसानहरुको एक करोड बराबरको तरकारी बारीमै कुहिने किसानहरुले बताएका छन् ।
स्थानिय तरकारी व्यापारी असोक बुढा, जित बहादुर शाहु, टिकाराम बुढा, ज्ञान बहादुर पुन लगायतका व्यापारीहरुले किसानहरुसँग तरकारी खरिद गरेर जिल्ला वाहिर पठाउदै आएका थिए । स्थानिय बजारमा किसानहरुले टमाटर प्रतिकेजी ३५ रुपैँया, काउली ४०, बन्दा १५, भेडे खुर्सानी ६५, पिरो खुर्सानी ५०, काँक्रो १५, अदुवा १०० तथा नास्पाती अदुवा, प्याज, धनिया, साग आदि विक्रि गर्दै आएका थिए तरकारी कृषक समेत रहेका स्थानिय व्यापारी अशोक बुढाले आफुहरुले विभिन्न निकायमा बाटो सुचारु गराउनका लागी आग्रह गरेको भएपनि कतैबाट सुनुवाई नभएको बताए । उनले भने–राप्ती राजमार्ग खुलाउन नै समस्या छ, साना सडकहरु संचालन गरेर किसानको पक्षमा लागिदिने को होला । सडक अवरुद्ध भएपछि सल्यानको रिम, सारपानी गर्पा, धनवाङ, त्रिवेणी लगायतको क्षेत्रमा लाखौँको तरकारी उत्पादन गर्दै आएका किसानहरु समस्यामा परेका छन् ।
(तस्वीर ः सल्यानको कपुरकोट क्षेत्रमा उत्पादित तरकारी संकलन केन्द्रमा वेच्दै किसानहरु )

एउटा ढुंगाले रोक्यो सडक
पुरुषोत्तम गिरी/उज्यालो । सल्यान असार ३ - राप्ती राजमार्ग अन्र्तरगत दाङ्ग सल्यान सडकखण्डको ठाँउठाउँमा पहिरो झरेपछि चारदिनदेखि अवरुद्ध राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन ।
वर्षाका कारण गएको सोमबार दाङ्गको
तुलसिपुरदेखि सल्यानको श्रीनगरसम्मको सडकमा एकसय वटा भन्दा धेरै साना ठुला
पहिरो सडकमा झरेका थिए । अहिलेसम्म दुईवटा डोजर लगाएर तुलसीपुरदेखि
सल्यानको कपुरको सम्म तथा सल्लेखोलादेखि श्रीनगरसम्मका पहिरो हटाइएको
प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताउनुभयो ।
पहिरो हटाउनका लागी अहिले पनि कपुरकोटबाट
एउटा डोजर परिचालन गरिएको छ । सल्लेखोला नजिकै सडकमा झरेको ठुलो ढुंगा
हटाउन सवै भन्दा समस्या देखिएको छ । तीन दिनदेखि ढुंगा हटाउन डोजर, लोडर
लगायतका सामाग्रीहरु परिचालन गरिएपनि अहिलेसम्म १० प्रतिशत मात्रै ढुंगा
फुटाइएको छ । सडकको ढुंगा
हटाउन नसकेपछि वैकल्पिक सडक खन्न प्रयास भएपनि भिरालो ठाउँ भएकाले त्यो
पनि सम्भव भएको छैन । अझैपनि ४० वटा पहिरोहरु हटाउन वाँकी छन् भने
अरिङ्गगाले खोलाले बगाएको पचास मिटर सडक पनि बनाइएको छैन । लगातार काम
भएका सडकको साना गाडि संचालन गर्न दुई दिन लाग्नेछ भने ठुला गाडी संचालनका
लागि एक हप्तासम्म लाग्न सक्ने अनुमान छ ।
यातायात अवरुद्ध हुदा लाखौँ मुल्य
बराबरको तरकारी कुहिएको छ भने यात्रुहरु पनि दुई तीन दिन हिडेर दाङ्ग
पुग्ने गरेका छन् । सडक अवरुद्ध भएपछि जिल्लाबाट रिफर गरिएका विरामीलाई
बोकेर वाहिर लैजाने गरिएको छ ।
Wednesday, July 17, 2013
पाँच हजार फर्जी विद्यार्थी भर्ना रोकिँदा ६५ लाख जोगियो
२ सल्यान, साउन । जिल्ला शिक्षा
कार्यालय, सल्यानले जिल्लाका सामुदायिक विद्यालयमा फर्जी विद्यार्थी
भर्नामा कडाइ गरेपछि ६५ लाख रुपैयाँ जोगिएको छ ।
जिल्लाभरका ४ सय ६१ विद्यालयमध्ये केही
विद्यालयले फर्जी विद्यार्थी भर्ना गरेको पाइएको थियो । विगतका वर्षमा
विद्यालयहरूले जिल्ला शिक्षा कार्यालयमा विद्यार्थीको गलत तथ्याङ्क बुझाएर
लाखौँ रकम हिनामिना गर्दै आएका थिए ।
जिल्लाभरि झन्डै पाँच हजार फर्जी
विद्यार्थी भर्ना हुने गरेको र यसबाट रकम हिनामिना हुने देखिएको भन्दै
जिल्ला शिक्षा कार्यालयले यस वर्ष यो प्रक्रिया रोकेको जनाएको छ ।
कार्यालयले आर्थिक वर्ष ०६९/०७० को उपलब्धि सार्वजनिक गर्न मङ्गलबार गरेको
पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो ।
यस वर्षदेखि कार्यालयले फोटोसहितको
विद्यार्थी विवरण माग गरेपछि विद्यालयबाट फर्जी विद्यार्थीको विवरण आउन
रोकिएको जिल्ला शिक्षा अधिकारी रामवन्धु सुवेदीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “हुँदै नभएका
विद्यार्थीको सङ्ख्या देखाएर धेरै विद्यालयले केही वर्षदेखि रकम लिँदै
आएको देखियो, त्यसैले यस वर्षदेखि फोटोसहितको विद्यार्थीको विवरण राखेका
हौँ ।”
जिल्लामा एउटै विद्यार्थी दुई विद्यालयमा
भर्ना गर्ने, निजी विद्यालयका विद्यार्थीको नाम सरकारी विद्यालयमा देखाउने
तथा हुँदै नभएका विद्यार्थीका नाम देखाएर विद्यार्थी सङ्ख्या बढी देखाउने
प्रवृत्ति मौलाएको थियो ।
गत वर्ष सल्यानमा माध्यमिक तहसम्म ८६
हजार ५ सय २७ विद्यार्थी थिए । यस वर्ष कार्यालयले फोटोसहितको विवरण
मागेपछि त्यो सङ्ख्या घटेर ८१ हजार ७ सय ५ देखिएको छ । जिल्ला शिक्षा
अधिकारी सुवेदीले भन्नुभयो, “फोटोसहितको विवरण माग्दा झन्डै पाँच हजार
विद्यार्थी फरक पर्न गए । पाँच हजार विद्यार्थी बराबर लाग्ने ६५ हजार
रुपैयाँ जोगिई सरकारको राजस्वमा जम्मा गरिएको कार्यालयले जनाएको छ । गयल हुने र मापसे गर्ने २३ शिक्षक कारबाहिमा
सल्यान, साउन २ – जिल्ला शिक्षा कार्यालय सल्यानले विद्यालयमा लगातार अनुपस्थित हुने र मादक पदार्थ सेवन गर्ने २३ शिक्षकलाई कारबाहि गरेको छ ।
हाजिरी गयल हुने विभिन्न विद्यालयका १८ जना शिक्षकको तलव कट्टा गरिएको जिल्ला शिक्षा अधिकारी रामबन्धु सुवेदीले जानकारी दिनुभयो ।
१८ शिक्षकको तलव वापतको १ लाख ७७ हजार
रुपैयाँ काटिएको सुवेदीले जानकारी दिनुभयो । यस्तै कार्यालय समयमा मादक
पदार्थ सेवन गर्ने ५ शिक्षकलाई प्रारम्भिक कारबाही गरिएको सुवेदीले
बताउनुभयो ।
बाटो बन्द हुँदा गर्भवतीको अवस्था गम्भीर
सल्यान, साउन २ – लगातारको वर्षाका कारण तीन दिनदेखि राप्ती राजमार्ग अवरुद्ध भएपछि सल्यानका दुईजना गर्भवती महिलाको अवस्था गम्भीर बनेको छ ।
अवरुद्ध सडक तीनदेखि खुल्न नसकेपछि
जिल्ला अस्पताल सल्यान र कान्तिपुर साुमदायिक अस्पताल श्रीनगरले रेफर
गरेका बाँफुखोला ३ की खिमा कुमारी वली र डाँडागाउ गाविसकी विमला बिकको
अवस्था गम्भिर बनेको हो ।
अप्रेशन नै गरेर बच्चा निकाल्नु पर्ने
भएको तर सल्यानमा अप्रेशन गर्न नसकिएपछि रिफर गरिएको अस्पतालले जनाएको छ ।
यसैबीच अवरुद्ध सडक खुलाउन मंगलबार दिनभरपनि प्रयास गरीने सल्यानका प्रमुख
जिल्ला अधिकारी यज्ञराज बोहराले बताउनुभयो । www.unn.com.np
राप्ती राजमार्ग दुई दिनदेखि अवरुद्ध, पहिरोले ३ घर वगायो
सल्यान, साउन १ – लगातारको वर्षाका कारण दुईदिन देखि अवरुद्ध राप्ती राजमार्गको यातायत सुचारु नहुँदा यात्रुहरु बिचल्लीमा परेका छन् ।
सोमबारदेखि अवरुद्ध सडकको धेरै ठाउँमा पहिरो गएपछि सडक अवरुद्ध भएको हो ।
अवरुद्ध सडक खुल्न नसक्दा यात्रुहरु
हिँडडुल गर्न समेत समस्या भएको छ । सडकमा ठुला चट्टान खसेकाले त्यसलाई
हटाउन जिल्ला प्रशासन कार्यालयसँग अनुमति मागिएको र अनुमति प्राप्त
हुनासाथ काम सुरु गर्ने प्रहरी निरीक्षक रञ्जितसिंह राठौरले बताउनुभयो ।
यसैबीच वर्षासंगैको बाढिले त्रिवेणी
गाविसमा झिनबहादुर नेपाली र नेत्र वोहराको घर वगाएको छ । यस्तै धनवाङ ३ मा
खलु बिकको घर समेत पहिरोले बगाएको छ । www.unn.com.np
Monday, July 15, 2013
सल्यानमा खानेपानीको पाइपले जोगायो ५० जनाको ज्यान
सल्यानको खलंगामा सोमबार दिउँसो एउटा बस दुर्घटना हुनबाट बचेको छ । खरावबाटो हेर्न ड्राइभर ओर्लिएर वाहिर झरेको वेलामा यात्रुले गाडि चलाउदा गाडि दुर्घटनामा परेको थियो । तर गाडि सडक छेउको खानेपानीको पाइपमा अल्झीएको थियो । गाडि चलाउने ति यात्रुलाइ भने प्रहरीले पक्रेको छ । उनले अत्याधिक मदिरा सेवन गरेको बुझिएको छ । हेरौँ दुर्घटनाबाट बचेको गाडि र यात्रुका सल्यान न्युजले लिएका केहि तस्वीरहरू....
एसकारण बिग्रिन्छन बिदेशमा रहेका श्रीमानका श्रीमतीहरु
विभिन्न खाले समाचार र अनेकथरी पिडाहरु विदेशमा रहने कामदार हरु ले सुन्दै
र भोग्दै आएको हामीले सुनेकै छौ ,एस्ता समाचार हरु प्राय आफ्नै लापरबाही र
धेरै बिश्वास दिनु ले गर्दा हुने गरेको पाहिएको छ , आखिर के कारणले हो त
बिदेशमा रहने पुरुष हरुको प्राय घर बिग्रिनु र सिर्मति हरु गलत बाटो तिर
जानु ?एउटा तितो एथार्थ हामीले विभिन्न पिडित व्यक्ति हरु मार्फत संकलन
गरि केहि भए पनि जानकारी होस भन्ने उदेस्यले तल केहि टिप्स हरु प्रस्तुत
गरेका छौ , एसको मतलब यो होइन कि सबै का श्रीमती हरु गलत बाटोमा लागेका
छन् , तपाई आफै यी तलका भिबिन्न कुरा हरु मा बेलैमा सचेत हुनुभयो भने साएद
एस्तो घटना तपाई सामु नआउन सक्ला ,
१ - तपाई आफ्नी श्रीमिति लाइ कतिको फ्री छोड्नु हुन्छ ?
= श्रीमती को हरेक भनाइलाइ बिश्वास गरेर वास्ता नगरी फ्री छोड्नु तपाइको मुर्खता हो , उनि के गर्दै छिन् ,कहाँ जादै छिन् , किन जादै छिन् , हरेक कुरो को जानकारी लिनु बुद्दीमानि हुन्छ ,
२ - घरमा एक्लै हुनुहुन्छ या परिबार सग हुनुहुन्छ तपाईकी श्रीमती ?
= घरमा एक्लै हुनु हुन्छ भने अलि धेरै चनाखो हुनु पर्छ , किन कि सबै को नियत एकै हुदैन , सकभर कुनै माध्यम बाट बुजी रहनु बेस हुन्छ ,
३ -बाबा आमाको कुरो सुन्नुहुन्छ या सुन्नु हुदैन ?
=तपाइँ बाबा आमा को कुरो कत्तिको सुन्नु हुन्छ तेस्मा पनि भर पर्छ , एदी बाबा आमा को कुरो नसुनी सबै कुरो शिर्मति को भर र बिश्वास पर्नु भयो भने पनि श्रमती कुबाटो लाग्न सक्छन ,
४-बाल बच्चा छन् या छैनन् ?
= बाल बच्चा छन् भने , बाल बच्चालाइ फकाई फुलाई सोध्ने गर्नुस घर मा को को आएको थ्यो , के काम ले आएको थियो , बस्यो कि बसेन, तिमीलाई के भन्यो येस्तई येस्तई ...
५-तपाइले फोन गर्दा कस्तो तरिकाले बोल्नु हुन्छ श्रीमती ठाडो पाराले या सामान्य तरिकाले ?या बोल्दा बोल्दै रिसाएर फोन काट्नु हुन्छ ?
= जब श्रमती हरु बोल्दा बोल्दै एकासी झर्किने ,रिसाउने गर्छन भने पनि संका गर्नु पर्छ , असल श्रमती हुन् भने तपाई जे जस्तो भन्नुस बिदेस को फोन ,आफ्नो श्रीमान को फोन आउदा खुसि नै हुनु पर्छ , एदी सामान्य कुरो मै फोन काट्ने , झर्किने गरिन भने सम्झनुस कुनै चक्कर चल्दै छ , जहाँ अब तपाई को फोन नआउदा पनि कुनै फरक नपर्ने अवस्था भैसकेको छ , ,,,,
६-घरमा पैसाको कारोबार कसले गर्छ ? श्रीमती या बाबा आमाले ? या जति भए पनि श्रीमतीको नाम मा पठाउनु हुन्छ र कुनै हिसाब र जानकारी लिनु भएको छैन ?
= जति हुन्छ आफ्नै प्यारी को नाममा किन कि आफ्नै श्रीमती हुन् भन्ने सोचाई मा हुनुहुन्छ ,, एस्तो सोचाई नगर्नुहोस किन कि , एस्तै सोचाईले गर्दा धेरै को घर बार बिग्रिनु को साथै कंगाल पनि भएको देख्नु अनि सुन्नु मा आएको छ , पैसा को कारोबार श्रमतीले गरे पनि तपाई हरेक जानकारी लिनुहोस् , हर हिसाब लिनु होस् ,
७ -श्रीमती कतिको चुलबुले छिन् ? कुनै जागिर गर्नु हुन्छ या जागिर गर्ने बहाना गर्दै छिन् ?
= श्रमती चुलबुले छिन् भने अलि ख्याल गर्नु होस् , किन कि महिला हरु जति चुलबुले हुन्छन उतिनै यौन प्यासी पनि हुन्छन , कुनै जागिर गर्नु भएको छ या छैन , कस्तो खाल्को जागिर हो , जानकारी लिनुहोस् , एहा एस्तो पनि देखिनमा आएको छ श्रीमती जागिर मा जाने भन्ने उल्टो आफ्नो पैसो खर्च हुने , एस्तो अवस्था भनेको लगभग घर बिग्रिने अवस्था हो , किन कि जब अनेक थरि बहाना गरि श्रीमती बाहिरिन खोज्दै छिन् भने अब तपाइँ आफै बुज्नु पर्ने कुरो हो , तपाई बिदेस हुदा हुदै एस्तो बहाना गर्छिन भने , तेहा कुनै ठुलो योजना बनि सकेको हुनु पर्छ ,
एसको मतलब यो होइन कि सबै श्रीमती हरु जागिर मा अनैतिक तरिकाले जान्छन , आफ्नी श्रीमती को योग्यता कति छ ,कस्तो काम मा जाने कुरो गर्नु भएको छ , त्यो राम्रो सग बुज्नु नै तपाइको बुदिमानी हुन्छ, एदी योग्यता नै छैन जागिर जान्छु भन्नु र बहाना गर्नु भयो भने अबश्य पनि .....तपाइको बुझाइमा भर पर्छ अब ,
८-श्रीमतीको मोबाइल कतिको बि जी हुन्छ ?कि तपाईलाई थाहै नहुने अर्को नम्बर पनि चलाउनु भएको छ श्रीमतीले ?
=अहिले को अवस्थामा सबै भन्दा बिकृति मोबाइल र सामाजिक संजाल मार्फत भएको छ , यहा केहि महत्व पूर्ण र बास्तबिक कुरा आफै बुज्नुहोस , श्रीमती को मोबाइल धेरै बिजी हुनु र बिशेस गरि साझ र रात को समय मा बिजी हुनु भनेको पनि खतरा को घन्टी बजे जस्तै हो , तपाइलाई थाहा नहुन पनि सक्छ तपाईकि शर्मति सग २ ओटा मोबाइल होलान , या २,३ ओटा सिम होलान , ख्याल गर्नुहोस यो कुरा मा , घरमा आमा बाबा या तपाईका छोरा छोरि छन् भने यो बिसय मा राम्रो जानकारी लिनुस , किन कि तपाई लाइ थाहै नहुन सक्छ आफ्नै श्रमती को अरु नम्बर , जुन नम्बर अरु कसैको लागि बिशेस प्रयोग को लागि राखिएको होला तपाइले थाहा नपाओस भन्ने उदेश्येले , अब बुज्नु नबुज्नु तपाईमा भर पर्छ ,
९- घरमा पाहुना र चिने जानेका कस्ता खालका व्यक्तिहरु आउने गरेका छन ,जानकारी लिनु भयको छ कुनै माध्यम बाट ?
= यो पनि ठुलो कमजोरी होला तपाइको जब तपाइँ आफ्नो घर मा को आयो को गयो , किन आयो , भन्ने बिषयमा जानकारी लिनु हुदैन भने , कुनै चिन्दै नचिनेको व्यक्ति घरमा आउन थाल्यो जसलाई श्रीमती बाहेक अरु घरका सदस्यले चिनेका छैनन , र तेस्ता खालका व्यक्ति हरु आउने र बहाना गरि घर मै बस्न थालेका छन् भने , त्यो ठुलो योजना हुन सक्छ प्यासी श्रीमती हरुको ,
१० - श्रीमती को फोन र sms हेर्नु भएको छ घरमा हुदा ?
= यो हो जरुरि टिप्स जसले तपाइलाई आफ्नी श्रमतीको अनैतिक सम्बन्ध भए नभएको जानकारी प्रस्ट पार्छ ,
तपाई घरमा हुनु भएको बेला श्रीमती लाइ कस कसले कल गर्यो , कुन समय मा कल गर्यो , किन कल गर्यो , चिनेको नातादार व्यक्ति हो या मात्र श्रीमतीले चिन्नु भएको छ , साएद श्र्मतिले मात्र चिन्नु भएको होला किन कि साझ ढले पछि कल आउछ , अनि श्रीमती को sms हेर्नु भयो ? प्राय अनैतिक महिला हरुका पर पुरुष सग सांकेतिक sms हुने गर्छन , जुन sms त्यो पुरुष र महिला ले मात्र बुझ्ने गर्छन ,
अब तपाइँ एस्ता sms र पर पुरुष का कल देख्दा पनि वास्ता गर्नु हुदैन भने कसको के लाग्छ र ,,,,,
एदी येस्ता खालका अन्जान व्यक्ति का अलि फरक सैलीका sms र बेला न कुबेला का अन्जान व्यक्ति को फोन कल आएको तपाइले देख्नु भयो भने सम्झिनुस तपाई कि ति महिलाको अनैतिक सम्बन्ध भै सकेको छ , घर सुधारगर्नु या एस्तै चल्न दिनु अब तपाइको हात मा .....
यी माथिका १० ओटा सुत्रहरु तपाइको जिबन मा कस्तो चल्दै छन् , अब यी सुत्रहरु को मेल खान गएमा तपाई अलि सचेत हुनु पर्ने हुन्छ , बेलैमा सचेत हुनु भयो भने , नराम्रो र सोच्दै नसोचेको घटना बाट तपाई बच्न सक्नु हुन्छः ,
माथिका सुत्र हरु मेल खान गएका छन् भने , अब तपाई आफ्नी श्रीमती सग फोन बाट यी तलको प्रश्नहरु गर्नुस , जुन प्रश्नले तपाईलाई छर्लङ्ग पर्ने छ "तपाईकी श्रीमती तपाईलाई कतिको माया गर्नु हुन्छ या गर्नु हुदैन ,
=एसो भन्नुस -- म हल्का बिरामी भएको छु ,काम गर्न नसक्ने भए , बरु घरमै आएर हलो जोतेर गिट्टी कुटेर जसो तसो चलाउछु ,म एहा सारै आतिए ,म अब घर आउछुल प्यारी ,अब तिमीले आउनु भनेउ भने आउछु , न आइज भनेउ भने जसो तसो सास धान्दै काम गरेर बस्छु , अब तिमि नै भन म आउ कि नआउ ,
अब एती भन्दा पनि तपाईकी श्रीमती को मन पलाउन सकेन भने र नआउनुस भन्न खोजिन भने .. तपाइको बुझाईमा भर पर्छ या बाध्यता मा भर पर्छ , ..
कतै तपाईलाई पनि श्रीमतीले धोका दिएर आफ्नो सम्पतिको साथै कंगाल बनाएर पर पुरुष संग जिबन बिताउन जालिन नि ..speednepalnet.blogspot
स्मरण रहोस : यो जानकारी विभिन्न श्रीमती पिडित हरु को व्यथा र एथार्थ विवरण बाट संकलन गरिएको हो ,

तमासा
कार्तिक महिना जताततै तिहारको चहलपहलले गर्दा वातावरण निक्कै रमाइलो
लाग्दो छ। ठाउँठाउँमा तिहारबजार खोलिएका छन् भने स्थापित बजारहरूमा नयाँ
सामान थप गरिएकाले ग्राहकहरूको घुइँचो बढेको छ।
वर्षका दुई महान् चाड दसैँ र तिहार। ऋणधन जे-जस्तो बेहोर्न परे पनि संस्कृतिको जगेर्ना गर्न भनूँ या समाजमा इज्जत बचाउन भनूँ मान्नैपर्ने चलन छ। तसर्थ सबै किनमेलमा लागेका छन् र तिनले भन्न सक्ने एउटै भाखा छ - ‘‘कस्तो भाउदर बढेको, यसपालि त ?‘‘
स्थिति जस्तोसुकै होस् सडक भने रङ्गीचङ्गी छ। बालक, तन्नेरी, वृद्ध सबै रमाएका देखिन्छन् र आ-आफ्नो रुचिअनुसार पसलतर्फ लम्किँदै छन्।
यस्तै भीडमा बग्दै एक हातमा झोला र अर्को हातले छोरालाई डोर्याउँदै प्रेक्षा पनि किनमेलको धुनमै छिन्। लोग्ने जिल्लामा सरुवा भएपछि घरव्यवहारको सारा जिम्मा उनैमा आइपरेको छ। सासू-ससुरा वृद्ध र आफ्नो छोरो सानो। कसले सम्हालिदिने दिनदिनको घरको जरुरत ? झन् त्यसमाथि चाडपर्व आइपरेको छ। प्रेक्षाले छोटो अवधिभित्र नै सबै किनमेल सिध्याएर घर फर्कनु छ।
तर छोराले के बुझ्थ्यो आमाको चटारो। उसलाई सबै झिलमिलि हेर्नु छ र चाहेका माल, आफ्नै लागि किनेर तुरुन्त उपभोग गर्नु छ। ऊ आमासँग कचकच गर्न थाल्छ – बेलुन किनिदेऊ, ललिपप किनिदेऊ, तिहारमा बाल्ने झिरझिर किनिदेऊ भन्दै ठुस्किन्छ पनि, बाटैमा टक्क अडेर हिँड्दिनँ भनेर घुर्क्याउँछ पनि।
चार-पाँचबर्से बालकको हठ प्रेक्षाले के टार्न सक्थिन् र ! सबै काम छोडेर सानोलाई बेलुन, ललिपप किनिदिन करै लाग्छ। एकपटक त प्रेक्षालाई ती व्यापारीलाई, जसले बालकलाई लोभ्याउन यो-त्यो भनेर कराइरहन्छन् तिनलाई गएर चुप लाग भनुँ कि जस्तो मान्छिन्। तर अर्को मनले भन्छ के भन्नु तिनलाई पनि, यस्तैबाट कमाएक पैसाले आफ्ना सन्तानलाई पाल्नुपर्छ होला, कति नै कमाउलान् र ? फेरि ऊ एकजनामात्र पनि यस्तो व्यापारी हैन, पाइलैपिच्छे भनेजस्ता छन्। कतिलाई भन्ने !
‘‘लौ ऊ त्यो हरियो र रातो भएको बेलुन एउटा दिनोस्।‘‘ भनेर प्रेक्षाले ब्याग खोल्छिन्। सानो उसैले बिक्रीमा राखेको ललिपप पनि देखाउँदै भन्छ - ‘‘मलाई त्यो पनि एउटा, आमा ऊ त्यो मलाई कस्तो मीठो लाग्छ।‘‘
‘‘यसलाई लिएर त कहीँ पनि हिँड्न हुन्न, लौ अब छिटो हिँड्, भनेको कुरा पाइहालिस्‘‘ प्रेक्षा यति भन्दै छोरालाई छिटो हिँडाउने कोसिस गर्छिन्। सानो भने पहिले किनाउनमा अल्मल्याउँदै थियो भने अहिले त्यही खेल्दै चुस्दै मजा लिएर हिँड्नमा सुस्ती गर्दै छ।
उसको त्यस्तो चाला देखेर प्रेक्षा आफ्नो भाइलाई सम्झन पुग्छिन्। ऊ पनि सानोजस्तै थियो। उसलाई आमाले गाली गर्दा उनलाई लाग्थ्यो - ‘‘आमा पनि के हुनु भएको होला ? बालकले त्यसै त गर्छन् नि अहिले, हामीले चाहेर पनि त्यसो गर्न पाउँछौँ र ?‘‘
यो सम्झेपछि प्रेक्षाले सानोलाई केही भनिनन् र उसलाई उसैको मतापमा पेटीमा हिँड्न दिन्छिन्। फर्केर एक-दुईपटक हेर्छिन् पनि, ऊ उनकै पछिपछि आइरहेको हुन्छ। निश्चिन्त हुन्छिन् र छोरालाई ‘‘बाबु त्यो भकुन्डो हेर् त कस्तो लाग्यो, किनिदिऊँ ?‘‘ भन्दा छोराबाट जबाफ नआएकाले फर्केर हेर्छिन्। छोरालाई नदेख्दा उनी बौलाहीजस्तो गरी कराउन थाल्छिन्। मेरो छोरा.......... मेरो सानू कहाँ गयौ ? हूललाई धकेल्दै एकदुई व्यक्तिलाई सोध्छिन् पनि।
तर उनीहरूबाट नकारात्मक जबाफ पाएपछि प्रेक्षा धरहराको छेउमा चन्द्राकारमा थुप्रिएको हूलभित्र पस्छिन्, त्यसरी नै छोराको नाम बोलाउँदै। उनको मस्तिष्कमा टेलिभिजनमा दिएको ‘‘बालक हराएको सूचना‘‘ घुमिरहन्छ, जसले झन् उनलाई अत्याइरहन्छ।
हूललाई छेडेर अगाडि निस्कँदा त्यहाको दृश्य देखेर उनी स्तम्भित हुन्छिन्। बोल्न सक्तिनन् र दौडँदै छोरानजिक पुग्छिन्। उसलाई अँगाल्दै भन्छिन् - ‘‘कहाँ भागेको तँ ?‘‘
सानोले एक अचेत लडिरहेकी नारीको शरीरमा स्तन चुस्न सोज्दै रोइरहेको एक दूधे बालक देखाउँछ। कहिले त्यो तमासे हूललाई हेर्दै अत्तालिँदै रोइरहेको छ भने कहिले भोकले छाता खोतल्दै आमाको स्तन खोजिरहेको हुन्छ। सानोले किनेको बेलुन पनि त्यही बच्चाको छेउमा देख्छिन् र ललिपप त सानोले त्यही बच्चालाई चुसाइरहेको प्रेक्षाले त्यसैबेला देखेकी थिइन्।
छोराको अनुरोधमा त्यस बालकलाई हेरी प्रेक्षाले सानोलाई सम्झाउँदै भन्छिन् - ‘‘भयो, छोडिदे त्यो बेलुन, तँलाई म अर्को किनिदिन्छु। हिँड् अब, हेर साँझ पर्न लागिसक्यो।‘‘
प्रेक्षाले सम्झेकी थिइन् त्यो सानोले त्यो बेलुन, त्यो प्यारो बेलुन, जुन त्यस बच्चाले लिएको थियो त्यो ऊ फिर्ता लिन चाहन्छ, तर आश्चर्य ! उसले त्यो चाहेको थिएन। ऊ चाहन्छ त्यो बच्चालाई साथै घर लैजान। ऊ जिद्दी गर्न थाल्छ -‘‘आमा यसलाई पनि हाम्रो घर लैजाउँ न, हेर्नोस् न यसको आमा उठ्दै-उठ्दैन। यसलाई धेरै भोक लागेको छ। यो कसरी रोइरहेछ आमा, यो ललिपप पनि खाँदैन। केही पनि खाएन भने मर्छ भनेको होइन तपाईँले..... ? यो मर्छ आमा ! यसलाई साथै लगौँ।‘‘
प्रेक्षाले सम्झाउन थाल्छे छोरालाई - ‘‘त्यो बच्चालाई लैजान हुन्न। उसकी आमा उठेपछि उसलाई खोज्छे। हामीले लगेको थाहा पाएपछि उसको बाबुले हामीलाई गाली गर्छ, पुलिस बोलाउँछ अनि.......हिँड जाऔँ।‘‘
सानो तैपनि मान्दैन र अन्तिम अनुरोध गरेरै छोड्छ। ‘‘यसको आमालाई त उठ्न दिनोस्।‘‘ ऊ झर्को मानेर बोल्छ।
हूलबाट आवाज आउँछ - ‘‘के उठाउनु त्यसलाई, मरेको लास पनि उठ्छ ?‘‘
अर्को अग्रसर भएर भन्छ - ‘‘खुरुक्क लैजानोस् आफ्नो बच्चालाई, अनि यसको आमाको पनि दाहसंस्कार गर्न तयारी गर्नोस्। यस्तो अत्याचार पनि गर्न सुहाउँछ ? यसै पन्छिन कहाँ पाइन्छ र ! छोराले चिनेर छोड्नै मानेको छैन। पराइ हुँदो हो त त्यसरी बालक कहाँ झ्यामिन्छ र ? ‘‘
कुरा यसरी बढ्दै जान्छ। अर्को तमासे कराउँछ - ‘‘जिउँदो रहँदा केही गुण त लगाएकी होली। त्यतिमात्र सम्झेर पनि यसलाई डुङडुङ गन्हाउनबाट किन जोगाउनुहुन्न ? स्वास्नीमान्छे पनि कति निठुरी हुँदा रहेछन्, छिः !‘‘
अर्को झन् प्रचण्ड हुँदै भन्छ - ‘‘के थाहा लोग्नेको रखेल हो कि ?‘‘
यसरी बर्सिएका तमासेहरूको तीक्ष्ण वाक्य सुनेर उनी निथ्रुक्क भएर भिज्छिन् र अक्क न बक्क भई यताउति हेरिरहन्छिन् मानो उनी सत्यको सहाराको खोजीमा छिन्। जब कतैबाट पनि कुनै आवाज उनको पक्ष लिएर निस्किँदैन, प्रेक्षा विस्मित हुँदै छोरालाई पिट्दै भन्न थाल्छिन् - ‘‘तैँले आज कुन भुमरीमा पार्न आँटिस् ? के तमासा देखाउँदै छस् ? खुरुक्क हिँड्छस् कि तँलाई म यहीँ .........?‘‘
एक व्यक्ति हूललाई छिचोलेर प्रेक्षाको अगाडि आई धम्क्याउँदै भन्छ - ‘‘ए आइमाई राम्रो मुखले यसको जिम्मा लिन्छेस् कि हामी अगाडि सरौँ ?‘‘
प्रेक्षा अवाक् हुँदै रिसले काँपिरहन्छिन् र त्यसको अनुहार हेरिरहन्छिन् मानौँ त्यो कुन सभ्यता हो।
अन्यायले ल्याएको त्यो कम्पनले कुनै अनर्थ गराउनुभन्दा पहिले त्यस जमातको ध्यान त्यहीँ नजिकै झुत्रो पाखी ओडेर बसिरहेको बहुलाजस्तो व्यक्तिको खित्का सुनेर त्यतैतर्फ जान्छ। ऊ यति हाँस्छ कि हाँस्दाहाँस्दै रुन थाल्छ र पाखीलाई फ्याँकेर जुरूक्क ऊठ्छ।
त्यहाँको स्थिति गम्भीर त छँदै थियो, त्यस व्यक्तिको चालाले त्यसलाई अरू रहस्यमय बनाइदिन्छ। ऊ त्यस नारीको अचेत शरीरलाई दुई हातले छेकेर एकसुरले बोलिरहन्छ भने त्यहाँ जम्मा हूल अनौठो स्थितिको सिर्जना भएको देखेर स्तम्भित भइरहन्छन्।
ऊ भन्छ - ‘‘तपाईँहरू कसैले पनि यिनीहरूको पीर लिनुपर्दैन। यो मृत शरीर गन्हाउँदैन। यसको गन्धलाई मात गर्ने गन्ध हामी जीवितहरूले प्रशस्त बटुलिसकेका छौँ। यी समस्या लिएर जन्मे तमासे भएर बाँच्छन् र समस्या छोडेर बित्छन्, यस्तो नै देख्नुभयो, होइन ?‘‘
यहाँ एक मानव यस्तो अवस्थामा छ। यसमाथि उचित चाख कसले कुन मानवले राख्यो ? तमासा हेर्न थुप्रिए, कोही मद्दत गर्नसमेत डराएका छन् त कोही पन्छिने उपायले मनलागी बोल्दैछन्। हरे ! यो बच्चाको आँसु र यी नारीको स्थितिले कसैमा माया र सहयोगको भावना जगाएन। यहाँ यत्तिका हामी मानव थुप्रिएका छौँ, तर कुनै एकले पनि जान्न चाहेनन्। कि यो नारी मरिसकी या जीवितै छे।
अस्पताल पुर्याएर उपचार गराउन सकिन्थ्यो। त्यसतर्फ ध्यान दिनुभन्दा तमासा हेर्दै कसैलाई पोखरीमा माछा पक्रेझैँ आधारहीन लाञ्छना लगाएर समात्दै आफ्नो कर्तव्यबाट पन्छिन खोजिँदै छ। सहयोग गर्न हामीले किन जानिरहेका छैनौँ ? मानव-मानवबीच प्रेमको बन्धन ल्याउने सहयोगले नै हो भन्ने किन बिर्सिरहेका छौँ। विवेक, सहयोग र माया भन्नु नै त मानवधर्म हो।‘‘
एक क्षण ऊ चुप लाग्छ अनि भन्छ- ‘‘ यस्ता गुण प्राप्त प्राणी मानव नै हुन्। यसलाई प्रमाणित गरिदिएको छ यस बालकले, तपाईँको यो अज्ञान छोराले। दयामाया गर्नु प्राकृतिक देन हो, यसलाई सभ्यताको झुटो परिभाषा बनाएर नदबाऔँ। कृपया यस बालकलाई चड्काएर रुवाएर मानवताको अपहेलना हामी आफैँ नगरौँ। हामी मानव मानवै भएर बाँच्न सिकौँ। यसरी तमासामात्र हेर्ने बानी छोडेर एक विवेकशील प्राणीले गर्नुपर्ने व्यवहार गरौँ। हामी सबैको हृदय, यस बालकको जस्तो कञ्चन हुँदो हो त ?‘‘
‘‘मानवता सुरक्षित रहने थियो अनि तमासा हेर्ने कोही हुँदैनथे ?‘‘
यो दोस्रो आवाज हो त्यो अचेत नारीको। ऊ उठेर भन्छे - ‘‘आज हामीले मानवता कति जीवित छ भनेर जाँच्न यो सडकनाटक मञ्चन गरेका थियौँ। दर्शक आफैँ नाटककार भएर आई प्रत्यक्ष देखाइदिए, मानवता अझै जोगिनसक्छ, तर यसलाई फस्टाउने वातावरणको शक्त खाँचो छ।
हामीले नाटकको लागि दृश्यमात्र सिर्जना गरेका थियौँ। भावनाहरू आफैँ पोखिन थाले। हामीले आफ्नो परिचय पायौँ। प्राकृतिक वातावरण नष्ट हुँदै गएझैँ हाम्रा प्राकृतिक भावनाहरू पनि दबिँदै गइरहेका छन्। यसलाई जौगाऔँ, साथी ! हामी मानव बनौँ। दयामाया र सहयोग गर्न सिकौँ।‘‘
यत्तिकैमा एक व्यक्ति दौडेर ती दुई नारी-पुरुष (नायक-नायिका) को अगाडि परेर झोलाबाट टेपरिकर्डर र माइक झिकेर सोध्छ - ‘‘तपाईँहरूले यस नाटकलाई कस्तो मान्नुभएको छ ? सफल या असफल ?‘‘

कसको तलब कति पुग्यो ?
अन्तरिम चुनावी मन्त्रिपरिषद्ले कर्मचारीहरूको तलब १८ प्रतिशत बृद्धि गरेपछि मुख्यसचिवको तलब रु. ४०६९५ पुगेको छ । यसअघि मुख्य सचिवले रु. ३३६४० बुझ्थे ।
हलुका सवारी चालक (रु.)
प्रथम १४३२२
द्धितिय १५४३१
तृतिय १७३४३
चतुर्थ १९६०९
पांचौ २०७५३
कार्यालय सहयोगी(रु.)
प्रथम १२८००
द्धितिय १३५२०
तृतिय १४३२२
चतुर्थ १५४३१
पांचौ १७०९५
सहायक स्तर(रु.)
सहायक द्धितिय १७००१
सहायक प्रथम १८०८६
अधिकृत स्तर(रु.)
तृतिय २३१७२
द्धितिय २५८७४
प्रथम ३०१९३
विशिष्ट ३८३८२
मुख्य सचिव ४०६९५
Sunday, July 14, 2013
५ खर्ब १७ अर्ब २४ करोडको बजेट, कर्मचारीको तलब १८ प्रतिशत बढ्यो, चुनावका लागि १६ अर्ब
काठमाडौं, असार ३० - आर्थिक वर्ष २०७०।०७१ को बजेट सार्वजनिक भएको छ । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले कुल ५ खर्ब १७ अर्ब २४ करोडको बजेट सार्वजनिक गर्नुभयो । कुल बिनियोजन मध्ये पुँजीगत खर्चको लागि ८५ अर्ब १० करोड, चालु खर्चको लागि ३ खर्ब ५३ अर्ब ४८ करोड र बित्तिय ब्यबस्था तर्फ ७८ अर्ब ७२ करोड बिनियोजन गरिएको छ ।
यो खर्च ब्यबस्थापन गर्न सरकारले राजस्व मार्फत ३ खर्ब ५९ अबै ३० करोड उठाउने लक्ष्य राखेको छ । यस्तै सावाँ भुक्तानी बाट ५ अर्ब ५० करोड र बैदेशिक सहयोगबाट ६९ अर्ब ५४ करोड उठाउने लक्ष्य छ । यो स्रोतबाट नपुगेर ७७ अर्ब घाटामा रहने बजेटको लागि ४३ अर्ब बैदेशिक ऋण र ४४ अर्ब आन्तरिक ऋणबाट पुर्ती गरिने छ ।
चुनावका लागि १६ अर्व
मंसिर ४ गतेको संविधानसभा चुनावलाई मुख्य दायित्व घोषणा गरेको सरकारले चुनावका लागि १६ अर्ब रुपैयाँ छुट्याएको छ । उर्जा, सडक, रेल,पर्यटन सिंचाईका राष्ट्रिय गौरवका योजनालाई उच्च प्राथमिकता दिने बजेटमा व्यवस्था गरिएको छ । सरकारले पशुपति क्षेत्र, लुम्बिनी, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम र भेरी बबई डाईभर्सनलाई राष्ट्रिय गौरवका योजना घोषणा गरेको छ ।
राष्ट्रपति चुरे संरक्षण कार्यक्रमलाई बजेटमा दोब्बर रकम विनियोजन गरिएको छ । त्यस्तै ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशीका लागि २ अर्ब रुपैयाँ थप छुट्याइएको छ । हुलाकी राजमार्गका लागि २ अर्ब २१ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
सरकारी कर्मचारीको तलब १८ प्रतिशत वृद्धि
सरकारी कर्मचारीको तलब १८ प्रतिशतले बढेको छ । साथै हरेक कर्मचारीलाई मासिक १ हजार भत्ता दिइने अर्थ मन्त्रीले घोषणा गर्नुभयो । बजेटले न्यून आर्थिक वृद्धि, बढ्दो महंगी, आयातमा आधारित उत्पाद संरचना, बढ्दो श्रम बजार संकुचनलाई अर्थ व्यवस्थाको चुनौती मानेको छ ।
तर अर्थमन्त्री शंकर प्रसाद कोइरालाले आर्थिक परिसूचक सन्तोषजनक भन्दै चुनौतीको सम्बोधन गर्दै उच्च आर्थिक वृद्धि हासिल गर्नेमा जोड दिनुभएको छ ।
त्यस्तै उत्पादन र उत्पादकत्व वृद्धिमा जोड दिएको छ। त्यसका लागि सरकारले निजी सहकारी र सार्वजनिक अवधारणामा जोड दिँदै सरकारले लगानी मैत्री वातावरण बनाउने बताएको छ । बजेटले पर्यटन क्षेत्रको विकास र सूचनाको विस्तार पनि गर्ने व्यवस्था गरेको छ ।
५ सय उपस्वास्थ्य चौकीको स्तरोन्नती गरिने
बजेटमा यो आर्थिक बर्षमा ५ सय उपस्वास्थ्य चौकीको स्तरोन्नती गर्ने, ५ हजार ८ सय नया विद्यालय भवन बनाइने, ७ हजार १ सय ४३ विद्यालयमा कम्प्युटर शिक्षा पुर्याइने, ३१ हजार ५ सय जना युवालाई छोटो प्राविधिक शिक्षा दिने, ६० हजार बालबालिका तथा एचआइभी प्रभावितलाई निशुल्क आधारभुत शिक्षा दिने तथा निशुल्क शिक्षा १२ बर्षसम्मलाई पुर्याउन १ अर्ब ८५ करोड रुपैया विनियोजन गरिएको छ ।
त्यस्तै, आधारभुत स्वास्थ्य सेवा निशुल्क बनाउन ५ बर्षभित्र स्वास्थ्य विमा देशैभरि पुर्याउने र यहि आर्थिक बर्षमा १५ जिल्लाबाट स्वास्थ्य विमा शुरु गरिने अर्थमन्त्रीले बताउनुभएको छ ।
जनता आवास कार्यक्रम अन्तर्गत १५ सय घरहरु बनाइने, कृषि र सहकारीको विकासका लागि एकसाथ कार्यक्रम अघि बढाइने, काठमाडौमा प्रदर्शनी स्थल बनाउने अन्तराष्ट्रिय स्तरको सम्मेलन केन्द्र बनाइने र १ अर्ब भन्दा बढि लगानी गर्ने उद्यमीलाई सम्मान गर्ने पनि अर्थमन्त्री कोइरालाले बताउनुभयो ।
यस्तै तेश्रो मुलुकमा निकासी गर्ने उद्यमीलाई नगद अनुदान ले कार्यलाई निरन्तरता दिदै ३० करोड रुपैया छुट्टयाईएको छ । यस्तै बचत तथा ऋण सहकारी सस्थाको अनगमन राष्ट्र बैकको सहयोगमा सहकारी बिभागले गर्ने तथा समस्याग्रत भएको ठुला सहकारीको समस्या समाधान गर्न अधिकार सम्पन्न ब्यबस्थापन समिती गठन गर्ने ब्यबस्था गरिएको छ ।
करको दरमा सामान्य हेरफेर
यस्तै करको दायरा बढाउने नीति लिएको बजेटले करको दरहरुमा केहि सामान्य हेरफेर मात्रै गरेको छ । मदिरा जन्य बस्तुमा अन्र्तशुल्क बृद्धि गरिएको छ । शिक्षा सेवा कर आगामी असोज सम्म बुझाउनेलाई जरिवाना छुट , ईटा उद्योगलाई भ्याटमा दर्ता भएमा अघिको कारोबारमा कर छुटको ब्यबस्था गरिएको छ ।
चालु आर्थिक बर्षमा बिकास निर्माणका लागि छुर्ट्याईएको झण्डै १५ अर्ब रुपैयाँ खर्च नहुने भएको छ । अब बिकास निर्माणका लागि भुक्तानी गर्न सोमवार १ दिनको समय मात्रै बाँकी छ । आर्थिक वर्ष सकिन १ दिन मात्र बाँकी हुँदा पुँजीगत खर्च ४५ अर्ब रुपैयाँ मात्रै भएको छ ।
६४ अर्ब पुँजीगत खर्च बिनियोजन गरिएकोमा आज सम्म ४५ अर्ब मात्रै खर्च भएको र एकल कोष खाता लागू नभएका जिल्ला र भोली हुने भुक्तानी जोडेर ५० अर्बको हाराहारीमा मात्रै खर्च हुने देखिएको सहमहालेखा नियन्त्रक अर्जुनप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
यो ४५ अर्ब मध्ये १५ अर्ब भन्दा धेरै पैसा पछिल्लो एक हप्तामा खर्च भएको छ । ४ खर्ब ४ अर्बको चालु बर्षको बजेट मध्ये आज सम्म ३ सय ३२ अर्ब रुपैयाँ खर्च भएको छ ।

कुल बजेट-५ खर्ब १७ अर्ब २४ करोड
कुल बजेट-५ खर्ब १७ अर्ब २४ करोड
खर्च
चालू-३ खर्ब ५३ अर्ब ४२ करोड अर्थात ६८.३३ प्रतिशत
पूाजिगत- ८५ अर्ब १० करोड अर्थात १६.४५ प्रतिशत
वित्तिय व्यवस्था-७८ अर्ब ७२ करोड अर्थात १५.२२ प्रतिशत
विकास बजेट-२ खर्ब ४१ अर्ब ५८ करोड अर्थात ४६.७ प्रतिशत
साधारण खर्च- २ खर्ब ७५ अर्ब ६६ करोड अर्थात ५३.३ प्रतिशत
आन्दानी
राजश्व-३ अर्ब ५४ अर्ब ५० करोड
साँबा फिर्ता-५ अर्ब ५० करोड
वैदेशिक अनुदान-६९ अर्ब ५४ करोड
वैदेशिक ऋण-४३ अर्ब ७० करोड
आन्तरिक ऋण-४४ अर्ब

पूर्व प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठको स्वास्थ्यमा सुधार
असार ३० - पूर्व प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठको स्वास्थ्यमा सुधार आएको छ ।
दिल्लीको मेदान्त अस्पतालमा उपचार गराईरहेका श्रेष्ठलाई आईसीयूबाट जनरल वार्डमा सारिएको परिवारले जनाएको छ । पूर्व प्रधानमन्त्री श्रेष्ठको परिवारले उपचारमा आर्थिक अभाव भएको भन्दै सहयोगका लागि अपील गरेको छ ।
छोरा अनिल श्रेष्ठले सहयोग गर्नेले बैंक अफ काठमाडौंको खाता नम्बर ०५ ४४ ०० ०० ०१ ५१ ५२४ मा जम्मा गरिदिन अनुरोध गर्नुभएको छ । श्रेष्ठको उपचारमा आर्थिक अभाव भएको भन्दै अनिलले सहयोगका लागि यसअघि नै सार्वजनिक अपिल निकाल्नु भएको थियो ।
Saturday, July 13, 2013
सरकारी वित्तीय संस्थामा एक कर्मचारीबापत मासिक ५३ हजार खर्च
पुँजी लगानीको अनुपातमा न्यून मुनाफा
२९ असार, काठमाडौं । वित्तीय क्षेत्रमा पछिल्लो समय उत्साहजनक प्रगति भएको चर्चा हुने गर्छ । सरकारी लगानी रहेका वित्तीय संस्था भने उच्च खर्च र न्यून आयमा सीमित रहेका पाइएको छ । अनावश्यक कर्मचारी, मितव्ययीमा उदासीनता र कर्मचाारीको अधिक सुविधाभोगी प्रवृत्तिले यस्तो अवस्था देखिएको अर्थ मन्त्रालयले जनाएको छ ।
सरकारी लगानी रहेका ९ वित्तीय संस्थामा कूल ६ हजार ४ सय १४ जना कर्मचारीहरु कार्यरत रहेका छन् । यो नेपाल बैंक लिमिटेडबाहेकको तथ्यांक हो । यी संस्थाको कूल प्रशासकीय खर्च वाषिर्क ४ अर्ब ९ करोड २० लाख भएको देखिन्छ । जसअनुसार, प्रतिकर्मचारी वाषिर्क प्रशासकीय खर्च ६ लाख ३८ हजार अर्थात मासिक ५३ हजार रुपैयाँ हुन आउँछ । प्रतिकर्मचारी सञ्चालन नाफा भने मासिक ३८ हजार मात्र रहेको अर्थ मन्त्रालयले जनाएको छ ।
सबैभन्दा बढी कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकमा क्रमशः ३३०३ र २६४४ को संख्यामा कर्मचारी कार्यरत रहेको देखिन्छ । राष्ट्रिय वाणिज्य बैंकमा स्थायी २६४४ र करार १४६ जना रहेका छन् भने कृषि विकास बैंकमा स्थायी २८१३ र करार ४९० कर्मचारी रहेका छन् । सरकारको ३९ प्रतिशत सेयर रहेको नेपाल बैंक लिमिटेडमा पनि कर्मचारीको संख्या अत्यधिक रहेको छ । नेपाल बैंक लिमिटेडमा स्थायी कर्मचारी २१६९ र करारमा ६५३ रहेका छन् ।
निजी क्षेत्रका ठूला वाणिज्य बैंक २/३ सय कर्मचारीले सहजै सञ्चालन गरेको पाइन्छ । सरकारी बैंकका शाखा निजी बैंकको तुलनामा तीन गुणा बढी रहेका छन् तर कर्मचारी संख्या भने १० गुणा बढी रहेको पाइन्छ । निजी बैंकले ४ देखि ६ कर्मचारीले शाखा सञ्चालन गरेका छन् भने सरकारी बैंकमा १५ जनाभन्दा बढी कर्मचारी रहेको पाइन्छ । शाखा थपिए पनि प्रधान कार्यालयमा कर्मचारी थप गर्नु नपर्ने हुँदा शाखा संख्याको अनुपातमा कर्मचारी संख्या बढ्दैन ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको संस्थानहरुको समीक्षा पुस्तकअनुसार, केही वित्तीय संस्थाले नियमित लेखापरीक्षण पनि गराएका छैनन् । राष्ट्रिय बीमा संस्थानले आर्थिक वर्ष २०५९/६० सम्मको मात्र लेखापरीक्षण गराएको छ । त्यस्तै नागरिक लगानी कोषले आर्थिक वर्ष २०६७/६८ सम्मको लेखापरीक्षण कार्य सम्पन्न गरेको छ ।
कोषको व्यवस्था नगरी दायित्व भुक्तानी गर्ने प्रवृति पनि सरकारी वित्तीय संस्थामा कायम देखिएको छ । राष्ट्रिय वाणिज्य बैंकको २६ करोड ३५ लाखबराबर कोषमा व्यवस्था नभएको दायित्व र सम्भावित दायित्व ४ अर्ब ५६ करोड ३९ लाख गरी जम्मा ४ अर्ब ८२ करोड ७४ लाख रहेको अर्थ मन्त्रालयले जनाएको छ । निक्षेप तथा कर्जा सुरक्षण निगमको पनि कोषमा व्यवस्था नभएको दायित्व ८ लाख रहेको छ ।
आर्थिक वर्ष २०६८/६९ मा वित्तीय संस्थामध्ये राष्ट्रिय वाणिज्य बैंकबाट मात्र ८ करोड ६५ लाख ७० हजार लाभांश सरकारलाई प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ । यद्यपि लगानीको अनुपातमा यस बैंकको मुनाफा अत्यन्तै न्यून रहेको छ । यो बैंकले आर्थिक वर्ष २०६८/०६९ मा खुद पुँजी लगानीमा ०.०३ प्रतिशत मात्र मुनाफा गरेको छ । यस्तै, कृषि विकास बैंकको यस्तो मुनाफा १.०८ प्रतिशतले ऋणात्मक रहेको छ ।
त्यसैगरी, राष्ट्रिय बीमा संस्थानको निर्जीवनतर्फ १२, जीवनतर्फ ७.५२, एनआईडिसी डेभलपमेन्ट बैंकको २२.७९, निक्षेप तथा कर्जा सुरक्षण निगमको १९.५०, नेपाल आवास फाइनान्सको ९.८६, नेपाल स्टक एक्सचेञ्जको १०.२६, नागरिक लगानी कोषको १.८६ र जलविद्युत लगानी तथा विकास कम्पनीको ७.६० प्रतिशत मुनाफा रहेको छ । यस्तो मुनाफा अनुपात २० प्रतिशत हुनुलाई राम्रो मानिन्छ ।
श्रोत ः अनाइन खवर डटकम

घरबेटी साहेब, यस्तो पो रहेछ कानूनमा त !
घरबहाल कर तिर्न सरकारको ताकेता, डेरावाललाई हटाउन गाह्रो
२९ असार, काठमाडौं । घरभाडा बढाएको विरोधमा डेरावालहरुले चितवनको नारायणगढ बजार बन्द गरेको भोलिपल्ट अर्थमन्त्रालय, आन्तरिक राजस्व विभागले देशैभरिका घरबेटीहरुलाई असार मसान्तभित्र बहाल कर नबुझाए कारवाही गर्ने चेतावनी दिएको छ । घरभाडा उठाएर आय आर्जन गर्ने घरबेटीहरुले आफ्नो आम्दानीको १० प्रतिशत राज्यलाई कर तिर्नुपर्ने आयकर ऐनमा व्यवस्था भए पनि धेरैले कर तिर्न आनाकानी गरेको भन्दै सरकारले असार मसान्तभित्र बहाल कर नतिरे कारवाही गर्ने चुतावनी दिएको हो ।
घरभाडा बढाउँदा बजार बन्द
सरकारलाई कर तिर्नुपर्ने भएपछि घरबेटीहरुले भाडा बढाउने र करको दायित्व पनि डेरावाललाई नै बोकाउने गरेको गुनासो उपभोक्तहरुको छ । यही विवादका कारण शुक्रबार दिउँसो केहीबेर नारयणगठ बजारसमेत बन्द भयो । घरधनीहरुले दुईवर्षको अन्तरालमा १० प्रतिशतमात्रै भाडा वृद्धि गर्ने सहमतिविपरीत १ सय प्रतिशत भाडा वृद्धि गरेको भन्दै चितवनका डेरावालहरु आन्दोलनमा उत्रिएका हुन् ।
त्यसो त घरबेटी र डेरावालको समस्याले सबैभन्दा बढी रुमलिएको शहरका रुपमा राजधानीलाई लिन सकिन्छ । कतिपय समयमा देशका विभिन्न सहरमा डेरावाल समाज गठन गर्ने र घरबेटी एवं डेरावालको सम्बन्धलाई स्पष्ट पार्ने कानुन बनाउनुपर्ने माग पनि उठ्न थालेको छ । तर, नेपालमा घर भाडासम्बन्धी कानुनै नभएको चाहिँ होइन । नेपालको सबैभन्दा पुरानो कानुनी संहितामा नै घरबेटी र कोठाभाडामा बस्नेवीचको सम्बन्ध किटानी गरिएको छ । तर, मुलुकी ऐनको रहेको सो व्यवस्था अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन ।
डेरावाललाई जबर्जस्ती हटाउन नपाइने
मुलुकी ऐन ११ औं संशोधनको महल ११ मा ‘घर बनाउनेको’ भन्ने एउटा महल छ । यो महलको ८ नम्बरमा घरबेटीले डेरावालालई जबर्जस्ती घरबाट निकाल्न नमिल्ने स्पष्ट व्यवस्था छ । उक्त महलमा भनिएको छ- ‘घर पसलका धनीले बहाल लिने गरी वा नलिने गरी आफ्नो घर, पसलमा अरुलाई बस्न दिँदा म्याद किटी लिखत गरी गराई बस्न दिएकोमा लिखतै बमोजिम हुन्छ । बीचमा उठाउन हुंदैन ।’ तर, घरभाडा लगाउँदा समय किटानी गरेर काजग नगरिएको अवस्थामा पाँचवर्षसम्म हटाउन नमिल्ने ऐनमा उल्लेख छ । ऐनको सोही महलमा भनिएको छ, ‘यस बखत छाडी दिनु भन्ने शर्त नगरी बसेकालाई पाँच वर्षसम्म उठाउन हुंदैन ।’
अधिकांश घरबेटीहरुले कोठा आफूलाई चाहियो भन्दै डेरावाललाई निकाल्ने गरेका छन् । तर मुलुकी ऐनमा त्यसरी हटाउँदा पनि निश्चित समय तोकिनु पर्ने र पछि आफूले भनेअनुसार मान्छे नबसे पुरानै डेरावाललाई घर दिनुपर्ने व्यवस्था छ । भाडामा बस्नेले फौजदारी अपराध गरेको अवस्थामा भने घरबेटीले हटाउन पाउने व्यवस्था छ । ‘धनी हकदार आफूहरु नै बस्नलाई चाहिने भयो वा बहालमा बस्नेले घर पसलको धनीका विरुद्ध नैतिक पतन देखिने कुनै फौज्दारी अपराध गरेको ठहर्यो भने लिखत भए पनि उठाउन पाउँछ ।’ मुलुकी ऐनमा भनिएको छ,- आफूहरु बस्नलाई भनी बाहाना गरी वा अत्तो लगाई उठाउन र अरुलाई राख्न भने पाउँदैन । आफूहरु बस्नलाई भनी उठाई पठाएको तीन वर्षभित्र अरुलाई राखेमा सो राखेका मितिले पैंतीस दिनभित्र अघि बस्नेले बस्न पाउँ भनी उजूरी गरे उसैलाई बस्न दिनुपर्छ ।’
डेरावाललाई उठाउन ३५ दिन म्याद
डेरावाललाई उठाउन पाइने मुनासिव आधार भए पनि तत्कालै जा भन्न नपाइने गरी ऐनले डेरावालको संरक्षण गरेको छ । मुलुकी ऐन घर बनाउनेको ९ नम्बरमा भनिएको छ, ‘घर पसलबाट बसिरहेका मानिसलाई कुनै व्यहोराले उठाउन पर्ने भएमा पैतीस दिन अगावै घर पसल छाडी खाली गरी दिनु भनी जनाउ दिई मात्र उठाउनुपर्छ । लेखिएको म्यादअगावै जनाऊ नदिई त्यसै उठाउन हुंदैन ।’
घर बहाल कर तिर्नुपर्ने कानून नयाँ होइन
घरबेटीहरुले बहालमा मान्छे राखेवापत सरकारलाई कर तिर्ने कानुन नयाँ बनेको हैन । आयकर ऐन ०५८ अनुसार सरकारले बहाल करमा ताकेता गर्दै आए पनि घरजग्गा कहाल कर ऐन ०२३ सालमै बनेको हो । सो ऐनका आधारमा ०२४ सालमा घर जग्गा बहाल कर नियमावली पनि बन्यो । आयकर ऐनले यो ऐन र नियमावलीलाई खारेज गरेपछि भने अहिले घरबेटीहरुले आयकर ऐन अनुसार बहाल कर बुझाउनु परेको हो । तर, यो ऐन अनुसार सबै घरमालिकले राज्यलाई कर तिर्ने हो भने राजस्वमा ठूलो वृद्धि हुने अनुमान गर्न सकिन्छ ।
घरबेटी र डेरावालसम्बन्धी स्पष्ट कानुनको अभाव
नेपालमा घर बहालमा बस्ने बढ्दो प्रचलन एवं अपार्टमेन्ट तथा आवासगृहहरुको हरुको विकास सँगै घरबेटी र डेरावालको सम्बन्धलाई व्यवस्थित गर्ने स्पष्ट ऐनको भने अभाव खड्कँदै गएको छ । घरबेटीहरुले डेरावाललाई थर्काउने, मनपरि भाडा उठाउने, पानी र वत्तीमा जथाभावी पैसा लिने, भाडा दिए पनि पानी नदिने, पादुना आउँदा गाली गर्ने, लुगा सुकाउने सविधा नदिने, जबर्जस्ती हटाउने, आदि समस्या एकातिर छन् भने डेरावालहरुले बेलामा भाडा नतिर्ने, होहल्ला गर्ने र फोहोर पार्ने गरेको गुनासो घरबेटीहरुले गर्दै आएका छन् । तर, कानून भएन भनेर गुनासो गर्नुभन्दा भएकै मुलकी ऐन र आय कर ऐन अनुसार काम गर्ने हो कि ?

Thursday, July 11, 2013
सल्यानको शारदा नदीमा युवक बेपत्ता
सल्यान, असार २७ – सल्यानको शारदा नदीमा एक युवक वेपत्ता भएका छन् ।
नदी तर्ने क्रममा बिहीबार दिउँसो कालीमाटी रामपुर गाविस ४ का २८ वर्षिय कर्णबहादुर सुनार वेपत्ता हुनुभएको हो ।
संगै नदी तर्दै गर्दा बगेका हस्तबहादुर परियारलाई भने बगाउदै गरेको अवस्थामा उद्धार गरिएको स्थानीय गणेश परियारले बताउनुभयो ।
सुनारको खोजीका लागि इलाका प्रहरी कार्यालय कालीमाटी रामपुरबाट प्रहरीको टोली खटिएको छ । कालीमाटी रामपुर गाविसका झिगाने, सेतीखोला, सिमल कुना लगायतका गाउँका वासिन्दाहरु शारदा नदीमा पुल नहुदा बर्षायाममा जोखिम मोलेर वारपार गर्छन् ।
अहिलेसम्म ४० जना भन्दा बढी मानिस नदीमा हराइसकेका छन् ।
Tuesday, July 9, 2013
सल्यानमा कोठाभित्र निसास्सिएर किशोरीको ज्यान गयो
सल्यान, असार २५ – सल्यानमा कोठाभित्र धुवाँले निसास्सिएर एक किशोरीको ज्यान गएको छ, एक जना गम्भीर घाइते भएकी छन् ।
एसएलसीको पूरक परीक्षाको तयारीका लागि खलंगा १ काफलाका केबल योगीको घरमा बसेकी त्रिबेणी २ की १७ बर्षिया इन्द्रा बोहराको निसास्सिएर ज्यान गएको हो ।
उहाँसँगै बस्ने फलाबा¨ ८ बडाखोलाकी १८ बर्षिया डिला रावतको गम्भीर अवस्थामा जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उहाँको होस खुलेको छैन ।
बेलुकी खाना पकाएको भुसे चुलो ननिभाई झ्याल ढोका लगाएर सुत्दा उनीहरु निसास्सिएका हुन् ।
सोमबार बेलुकी खाना खाई सुतेका उनीहरु बिहान अबेरसम्म नउठेपछि हेर्न जाँदा बेहोस अबस्थामा भेटिएको र दुबैलाई उपचारको लागि मोडल अस्पताल श्रीनगरमा लगेको घरबेटी केबल योगीले बताउनुभयो । इन्द्राको उपचारका क्रममा ज्यान गएको हो ।
एउटै कोठामा चार जना बस्दै आएपनि साँघुरो भएका कारण दुई जना घरबेटीकै अर्को कोठामा सुत्न गएका थिए ।
धुवाँमा भएको कार्बनडाइअक्साइडले अक्सिजनको मात्रा न्युन बनाइँदिदा स्वासप्रश्वासमा समस्या भई बेहोस भएको हुन सक्ने जिल्ला अस्पतालका प्रमुख डा. रामराज पन्थीले बताउनुभयो ।
www.unn.cpm.np बाट साभार
Friday, July 5, 2013
एमालेले भन्यो- प्रत्यक्षबाटै सय सिट जितिन्छ
२१ असार, काठमाण्डौं । नेकपा एमालेले आगामी संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ पार्टीले बहुमतकै हाराहारीमा सिट जित्ने प्रारम्भिक चुनावी आँकलन गरेको छ । संविधानसभा निर्वाचनका लागि एकमहिने पार्टी परिचालन अभियान सकिएलगत्तै केन्द्रीय प्रतिनिधिहरूले बुझाएको प्रतिवेदन र रिपोर्टिङलाई आधार मानेर प्रवृत्तिगत विश्लेषण गर्दै एमालेले यस्तो निष्कर्ष निकालेको हो । प्रतिवेदन विश्लेषणपछि त्यसैको निष्कर्षका आधारमा एमालेले केन्द्रीय कमिटीबाट छुट्टै चुनावी योजना र रणनीति पारित गर्ने गरी तयारी अघि बढाएको छ ।
uml flag२ सय ४० निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ कडा प्रतिस्पर्धाविनै सय सिट संख्यामा सहज रूपमै विजय हासिल गर्न सकिने र पूरै तयारीसहित होमिँदा स्पष्ट बहुमत ल्याउन सकिने एमालेले प्रारम्भिक आँकलन गरेको हो । सबै निर्वाचन क्षेत्रका वडा तहसम्मका कार्यकर्ता र स्वतन्त्र व्यक्तिहरूसँग अन्तक्रिया गरी केन्द्रीय प्रतिनिधिहरूले चुनावी आँकलनसम्बन्धी प्रतिवेदन बुझाएका छन् । ‘सबै क्षेत्रबाट प्रतिवेदन त आइसकेका छैनन्, तर साथीहरूको रिपोर्टिङअनुसार अहिलेसम्म १ सय हाराहारी सिटमा सहज रूपमै विजय हासिल गर्न सकिने स्थिति देखिएको छ,’ स्थायी कमिटीका एक सदस्यले भने, ‘धेरै स्थानमा कांग्रेससँगै मुख्य प्रतिस्पर्धा देखिएकाले सोहीअनुसारको चुनावी रणनीति बनाउनुपर्ने देखिन्छ ।’
केन्द्रीय सचिवालयमा अहिलेसम्म अभियानमा खटिएका २५ क्षेत्रका संयोजकले लिखित प्रतिवेदन बुझाएका छन् । बाँकी कतिपय केन्द्रीय प्रतिनिधिहरूले अञ्चल समन्वय कमिटीसँग बसेरै संस्थागत रूपमा प्रतिवेदन बुझाउने तयारी गरी शीर्ष नेता र केन्द्रीय सचिवालयलाई रिपोर्टिङ गरेका छन् । तीमध्ये गोर्खा–२ मा खटिएका दधिराज सुवेदी, गार्खा–३ का चूडामणि जंगली, लमजुङ–२ का वाचस्पति देवकोटा, तेह्रथुमका शेरधन राई, सुर्खेत–१ का यामलाल कँडेल र धादिङ–१ का देवशंकर पौडेलले प्रतिवेदन बुझाएका छन् ।
त्यस्तै, ताप्लेजुङ–१ का देवराज घिमिरे, प्युठान–२ का गोकुल घर्ती, म्याग्दीका गणेश विश्वकर्मा, जाजरकोट–१ का रत्नकुमार शर्मा न्यौपाने, जाजरकोट–२ का निरज आचार्य, ललितपुर–२ का प्रेम महर्जन र ताप्लेजुङ–२ का वसन्तकुमार नेम्बाङले पनि लिखित प्रतिवेलन बुझाएका छन् । त्यस्तै, लमजुङ–१ मा खटिएका जितबहादुर गुरुङ, बर्दिया–१ का शारदाप्रसाद सुवेदी, दैलेख–२ का तर्कबहादुर शाही, पर्वत–१ की थममाया थापा, पर्वत–२ का ऋषिराज शर्मा, बागलुङ–२ का नवराज शर्मा, बागलुङ–३ का भूपेन्द्रबहादुर थापा, धनकुटा–२ का तुलसीप्रसाद न्यौपाने र अछाम–२ का कृष्णप्रसाद जैसीले प्रतिवेदन बुझाएको राजधानी दैनिकमा खबर छ ।
‘एमाओवादी तीव्र गतिमा ओरालो लागेको पाइएकाले हिजोको तुलनामा पार्टीको स्थिति धेरै सुदृढ देखिएको छ, जनमत पार्टीमा आकर्षित भएकाले मेहनत गर्दा पहिलो पार्टी हुन गाह्रो देखिँदैन,’ पोलिटब्युरो सदस्य तथा प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले राजधानीसँग भने, ‘कतिपय स्थानमा एमाओवादी र कांग्रेससँग त्रिकोणात्मक प्रतिस्पर्धा देखिए पनि धेरै ठाउँमा कांग्रेससँगै मुख्य प्रतिस्पर्धा हुने आँकलन गरेका छौं ।’
उनले संख्या भन्दा पनि प्रवृत्तिगत विश्लेषण गरिएकाले पुरै तयारीसहित चुनावमा होमिँदा २७ देखि ३० प्रतिशतसम्म लोकप्रिय मतसहित बहुमत आउने स्पष्ट आधार देखिएको दाबी गरे ।
नदी बढेपछि पढ्न जान बञ्चित
सल्यान, असार २१ – भेरी नदीमा पानीको सतह बढेर डुंगा चल्न छाड्दा सल्यानको बामे गाउँका झन्डै ४० बिद्यार्थी १० दिनदेखि विद्यालय जान पाएका छैनन् ।
नदीमा पुल नहुदा बामे ६ थारा, कारागाउ र पोखराका बिद्यार्थीहरु बिद्यालय जानबाट बन्चित भएका हुन् ।
बिद्यालय जान हिडेका बालबालिकाहरु हिजोआज भेरीको किनारमा पुगेर फर्किन्छन् । उनीहरु सुर्खेत बजेरीचौरको भानु उच्च माविमा पढ्न जान भेरीमा डुंगा चढेर वा पौडी खेलेर जानुपर्छ ।
नदीमा पानीको सतह नघटेसम्म बालबालिका विद्यालय जान नसक्ने स्थानीय शंकर बस्नेतले बताउनुभयो । पुल निर्माणको लागी सम्बन्धित निकायले चासो नदेखाएपछि बालबालिकाहरु समस्यामा परेको उहाँले बताउनुभयो ।
जिल्लाको सबैभन्दा बिकट गाबिस भएकाले सरकारी निकायको आँदा नलागेको स्थानीयको भनाई छ । पुल नहुँदा थारा, कारागाउ र पोखरा स्थानीय वासिन्दाले सामान किन्न जान पनि नपाएको स्थानीय खिमलाल रानाले बताउनुभयो ।
दैनिक डेढ सय मानिसहरु आवतजावत गर्ने ठाउ ठप्प हुदा ठुलो समस्या भएको उहाँको भनाई छ ।
Thursday, July 4, 2013
रेखाले बच्चा पाउने भनेपछि एमाओवादीमा खैलाबैला,
नायिका थापाको भनाइ थियो- ‘म बिबाह गर्दिँन एउटा पुरुष र महिला लाइफटाइम साथी भएर अगाडि बढ्ने । सृष्टि त भइ नै हाल्ला, विवाह बन्धनको खिलाफ त होइन, तर त्यसमा म हल्का परिवर्तन होस् भन्ने चाहन्छु । विवाह नगरौंला तर जीवन साथी त अवश्यै चाहिन्छ । दर्शकहरुले अर्को रेखा हेर्न चाहलान् । कहिले हुन्छ, कहाँ हुन्छ, कोसँग हुन्छ, त्यो मलाई थाहा भएन ।’
विवाह नगर्ने तर लाइफ पार्टनर बनाएर सन्तान जन्माउने रेखाको विचारलाई एमाओवादी नेता, कार्यकर्ताले गैरमाक्र्सवादी अराजकतावादी सोचाइको संज्ञा दिएका छन् ।
विवाहसम्बन्धी रेखाले व्यक्त विचारलाई परम्परागत कम्युनिष्टहरुले पुँजीवादी यौन अराजकता मान्ने गर्छन् । माओवादी कार्यकर्तालाई रेखाले भनेजस्तै ‘लिभिङ टुगेदर’को छुट हुँदैन । तर, एमाओवादी नेता स्वनाम साथी भने रेखा थापाजस्तै लिभिङ टुगेदरका पक्षपाती हुन् ।
अहिलेसम्म जिम्मेवारीविहीन
पार्टी प्रवेशपछि केन्द्रीय सदस्य बन्ने आशा भए पनि पार्टी प्रवेश गरेको एक महिना बितिसक्दा पनि रेखालाई पार्टीले कुनै पद वा जिम्मेवारी दिने छनक देखाएको छैन । रेखाले यतिबेला आफू पदका लागिभन्दा पनि काम र समाज सेवाका लागि पार्टीमा लागेको तर्क गर्दै आएकी छिन् ।
नायिका थापालाई पार्टी प्रवेश गर्नुअघि विभिन्न नेताहरुले विभिन्न खालका सल्लाह दिएको माओवादी स्रोत बताउँछ । एमाओवादीका संगठन विभाग प्रमुख कृष्णबहादुर महराले रेखालाई पार्टी प्रवेश नगरी बाहिरै बसेर सहयोग गर्न सल्लाह दिएको बुझिएको छ । महराको भनाइलाई उर्द्धत गर्दै श्रोतले भन्यो- ‘पार्टीमा योगदान गरेर आएका थु्रपै अन्य कार्यकर्ता पनि छन्, यसैले तपाई एकजना कलाकार भएको नाताले बाहिरबाटै सहयोग गर्दा राम्रो हुन्छ ।’
महराले रेखालाई पार्टीमा आएर तत्काल केन्द्रीय सदस्य पद पाउने आशा नगर्न सुझाव दिएको श्रोतको भनाइ छ । संविधानसभाको निर्वाचनमा समानुपातिकतर्फबाट तपाईलाई संविधानसभामा ल्याउनका लागि कार्यकर्ता नै बन्नुपर्दैन, विभिन्न क्षेत्रका व्यक्तिहरुलाई समानुपातिकमा ल्याउन सकिन्छ, यसैले पार्टीमा प्रवेश गरेर चुनाव नै लड्ने सोचाइ नबोक्नु होला भन्दै महराले रेखालाई सुझाव दिएको स्रोतको दाबी छ । पार्टीमा युवराज लामा, मौसमी मल्लजस्ता लामो समयदेखि सक्रिय कार्यकता हुँदाहुँदै रेखालाई केन्द्रीय सदस्य पद दिन गाह्रो हुने भनाइसमेत महराको रहेको स्रोतले बतायो ।
सुर्खेतमा उद्यम विकास सहजकर्ता कक्षा
१५ महिने उक्त कक्षा उत्तिर्ण भएपछि नेपाल सरकारले लोकसेवा आयोगमार्फत लिने उद्यम विकास सहजकर्ता प्राविधिक खरदार सरह परिक्षामा सहभागि हुन पाउनुका साथै अन्य गैर सरकारी संघ संस्थाहरुले सञ्चालन गर्ने लघु उद्यम विकास कार्यक्रममा समेत रोजगारीको अवसर सिर्जना हुने उनले जानकारी दिए । हालसम्म नेपालमा ७ सय १३ जना उद्यम विकास सहजकर्ता उत्पादन भएको तर उक्त संख्या आवश्यकतााभन्दा आधा मात्रै रहेको उद्यम विकास कार्यक्रम क्षेत्रीय कार्यक्रम सहयोग कार्यालय सुर्खेतका उद्यम विशेषज्ञ उत्तम श्रेष्ठले जानकारी दिए ।
मेडेपले यसअघि आफ्नो कार्यक्षेत्रका जिल्लाहरुबाट प्रत्येक वर्ष दुई÷दुई जना आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुलाई छात्रवृत्ति प्रदान गरी लघु उद्यम विकास सहजकर्ता कोर्ष अध्ययनको अवसर प्रदान गर्दै आएको छ । उद्यम विकास सहजकर्ता(तह दुई) उत्तिर्ण गरेपछि तीन वर्षको कार्यअनुभवको आधारमा तह तीनको परिक्षा दिने व्यवस्था रहेको विशेषज्ञ श्रेष्ठले जानकारी दिए । यसअघि जनकपुर, भैरहवा र धनगढीमा कक्षा सञ्चालन भइरहेको र सुर्खेतमा यो वर्षदेखि मध्य नेपाल प्राविधिक शिक्षालयले सञ्चालन गर्न लागेको उनले जनाए । उद्यम विकास सहजकर्ता कक्षा उत्तिर्ण गरेका प्रशिक्षार्थीहरु अहिलेसम्म वेरोजगार बन्नु नपरेको श्रेष्ठले दावी गरे । शिक्षालयमा तह दुई उत्तिर्ण मेडेपमा रोजगारीको अवसर सिर्जना गरिने उनले बताए ।
उद्यम विकास सहजकर्ताको पाठ्यक्रम निर्माणकर्ता समेत रहेका उनले मेडेप मोडेलमा कोर्ष डिजाईन गरिएको र नेपाल सरकार उद्योग मन्त्रालय र युएनडिपीको सहयोगमा मेडेप कार्यक्रम सुरुवात गरिएको बताए । यो एउटा तह उत्तीर्ण भन्दा पनि स्वरोजगारका लागि सञ्चालन गरिएको १५ महिने तालिम हो र यसको अन्तिम परिक्षा सिटिभिटि अन्र्तगत राष्ट्रिय सिप परिक्षण समितिले लिने गरेको छ ।
चैते’ भन्दा पार्टीभित्र दुईवटा गुट जन्मिन्छन् : नारायणकाजी '
० असार, काठमाडौं । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ (प्रकाश)ले जनयुद्धपछि एकताको प्रक्रियाबाट एमाओवादी बन्नेहरुलाई ‘चैते’ एवं ‘भाग खान आएका’ भन्ने हो भने पार्टीभित्र स्वाभाविकरुपमा दुईवटा गुट जन्मिने बताउनुभएको छ । ’एकताको प्रक्रियाबाट आउनुभएका साथीहरुलाई अहिले ठूलो पीडाको अनुभूति भएकै छ ।
ललितपुरको हरिसिद्धीस्थित आफ्नै निवासमा विहीबार अनलाइनखरसँग विशेष कुराकानी गर्दै उपाध्यक्ष श्रेष्ठले भन्नुभयो- ‘जनयुद्ध गरेका साथीहरुले ल यी चैतेहरु भाग खान आए, यी त हाम्रा दास हुनुपर्ने वा दोस्रो दर्जाको नागरिक हुनुपर्ने वा दोस्रो दर्जाको पार्टी सदस्य हुनुपर्ने भनेर सोच्ने हो भने स्वाभाविकरुपमा जनयुद्ध गरेर आएका र जनयुद्ध नगरी आएका दुईवटा गुट बन्दै जान्छन् ।’
उपाध्यक्ष श्रेष्ठले भन्नुभयो-’यस्तो गर्नु हाम्रो पार्टीका लागि घातक हुन्छ, कुनै पनि हातमा यस्तो गरिनुहुँदैन । म यसबारेमा नेतृत्व र सबै क्रान्तिकारी साथीहरुलाई विशेष अनुरोध गर्न चाहन्छु हामीले धेरै काम गर्न बाँकी छ । त्यसैले यस्तो संकीर्ण गुट बन्न दिनुहुँदैन ।’ प्रचण्ड नेतृत्वको माओवादीसँग पार्टी एकता गर्नेबेलामै आफूहरुमाथि यस्तो उत्पीडन हुन सक्ने आँकलन गरिएको र केही कालसम्म यस्तो पीडा सहने धैयर्ताका साथ पार्टी एकता गरिएको श्रेष्ठले बताउनुभयो । अर्का उपाध्यक्ष डा. बाबुराम भट्टराईले पदत्याग गरेपछि पदाधिकारीको बैठकमा आमन्त्रितका रुपमा सहभागी भैरहन अप्ठ्यारो हुने उहाँले बताउनुभयो । साथै आफू यतिबेला ५७ वर्ष पुगेको र ६५ वर्षसम्म सक्रिय राजनीतिबाट अलग नहुने उहाँले बताउनुभयो ।
आगामी साउन ४ गते हुने विस्तारित बैठकले पार्टीभित्रका सबै समस्याहरु हल गर्न नसक्ने र त्यहाँ संगठनको विषयमात्रै मुख्य हुने भएकाले आफूले उठाउँदै आएको राष्ट्रिय स्वाधीनताबारे छलफल गर्न चुनावपछि अर्को विस्तारित बैठक बोलाइनुपर्ने उहाँले बताउनुभयो । उपाध्यक्ष प्रकाशले माओवादीका महासचिव रामबहादुर थापा वादल आफ्नो निवासमा कहिलेकाहिँ खाना खानेगरी आउने गरेको तर, माओवादीसँग पार्टी एकताबारे छलफल नचलेको स्पष्ट पार्नुभयो । अनलाइन खवर डट कमबाट साभार
Wednesday, July 3, 2013
एमाले युवा को कहाँबाट चुनाव लड्दै छन् ?
क्र.सं युवा नेताको नाम जिल्ला क्षेत्र नं
१ योगेश भट्टराई काठमाडौं , क्षेत्र नं ६
२ भानुभक्त ढकाल काठमाडौं , क्षेत्र नं ९
३ ठाकुर गैरे पाल्पा , क्षेत्र नं २
४ नरेश खरेल झापा, क्षेत्र नं.४
५ महेश बस्नेत भक्तपुर, क्षेत्र नं २
६ खिमलाल भट्टराई रुपन्देही , क्षेत्र नं १,३ वा ५
७ शेरधन राई भोजपुर , क्षेत्र नं २
८ बिशाल भट्टराई खोटाङ, क्षेत्र नं २
९ रविन कोइराला झापा , क्षेत्र न १
१० दीपक कार्की झापा , क्षेत्र नं ६
११ जगन्नाथ थपलिया चितवन , ्क्षेत्र नं २
१२ देवी ज्ञवाली चितवन, क्षेत्र न ४
१३ रामकुमारी झाक्री काठमाडौको कुनै क्षेत्र
१४ गरिमा शाह कैलाली , क्षेत्र नं १
१५ गोकुल घर्ती रोल्पा, क्षेत्र नं २
१६ कर्ण थापा वाजुरा , क्षेत्र नं १
१७ डा. विजय पौडेल काठमाडौंको कुनै
१८ रविन्द्र अधिकारी कास्की , क्षेत्र नं ३
१९ घनश्याम भूसाल रुपन्देही, क्षेत्र नं ३
२० ठाकुर गैरे पाल्पा, क्षेत्र नं २
२१ खगराज अधिकारी कास्क, क्षेत्र नं २
२२ शेरवहादुर तामाङ सिन्धुपाल्चोक, क्षेत्र नं २
२३ राजेन्द्र राई भोजपुर , क्षेत्र नं १
२४ अरुण नेपाल सिन्धुपाल्चोक , क्षेत्र नं १
२५ जगन्नाथ खतिवडा उदयपुर, क्षेत्र नं २
२६ यज्ञराज सुनुवार ओखलढुङा, क्षेत्र नं १
२७ पुण्य पौड्याल कास्की , क्षेत्र नं ४
२८ सूर्य थापा प्यूठान क्षेत्र नं २
२९ हिक्मत कार्की झापा कुनै क्षेत्र
३० शम्भू श्रेष्ठ पाल्पा , क्षेत्र नं ३
३१ एलपी सावा झापा , क्षेत्र नं ४
३१ निरु पाल कञ्चनपुर , क्षेत्र नं ४
३४ मनबहादुर जीसी कास्की , क्षेत्र नं ४
३५ डुफ बास्तोला सोलुखुम्बु , क्षेत्र न १
३६ कृष्ण थापा कास्की , क्षेत्र नं २
३७ सृजना शर्मा कास्की , क्षेत्र नं ३
३८ मोहमद अफताफ आलम बारा , क्षेत्र नं….४
३९ प्रकाश ज्वाला सल्यान क्षेत्र नं २
४० शान्ति अधिकारी काठमाडौं क्षेत्र नं ९
४१ सीता गिरी कास्की , क्षेत्र नं ४
४२ विद्या सुन्दर शाक्य काठमाडौं क्षेत्र न ६
४३ सोमनाथ प्यासी कास्की , क्षेत्र नं ४
४४ विन्दा पाण्डे नुवाकोटको कुनै क्षेत्र
४५ चेतनारायण आचार्य अर्घाखाँची क्षेत्र नं.१
४६ कर्ण थापा बाजुरा क्षेत्र नं….
४७ गणेश काङमाङ पाँचथर , क्षेत्र नं १
४८ केशव देवकोटा सिन्धुली , क्षेत्र नं २
५० हरिनारायण महतो धनुषा, क्षेत्र नं २
५१ खेमनारायण लोहनी धादिङ क्षेत्र नं २
५२ गोकुल वास्कोटा काभ्रे , क्षेत्र नं ३
५३ सानु श्रेष्ठ काठमाडौं, क्षेत्र नं १०
५४ पार्वत गुरुङ दोलखा, क्षेत्र नं….
५५ राजेन्द्र राजथला भक्तपुर क्षेत्र नं २
५६ विद्यासुन्दर शाक्य काठमाडौं, क्षेत्र नं
५७ समिर नेपाल काठमाडौं क्षेत्र नं….
५८ तेजमान कन्दङ्वा थेह्रथुम , क्षेत्र नं १
५९ पद्मा अर्याल स्याङ्जा क्षेत्र नं २
६० नरुलाल चौधरी दाङ् , क्षेत्र नं २
६१ गोरखवहादुर वोगटी हुम्ला , क्षेत्र नं १
६२ भानुभक्त जोशी बझाङ , क्षेत्र नं १
६३ चन्द्रमोहन गौचन मुस्ताङ., क्षेत्र नं १
६४ श्रीमाया थकाली मुस्ताङ क्षेत्र नं १
६५ रत्नप्रसाद न्यौपाने जाजरकोट., क्षेत्र नं २
६६ राधाकृष्ण कँडेल पाल्पा क्षेत्र नं १
६७ तिलक महत नवलपरासी , क्षेत्र नं २
६८ धर्मनाथ शाह सिराह , क्षेत्र नं ५
६९ मधुसुदन पौड्याल ललितपुर , क्षेत्र नं १
७० मनोज देवकोटा सर्लाही क्षेत्र नं १
७१ विमल कइकेल काठमाडौं क्षेत्र नं ४
कृष्णगोपाल श्रेष्ठ काठमाडाौं , क्षेत्र नं ८
७३ हरिकृष्ण व्यञ्जनकार काठमाडौं , क्षेत्र नं
७४ चेतनारायण आचार्य अर्घाखाँची , क्षेत्र नं २
७५ ऋषि पोख्रेल मोरङ क्षेत्र नं १
७६ ताराबहादुर काफ्ले मोरङ , क्षेत्र नं २
७७ विनोद ढकाल– मोरङ , क्षेत्र नं ३
७८ ज्ञानेश्वर राजवंशी मोरङ , क्षेत्र नं ४
७९ रामलाल शाह मोरङ , ,क्षेत्र नं ५
८० महेश भट्टराई मोरङ , ,क्षेत्र नं ६
८१ सत्यनारायण चौधरी मोरङ , ,क्षेत्र नं ७
८२ राजेन्द्र गौतम–विद्या चाम्लिङ मोरङ , क्षेत्र नं ८
८३ घनश्याम खतिवडा मोरङ , क्षेत्र नं ९
८४ दिपक कार्की झापा , क्षेत्र नं ६
थप जान्नको लागी http://goo.gl/hoMPD
पूर्ण निद्राले भगाउँछ मधुमेह
काठमाडौ, - हरेक रात मस्त सुत्ने गर्नाले मधुमेहको जोखिम कम हुने रहेछ । एउटा अध्ययनमा यस्तै ठोकुवा गरिएको छ । त्यसअनुसार, पूर्ण निद्रा लिने व्यक्तिलाई टाइप-२ मधुमेह हुने सम्भावना घट्छ ।
लस एन्जलस बायोमेडिकल रिसर्च इन्स्टिच्युटका अनुसन्धानकर्ताहरूले गरेको अध्ययनमा उल्लेख छ— सप्ताहान्तका तीन रातको मात्रै राम्रो निद्राले पनि धेरै हदसम्म इन्सुलिनको सक्रियता बढाउँछ । इन्सुलिन नबन्दा र शरीरमा यसको प्रतिक्रिया नहुँदा नै मधुमेहले आक्रमण गर्ने गर्छ । उक्त अध्ययनका प्रमुख अनुसन्धानकर्ता डा. पिटर लिउ भन्छन्, 'हरेक व्यक्तिलाई पर्याप्त निद्रा अत्यावश्यक हुन्छ भन्ने हामी सबैलाई थाहा छ । तर हामी कामको चापले गर्दा मस्त सुत्नलाई पनि समय निकाल्न सक्दैनौं ।' निद्राको अवधि बढाइदिनाले शरीरमा इन्सुलिन उपयोगको क्षमता बढ्छ । यसले पाका व्यक्तिहरूमा टाइप-२ मधुमेह हुने जोखिम कम हुन्छ ।
इन्सुलिनले हाम्रो शरीरको रगतमा चिनीको स्तरलाई नियमित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने गर्छ । टाइप-२ मधुमेह भएका व्यक्तिहरूको शरीरले आफैंभित्रबाट निस्किने इन्सुलिनको प्रभावकारी उपयोग गर्न सक्दैन । यो रोग लाग्दा शरीरले इन्सुलिनप्रति प्रतिक्रिया गर्दैन । डा. लिउका अनुसार, कामको बोझले राम्ररी सुत्न नसक्ने प्रौढ व्यक्तिहरूले सुत्ने समय बढाए उनीहरूलाई मधुमेह लाग्ने खतरा कम हुन सक्छ ।
राईको पार्टीमा तीन करोडको तमासा
काठमाडौं। एमाले छाडेर जातीय पार्टी खोलेका अशोक राईलाई उनकै महासचिवले घात गरेपछि भर्खरै गठन भएको जातीय पार्टी संकटमा परेको छ। महासचिव राजेन्द्र श्रेष्ठले भित्रभित्रै एनेकपा माओवादीमा प्रवेश गर्न वार्ता चलाएपछि अशोक राईको पार्टीमा खैलाबैला मच्चिएको हो। यो खैलाबैलासँगै एमालेबाट सामूहिक विद्रोह गराउने क्रममा एनेकपा माओवादीका अध्यक्ष प्रचण्डले अशोक राईको टिमलाई ३ करोड रुपैयाँ नगद दिएको खुलासा पनि भएको छ। प्रचण्डबाट पैसा लिएर एमाले फुटाउने कि जातीय मुद्दा बोकेर अलग हुने विषयमै विवाद हुँदा पूर्व एमाले सभासद एवं आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष पासाङ शेर्पा लगायतले अशोक राईलाई छाडेका थिए।
प्रचण्डले पैसा दिन लागेको र त्यही पैसाले एमाले फुटाउने खेल भएको थाहा पाएरै त्यस बेला अशोक राईभन्दा चर्को स्वर उरालेर हिंडेका पृथ्वीसुब्बा गुरुङहरु पनि व्याक भएको बिस्तारै खुलासा हुन थालेको छ। पासाङले जनजाति आन्दोलनका केही अगुवाहरुसँगको अनौपचारिक छलफलमा प्रचण्डबाट राजेन्द्र्र श्रेष्ठहरुले अशोक राईको अनुमतिमा पैसा लिएको आफ्नै आँखाले देखेपछि अशोकप्रतिको भरोसा टुटेको बताएका थिए। ‘हाम्रो उद्देश्य एमाले फुटाउने वा सिध्याउने थिएन, अनि माओवादीको गोटी बन्ने पनि थिएन, तर अशोक राई र राजेन्द्र श्रेष्ठहरुले प्रचण्डको पैसा लिएर एमाले फुटाउने र प्रचण्डको डमी पार्टी बनाउने खेल बुझेपछि बाध्य भएर सामाजिक लोकतान्त्रिक पार्टी बनाउनुपरेको हो’ पासाङको भनाइ उद्धृत गर्दै जनजाति आन्दोलनका एक अगुवाले बताए।
त्यसो त संघीय समाजवादी पार्टी खोल्ने बेलामा आफूले नै पहल गरेर प्रचण्डमार्फत् अशोक राईहरुलाई ३ करोड रुपैयाँ दिलाएको एमाओवादीका नेता गोपाल किराँतीले पनि स्वीकार गरेका छन्। केही समयअघि भोजपूर पुगेका बेला उनले त्यहाँका जनजाति पत्रकारहरुसँगको अनौपचारिक छलफलमा अशोकहरुले चार करोड मागे पनि ३ करोड रुपैयाँ मात्र दिलाउन सकिएको बताएका थिए। ‘हामीले सोचे जस्तो गरी अशोकजीहरुले एमालेमा विद्रोह गराउन सक्नुभएन। केन्द्रमा दुई चार जना नेता बाहेक जिल्लामा चिनिएका प्रभावशाली नेता कार्यकर्ताहरुलाई उहाँहरुले आफूसँग ल्याउन सक्नुभएन। यस हिसाबले हाम्रो लगानी खेर गएको भन्दा हुन्छ’ किराँतीको भनाई उद्धृत गर्दै भोजपुरका एक राई थरका पत्रकारले भने ‘अब अलग पार्टीका रुपमा उहाँहरुलाई थप लगानी गरेर चुनाव जिताउने भन्दा एमाओवादीमा ल्याउनेतिर जोडबल गर्नुपर्छ, सिंगो पार्टी आउँदैन भने व्यक्तिलाई ल्याउने हो’।
यसैबीच महासचिव राजेन्द्र श्रेष्ठले एमाओवादीका नेताहरुसँग भित्रभित्रै वार्ता चलाएका छन्। प्रचण्डले दिएको र विदेशतिरबाट जनजाति महासंघ तथा जनजातिहरुबाट उठाएको पैसाले मात्र पार्टी चल्ने अवस्था नदेखिएको र जिल्लातिरको अवस्था निराशाजनक रहेकाले राजेन्द्र सहितका केही नेताहरुले सुरक्षित अवतरण खोजेका छन्। राजेन्द्र श्रेष्ठ, रिजवान अन्सारी, अजम्बर राई लगायतका नेताहरु एमाओवादीतिर प्रवेश गर्न लागेको हल्ला पनि संघीय समाजवादी पार्टीमा चलेको छ। एमाओवादीभित्रै पदका लािग मारामार भएका बेला आफूहरुको अवस्था के हुने भन्ने डरले मात्र उनीहरु चुपचाप छन्।
एमालेबाट अलग गर्ने बेलामा माओवादी नेताहरुले अशोक राईलाई उपाध्यक्ष बनाउने आश्वासन दिएका थिए। तर अहिले त्यो अवस्था पनि नरहेको बताइन्छ। पार्टीले प्रत्यक्षमा एक सिट पनि नजित्ने र समानुपातिकमा पनि आशातित उपलव्धी पाउने अवस्था नदेखिएपछि त्यस पार्टीभित्र चुनाब बहिस्कार गर्नुपर्ने आवाज पनि बलियो हुन थालेको छ। तर एमाओवादीले अशोक राई सहितका केही नेताहरुलाई चुनाव जिताइदिने आश्व्ाासन भने दिइरहेको छ। साभार ः विक्ली नेपाल डट कम बाट
Subscribe to:
Posts (Atom)